`

राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र

Nepal One HD २४ असार २०८३ १६:०१
अर्थ समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ ‘च’ का लागि अनलाइन प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको हो।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन्।

बोलकबोल गर्ने संस्थाले आफूले खरिद गर्न चाहेको ऋणपत्रको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँदेखि सुरु हुने गरी पाँच करोडले भाग गर्दा निशेष भाग जाने रकमसम्म, कुल आह्वान गरिएको २० अर्ब रुपैयाँको सीमाभित्र रहेर बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

सरकारको आन्तरिक ऋण व्यवस्थापन तथा बजारमा तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले नियमित रूपमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *