साना कम्युनिष्ट पार्टीहरुबिच एकीकरणको प्रयास

राजनीति

काठमाडौं । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुबिच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने तृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी बिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन ।
उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।
पार्टी एकताका लागि छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने भन्दै उनीहरुले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी १५ फागुनमा बैठक बस्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट