`

मोदीको अगाडी बोल्न नसकेका रविले गरे भारत भ्रमणबारे ब्रिफिङ

Nepal One HD २५ जेठ २०८३ १२:४५
प्रमुख खबर

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसामु सीमा विवादबारे नबोली भारत भ्रमण सकेर स्वदेश फर्केका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भ्रमणबारे सर्वदलीय बैठकमा ब्रिफिङ गरेका छन्।

आज संसद् सचिवालय, सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले भारत भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलका विषयमा जानकारी गराएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्।

महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल भएको थियो। उनले सबै दलका नेताहरूले सर्वदलीय संवाद सुरु भएकोप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै स्वागत गरेको जानकारी दिए।

बैठकमा सभापति लामिछानेले संसदमा देखिएको गतिरोध अन्त्य गर्न राजनीतिक संवाद आवश्यक रहेकोमा जोड दिएका थिए। उनले समसामयिक राजनीतिक मुद्दाहरू समाधान गर्न निरन्तर छलफल र सहकार्यको आवश्यकता रहेको धारणा राखेको बताइएको छ।

सर्वदलीय बैठकमार्फत राजनीतिक संवादको वातावरण निर्माण गर्ने प्रयासलाई सहभागी दलका नेताहरूले सकारात्मक रूपमा लिएको पनि बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *