`

प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङ्देम्बे सम्मानित

Nepal One HD १ मंसिर २०८३ २०:१७
नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे गृहजिल्ला पाँचथरमा सम्मानित भएका छन् ।

स्थानीय जनताको समस्या, गुनासा र सुझाव सुन्न तथा संकलन गर्न जिल्ला पुगेका उनलाई स्थानीय जनप्रतिनिधि, शिक्षक तथा राजनीतिक र सामाजिक व्यक्तित्वहरूले स्वागतसहित सम्मान गरेका हुन् ।

फालेलुङ गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष शक्तिप्रसाद, वडा नम्बर ५ का अध्यक्ष भरत खपाङ्गी, वडा नम्बर ६ का अध्यक्ष अमरवीर राई र वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर केरुङ, सिद्धदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रकुमार केरुङ, शिक्षक तथा स्थानीय राजनीतिक र सामाजिक व्यक्तित्वहरूले आङ्देम्बेलाई सम्मान गरेका थिए ।

सम्मानपछि आङ्देम्बेले आभार व्यक्त गर्दै सम्मानले आफ्नो जिम्मेवारी र अभिभारा थप बढेको महसुस गरेको बताए ।

यसअघि जिल्लाको थर्पु माध्यमिक विद्यालयले पनि आङ्देम्बेलाई सम्मान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *