`

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Nepal One HD २७ जेठ २०८३ ७:४९
प्रमुख खबर

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने छन् ।

सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची छ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *