`

सरकारले सांसदमा उठाएका विषयमा चासो नदेखाएपछि हरि ढकालले गरे मौनधारण

Nepal One HD २४ चैत २०७९ १४:४७
प्रमुख खबर

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गर्नुभएको छ ।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गर्नुभएको हो ।

‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ । धन्यवाद’,उहाँले भन्नुभयो ।

सभामुखले शून्य समयमा बोल्दै समय दिएपछि उनले माइक्रोफोन लिएर ‘सभामुख महोदय’ भनी एक मिनेट मौनधारण गरेका थिए ।


प्रतिक्रिया