दर्ता भयो दानबहादुर कार्कीको रिट
बिशेष
काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको जिकिर गर्दै बिहीबार कानुन व्यवसायीमार्फत सर्वोच्चमा रिट पेस गरेका थिए। तर, अध्ययनका क्रममा रहेको भन्दै बिहीबार दर्ता हुन नसकेको निवेदन शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सर्वोच्चमा रिट दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। यद्यपि, उनले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
