`

नेकपा एमालेको सचिवालय बैठक बस्दै

Nepal One HD १९ जेठ २०८० ७:१५
प्रमुख खबर

काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । 

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार आज बिहान ११ः३० बजे सचिवालय बैठक बस्न लागेको हो । समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न सचिवालय बैठक बस्न लागेको उहाँले जनाकारी दिनुभयो । 

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो । 


प्रतिक्रिया