राष्ट्रपति कार्यालयमा पठाइयो सांसद चौधरीको माफी मिनाहाको फाइल

NepalOne ५ फागुन २०७९ १४:०४
प्रशासन

काठमाडौं । सरकारले सांसद अरुणकुमार चौधरीको फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको हो ।

राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउछन् ।


प्रतिक्रिया