`

आखिर सबैलाई चाहियो ‘पीए’

Nepal One HD २४ जेठ २०८३ १८:३८
प्रमुख खबर

काठमाडौं । सङ्घीय संसद् र प्रदेश सभाका सांसदहरूले आफ्नो कार्यगत दक्षता बढाउन र कानुन निर्माण प्रक्रियालाई गुणस्तरीय बनाउन भन्दै औपचारिक रूपमा व्यक्तिगत सहयोगी कर्मचारी (स्वकीय सचिव) को व्यवस्था गर्न माग गरेका छन्।

सुदूरपश्चिमको टीकापुरमा जेठ २२ देखि २४ गतेसम्म आयोजित ‘अन्तर–व्यवस्थापिका मञ्च’को ११औँ सम्मेलनबाट सांसदहरूले यस्तो माग औपचारिक रूपमा अघि सारेका हुन्। सम्मेलनमा सहभागी प्रतिनिधिहरूले संसदीय कामकाजलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति अभाव रहेको निष्कर्ष निकालेका थिए।

सम्मेलनपछि जारी गरिएको ९ बुँदे ‘टीकापुर सन्देश–पत्र’ मा सांसदहरूलाई संसदीय गतिविधि तथा कानुन निर्माण कार्यमा सहयोग पुर्‍याउनका लागि स्वकीय सचिवसहित आवश्यक सहयोगी कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ।

यो पढ्नुहोस् :

सन्देश–पत्रको ५ नम्बर बुँदामा विशेष रूपमा सांसदहरूको कार्यक्षमता अभिवृद्धि गर्न सहयोगी संरचना बलियो बनाउनुपर्ने आवश्यकता उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *