`

लुम्बिनीले जित्यो टस, काठमाडौं गोर्खाजलाई पहिले ब्याटिङको निम्ता

Nepal One HD २२ कार्तिक २०८३ १६:४७
खेलकुद

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले बाजी मारेका हुन्। टस जितेसँगै उनले काठमाडौं गोर्खाजलाई पहिले ब्याटिङ गर्न निम्ता दिएका छन्।

लुम्बिनीले अब काठमाडौंलाई कम योगफलमा रोक्दै लक्ष्य पछ्याउने रणनीति बनाएको छ भने काठमाडौं घरेलु मैदानमा बलियो स्कोर खडा गर्ने प्रयासमा हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *