`

कांग्रेसलाई खरानीबाट उठाउने प्रयास भइरहेको छ – गगन थापा

Nepal One HD १ असोज २०८३ १९:२९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षका अकल्पनीय घटना र असहज परिस्थितिबाट गुज्रिएको पार्टीलाई पुनः लयमा फर्काउँदै बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेता तथा सदस्यहरूलाई समेटेर कांग्रेसलाई एकीकृत रूपमा अघि बढाइएको बताए।

बैठकको सुरुवातमा उनले भदौ २८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार पहिलोपटक बैठकमा सहभागी भएका केन्द्रीय सदस्यहरूलाई स्वागत गरेका थिए।

गत वर्ष भदौ २३ र २४ गतेका घटनाको स्मरण गर्दै थापाले त्यसले मुलुक र कांग्रेसको राजनीतिक जीवनमा गहिरो प्रभाव पारेको बताए। ‘नेपालको जननिर्वाचित सरकार पदच्युत भयो, संसद् भवन ध्वस्त भयो र हाम्रो पार्टी कार्यालयसहित नेताहरूको भौतिक शरीरमाथि नै आक्रमण भयो,’ उनले भने, ‘इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले यसरी सरकार छाड्नुपर्ने स्थिति बन्यो। यो घटनाले पुराना राजनीतिक दलहरूको कार्यशैलीमाथि ठूलो प्रश्न उठाएको छ।’

निर्वाचनमा कांग्रेसले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसके पनि पार्टीलाई समाप्त हुनबाट जोगाउँदै ‘भुइँभन्दा मुनिबाट’ यात्रा सुरु गरेर खरानीबाट उठाउने प्रयास भइरहेको थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *