ओलीको आरोप : आफूले सरकार छाडेको दुई वर्ष नपुग्दै देशको अर्थतन्त्र ध्वस्त पारे
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेको दुई वर्ष नपुग्दै देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन् ।
जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान नदिएको बताएका छन् ।
उनले भने, ‘यो सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान दिएन।, अहिले कर्मचारीलाई तलब खुवाउन र सरकार छ भन्न बाहेक अरू केही नहुने।’
कार्यक्रममा बोल्दै उनले भने नेपाली जनता गम्भीर हुनुपर्ने अवस्था आएको छ। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको टिप्पणी गरे।
उनले थपे, ‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि। अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजक हुनुपर्छ।’
