`

ब्रेक फेल भएर ट्याक्टर खोलामा: चालकको घटनास्थलमै मृत्यु

Nepal One HD २७ जेठ २०८३ १५:०३
समाचार

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानास्थित सेतीढुंगा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बुधबार कात्तिकेबाट ढुंगा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१–००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार उकालो र भिरालो कच्ची सडकमा ट्याक्टर फस्ने क्रममा निकाल्ने प्रयास गर्दा ब्रेक फेल भई सवारी अनियन्त्रित बनेको थियो। त्यसपछि ट्याक्टर करिब ५० मिटर तल खोलामा खसेको हो।

दुर्घटनामा चालक ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सहचालक प्रदीप राई सकुशल रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *