वर्तमान गठबन्धनकाे उल्टाे नतिजा देखिन सुरु भयाे,याे धेरै दिन टिक्दैन : भीम रावल

काठमाडाैँ – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिकाे उम्मेदवारका सन्दर्भमा एजेन्डा नमिलेका दलहरूले हाउगुजी बनाएकाे टिप्पणी गर्नुभएकाे छ । उहाँले लामाे समय बैठक बस्नुले पुरानै गठबन्धन ब्यँतिने अवस्था सिर्जना भएकाे बताउनुभयाे ।
शुक्रबार सुर्खेतमा आयाेजित पत्रकार भेटघाटमा रावलले व्यक्तिगत स्वार्थ नभएका कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने बताउनुभयाे । उहाँले कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्ने देशकाे वर्तमान आवश्यकता भए पनि अहिलेकाे परिस्थिति ठीक उल्टाे भएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे,‘ अहिलेको सरकार बन्दा पनि मैले टिप्पणी गरेको थिए यो गठबन्धन पनि टिक्दैन भनेर । तर, यहि हुँदैछ नेपाली राजनीतिमा । यो पनि राष्ट्रको हितमा एउटा कुनै सिद्धान्त, मुल्यक मान्यताबाट निर्देशन छैन् । यसभित्र गम्भीर समस्या छिट्टै उत्पन्न हुनेछ भनेको थिए । ’
‘राष्ट्रपतिको निर्वाचनमा अहिलेको भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला ।’ उहाँले भने। अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उहाँले टिप्पणी गर्नु भयो । यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाउनु भयो ।
वर्तमान गठबन्धनकाे उल्टाे नतिजा देखिन सुरु भएकाे भन्दै रावलले याे धेरै दिन नटिक्ने समेत बताउनुभयाे ।