`

अर्जेन्टिनाले फर्कायो गोल

Nepal One HD २३ असार २०८३ २३:३३
खेलकुद

काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को नकआउट चरणमा मंगलबार राति भइरहेको इजिप्टविरुद्धको खेलमा अर्जेन्टिनाले एक गोल फर्काएको छ। खेलको ८०औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने प्रयास गरेका हुन्।

इजिप्टले यसअघि खेलको १४औँ मिनेटमा यासिर अब्राहिम र ५८औँ मिनेटमा मोस्ताफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो। तर, ८०औँ मिनेटमा आएको कर्नर अवसरलाई सदुपयोग गर्दै रोमेरोले हेडमार्फत बललाई जाली चुमाएपछि अर्जेन्टिनाले अन्तर २–१ मा झारेको हो।

रोमेरोको गोलसँगै खेल थप रोमाञ्चक बनेको छ। लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले बराबरी गोलका लागि लगातार आक्रमण गरिरहेको छ भने इजिप्ट आफ्नो अग्रता जोगाउँदै क्वार्टरफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यमा रहेको छ।

खेलको अन्तिम १० मिनेट बाँकी रहँदा दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका छन्। अर्जेन्टिना पुनरागमनको प्रयासमा छ भने इजिप्ट ऐतिहासिक जित हात पार्ने लक्ष्यसहित रक्षात्मक र प्रतिआक्रमणको रणनीतिमा खेलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *