`

अध्यक्ष ओलीको आरोप : प्रचण्ड-माधव सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाए

Nepal One HD ९ वैशाख २०८० १७:२६
प्रमुख खबर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउनु भएको छ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै केकार भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उहाँहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिक्नुभयो। के कस्तो मुल्य उहाँहरुले नै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरु नै जान्नुहोला।’

उहाँले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गर्नुभयो ।


प्रतिक्रिया