`

सिन्धुली कांग्रेस प्रदेश प्रतिनिधिमा पुष्पलाल काफ्लेको उम्मेदवारी

Nepal One HD ९ असोज २०८३ ११:४९
राजनीति

सिन्धुली। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १, प्रदेश सभा ‘ख’ बाट प्रदेश प्रतिनिधि पदमा खुलातर्फ पुष्पलाल काफ्लेले उम्मेदवारी घोषणा गरेका छन्।

युवा पुस्ताको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र समृद्धिको एजेन्डासहित आफू चुनावी मैदानमा आएको काफ्लेले बताएका छन्।

कांग्रेसको लोकतान्त्रिक मूल्य, राष्ट्रियता र समाजवादको आदर्शलाई आत्मसात गर्दै पार्टीको संगठनात्मक तहमा युवाको आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

काफ्लेले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासको अवसरका रूपमा लिएको बताएका छन्। पार्टीभित्र युवाको भूमिका बढाउँदै संगठनलाई थप सुदृढ बनाउन आफूले काम गर्ने उनको भनाइ छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुँदैछ।

काफ्लेले ‘नव युवाको साथ, समृद्ध नेपाल, बलियो नेपाली कांग्रेस’ भन्ने नारासहित क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग, समर्थन र मतका लागि अपिल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *