टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा, भैरहवाबाट काठमाडौँ ल्याइँदै

प्रमुख खबर

काठमाडौँ – पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ ।
काठमाडौँ आउँदै गरेका अवस्थामा उहाँलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दीपसँगै उहाँलाई पनि काठमाडौँ ल्याइँदै छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।
उहाँका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उहाँ पनि संलग्न रहेको आरोपमा बुधवार उहाँ माथि पक्राउ पुर्जी जारी गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट