`

आईजीपी डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङको बधाई, सफल कार्यकालको शुभकामना

Nepal One HD १९ कार्तिक २०८३ १९:१६
बिशेष

गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत केसीलाई बधाई तथा शुभकामना दिएका हुन्। उनले नेपाल प्रहरीको ३४औँ महानिरीक्षकका रूपमा नियुक्त भएका डा. केसीलाई नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङले लेखेका छन्, ‘नेपाल प्रहरीका ३४ औँ महानिरीक्षक डा. मनोज केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’

नवनियुक्त आईजीपी केसीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त भइरहेका बेला गृहमन्त्री गुरुङले पनि औपचारिक रूपमा शुभकामना दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *