`

पछिल्लो २४ घण्टामा देशभर दुर्घटनामा ९ जनाको मृत्यु, १०३ जना घाइते

Nepal One HD ४ कार्तिक २०८३ १४:५१
बिशेष

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार सवारी दुर्घटनाबाट सबैभन्दा बढी मानवीय क्षति विभिन्न प्रदेशमा भएको देखिएको छ। कोशी प्रदेशमा १ जनाको मृत्यु हुँदा ३३ जना घाइते भएका छन्। मधेश प्रदेशमा १ जनाको मृत्यु र ४२ जना घाइते भएको विवरणमा उल्लेख छ।

त्यस्तै, बागमती प्रदेशमा ३ जनाको मृत्यु र १० जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा १ जनाको मृत्यु हुँदा २२ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा ३ जना घाइतेको विवरणसहित १० जना घाइते भएको उल्लेख छ। कर्णाली प्रदेशमा मृत्यु नभएको र १० जना घाइते भएको जनाइएको छ।

काठमाडौं उपत्यकामा १५ जना घाइते भएका छन् भने गण्डकी प्रदेशमा ८ जना घाइते भएको विवरणमा उल्लेख छ।

सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न ट्राफिक नियमको पालना, तीव्र गति नियन्त्रण र सुरक्षित सवारी सञ्चालनमा ध्यान दिन आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *