`

भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि लिदैँ

Nepal One HD १४ जेठ २०८० १०:५५
प्रमुख खबर

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि लिने तयारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान लिने तयारी गरीएको हो । यसअघि शुक्रबार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो ।

अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् ।


प्रतिक्रिया