`

हामी मुर्दा लास वा मुर्दा शान्ति बन्न आएको होइन : रास्वपा

Nepal One HD २७ जेठ २०८३ १६:४८
बिशेष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रयोग गरेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बास्कोटाले आङ्देम्बेको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन्।

उनले भनिन्, ‘नागरिकको आवाज उठाउने यो सदन सत्ता पक्षको मात्र होइन, प्रतिपक्षको पनि होइन। लोकतन्त्रमा सबैले बोल्न पाउँछन्, तर जिम्मेवार भएर बोल्नुपर्छ।’

बास्कोटाले आफ्नो पार्टी सदनमा जिम्मेवार ढंगले प्रस्तुत भइरहेको दाबी गर्दै रास्वपाले बेथिति अन्त्य गर्न संसद्मा प्रवेश गरेको बताइन्।

‘हामी मुर्दा लास बन्न आएका होइनौँ, मुर्दा शान्ति पनि बन्न आएका होइनौँ,’ उनले भनिन्, ‘३५ वर्षदेखिको बेथितिको बोझ बोकेर नागरिकको आवाज उठाउन आएका हौँ।’

उनले ‘सदनको चीरहरण’ र ‘मुर्दा शान्ति’ जस्ता शब्द प्रयोग आपत्तिजनक रहेको भन्दै ती शब्दहरू रेकर्डबाट हटाइनुपर्ने माग राखिन्।

उनको आपत्तिपछि सभामुखले ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *