`

गौरी मल्ललाई जेल हाल्ने र ढुंगा बोकाउने हर्कको चेतावनी

Nepal One HD ३० कार्तिक २०८३ १२:२८
मनोरञ्जन

काठमाडौं। नायिका गौरी मल्ललाई जेल हाल्ने चेतावनी हर्क साम्पाङले दिएका छन् । उनले ढुंगा पनि बोकाउने बताएका छन् ।

चलचित्र ‘ककाकिकी‘ को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्रयांकलाई लिएर साम्पाङले यस्तो चेतावनी दिएका हुन् ।

सांसदसमेत रहेका साम्पाङले अब मल्ल सम्मानित अभिनेत्री समेत नभएको टिप्पणी गर्दै चलचित्रको प्रचारका लागि गरिएको उक्त गतिविधिलाई आपराधिक काम भनेका छन् ।

अंग्रेजीमा साम्पाङले लेखेको स्टाटसमा भनिएको छ ‘गौरी मल्ल अब सम्मानित अभिनेत्री रहिनन् । उनले चलचित्रको प्रचारका लागि आपराधिक प्रयांक गरिन् । यो आपराधिक कार्य हो । हामी सरकारमा हुँदा यस्तो भयो भने उनलाई जेल हालिनेछ र श्रमदानमा ढुंगा बोकाइनेछ ।’

शनिबार चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गौरी मल्ल, मनोज गजुरेल लगायत कलाकारलाई प्रहरीले पक्राउ गरेको नाटक गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *