`

‘प्रधानमन्त्री बालेनले आफ्नो बोली सच्याउनुपर्छ’ : हर्क साम्पाङ

Nepal One HD २८ जेठ २०८३ ११:३५
राजनीति

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय मागेर बोल्दै उनले सीमाबारेको अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ। प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ,’ उनले भने।

प्रतिनिधिसभा नियमावलीको बेवास्ता गरिएको भन्दै उनले नियमहरूको परिपालना गर्न पनि आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *