`

२६ खाले बिचौलिया अदालतमा, नमस्कार गरेकै एक लाख

Nepal One HD २२ कार्तिक २०८३ १४:०९
प्रशासन

काठमाडौं। २६ खाले विचौलिया अदालतमा हुन्छ । अदालतको क्यान्टिनमा भाँडा माझ्नेदेखि न्यायाधीशसम्म विचौलिया छन् । अर्थात् विचौलियाको जगजगी अदालतमा छ । 

यो पूर्वप्रधान्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश भएको बेला गरेको एक प्रतिवेदनको निष्कर्ष हो । प्रतिवेदनले न्यायालयको कुरुप अनुहार देखाएको छ । 

यस्तोमा के प्रधानमन्त्री बालेनले प्रधानन्यायाधीश बनाएका डा. मनोजकुमार शर्माको कार्यकालमा विचौलिया निमिट्यान्न होला ? कि विचौलियाको संरक्षक बन्लान् शर्मा ? त्यो हेदैँ जाऔँ । 

तर, जसरी विचौलिया इनम सापकोटासँग प्रधानन्यायाधीश शर्मा जोडिए, न्यायाधीश हरि फुयाल मुछिए र यी तथ्यले प्रश्न उठ्छ – के अदालत झनै विचौलियामैत्री भएको त होइन ? 

यद्यपि, सर्वोच्चका प्रस्तावित न्यायाधीश जनक पाण्डेले भनेका छन्,– अदालत जाँदा एउटा नमस्तेको एक लाख जान सक्छ ।’

पाण्डेको यो कडा चेतावनी हो । उनले विचौलियालाई तह लगाउने भनेका हुन् । अदालतबाट विचौलियालाई भागरे भाग बनाउने भनेका हुन् । कोही विचौलिया अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी न्यायाधीशलाई नमस्ते गर्दै आए एक लाखसम्म जरिवाना तिराउने पाण्डेको भनाइ छ । 

तर, के उनले न्यायाधीश भएपछि साँच्चिकै सर्वोच्चलाई विचौलिया निषेधित क्षेत्र बनाउन सक्लान् ? कि यो संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुन मात्रै भनेका हुन् ? उनी सर्वोच्चको न्यायाधीश बनेपछि देखिएला । 

यद्यपि, पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायालय सुधार गर्न ठूलै हिम्मत चाहिने बताएका छन् । सानोतिनो प्रयासले केही नहुने उनको ठहर छ । 

यस्तोमा के एक जना न्यायाधीश विचौलियाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा न्यायालय सुधार सम्भव छ ? तपाईंलाई के लाग्छ ? विचार पनि राख्नुहोस् है ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *