`

तेस्रो संस्करणको एनपीएलको पहिलो शतक पोखराका युवराजको नाममा

Nepal One HD २४ कार्तिक २०८३ १३:४९
खेलकुद

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विस्फोटक शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध ब्याटिङ गरेका उनले मात्र ४५ बलमा शतक पूरा गरेका हुन्।

सम्राले आफ्नो शतकीय इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे। क्यानडाका ओपनरसमेत रहेका उनले एनपीएलमा आफ्नो दोस्रो खेलमै शतक बनाएका हुन्।

यस सिजन शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्। त्यस्तै, एनपीएलको इतिहासमा शतक बनाउने पोखराका तेस्रो तथा समग्रमा चौथो खेलाडी हुन्।

यसअघि पहिलो संस्करणमा पोखराकै आन्द्रे गौसले लुम्बिनी लायन्सविरुद्ध शतक बनाएका थिए। दोस्रो संस्करणमा एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध नै शतकीय इनिङ्स खेलेका थिए।

सम्राको शतक यस सिजन पोखराका कुनै पनि खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोरसमेत हो। यसअघि टोलीका कुनै पनि ब्याटरले अर्धशतकसमेत बनाउन सकेका थिएनन्।

महेदी हसनसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेका सम्राले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग मिलेर शतकीय साझेदारी गरे। हसन सस्तैमा आउट भएपछि सम्राले आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै पोखराको इनिङ्स सम्हालेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *