एनपीएल : भोलि फाइनलमा सुदूरपश्चिम र लुम्बिनी खेल्ने
खेलकुद
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम राखिएको हो ।
फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । फाइनल खेल बेलुका ५ बजे हुनेछ ।
सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
