पछिल्लो २४ घण्टामा दुर्घटनामा परी ४ जनाको मृत्यु, २५० जना घाइते
बिशेष
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५० जना घाइते भएका छन्।
उपलब्ध विवरणअनुसार, सबैभन्दा बढी घाइते कोशी प्रदेशमा ६६ जना रहेका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा ६० जना, मधेश प्रदेशमा ४३ जना, सुदूरपश्चिम प्रदेशमा २१ जना, बागमती प्रदेशमा २० जना र गण्डकी प्रदेशमा ८ जना घाइते भएका छन्।
काठमाडौं उपत्यकामा २२ जना घाइते भएको विवरणमा उल्लेख छ। कर्णाली प्रदेशमा १० जना घाइते भएका छन्।
प्रदेशगत मृत्युदर हेर्दा कोशी प्रदेशमा ३ जना र लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु भएको छ। अन्य प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति नभएको विवरणमा देखिन्छ।
सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न ट्राफिक नियमको पालना, तीव्र गति नियन्त्रण र सुरक्षित यात्रामा ध्यान दिन आवश्यक देखिन्छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
