`

यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने

Nepal One HD २३ कार्तिक २०८३ १८:५८
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ आशाको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै लामिछानेले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका हुन् ।

उनले यी पर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

विविधताबीचको राष्ट्रिय एकतालाई अझ बलियो बनाउन पर्वहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै लामिछानेले यस वर्षको छठ पर्व राष्ट्रिय एकताको सन्देशसहित मनाउन आफूहरू जनकपुरधामस्थित गंगासागरमा उपस्थित हुने बताए ।उनले सबै नेपालीलाई तिहार, नेपाल संवत् तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *