प्रधानमन्त्री प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दै

राजनीति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्दैछन् । भेटवार्ताको समय दिउँसो साढे १ बजे तोकिएको छ ।
नेपालले त्रिकोणात्मक शृंखलामा स्कटल्याण्ड र नामिविया हराउदैँ क्लिन स्वीप गरेको थियो । अर्को शृंखलाका लागि नेपाली टिम शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट