प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी राहत संकलन
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएका सरकारी कोषमा आर्थिक सहयोग आउने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी सोमबार बिहान ९ बजेसम्म कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ जम्मा भएको छ ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका खातामा ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ ।
बाढीपछि विपद् व्यवस्थापन तथा प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न व्यक्ति, संस्था र निकायबाट आर्थिक सहयोग उपलब्ध गराउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।
