`

दसैँमा केहेर एण्ड लुङ्गाको सांगीतिक दौडाह, बिर्तामोडदेखि चुलाचुलीसम्म कन्सर्ट

Nepal One HD २ कार्तिक २०८३ १६:२७
मनोरञ्जन

काठमाडौं । दसैँको माहोलसँगै पूर्वी नेपालमा केहेर एण्ड लुङ्गा ब्याण्डको सांगीतिक चहलपहल बढ्ने भएको छ । चर्चित गीतमार्फत युवा पुस्तामाझ लोकप्रिय बनेको ब्याण्डले झापाको बिर्तामोडबाट कन्सर्ट यात्रा सुरु गर्दै दमक, इलाम र चुलाचुलीसम्म प्रस्तुति दिने भएको छ ।

ब्याण्डले बिहीबार बिर्तामोडमा कन्सर्ट गर्नेछ । त्यसपछि दमक, इलाम र चुलाचुलीमा दर्शकमाझ पुग्ने कार्यक्रम तय भएको छ । केही दिनअघि मात्रै पाँचथरमा प्रस्तुति दिएर फर्किएको ब्याण्ड दसैँको अवसरमा पूर्वी नेपालका दर्शकलाई आफ्ना गीत सुनाउन व्यस्त रहनेछ ।

त्यस्तै, ब्याण्डका व्यवस्थापक सुमन तामाङका अनुसार दसैँपछि पनि कार्यक्रमको व्यस्तता जारी रहनेछ । हिउँदको सिजनमा लगातार कन्सर्ट तय भएका छन् भने सन् २०२७ का लागि विभिन्न देशमा हुने कार्यक्रमको बुकिङसमेत भइसकेको छ ।

‘डोको बुन्ने’, ‘बैगुनी’, ‘सरसर’, ‘तिमिलाई सम्झेर’, ‘झ्यालैमा’ र ‘खेरै जाने माया’ जस्ता गीतले ब्याण्डलाई दर्शकमाझ चिनाएका छन् । साथै, टिकटक र फेसबुक रिल्समा समेत चर्चित यी गीत कन्सर्टमा गुञ्जिँदा युवा दर्शकको आकर्षण बढ्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *