`

कांग्रेस नेपाली जनताको पार्टी हो, कसैले कब्जा गर्न सक्दैन – देउवा

Nepal One HD २९ कार्तिक २०८३ १९:०८
प्रमुख खबर

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताएका छन् ।

कांग्रेसको देउवा समूहको ललितपुरको १५औँ नियमित जिल्ला अधिवेशनको आज महालक्ष्मीस्थानमा उद्घाटन गर्दै उनले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताए ।

कांग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रका विवाद र विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *