`

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे सदनलाई जानकारी गराए

Nepal One HD २७ जेठ २०८३ १५:५१
बिशेष

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भ्रमणका उपलब्धि, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा सदनलाई अवगत गराएका हुन्।

तर मन्त्री खनालले सम्बोधन गरिरहँदा विपक्षी दल श्रम संस्कृति पार्टीले भने बैठकमा विरोध जारी राखेको छ। पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्ति प्रधानमन्त्री स्वयंले सच्याउनुपर्ने अडान दोहोर्‍याएको छ।

श्रम संस्कृति पार्टीका सांसदहरूको भनाइमा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विषय गम्भीर भएकाले त्यसबारे स्पष्टिकरण र सच्याउने जिम्मेवारी प्रधानमन्त्रीकै हुनुपर्छ। सोही माग पूरा नभएसम्म सदनमा विरोध जारी रहने संकेत उनीहरूले दिएका छन्।

यसबीच परराष्ट्रमन्त्री खनालले भने भारत भ्रमणका क्रममा भएका भेटवार्ता, सहकार्यका क्षेत्र र नेपाल–भारत सम्बन्धका विविध पक्षबारे संसदलाई जानकारी गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *