`

गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम

कमलामाई । शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको योद्धा पिकअप बिपी राजमार्गबाट ५०० मिटर तल खस्यो । पिकअप मात्रै खसेन, सँगै बजारिए पिकअपका यात्रु ।

यो घटना बिपी राजमार्गअन्तर्गत रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शीतलपाटीको हो । जहाँ बा.प्र.०१–०२४ च ९९१३ नम्बरको पिकअप दुर्घटनामा एक जनाको घटनास्थलमा नै ज्यान गयो, अर्का एक गम्भीर घाइते ।

दुर्घटनामा मृत्यु हुने व्यक्ति थिए, मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मी । दुर्घटनामा परेका धर्मराजलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरिदिए । उनको शव सिन्धुली अस्पतालमा शवपरीक्षण गरेर प्रहरीले आफन्तलाई बुझायो । गम्भीर घाइते गाडी चालक निरजलाई थप उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।

दुई महिनाअघि मदन भण्डारी राजमार्ग छेउमा दुधौलीका मन्देश सदा आफ्नै बालसुलभ दुनियाँमा थिए। उदयपुर कटारीबाट डकाहा जाँदै गरेको कारले उहाँलाई सडक पार गर्दै गर्दा ठक्कर दिँदा गम्भीर घाइते भए । उहाँलाई स्थानीय स्वास्थ्य संस्था दुधौली नगर अस्पताल सिथौँली पुर्‍याइयो । अस्पताल पुग्दासम्म उनको ज्यान गइसकेको थियो ।

ट्राफिक नियमको बेबास्ता अनि सुरक्षा पूर्वाधारको अभावले बालकको जीवन बाटोमै समाप्त भयो । सडक पार गर्दा सतर्कता नअपनाउने १० वर्षीय बालकको परिवार शोकमा डुब्यो ।

‘चालकले ट्राफिक नियमको उल्लङ्घन नगरिदिएको भए, सडकमा सुरक्षा व्यवस्था कडा भएको भए मेरो छोरो आज हामीसँगै हुने थियो,’ मृतक मन्देशका बुबा गङ्गाराम सदाले भने, ‘त्यो दुर्घटनाले जीवनभरलाई पीडा दिएको छ ।’ सडक दुर्घटनामा परेर छोरोको मृत्यु भएदेखि सडकमा हिँड्न आफूलाई डर लाग्ने गरेको उनले सुनाए । उनले भने ‘अब अरूका बालबालिकाले सडक दुर्घटनामा परेर ज्यान गुमाउन नपरोस् । यसका लागि नागरिकस्तरमा जनचेतना जगाइयोस्, सुरक्षा व्यवस्था कडा बनाइयोस्।’

सडक दुर्घटनामा ज्यान भएका धर्मराज र मन्देश त प्रतिनिधि पात्र मात्रै हुन् । विसं २०८१ साउनदेखि हालसम्म सिन्धुलीमा ३० जना बढीले सवारी दुर्घटना ज्यान गुमाएका छन्, गन्तव्यमा नपुगी गुमेका छन्। ५२२ जना बढी घाइते भएका छन्, जसमध्ये केही घाइते जीवनभर अपाङ्गता जीवन बाँच्न बाध्य छन् ।

तीन प्रमुख राष्ट्रिय मार्गको सङ्गम हो, सिन्धुली । बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी राजमार्ग यही जिल्ला हुँदै अन्यत्र फैलिएका छन् । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा २०० बढी दुर्घटना भएका छन् ।

यसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । घुमाउरो मोड, तीव्र गति, ट्राफिक नियमको बेवास्ता र जनचेतनाको कमीले यहाँको सडक सयौँ जीवनको जोखिम बनिरहेको छ । गत वर्ष बिपी राजमार्गमा मात्रै ८२ ओटा सवारी दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन्भने २२३ जना घाइते भएका छन् ।

यस्तै, मदन भण्डारी राजमार्गमा भएका ७८ वटा दुर्घटनामा १४ जनाको ज्यान गएको छभने २०८ जना घाइते भएका छन् । यस्तै, मध्यपहाडी राजमार्गमा भएको सातवटा दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।

यसैगरी, भित्री सडकहरूमा ३८ वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कले बताउँछ । यसमा चार जनाले ज्यान गुमाएका र ७४ जना घाइते भएका छन् । ‘राजमार्गको अवस्था राम्रो छ,’ दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले भने, ‘तर, गति तीव्र हुँदा दुर्घटना हुने गरेको पाइन्छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीमा प्रमुख प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण चालकको असावधानी हो । ‘हामीले सम्भव भएसम्म जाँच, अनुगमन, सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ। तर, ट्राफिकको जनशक्ति सीमित छ, सडक नेटवर्क लामो भएकाले सबै क्षेत्र हेर्न गाह्रो छ,’ उनले भने । चालकको लापरबाही, आवश्यक प्रविधिको अभाव र स्थानीय चेतनाको कमीले दैनिक दुर्घटना हुने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘कतिपय मोटरसाइकल चालकहरु हेल्मेट लगाउँदैनन्, सिट बेल्ट बाँध्दैनन्, मोबाइल चलाउँदै सवारी चलाउने र आफूले चलाउने सवारी अवस्था चेकजाँच नगरी चलाउँदा समस्या हुने गरेको छ।’

सबै चालक सचेत छैनन् भन्ने पनि होइन । सडकमा वर्षौं बिताएका केही अनुभवी चालकहरू सवारी नियमको कडाइका साथ पालना गर्नुपर्ने कुरामा जोड दिन्छन् । ‘ट्राफिक नियम तोडेर चाँडो गन्तव्य पुग्न खोज्यौँ भने त्यो यात्रु मात्र होइन, हामी सबैको जीवन जोखिममा पर्छ,’ बिपी राजमार्गको सिन्धुली–काठमाडौँ सडकखण्डमा माइक्रोबस चलाउने रामबहादुर श्रेष्ठले भने ।

उनले थपे, ‘ट्राफिक नियमको बेवास्त गर्दा, गाडी चलाउँदै फोन चलाउने, बेल्ट नलगाउने, लेन हेरफेर गर्दा सिग्नल नदिनेजस्ता साना गल्तीहरूले ठूलो दुर्घटना हुन सक्छ।’ सवारी चलाउँदा गतिको प्रतिस्पर्धा कहिल्यै गर्नु नहुने उनले बताए ।

उनका अनुसार ट्राफिक नियम सवारीका चालकका लागि मात्रै होइन, यात्रु र स्थानीय बासिन्दा लागि पनि हो भन्ने चेतनाको अभाव छ । जिल्लाका अधिकांश सडकहरु साँघुरा छन् । त्यसमा स्थानीयवासीले कतै सडकमै पराल फिजाएर सुकाउँछन्, कतै बिस्कुन सडकको बीचमा थुपारिएको भेटिन्छ ।

पदैलयात्री ‘जेब्राग्रसिङ’को ख्यालै नगरी जहाँ पायो त्यहीँबाट सिधै सडक पार गर्छन् । यसले सडक दुर्घटनाको जोखिम झनै बढाएको छ । सडक दुर्घटना कम गर्न हरेक नागरिक समेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

सडक संरचना सुधारसँगसँगै मानव चेतना र व्यवहारमा परिर्वतन नभए जति फराकिलो सडक बने पनि सडक सुरक्षा नहुने स्थानीय अगुवाहरु बताउँछन् । क्रियाशील पत्रकार महिला जिल्ला शाखा, सिन्धुलीकी सचिव सुनिता दर्नालले सडक सुरक्षालाई लिएर पत्रकारिता क्षेत्रमा पनि अभियान चलाउनु आवश्यकता रहेको बताए । उनले भने, ‘सडक दुर्घटना घटाउन ट्राफिक नियमको व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । सञ्चारमाध्यमबाट जनचेतना फैलाउनु हाम्रो पनि कर्तव्य हो।’

ट्राफिक नियम स्वयं व्यक्तिको सुरक्षाका लागि हो। सडक दुर्घटना कम गर्न यसको सबैले पूर्ण पालना गर्नु आवश्क छ । यसका लागि कानुनी कार्यान्वयनसँगसँगै सामाजिक चेतना फैलाउन पनि आवश्यता रहेको देखिन्छ ।

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् ।

जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवारका १६ सदस्य सम्पर्कवबिहीन भएका हुन् ।

उनीहरु सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान गरिरहेकाे छ ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय अन्तर्गत सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

एमसिसीले नेपालमा निरन्तरता पाउने

काठमाडौँ । अर्थ मन्त्रालयले नेपालमा एमसीसी अन्तर्गतका परियोजना निरन्तर हुने जानकारी अमेरिकाले दिएको बताएको छ । सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट एमसीसीले जुलाई २४ मा पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारीसहितको पत्र पठाएको जानकारी गराएको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मिति २०८१/११/२२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबिच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको ब्यहोरा सरोकारवालालाई जनकारी गराइएको छ ।’

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को गत फागुन २२ गतेको पत्रअनुसार नेपाल सरकार र एमसीसीबिच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को मिति २०८१/११/२२ गतेको पत्रानुसार नेपाल सरकार र उक्त निकायबिच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको ब्यहोरा सरोकारवालालाई जनकारी गराइएको छ ।’

अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को गत फागुन २२ गतेको पत्रअनुसार नेपाल सरकार र एमसीसीबिच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशअनुसार पुनरावलोकनका लागि स्थगन भएको थियो ।

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए ‘ग्लोबल हिरो अवार्ड’

न्यूयोर्क। हामी नेपाली ग्लोबल संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरेको छ।

घिसिङ र शाहीको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताए।
अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले भने, ‘१८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे। जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौँ। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौँ। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ ।’

एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको उनले जनाए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश, विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरिब मुलुकको रूपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताए।

‘तपाईँहरूको सीप र क्षमतालाई शक्तिमा बदल्नु छ। एक पटक नेपाल फ़र्किउँ, नेपाल फर्कने वातावरण हामी बनाउँछौ’ उनले भने।

उनले कुलमान घिसिङ एक कुशल प्रबन्धक मात्र नभएर उज्यालो नेपालका नायक पनि हुन् भन्दै नेपालमा हरेक क्षेत्रमा त्यस्ता नायक चाहिएको बताए।

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए ।

रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिए ।

उनले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिएका थिए । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो ।

विभागको तथ्याङ्कअनुसार रेविज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ ।

बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ ।

मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण जनाएको छ ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन खेलको पूर्वसन्ध्यामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तत्काल थाल्न निर्देशन दिएका हुन्। उनले प्रतियोगिताको मिति र स्थान गहिरो अध्ययनपछि मात्र निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न आग्रह गरे ।

परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय आवश्यक रहेकोमा जोड दिए।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।

वर्षाका कारण ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकास्थित कर्णाली करिडोर र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरोध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् ।

बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरू कल्पना समेत नगरेको छलफलका क्रममा बताए ।

देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको उनले कर्णालीका केन्द्रीय सदस्यहरुलाई जानकारी गराए ।

पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावकका रुपमा बस्नुपर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनुपर्ने व्यक्ति रहेको ओलीको भनाइ थियो । सो क्रममा उनले पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वतन देखिएको बताएका छन् ।

सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आइतबार ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रूपमा सकारात्मक परिवर्तन देखिएको बताए ।

मन्त्री दाहालले भने, ‘सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने समाजको परिकल्पना गरिएको हो । त्यसअनुरूप अहिले देशको विभिन्न भागमा पूर्वाधार विकास भइरहेको छ । पहिला बाटो नपुगेका ठाउँमा अहिले बाटो पुगेको छ, पुलहरू बनिरहेका छन् । विकासका दृश्यहरू बिस्तारै देखिँदै छन् ।’

सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रलाई धन्यवाद दिँदै मन्त्री दाहालले लामो समयदेखि शिक्षण पेसा तथा अक्षलोक साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सिद्धिश्रमान श्रेष्ठको स्मृतिमा आयोजना गरिएको सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रम अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

उनले भने, ‘प्रगतिवादी साहित्यमा सधैँ रुचि राख्ने र सामाजिक रूपान्तरणमा सिद्धिश्रमानको महत्त्वपूर्ण भूमिकाप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । उहाँको स्मृतिमा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने कार्य अत्यन्त सान्दर्भिक छ । यस कार्यलाई अझ निरन्तरता दिइनेछ भन्ने विश्वास छ ।’

कार्यक्रममा सिद्धिश्रमान अक्षलोक साहित्यिक पत्रिकाको पूर्णाङ्क ६८औँ लोकार्पण गरिएको थियो । साथै, साहित्यकार सिद्धिश्रमानको सम्झनामा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सिद्धिश्रमान–चन्द्र विष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियमका नागरिक ई–रोजर दग्रुनलाई प्रदान गरिएको छ भने सिद्धिश्रमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा डा भानु चन्द्र बज्राचार्यलाई प्रदान गरिएको छ ।

वीरगन्जमा डिपबोरिङका लागि ‘हुकिङ’ बन्द गर्न विद्युत् प्राधिकरणको आग्रह

वीरगञ्ज । खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले उपभोक्ता समितिहरुलाई अनिवार्य रुपमा मिटर जडान गरेर विद्युत् प्रयोग गर्नका लागि अनुरोध गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी र सिँचाइका लागि मिटरसहितको विद्युत्को लाइन जडान गरेर मात्रै डिपबोरिङ गर्नका लागि अनुरोध गरे ।

“उपभोक्ता समितिहरुले आवश्यक पर्ने कागजात लिएर आएको खण्डमा २४ घण्टाभित्रै डिपबोरिङ रहेको स्थानमा लाइनसहितको मिटर जडान गरिदिनेछौं । त्यसैले मिटर जडान नगरिकनै हुकिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुहुन अनुरोध गरिन्छ”, उनले भने ।

वितरण केन्द्रका प्रमुख दुबेले ओभर ट्रिपिङको कारणले विद्युत्मा ‘सर्टसर्किट’ र विद्युत् चुहावट दुवै नियन्त्रण गर्नका लागि खटिनुपर्ने अवस्था आएको बताए।

वीरगञ्ज महानगर वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंहले विद्युत् प्राधिकरण पनि राज्यकै निकाय भएकाले अनिवार्य रुपमा मिटर जडान गरेर डिपबोरिङ सञ्चालन गर्नका लागि अनुरोध गरे । “पानी तान्ने डिपबोरिङका लागि आवश्यक पर्ने मिटर जडान गरेर सञ्चालन गर्नका लागि नगरवासीसँग अनुरोध गर्दछु”, उनले भने, “मिटर जडान गरेर विद्युत् प्रयोग गर्दा अन्य कुनै पनि खालका जोखिमबाट पनि बच्न सकिन्छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि विद्युत् चोरी तथा चुहावट गर्ने कार्यमा संलग्न हुनेलाई आवश्यक कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पर्साको खानेपानी तथा सिँचाइसम्बन्धी समन्वय र सहजीकरण समितिको आज बसेको बैठकले पनि चालु अवस्थामा रहेका डिपबोरिङमा विद्युत् व्यवस्थाका लागि स्थानीय वडाध्यक्ष/जनप्रतिनिधिको समन्वयमा उपभोक्ता समिति गठन गर्ने र विद्युत् मिटर जडान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

खानेपानी र सिँचाइ विद्युत् आपूर्तिको लागि निवेदन प्राप्त भएको २४ घण्टाभित्र नेपाल विद्युत् प्राधिकरणले विद्युत् मिटर जडान गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका अध्यक्ष नीरञ्जन साह सोनारले जानकारी दिए।

“हालसम्म खानेपानी संस्थानलगायत अन्य निकायबाट जडान भएको धारा तथा बोरिङको लगत सङ्कलन गर्ने”, उनले भने, “खानेपानी अभाव रहेको क्षेत्रको पहिचान गर्ने र आवश्यकता पहिचान भएको क्षेत्रमा पानी आपूर्तिको अवधारणापत्र तयार गर्ने पनि निर्णय गरेको छ ।”

समितिको बैठकले वास्तविक रुपमा खानेपानी अभाव भएका क्षेत्रको पहिचान गरी न्यूनतम ५ हजार लिटर क्षमताका आवश्यक सङ्ख्यामा ट्याङ्की जडान गर्ने र सोको समन्वय युनिसेफ नेपाल र जिल्ला समन्वय समितिले वीरगञ्ज महानगरपालिकासँगको समन्वयमा सात दिनभित्र जडान गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरी खानेपानीको वैकल्पिक सुविधा नभएको ठाउँमा डिपबोरिङ जडान गर्नुपरेमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसमा बोरिङ जडान गरी सोको जानकारी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत गराउने पनि निर्णय भएको छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवाः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक एआई च्याटबोटले यस समस्याको समाधान गर्न सक्ने विश्वास व्यक्त गरे। मन्त्री भण्डारीले भने, “अब श्रमिकले दूतावाससँग फेसबुक, ह्वाट्सएप वा वेबसाइटमार्फत सिधै बोलेर वा लेखेर प्रश्न गर्दा तुरुन्तै उत्तर प्राप्त गर्न सक्ने व्यवस्था गर्न लागिएको हो।”

नेपाली दूतावासमा अत्यधिक फोन आउने तर कर्मचारी संख्या कम भएकाले फोन नउठ्ने जस्ता समस्याको समाधानका लागि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघबीचको सहमतिअनुसार ‘श्रम संचार’ एपमा एआई च्याटबोट र कल सेन्टर प्रणाली एकीकरणको अन्तिम चरणमा पुगेको छ।

सोही कार्यक्रममा गैरआवासीय नेपाली संघको प्रविधिक टोलीले मन्त्री भण्डारीसहित श्रम मन्त्रालयका अधिकारीहरूलाई डेमो प्रस्तुति दिएको थियो।

श्रममन्त्रीसँगको छलफलमा यस प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः सबै देशहरूमा विस्तार गर्दै लैजाने सहमति भएको छ।

“श्रम संचार” एपमा एआई च्याटबोट र कल सिस्टम एकीकृत गर्दा विदेशस्थित नेपाली दूतावासहरूमा अत्यधिक फोन कल आउने तर कर्मचारी संख्या अत्यन्त न्यून भएका कारण सिर्जिएको समस्या समाधान हुने विश्वास गरिएको छ।

त्यसैगरी, यो डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलीमेडिसिन, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा समेत पाउन सक्ने, र प्रवासमा नेपालीहरूले भोग्दै आएका विभिन्न समस्याहरूको समाधान गर्न सकिने अपेक्षा गरिएको छ।

उक्त अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले मन्त्री शरतसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवाको सकारात्मक पहलप्रति आभार व्यक्त गरेका छन्।

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा जन्मिए ६८ छावा

काठमाडौँ  । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । २०४४ सालमा भारत, थाइल्यान्ड र म्यानमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो ।

केन्द्रमा ती देशबाट ६ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । २०४९ चैतमा पहिलोपटक हात्तीले छावा जन्माएको केन्द्रका प्रमुख मणिपुरण चौधरीले जानकारी दिए । त्यसयता हालसम्म ६८ वटा छावा जन्मिएकामा सात वटाको मृत्यु भइसकेको छ ।

चौधरीका अनुसार हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ वटा पोथी थिए । अहिले चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेको उनले बताए । ‘प्रजनन केन्द्रमा २२ वटा हात्ती छन् । तीमध्ये ९ वटा माउ र १३ वटा बच्चामध्ये ६ वटालाई तालिम दिएर राखिएको छ । केही दिनमा तिनीहरूलाई पनि पोष्टमा पठाइँदै छ,’ उनले भने ।

पछिल्लो समय जन्मिएका ७ वटा छावा केन्द्रमा रहेको चौधरीले बताए । यहाँ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोस्टमा पठाउने गरिन्छ ।

यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरुप नामकरण गर्ने गरिएको छ । पहिलेपहिले राजा र राजपरिवारका सदस्यको नाममा नामकरण गरिन्थ्यो । पछिल्लो पटक निकुञ्जमा कार्यरत रहेर हालै निधन भएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामकरण गरिएकोे छ ।

लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको नाम वेदगज राखिएको छ । चौधरीका अनुसार छावा जन्मिएको १२औँ दिनमा न्वारन गर्ने प्रचलन छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेशप्रसाद पन्तका अनुसार वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो । बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छिन् ।

तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामाकरण गरिएको संरक्षण अधिकृत पन्तले जानकारी दिए । ‘प्रजनन केन्द्रमा जङ्गली हात्ती नानापाटेघर, ध्रुवे, गोविन्दे, रोनाल्डो, कृष्णेलगायत आएर संसर्ग गर्छन् । यहाँ जन्मिएका छावाहरू तिनैका सन्तान भएको अनुमान छ,’ उनले भने ।

 

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

काठमाडौँ । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडिन् । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ्दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठानिन् ।

जब उनी मेलापात सकेर घर फर्किइन्, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देखिन् । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उनले फोन उठाइन् । फोन काठमाडौंस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उनको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेस्र्याए । उनले सबै जवाफ दिइन् ।

एनसेलका प्रतिनिधिले उनलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो र किन भनेर सोधिन् । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौं आउनुस् भन्ने जवाफ पाइन् । कार्कीले पछि मिलाएर आउँछु भनिन् । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौंमा सम्पर्क गर्न भनियो । ‘पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ,’ उनले भनिन्, ‘सुरुमा पुरस्कार पर्‍यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।’ तर जब काठमाडौंमा रहेका देवरले भनेपछि राम्रो उपहार परेको हो कि भन्ने भयो । देवरले एकपटक काठमाडौं आउनुहुन्छ त ? भनेपछि मात्र उनलाई साँच्चिकै पुरस्कार हो कि भन्ने भयो ।

मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौंका लागि गाडी चढिन् । भोलिपल्ट बिहान उनी छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुगिन् ।

‘एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन,’ शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उनले भनिन्, ‘अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।’

कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उनको झन्डै आठ वर्षअघिको हो । ‘स्थानीय आरुघाटस्थित बजारमा सात/आठ वर्षअघि किनेको ‘सिमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘आज त्यही प्याकले रु एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।’

उनको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमान्सँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उनको मनमा अझै ताजै छ । श्रीमान्ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झन्डै डेढ दशक बितिसकेको छ ।

यद्यपि भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । ‘कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ,’ उनले भनिन् । उनको जीवनमा ब्रजपात त तब पर्‍यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । विसं २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनुपर्‍यो ।

धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा हाल उनको सानो घर छ । विदेशमा श्रीमान्ले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि महिला स्वयंसेविकाका रूपमा थोरै भए पनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउँछिन् ।

गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उनले स्कुल जान छाडेकी हुन् । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रूपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लागेपछि घर सम्हालने जिम्मा उनको काँधमा आयो ।

खाडीको चर्को गर्मीमा श्रीमान्ले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउँथे । त्यही रकमले घरखर्च चलाउँथिन् उनी । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उनले श्रीमान्लाई देशमै जागिर गर्न सुझाव दिइन् ।

‘विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु गर्‍यौँ,’ उनले विगत सुनाइन् । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो ।

ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । नौ लाखमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झन्डै दुई वर्षअघि बहराइन पुगिन् । तर त्यहाँ पनि भने जस्तो काम पाउनुभएन । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उनी अहिले पनि बहराइनमै छन् । ‘दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ,’ उनले भनिन् ।

बहराइनमा श्रीमान्को शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा रु १५/२० हजार पठाइरहन्छन् । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उनले बताए ।

एनसेलबाट प्राप्त १ करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उनको खातामा आइसकेको छ । यो रकम उनका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उनको विश्वास छ ।

प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उनी खुसी छिन् । ‘यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन,’ उनले भनिन् ।

ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । ‘यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं,’ उनी भन्छिन् । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ ।

रञ्जिताले दिइन् बाँस्तोलालाई नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता शिव बाँस्तोलाले पाएका छन् ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी हुन् ।

 बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएपछि शनिबारदेखि लागू हुने गरी अध्यक्ष श्रेष्ठले बाँस्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन् ।

यसअघि शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन अल्टिमेटम दिएका थिए । तर, कार्यवाहक अध्यक्ष तोकेको पत्रमा कारण भने अध्यक्ष रञ्जिताले आफ्नो स्वास्थ्य अवस्थालाई देखाएकी छिन् ।

आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको र पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णयमा भौतिक उपस्थिति सम्भव नभएको भन्दै रञ्जिताले बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको बताएकी छिन् ।

हेर्नुस् पत्र: 

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन्।

आइतवार बालुवाटारमा विपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए।

दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण गरे। सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको बताए। प्रधानमन्त्री ओलीले विपी कोइरालाका धेरै आयामहरू रहेको बताए।

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं। राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्  ।

बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा पनि पानीको स्रोत सुक्दै गएको अवस्थामा सरकारले आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र नहुने र त्यसका लागि राहतका आवश्यक काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद घनश्याम रिजालले सरकारले सुशासनको कुरा गरे पनि अनधिकृत रुपमा स्वकीय सचिव नियुक्ति गर्ने गरेको उल्लेख गर्दै मन्त्रीहरूले पनि सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे ।

सांसद कृष्णबहादुर रोकायाले रुकुम–पश्चिमममा पुरानो चौरजारी विमानस्थलमा हवाई उडान बन्द भएको छ वर्षसम्म पनि नखुलेको हुनाले तत्काल उक्त विमानस्थल सञ्चालनमा ल्याएर हवाई उडान सुरु गर्न माग गरे ।

सांसद पदमबहादुर परियारले रोजगारका लागि कुवेत गएकी सङ्गीता थापाले रोजगारदाताले मानसिक र शारीरिक तनाव दिने गरेको सामाजिक सञ्जालमार्फत फेसबुकमा लेखिरहेको देखिएकाले तत्काल उद्धारका लागि सरकारसँग माग गरे ।

सांसद रुक्मणि कोइरालाले विसं २०११ नेपाल–भारतबीच कोशी सम्झौता गर्दा कोशी बाँध र पुल निर्माण गर्दा लगभग ३५ हजार बिघा जमिन अतिक्रमण गरिएको र सम्झौतामा भारतले क्षतिपूर्ति दिने भए तापनि अहिलेसम्म नपाएकाले त्यो क्षेत्रको जनताको समस्या परिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रेणु चन्दले बैतडीको पुर्चाैनी नगरपालिकामा श्रीभारवर सडकको अहिलेसम्म स्तरोन्नति नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिन सरकारसँग आग्रह गरिन् ।

सांसद विष्णुकुमारी सापकोटाले यातायात व्यवस्था कार्यालय र विभाग अव्यवस्थित हुँदै गएको देखिएकाले नागरिकको विश्वास जित्ने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन्  ।

सांसद विष्णुबहादुर विश्वकर्माले सुर्खेतको पञ्चपुरी निवासी हाल मुम्बईमा बस्दै आएका कँडेल परिवारको छोरीहरू १७ वर्षीय मेकुका र १५ वर्षीय सिर्जना कँडेल तीन साताअघि हराएकामा भक्तपुरको बोडेमा शव फेला परेकाले तिनीहरूको अपहरण गरी हत्यामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरे ।

सांसद श्रीकृष्ण अधिकारीले सरकारले सुशासनको कुरा गरिरहेको भए पनि निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने विषयमा तत्काल छानबिन गर्न माग गरे ।

रविको पक्षमा हस्ताक्षर गर्दै अमरेशले भने-सहकारीको पैसा ठूलै दलले खाएका छन्

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध हस्ताक्षर गरेका छन् । उनले आज दिउँसो बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् ।

३० वर्षदेखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋण बोकाएको र जहाँसुकै भ्रष्टाचार रहेको आरोप लगाए ।

तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्षमात्र भएको भन्दै सिंहले सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको जिकिर गरे ।

रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेबाट देशव्यापी हस्ताक्षर अभियान चलाएको थियो ।

अभियानमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री रमेशनाथ पाण्डे पूर्वन्यायाधीश बलराम केसी, वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी  देखि अभिनेत्री मनिषा कोइरालासम्मले हस्ताक्षर गरेका छन् ।

पछिल्लो विहिबार सम्मको तथ्यांक रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् ।

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ ।

युवराज पौडेल (सफल)ले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन् । उनीविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ ।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।

पौडेलले उजुरीमा भनेका छन्, ‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।’

भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

काठमाडौं। भारतको उत्तराखण्ड राज्यस्थित तीर्थस्थल हरिद्वारामा पर्ने मानसादेवी मन्दिरमा भागदौड मच्चिएको छ । भागदौडका क्रममा ६ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार घटनामा अरु थुप्रै घाइते भएका छन् । प्रहरीका अनुसार हालसम्म ३५ जनालाई अस्पताल लगिएको छ । मानसादेवी मन्दिरलाई हरिद्वारको पाँच तीर्थमध्ये एक मानिन्छ ।

प्रारम्भीक जानकारीअनुसार भीडमा विद्युतीय झट्का लागेको हल्ला फैलिएपछि भागदौड शुरु भएको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार हाल घटनास्थलमा राज्यको विपद प्रतिकार्य बल र स्थानीय प्रहरीले उद्धार तथा राहत कार्य गरिरहेका छन् ।

मुख्यमन्त्री धामीले आफ्नो प्रशासनले घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

कांग्रेसको महाधिवेशन २०८३ को सेरोफेरोमा हुन्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दशैंअघि महाधिवेशन नहुने बताए ।‘महाधिवेशन ८३ सालको दसैँको सेरोफेरोमा हुन्छ अहिले हुँदैन ।’

उनले कांग्रेसको महाधिवेशन नवौँदेखि आजसम्म पाँच वर्षमै भएको भन्दै अब १५ औँ महाधिवेशन पनि पाँच वर्षमै हुने बताए ।

‘चार वर्षको कार्यकालमा १ वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष अबको मङ्सिरमा पुरा हुन्छ । अहिलेसम्म क्रियाशील सदस्यता टुंगिसकेको छैन त्यसका लागि असोज मसान्त तोकेका छौ’, सिटौलाले भने, ‘८३ को मङ्सिरभन्दा उता लैजानुहुँदैन ।’

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि…

अदानचुली (हुम्ला) । कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए।

उनले भने,“ कामीको जिल्ला अस्पतालमा उपचार थालिएको छ। उनीलाई आफन्तले कुष्ठरोगी भनेता पनि कुष्ठरोग नभएको पुष्टि समेत भएको छ । तर उहाँको अन्य स्वास्थ्य परीक्षणपछि मात्र के रोग हो भन्ने पत्ता लाग्छ । ”

स्वास्थ्य सेवा कार्यालयले विरामी कामीको निःशुल्क उपचार गर्ने अस्पताल प्रमुख डा तिवारीले जानकारी दिए। उनका अनुसार कामीको खुट्टा र शरीरका केही भाग नचल्दा शारीरिक रूपले अपाङ्गता जस्ता भएका छन् । साथै हातखुट्टाका औँला बाङ्गो छन्भने हिँडडुल गर्न पनि कठिन छ । घरपरिवार एवं गाउँलेले अन्धविश्वासका कारण उनीलाई छाउगोठमा राखेका जनाइएको छ ।

छाउगोठमा बस्दा उनीले उचित उपचार र हेरचाहको अभाव झेल्दै आएका थिए । रातदिन चिसो, भोक र वेदनाका बीच जिउन बाध्य हुुनुभएका कामीलाई केही राहत भएको आफन्त जसपाल कामीले बताए।

उनको हेरचाहका लागि भाइहरूले प्रत्येक महिनाको पालो राखेका थिए । घरपरिवारले घरमै बस्न भने पनि गाउँलेहरूको डरत्रासले छाउगोठमा राख्नुपरेको परिवारका सदस्यले बताएका छन् ।

११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार एक तोला सुनको कारोबार १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।

कुलिङ पिरियडमा प्रचण्डलाई योगेश भट्टराईको काउन्टर- ‘छानबिन त तपाईँमाथि हुनुपर्ने होइन र ?’

काठमाडौँ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

प्रचण्डले कुलिङ पिरियडको व्यवस्थामा छेडखानी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन हुनुपर्ने बताएपछि भट्टराईले प्रचण्डको अडानमाथि नै प्रश्न उठाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले कुलिङ पिरियडको व्यवस्थामा प्रधानमन्त्री ओलीको संलग्नता रहेको आरोप लगाउँदै छानबिनको माग गरेका थिए । जवाफमा सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डको उक्त मागलाई ‘आफ्नै बोली गलपासो’ भएको टिप्पणी गर्दै प्रश्न उठाएका छन् ।

उनले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालमाथि यस प्रकरणमा तीन वटा कारणले छानबिन गर्न माग गरेका छन् ।

भट्टराईले फेसबुकमा लेखेका छन् , ‘२०८० फागुन ११ गते तपाईं स्वयं प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको थियो, जसमा कुलिङ पिरियडको कुनै व्यवस्था थिएन। त्यतिबेला तपाईं कुलिङ पिरियडको पक्षमा हुनुहुन्थेन। आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ पिरियडको भूत कसरी जाग्यो ?’

‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंले कुलिङ पिरियड राख्ने निर्णयमा सहमति जनाउनुभएको थियो। तर, समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्था किन तलमाथि भयो ? के यसमा तपाईंमाथि पनि नैतिक प्रश्न उठ्दैन ? छानबिन त तपाईंमाथि नै गर्नुपर्ने हो कि ?’ उनले प्रचण्डमाथि नै प्रश्न गरेका छन् ।

भट्टराईले कुलिङ पिरियडको व्यवस्था राख्नुपर्ने पक्षमा आफूहरू कायम रहेको र यो विषयमा सांसदहरूले नै संशोधन प्रस्ताव राखेको स्मरण गराए। उनले प्रचण्डको आरोपलाई ‘राजनीतिक स्वार्थले प्रेरित’ भन्दै तथ्यमा आधारित जवाफ दिन आग्रह गरेका छन्।

संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्था राख्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षको कुलिङ पिरियड राख्ने निर्णय गरेको थियो। यद्यपि, यो व्यवस्था हटाउने प्रयास भएको भन्दै सांसदहरूले विरोध जनाएका थिए ।

 

सुक्खा पहिराले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो ।

बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।

दिक्तेलका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंकाे माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् ।

सिंहदरबारको दक्षिण गेट अगाडि केश मुण्डन गरी अनसन बस्न पुगेका उनलाई प्रहरीले निषेधित क्षेत्र भन्दै नियन्त्रण लिएर माइतीघरमा लगेर छाडिदिएपछि उनले त्यहीँ सत्याग्रह सुरु गरेका हुन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएको भन्दै पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै  सात बुँदे मागसहित उनी सत्याग्रहमा बसेका हुन् ।

एनपीएलको अक्सन साउन २४ गते, ४५८ खेलाडीले गराए नाम दर्ता

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराउँदै कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेको र अक्सन साउन २४ मा हुने जानकारी गराएको हो ।

दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो । खेलाडी दर्ता प्रकृयामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यानले शनिबार जारी गरेको विज्ञप्तिका अनुसार दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले जनाएको छ।

प्राविधिक समितिले तोकेको मापदण्ड र टोलीहरूले चाहेका खेलाडीको सूचीका आधारमा अक्सनमा सहभागी हुने अन्तिम नामावली प्रकाशन गरिनेछ।

कौसीमा लगाएको ड्रागन फलबाट लाखौ‌ कमाउँदै सीता

काठमाडौँ ।  यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाखसम्म आम्दानी लिने गरेकी छन्।

तीनवटा बिरुवाबाट कौसीमा सुरु गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरेकी छन्। उनले बारीमा ४२४ वटा बोट रोपेकी छन्। घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो।

‘युट्युब’ बाट हेरेर प्रभावित भई उनले कौसीमा ड्रागन फल खेती सुरु गरेकी थिइन्। सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीनवटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाएकी थिइन्। कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उनले बताइन्। उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएकी छन्।

‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउँछन्। यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ,’ जिसीले भनिन्।

गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन्। असार महिनामा मात्रै साढे तीन क्विन्टल ड्रागन फल बिक्री गरिसकेकी छन्।

बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ। स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छन्। पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहेको जिसीको अनुभव छ।

आफ्नो भाषण नसुनी हिँडे पछि प्रचण्डलाई पत्रकारमार्फत झलनाथको ३ बुँदे खबरदारी

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले नेपालको राष्ट्रिय हितविपरित सरकारले तीनवटा सन्धी सम्झौता गर्न लागेको भन्दै विपक्षी दलका नेता पुष्प कमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र भारतबीच हुन लागेको भनिएको सुपुर्दगी सन्धी,कोशी उच्च बाँध र नागरिकता विधेयकबारे प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

खनालभन्दा अगाडि बोलेर प्रचण्ड हिँडेकाले उनले पत्रकारमार्फत तीन कुरा सम्झाउछु भन्दै आफ्नो भाषण अघि बढाएका थिए ।

खनालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धनी गर्न नसके त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने बताए । त्यसका लागि नेपालका सबै देशभभक्तहरु सचेत हुन जरुरी रहेको भन्दै खनालले विपक्षी नेता भएकाले प्रचण्डको सतर्कताको लागि आह्वान गरे ।

त्यस्तै खनालले दोस्रो बुँदामा सरकारले भारतसँग कोशी उच्च बाँधको सम्झौता गर्न लागेको भन्दै यसबारेमा नेपाली जनता र राजनीतिक दलहरुले थाहा पाउनुपर्ने बताए । विगतमा राणाकालीन शारदा ब्यारेजदेखि गण्डक,कोशी र टनकपुरमा नेपाल ठगिएकाले ठूला उच्च बाँधका बारेमा सचेत हुन प्रचण्डलाई आग्रह गरे ।

खनालको तेस्रो खबरदारी भने नागरिकता विधेयकमा रहेछ । उनले नागरिकता विधेयकमा बाबुको नाम नभए पनि हुनेगरी प्राबधान राखिएको बताए । खनालले आमाको नामबाट नागरिकता दिनेगरी कानून ल्याउनुको उद्देश्य उत्तरतिरबाट नेपालमा प्रवेश गरेर लामो समय बसोबास गरिरहेका ४० हजार व्यक्तिलाई नागरिकता दिनु रहेको दावी गरे ।

 

 

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

चन्द्रागिरि।  चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ। सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ। महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ।

छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ। यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो। ‘गाउँमै धार्मिक आयाम थपिएको छ,’ विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भन्नुभयो, ‘कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला? जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैँले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन्।’

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ। अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए। मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए। यहाँ रु ३० हजार १०५ सहयोग गर्नेका नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ।

हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ। महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए। घिमिरेले भने, ‘गोसाइँ स्नान गर्ने बेलामा एक दृष्टिले हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो।’

मुख्यगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ। श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहन्थे। त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गरेका थिए। उनको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो। भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरूलाई अनुरोध गरे।

उनीहरूकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए। सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेका हुन्। त्यसका लागि श्यामलालले रु ३७ लाख कलाकारका लागि पारिश्रमिक दिएका छन्। करिब रु सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ।

तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए।

महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय छिमेकी विष्णुप्रसाद लामिछानेले आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। आफूले पनि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

काभ्रेमा भएका दुई घटनामा २ जनाको मृत्यु

काभ्रेपलान्चोक । धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ । शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव आज सुनकोसी नदीमा भेटिएको हो ।

भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो । झिगुखोला पाँचखाल हुँदै सुनकोसी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलान्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी छ मिटर तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ ।

करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएको र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकाका पूर्व नगरप्रमुख टङ्कप्रसाद तिमल्सिना आज बिहान स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । तिमल्सिना सवार बा प्र ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नपा–२ स्थित बीस किलो भन्ने स्थानमा बा ६२ प ३५७८ नम्बरको अर्को स्कुटरले ठक्कर दिँदा स्कुटरको पछाडि बसेका तिमल्सिना गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले धुलिखेल अस्पतालमा शल्यक्रियासहितको उपचार भइरहेको छ ।

तिमल्सिना सवार स्कुटर चालक उनकै छोरा किशोर सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । नार्केबाट काठमाडौँतर्फ जाँदै गरेको ठक्कर दिने स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रेपलान्चोकको रोशी गाउँपालिका–८ बस्ने वर्ष २६ को निमा तेम्वा थोकर सामान्य घाइते भई उपचारको लागी मेथिनकोट अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

कानुनको अभावमा विद्युतीय फोहाेर व्यवस्थापनमा समस्या

काठमाडौँ । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहाेर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहाेर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ ।

उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहाेर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहाेर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ ।

कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनः प्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठुलो दायित्व नपर्ने उनीहरूको भनाइ छ ।

विद्युतीय फोहाेरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानुनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्टाउने हाम्रो चाहना’ नाराका साथ फोहाेर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् ।

नेपालमा यस विषयमा बहस सुरु भएपनि त्यसले कानुनीस्वरुप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताए । हालसम्म आफूखुसी यस्ता कार्यक्रम गरिए पनि कानुनी प्रावधानसहितको आवश्यक प्रबन्ध मिलाउने दायित्व सरकारको भएको उनको भनाइ छ ।

संस्थाले पोखरामा समेत अभियान सञ्चालन गरेको छ । डोकोले फोहाेर सङ्कलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीस्थित प्रशोधन केन्द्रबाट विद्युतीय फोहाेर छुट्याएर व्यवस्थापन गर्दै आएको छ । ती फोहाेरबाट आम्दानीसमेत गरिएको छ ।

वि.सं २०७४ देखि विद्युतीय फोहाेर सङ्कलन गर्दै आएको उक्त संस्थाले वातावरण संरक्षणमा हानि नोक्सानी नपुग्ने गरी फोहाेर विसर्जन गर्दै आएको छ । विद्युतीय फोहर प्रतिकिलो रु १५ का दरले सङ्कलन गरी पुनःप्रयोग गर्न सकिनेलाई उद्योगमै पठाउने गरिएको छ ।

सो संस्थाले सन् २०१३ मा काठमाडौँ उपत्यकाबाट ३५० टन विद्युतीय फोहर सङ्कलन र प्रशोधन तथा एक हजार ६०० टन कागज, सिसा, फलामजस्ता फोहर व्यवस्थापन गरेको जनाएको छ । त्यसबाट ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहाेर रहेकामा हाल वृद्धि भई ४२ हजार टनसम्म पुगेको संस्थाको अनुमान छ ।

‘यो औपचारिक रेकर्डसहितको तथ्याङ्क हो । दश वर्षमा तीन गुणासम्म फोहाेर बढिरहेको छ । अहिले मूल्यवान कबाडीजन्य सामग्री मात्र सङ्कलन गरी लैजाने गरिएकामा सबै फोहाेर उत्पादन कम्पनीले लैजाने व्यवस्था मिलाउनुपर्छ’, निर्देशक पञ्जियारले भने ।

डोकोबाहेक अन्य कम्पनीले हेटौँडा र विराटनगरमा विद्युतीय फोहाेर सङ्कलन सुरु गरेको छ । प्राक्टिकल एक्सन नेपाल प्रोजेक्ट म्यानेजर रवीन श्रेष्ठका अनुसार विद्युतीय चुलोको प्रयोग अवधि सकिएपछि त्यसको व्यवस्थापनका लागि डोको रिसाइकल र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा वातावरणमैत्री फोहाेर विसर्जन र पुनः प्रयोग अघि बढाइएको छ । ‘सरकारले प्रभावकारी कानुनी प्रबन्ध गरी वातावरणमैत्री फोहाेर विसर्जन आवश्यक छ’, उनले भने ।

नेपाल फूलबारी वेष्ट थ्रि आर सोलुसन कन्ट्रोल सर्भिस प्रालिका सूचना अधिकृत अर्जुन खत्रीले प्रत्येक घरबाट सङ्कलित फोहरबाट जैविक र अजैविक छुट्टाएर व्यवस्थापन गर्ने गरिएको जानकारी दिए । सङ्कलित फोहरमध्ये ६० प्रतिशत जैविक र त्यसमध्ये पनि ३५ फोहर पशुजन्य आहारका रूपमा प्रयोग गर्ने गरिएको छ ।

सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायत अजैविक फोहर टुक्रा बनाएर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको जानकारी दिँदै उनले कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहर पुनः प्रयोगका लागि कच्चापदार्थका रूपमा उद्योगमा पठाउने गरिएकाले आयआर्जनको गतिलो स्रोत बनेको बताए ।

कम्बोडिया-थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो दिन शनिबार पनि जारी छ । तीन दिनदेखि जारी तनावका क्रममा हालसम्म ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

थाइल्याण्डले आफ्नो तर्फ हालसम्म १९ जनाको ज्यान गएको जनाएको छ । कम्बोडियाले भने हिंसाका क्रममा आफ्नो तर्फ १३ जनाले ज्यान गुमाएको जनाएको छ ।

द्वन्द्वका क्रममा हालसम्म दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस क्रममा १ लाख ३० हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

तनावका क्रममा नयाँ सैन्य मोर्चा खुलेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि उत्तरी कम्बोडिया एवम् पूर्वी थाइल्याण्डको सीमा क्षेत्रमा कायम रहेको द्वन्द्व अहिले तटीय क्षेत्रसम्म विस्तार भएको जनाइएको छ ।

थाई नौसेनाले कम्बोडियासँग सीमा जोडिएको ट्राट प्रान्तमा नयाँ मोर्चा खुलेको जनाएको छ । यो क्षेत्र यसअघि द्वन्द्व भएको स्थानभन्दा १ सय किलोमिटरभन्दा टाढा छ ।

गत मे महिनामा एक जना कम्बोडियाली सैनिकको ज्यान जानेगरी सीमा क्षेत्रमा हिंसा भएपछि पछिल्लो द्वन्द्व चर्केको हो ।

कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि विगत दुई वर्षदेखि ज्यादती गर्दै आएको भन्दै त्यस्तो कार्य रोक्न मागसहित कवाड व्यवसायी समाज नेपालले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ।

शनिबार बुझाइएको ज्ञापन पत्रमा काठमाडौँ महानगरले आफ्नो मातहतका प्रहरी परिचालन गरी कवाड व्यवसायी र सङ्कलक मजदुरहरूमाथि कुटपिट, अपहरण तथा सम्पत्ति जफतजस्ता कार्य गर्दै आएको गम्भीर आरोप लगाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘महानगर प्रहरीले कुटपिट गर्दा केही व्यवसायी र संकलकको टाउको फुटेको र अङ्गभङ्ग समेत भएको छ।’  यो सबै कार्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा भइरहेको उनीहरूको आरोप छ । जसअन्तर्गत गरिब, मजदुर र श्रमिक वर्गलाई सहरबाट हटाउने प्रयास भइरहेको उल्लेख गरिएको छ।

सभापति देउवाद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले कांग्रेस चितवनका पूर्व सभापतिसमेत रहेका गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको उल्लेख गरेका छन् । स्वर्गीय गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने देउवाको भनाइ छ ।

‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाको शोक वक्तव्यमा भनिएको छ । गुरुङको शनिबार बिहान ८ः४५ बजे ७६ वर्षको उमेरमा निधन भएको थियो । उनी भरतपुर महानगरपालिका वडा नं. २६, दिव्यनगरमा बसोबास गर्दै आएका थिए । गुरुङको आइतबार सवा ११ पवित्र तीर्थस्थल देवघाटधाममा लगी अन्त्यष्टी गरिने कार्यक्रम रहेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै कामपा

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक सङ्केत राख्ने तयारी गरेको छ । यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक सङ्केतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लगि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरू गरिने छ । उहाँका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक सङ्केत राख्ने तयारी पूरा भएको छ । योसँगै कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिए।

सडक सङ्केत भएको स्थानमा र नभएको स्थानमा सडकको प्रयोग कसरी गर्ने भन्नेबारे चालक र यात्रु धेरैलाई ज्ञान छै जसको कारण पनि सडकमा पछिल्लो समय सामान्य गल्तीले गर्दा पनि दुर्घटनाको घटना बढिरहेको यसलाई कम गर्न सडकमा नै प्रयोकर्तालाई जनचेतना दिने हो । यसै आर्थिक वर्षमा नै कामपाले सडकमा आवश्यक पर्ने सामग्री पनि थप्ने तयारी गरेको छ । ट्राफिक कोन, डिभाइडर, सडक टल्कने सङ्केत समेत राखेर सुरक्षालाई थप मनबुत बनाउने विश्वास कामपाको छ ।

कामपाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठनको काम पनि जारी राखेको छ । कामपाका प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनोटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिएर क्लब गठन गरिएको श्रेष्ठले जानकारी दिए । सल्लाहकार श्रेष्ठका अनुसार छनोटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त तालिमप्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्ने गरेका छन्।

गाजामा झन्डै एक तिहाइ जनसंख्या भोकै बस्न बाध्य,जनजीवन संकटमा

काठमाडौँ । युद्धले तहसनहस बनाएको जामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त निकायले गाजाको अवस्था ’अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो । डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, “तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् ।

कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।” संस्थाले अझ भन्यो,“यो वर्षको मेदेखि सेप्टेम्बरसम्म करिब चार लाख ७० हजार मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरिएको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो।” “अत्यधिक महङ्गो भएका कारण बजारबाट खानपिन खरिद गर्न सकिने अवस्था छैन ।

मानिसहरूले राहतबाट प्राप्त हुने खानेकुरामा मात्र भर पर्नुपर्ने अवस्था छ,” डब्लुएफपीले उल्लेख गरेको छ । “मानवीय सहायता अभावकै कारण मानिसहरू ज्यान गुमाइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ । इजरायलले गएको मार्च महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा रोक लगाएको छ, जसका कारण बालबालिकामा कुपोषणको अवस्था झनै गम्भीर बन्दै गएको विभिन्न राहत संस्थाहरूले चेतावनी दिइरहेका छन् ।

युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष खरेल निलम्बन

दाङ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्ने राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संघले एक वर्षका लागि निलम्बन गरेको छ। साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको हो।

रुपन्देहीको देवदह निवासी खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधित) को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ।

संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले “गैरजिम्मेवार र अराजक जवाफ” पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको, र “स्वेच्छाचारी तथा मनोमानी गतिविधि” गरेको आरोप लगाइएको छ।

खरेलमाथि १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको, र सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने तथा मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेको आरोप पनि लगाइएको थियो। उनलाई तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो।

खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पृष्ठ लामो स्पष्टीकरण दिँदै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका थिए। उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर कसैलाई अभद्र व्यवहार नगरेको र सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए।

खरेलले भने, “पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन। म अधिवेशनबाट निर्वाचित भएको हुँ, मलाई हटाउन अर्को अधिवेशनले मात्रै सक्छ।”

उनले निलम्बनको निर्णयलाई “अन्यायपूर्ण र पूर्वाग्रहप्रेरित” भन्दै आफू संघमै क्रियाशील रहेर गतिविधि अघि बढाउने र आवश्यक परे समानान्तर कमिटी बन्न सक्ने चेतावनी दिएका छन्।

सुरज देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई लोकतान्त्रिक अभ्यास भनेका छन्।

उनले केही हप्ताअघि एमाले अध्यक्ष ओलीसँग खिचेको तस्वीरसहित फेसबुकमा “पार्टीको माया छ, र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ। अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्” भन्ने स्टाटस लेखेका थिए।

सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु

सुनसरी । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ । इनरुवासहित धरान, इटहरी, दुहबी, वराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले जानकारी दिए ।

जिल्लामा हालसम्म एक हजार ५१६ वटा पशु चौपायामा सङ्क्रमण देखिएको उनले बताए । सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ ।

लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ वटा पशु चौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सबैभन्दा बढी वराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ । हालसम्म ६४ हजार ४४१ वटा पशु चौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए ।

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। भरतपुर महानगरपालिका–२६ निवासी गुरुङn] नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए । नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै थिए । विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए । गुरुङका छोरा विदेशमा भएकाले आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती छन् ।

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौँ । विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।

जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो ।

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने सबैलाई सरकारले धन्यवाद दिएको छ ।