प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेट
प्रमुख खबर
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा सैनिक सम्बन्धका विषयमा छलफल भएको थियो।
प्रधान सेनापति सिग्देलले भदौ ३१ गते चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका थिए। त्यसैगरी, उनले बेइजिङमा आयोजना भएको ‘१३औँ बेइजिङ स्याङसङ फोरम’को उद्घाटन सत्रमा समेत सहभागिता जनाएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
