`

अध्यक्ष सिद्धीकीद्वारा महासचिव अर्यालको स्वागत, ३ मंसिरमा परिचयात्मक कार्यक्रम तय

Nepal One HD २१ कार्तिक २०८३ १७:०२
समाचार

काठमाडौं– शान्ति नेपाली समाज बेलायतको नेपाल शाखाका महासचिव प्रवेश अर्याललाई अध्यक्ष तथा सांसद साजिदा खातुन सिद्धीकीले स्वागत गरेकी छन् ।

काठमाडौंको पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा शुक्रबार बसेको शाखाको बैठकमा अध्यक्ष सिद्धीकीले खादा लगाएर अर्याललाई स्वागत गरेकी हुन् । अर्याल यसअघि नै महासचिवमा मनोनित भइसकेका थिए ।

संगठनमा अध्यक्षपछिको कार्यकारी जिम्मेवारी महासचिवको हुन्छ । अध्यक्ष सिद्धीकीले महासचिव अर्यालसहितको सक्रियतामा नेपाल शाखाले देशव्यापी सञ्जाल विस्तार गरी संस्थाका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

बैठकले आगामी ३ मंसिरमा परिचयात्मक कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा उपाध्यक्ष बलराज तामाङ, कोषाध्यक्ष नारद सापकोटा र प्रवक्ता जंग तामाङ सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *