`

सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ

काठमाडौं – प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ ।

अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

काठमाडौं – घोडेजात्राको अवसरमा काठमाडौंमा बिशेष प्रदर्शनी भएको छ ।

टुडिखेलमा आयोजित बिशेष समारोहमा घोडाका बिभिन्न खेललगायत बिशेष प्रदर्शनी भएको हो ।

सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको बिशेष उपस्थिति रहेको थियो । 

एमाले निकट अनेरास्ववियले १ सय १४ क्याम्पसमा बिजयी (सुचीसहित)

काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियले १ सय १४ वटा क्याम्पसमा बिजय हासिल गरेको छ ।

गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमार्फत एमाले निकट अखिलले १ सय १४ क्याम्पसमा बिजय हासिल गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए । 

१ धनकुटा ब. क्याम्पस सन्तोष बुढाथोकी

२ महेन्द्र रत्न ब. क्याम्पस दर्शन राई

३ मेची ब. क्याम्पस सन्देश धमाला

४ गौरादह ब. क्याम्पस विक्रम तिवारी

५ भोजपुर ब. क्याम्पस निशान्त राई

६ स्नाकोत्तर क्याम्पस निर्मल प्रसाद गजुरेल

७ नर्सिङ्ग क्याम्पस, विराटनगर प्रशंशा पौडले

८ विरगञ्ज नर्सिङ्ग क्याम्पस मनिषा चौधरी

९ लमजुङ कृषि क्याम्पस विरेन्द्र जि.सी

१० बुटवल ब. क्याम्पस दिर्घ बहादुर एमसी

११ महेन्द्ररत्न क्याम्पस ईश्वर थापा

१२ ललितकला क्याम्पस सुजन श्रेष्ठ

१३ जनप्रशासन क्याम्पस अग्र शाही

१४ महारञ्जगंज चिकित्सा आनन्द कुमार सिंह

१५ महारञ्जगंज नर्सिङ्ग नोविना बस्नेत

१६ पुल्चोक क्याम्पस विराज अर्याल

१७ नेशनल ई. कलेज स्वीकार सुवेदी

१८ क्याथफोर्ड ई कलेज सुनिल सिंह ठकुरी

१९ पिपुल्स क्याम्पस रञ्जित भण्डारी

२० सगरमाथा ई. कलेज यज्ञराज सापकोटा

२१ एकतब्बा ब. क्याम्पस प्रतिक्षा खनाल

२२ गरुवा ब. क्याम्पस गोपाल आचार्य

२३ मंगलबारे ब. क्याम्पस सुनिल तामाङ

२४ गरामुनी क्याम्पस सन्तोष तिमल्सिना

२५ सिता रमेश क्याम्पस प्रदिप बर्देवा

२६ कनकाई क्याम्पस,सुरुङ्गा चेतन आचार्य

२७ गौरीगञ्ज ब. क्याम्पस स्तब हुसेन खान

२८ थर्पु क्याम्पस योम्बाहाङ योङ्हाङ

२९ याशोक ब. क्याम्पस मनोज थापा

३० श्री नारद आदर्श क्याम्पस केवल तामाङ

३१ बरुवा क्याम्पस, गाईघाट सारद खड्का

३२ षडानन्द ब. क्याम्पस गिरिजा कार्की

३३ हिले क्याम्पस बिशाल तामाङ

३४ जल्पादेवी क्याम्पस निर्मला कार्की

३५ बुधुक क्याम्पस युधिन चेमजोङ

३६ जितपुर क्याम्पस निरुता खडका

३७ संखुवासभा ब. क्याम्पस आमोद कार्की

३८ मादी क्याम्पस गोपाल प्रशाई

३९ रामेश्वर क्याम्पस हर्क ब. बयलकोटी

४० ह्यातुङ झरना क्याम्पस प्रकाश गौतम

४१ जिरी खिम्ति क्याम्पस कञ्चन लिम्बु

४२ लेटाङ्ग क्याम्पस छवि श्रेष्ठ

४३ रमाईलो ब. क्याम्पस मालती रेग्मी

४४ सप्तकोशी ब. क्याम्पस चित्रमान राई

४५ साकेला क्याम्पस एम खड्का

४६ सर्लाही क्याम्पस धर्मेन्द्र टाका यादव

४७ भिमज्योति क्याम्पस लक्ष्मी श्रेष्ठ

४८ गौमुती ब. क्याम्पस प्रज्ज्वल तिमल्सिना

४९ तीनपाटन क्याम्पस प्रेम ब पुलामी

५० सरस्वती ब. क्याम्पस देवराज गौतम

५१ ईन्द्रावती क्याम्पस किसान दुलाल

५२ मेलम्ची भ्याली क्याम्पस पवन लामिछाने

५३ सुनकोसी क्याम्पस हिरा थामी

५४ जिरी क्याम्पस ज्योति खड्का

५५ हेटौडा ब. क्याम्पस अभि मैनाली

५६ निर्मल ब. क्याम्पस सरोज अर्याल

५७ नमुना ब. क्याम्पस अन्दाज श्रेष्ठ

५८ शहिद स्मृति क्याम्पस राजेन्द्र सापकोटा

५९ माडी ब. कलेज राकेश चौधरी

६० मिर्मि ब. क्याम्पस मुना न्यौपाने

६१ सिद्धार्थ ब. क्याम्पस संजोग थापा

६२ मंगला शिक्षा क्याम्पस भिममाया रोका

६३ लाईफ साईन्स क्याम्पस दिपक योगि

६४ सिद्धपृथ्वी जनता क्या. आरती चलाउने

६५ नोभेक्स ई कलेज डिला शाही

६६ दाङ भ्याली कलेज प्रविन पुन

६७ स्प्यान नेशनल कलेज सिता घर्ति

६८ आदर्श एरावती संगिता भण्डारी

६९ नवनेपाल क्याम्पस एकराज डाँगी

७० नेपाल आदर्श ब. क्याम्पस राजकुमार तेली

७१ तौलिहवा ब. क्याम्पस राजेश अग्रहरि

७२ बुद्धभुमी क्याम्पस बाबुराम गिरी

७३ फलाहारी बाबा क्याम्पस अभिशेक मणी यादव

७४ त्रिभुवन ब. क्याम्पस कामेश पासवान

७५ दिव्यज्योती ब. क्याम्पस किरण बस्याल

७६ माण्डप्य ब. क्याम्पस सरोज अधिकारी

७७ उद्वुद्ध कलेज दुर्गा कुँवर

७८ जनशेवा ब. क्याम्पस लक्ष्मि प्र न्यौपाने

७९ बाँसगढी ब. क्याम्पस हरिकला अधिकारी

८० बर्दिया ब. क्या. देवराज अधिकारी

८१ रुद्रावती ब. क्याम्पस अनिष पाठक

८२ मानका टिकाराम ब. क्या आकाश खरेल

८३ रिडि ब. क्याम्पस गंगा कुँवर

८४ सत्यवती ब. क्याम्पस अस्मिता भण्डारी

८५ दिगाम आदर्श क्याम्पस श्रीधर अर्जल

८६ ज्ञानोदय ब. क्याम्पस विनय यादव

८७ स्वर्गद्वारी ब. क्याम्पस टेकराज केसी

८८ हरैया ब. क्याम्पस प्रदिप शर्मा

८९ देवदह आदर्श क्याम्पस अर्जुन गैरे

९० अमरदिप ब. क्याम्पस अविरल ढकाल

९१ हिमशिखर ब. क्याम्पस सिर्जना रसाईली

९२ कोटदेवल क्याम्पस सिता कार्की

९३ सल्यान ब. क्याम्पस राजेश ओली

९४ एश्वर्य बहुमुखी क्याम्पस कुवेर खड्का

९५ चैमाला ब.क्याम्पस हरेन्द्र बुढा

९६ खप्तड ब. क्याम्पस पुष्कर अवस्थी

९७ बुलबुले ब.क्याम्पस पुष्पा खाती

९८ लम्की ब. क्याम्पस कल्पना तिमल्सीना

९९ कचन ब. क्याम्पस देव ब. साउद

१०० रौलेश्वर जनता ब. क्या दिलेन्द्र बडु

१०१ श्रीकोट ब. क्याम्पस शम्भु गिरी

१०२ सेती बहुमुखी क्याम्पस लक्ष्मण गिरी

१०३ सुनुकुडा बहुमुखी क्याम्पस दिलिप अधिकारी

१०४ थलरा ब. क्याम्पस महेश जेठारा

१०५ खप्तड बहुमुखी क्याम्पस श्याम विक

१०६ कमल बजार ब क्याम्पस सुरेन्द्र चलाउने

१०७ शंकरपुर बहुमुखी क्याम्पस कविता अवस्थी

१०८ कृष्णस्नातक ब.क्याम्पस हेमन्ती जोशी

१०९ बागेश्वरी ब. क्याम्पस, देवेन्द्र बुढा

११० बबई ब. क्याम्पस लक्ष्मण भण्डारी

१११ भेरी शिक्षा क्याम्पस, सुर्खेत शक्ति पौडेल

११२ पिण्डेश्वर विद्यापिठ एनिश रेग्मी

११३ जनक हजारी विद्यापीठ सुवाष झा

११४ केन्द्रिय आयुर्वेद विद्यापीठ हेमन्त बन्जाडे

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

काठमाडौं – नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ।

एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताउनु भयो।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उहाँले चैत्रको २० गतदेखि २५ गतेसम्म ५ दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराउनु भयो । त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाई थियो। 

उहाँले भन्नुभयो, ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं। यो चाहिं ७५३ वटै स्थानीय तहबाट हुनु पर्यो। ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं। जनसरोकारको पहिचान भन्नेमा हामीले सो क्षेत्रको पहिचान गर्नु पर्यो। तपाईहरु जुनजुन पेशा र व्यवसायमा हुनुहुन्छ। त्यो पेशा र व्यवसायको पहिचान पनि त्यसमा राख्नु पर्यो। भौतिक पूर्वाधारको क्षेत्रमा के छ? किसानहरुले भोगिरहेका समस्या के छन ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिर्पोटिङ तयार गर्नेछ यही विषयमा।’

उत्पीडित वर्गहरूले आफ्नो अधिकार भीक मागेर नभई सङ्घर्षद्वारा प्राप्त गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हक अधिकार स्थापित गर्नका लागि आफूले बाहेक कसैले पहल नगर्ने दाबी गर्नुभएको छ ।

५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा मूल आयोजक समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जातीय भेदभावमा परेका समुदायहरूको हक अधिकार स्थापितका लागि आफूले बाहेक अरू कसैले केही गर्न नसक्ने दाबी गर्नुभएको हो ।

उहाँले दलित समुदायहरूले सयौँ वर्षसम्म सम्झने गरी छिटै केही घोषणा गर्न लागेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले उत्पीडित वर्गहरूले आफ्नो अधिकार भीक मागेर नभई सङ्घर्षद्वारा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले क्षतिपूर्तिसहितको विशेषाधिकार एवं सकारात्मक विभेदको प्रक्रियाबाट मात्रै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समानताको आधारशिला खडा गर्न सकिने उहाँले बताउनुभयो । यसका निम्ति कानुन निर्माण, संशोधन एवं व्यवस्थापकीय पक्षहरूमा सुधारका खेल्नुपर्ने भूमिकाका लागि सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइँदै आएको छ । नेपाली दलित आन्दोलनले यो दिवसलाई वि.सं. २०४६ देखि निरन्तर देशव्यापी रूपमा मनाउँदै आएका छन् ।

प्रधानमन्त्रीविरुद्ध बानेश्वरमा युवाहरुको नारा : ३ जना पक्राउ

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । 

तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्का एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले ‘गरिबमारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर्’, ‘नालयक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौँ’ भन्दै नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड कार्यक्रम स्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर्’ भन्दै नारा लगाएका थिए । ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । 

नेपालले आणविक कानून बनाउँदा परराष्ट्र नीतिलाई ध्यान दिनुपर्छ : योगेश भट्टराई

काठमाडौं –  नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताउनु भएको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सचिव भट्टराई यस्तो बताउनु भएको हो।

उहाँले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सचिव भट्टराईले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पार्नुभयो ।

प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चीन र भारको बीचमा रहेको भन्दै कानून बनाउँदा ठूला देशको बीचमा हुँदाको फाइदा र अफ्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताउनुभयो ।  

क्रिकेट रंगाशालाका कारण मानसिक यातना भोगिरहेको छु : सिताराम कट्टेल

काठमाडौँ – कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको खुलासा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आधा घण्टा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि आफू ‘डिप्रेस्ड’ रहेको बताएका हुन् ।

‘म आज अलि आक्रोशित पनि हुन सकूँला । अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?,उनी भन्छन् , ‘म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेसिभ छु । त्यसैले म सुरूमै माफी चाहन्छु । मैले बोलेका कुराले कसैलाई ठेस पुर्याउँछ भने म माफी चाहन्छु ।’

केही दिन पहिलेमात्र नेपाली क्रिकेटले तय गरेको विश्वकप यात्रालाई स्मरण गराउँदै उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगाशालाको आवश्यकता रहेको प्रस्ट पारेका छन् । ‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ? के हामीले पाप गरेका थियौं ?’ धुर्मसले प्रश्न गरेका छन् ।

त्रिवि मैदानमा भएको उक्त खेलमा मैदानबाहिर दर्शकहरू पर्खालमा तथा रूख चढेर खेल हेरेका थिए । यस्तो अवस्थामा नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । ‘आज सञ्चारमाध्यममा रूखमा झुण्डी झुण्डी क्रिकेट हेरेको भनेर सम्प्रेषित भएका समाचार हेरेर हामीहलाई मज्जा आइरहेको होला ?’ धुर्मुस प्रश्न गर्छन् ।

रंगाशाला निर्माणको सपना धुर्मुस–सुन्तलीको मात्रै नभएर सबै नेपालीको रहेको बताउँदै उनले निर्माणको काम रोकिनुको कारणबारे भिडियोमा बताएका छन् ।

धुर्मुसले फेसबुक लाइभमार्फत यस्तो भनेका थिए :

म विगत डेढ वर्षदेखि यही रंगशालाका कारण मानसिक यातना भोगिरहेको छु । मेरो निजी र पारिवारिक जीवन विथोलिएको छ । आखिर मैले गरेको अपराध के हो ? देशका लागि एउटा गर्विलो संरचना निर्माण गर्न खोज्नु नै मेरो अपराध हो ?

तपाईंहरुले गर्नुभएको सहयोग खेर गएको छैन । सबै यही खर्च भएको छ । हामी निमित्तमात्र हौं । स्वयम्सेवी हौं । यो राज्यको सम्पत्ति हो । सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस् ।

आज नेपाली क्रिकेट जहाँ पुगेको छ, रंगशाला आवश्यक रहेछ कि रहेनछ ? टीयू ग्राउन्डको प्रतियोगिता भूईंमा बसीबसी हजारौंले हेरिरहँदा, भूईंमा पनि नअटाएर रुखमा झुण्डिएर हेरिरहँदा रंगशालाको आवश्यकता महसुस भयो कि भएन ?

हामी कहाँ लुकेका छौं ? कहाँ भागेका छौं ? अहिले पनि फिल्डमा रुँघेर बसेका छौं । डेढ वर्षदेखि सिंहदरबारका ढोकाढोका चहारेर लौन निकास निकाल्नुप¥यो भनेर अनुनय गरें । हो, हामीले नसकेकै हौं । अरु कुनै कारणले नभएर आर्थिक अभावले ।

एक वर्षअघि पुस २ गते स्वामित्व लिइदिन अनुरोध पत्र महानगरमा पठायौं । आम्दानी खर्चको मूल्यांकन गरियो । भौतिक संरचनाको चेकजाँच गरियो । त्यसको प्रतिवेदन सार्वजनिक भएपछि म आफ्ना कुरा राख्छु भन्दै थिएँ । तर, प्रतिवेदन सार्वजनिक गरिएन ।

दोस्रोपटक कोरोना भएर बेडमा सुतिरहेको बेला अख्तियारमा उजुरी परेको भनेर सनसनी समाचार फैलियो । परियोजनाको जम्मा खर्च ५७ करोड छ । ५७ करोड नै भ्रष्टाचार भएको भनेर उजुरी हालियो । यही रंगशालामा मेयर कप आयोजना गरेर नमूना खेलमैदानको पैसा २ लाख १० हजार नतिर्नेहरु उजुरी हाल्न पुग्नुभएछ ।

म चाहिँ मूल्यांकन सकिएपछि वास्तविक कुरा बाहिर आइहाल्छ भनेर पर्खिबसें । महानगरपालिकाले बोलाएको सीएको टीमले महानगरलाई प्रतिवेदन बुझायो । तर, हिसाब सार्वजनिक भएन । ती रिपोर्टहरु फागुनमा खेलकुद मन्त्रालयमा पुगे । ५ गते खेलकुद मन्त्रालयले अर्को समिति बनायो एक हप्तामा सुझाव दिन भनेर । तर, एक हप्तासम्म समितिका पदाधिकारीको चिठी पनि पुगेको थिएन । म आफैं चिठी बोकेर हिँडे । बैठक बस्यो । अब त सुझाव देला, टुंगिएला भन्यो छैन ।

फेरि अर्को मूल्यांकन सुरु भयो । जागिर छोडेका इन्जिनियर र अकाउन्टेन्ट बोकेर सिंहदरबार धाइरहें । एक दिन होइन, दुई दिन होइन । यो चाहियो, त्यो चाहियो भनियो । मन्त्रीकहाँ गयो, रिपोर्ट दिएको छैन भन्छन् । सचिवकहाँ गयो पर्खिनुस् न भन्छन् । साढे पाँच महिना बित्यो खेलकुद मन्त्रालयमा । तर, रिपोर्ट आएन । मौखिक रुपमा समितिका सदस्यले भन्न थाल्नुभयो, नेपाल सरकारसँग यो परियोजनामा कुनै लेनादेना छैन । यो रिपोर्ट त महान्यायाधिवक्ताकहाँ पठाउनुपर्छ । महानगरपालिकाले नै भुक्तानी गरेर सल्टाउनुपर्ने थियो । महानगरपालिकालाई सोध्यौं । केन्द्रीय सरकारले सकार्नुपर्छ भनियो । महानगर र केन्द्रीय सरकारको चक्कर लगाउँदालगाउँदै दिन बिते ।
राज्यले जग्गा उपलब्ध गराएको ठाउँमा राज्यकै सम्पत्ति बनेको छ । उधारो तिर्नुपर्ने सबै हरहिसाब अडिट रिपोर्टमा देखिएको छ । कानूनले छेक्यो उधारो तिर्नलाई ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुकहाँ पुगें, लौन टुंगाइदिनुपर्‍यो भनेर । गैरआवासीय नेपाली संघ, क्रिकेट संघ, खेलकुद परिषद कहाँमात्र धाइनँ । अब अगाडि बढाइदिनुस् भनेर अनुरोध गरें । मुख्यसचिवकहाँ पुगियो । म त मर्ने अवस्थामा पुगिसकें, कि खोट देखाइदिनुपर्‍यो होइन भने म यसरी नसक्ने भएँ भनें । आत्मदाह गर्ने अवस्थामा पुगेको बताएँ । अब टुंगिन्छ भन्दाभन्दै साउन ९ गते मन्त्रिपरिषदबाट अर्को समिति बन्यो, शहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा । त्यसले एक महिनाभित्र रिपोर्ट दिनुपर्ने थियो । रिपोर्ट त पेश भयो स्वामित्व लिने भनेर । तर, निर्णय गर्ने बुँदाहरु लेखेनछ भनियो । अब दशैं सकेपछि टुंगिन्छ भनियो । दशैं सकियो, तिहार सकियो । फेरि चुनाव आउने बेला भयो, अहिले मिल्दैन भनियो ।

हरेक मन्त्रीलाई अनुरोध गरें । क्वाटरमा पुगें । टुंग्याइदिनुस्, न्याय दिलाइदिनुस् भनें । चुनावको आचारसंहिताले दिँदैन भनियो । चुनाव सकिएर प्रधानमन्त्री, मन्त्रीकहाँ धाएँ । टुंग्याइदिनुस् भनें । तर त्यो सरकार पनि गयो ।

अहिले नयाँ सरकार आएको छ । अनुरोध गरिरहेका छौंं । अझै आशावादी भइरहँदा कहींकतैबाट टुंगिएको अवस्था छैन । हरहिसाब सार्वजनिक गरिएला भनेर सास्ती खेप्दै आइयो । मैले गरेको काम सही छैन भने खोट देखाइदिनुपर्‍यो । सञ्चारमाध्यममा प्रतिवेदन सार्वजनिक भएका छन् । ५७ करोड ९२ लाख रुपैयाँ खर्च छ भने ३९ करोड ८० लाख संकलन भएको छ । १८ करोड ४३ करोड रुपैयाँ उधारो छ ।

हामी परिवन्दमा फस्दै गयौं । महत्वाकांक्षी काम भनियो । राज्यले गर्ने काम व्यक्तिले किन गरेको भनियो । घाँटी हेरेर हाड निल्नुपर्ने भनियो । हामीले यो परियोजना हचुवामा अघि बढाएका थिएनौं । उधारोमा सामान झारीझारी राज्यको सम्पत्ति बनाउने मलाई त सम्मान गर्नुपर्ने होइन ?

चितवनमा महायज्ञ लाग्यो । आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्नुभयो । जसजसले बोल्नुभएको थियो । तर, बोलेकामध्ये अधिकांश रकम आएनन् । ७९ करोडमध्ये ९ करोड ४१ लाख आयो । कबोल भएको पैसा आउला भन्ने आशले उधारोमा सामान झारिएको थियो । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्रीले ३० करोड दिने भन्नुभएकोमा ३ करोड आयो, बाँकी २७ करोड आएन ।

हामीलाई यसरी बदनामी, आलोचना र चरित्रहत्या गरियो कि मानौं करोडौं रुपैयाँ भ्रष्टाचार गरेर भागेको जस्तो । गाडी जोडे, स्वीमिङ पुलसहितको घर बनाए अरे ! हो, आँसुको स्वीमिङ पुल बनेको छ । हामीले कलाकारिता गरेर नै पैसा कमाएका थियौं । २०६७ सालमै घर-गाडी जोडिएको हो । सातवटा कम्पनीका सद्भावना दूत थियौं । अभाव थिएन । आम्दानी कसैलाई भाग लगाउनु पर्दैनथ्यो । तर, यस्तो बनाइयो कि मंगल ग्रहबाट टुप्लुक्क झुल्कियौं र रंगशालाबाट भ्रष्टाचार गरेर विलासिताको लाइफ बाँचिरहेका छौं ।

जग्गाको विषयमा पनि अफवाह फैलाइएको छ । हामी कृषि विश्वविद्यालयको जग्गा हडप्न आएका थिएनौं । जग्गामा हाम्रो के दोष छ ? जग्गा उपलब्ध गराएको सरकारले होइन ? यो ठाउँमा बना भनेर दिइयो । डेढ वर्षपछि एक्कासी यस्ता कुराहरु आए । किसानको छोरो हुँ । हलो जोतेर पढेको । कृषिप्रति मोह छैन होला ?

हामी आउँदा यो जमिन कस्तो थियो ? तीन-चार फिटमा पानी आउँथ्यो । सिमसार हो । १७ फिट पुरेर जग हालिएको थियो ।

डेढ वर्ष बिताइसकें । अझै पनि कहाँ-कहाँ हिसाब देखाउनुपर्ने हो देखाउन तयार छु । अझै चेकजाँच गरियोस् । चारवटा समिति गठन भइसके । कतै गडबडी भएको भए मेरो हातमा हत्कडी हुन्थे होला ।

सरकार त सबैको अभिभावक हो नि ! अभिभावकले सन्तानलाई माया र संरक्षण दिन्छ होला भनेको रुँदै हिँड्नुपरेको छ । मेरो खोट कतै देखिन्छ भने तुरुन्तै निर्णय होस् । यदि कोहीकसैलाई हाम्रा हिसाबहरु, अडिट रिपोर्ट चित्त बुझ्दैन भने एकचोटि रंगशालामा आएर हेर्नुस् । तपाईंले गरेको सहयोग बराबरको छैन भने मलाई यही गाडिदिनुस् । तर, यसरी पलपल नमारिदिनुस् ।

मेरो परिवार पलपल मरिरहेको छ । हरेक दिन घर फर्किंदा परिवारले सोध्छन्- आज टुंगियो ? श्रीमती सुन्तलीले महायज्ञको अन्तिममा बोलेको कुरालाई बंग्याएर महारानी भनियो । तथानाम गालीगलौज गरियो । बरु मलाई गाली गर्नुस् । मेरो परिवारका सदस्यलाई, अभियन्ता कसैलाई गाली नगरिदिनुस् । दोष सबै म जिम्मा लिन्छु । मेरो परिवारमा कसले कतिवेला आत्मदाह गर्ने हुन् भन्ने अवस्था छ ।

सरकारलाई पूर्णता दिन आज बिहानबाटै संवाद सुरु भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई पूर्णता दिन आजबाटै संवाद सुरु भएको बताएका छन् ।

मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको बताएका हुन् ।

उनले भने, ‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चल्दै छ, जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्धोदन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठकको आयोजना गर्दै छु, त्यो छलफलमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ ।’

जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए ।

गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जान्छौं : झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भागबन्डा मिलेपछिमात्रै औपचारिकरूपमा सरकारमा जाने तयारी गरेको छ ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

उनले भने, ‘सरकारमा के नीति कार्यक्रमका साथ जाने रु हाम्रो पार्टीको निम्ति के कति हिस्सेदारी हुन्छ रु सबै कुराको टुंगो लागेपछि मात्रै हामी सरकारमा जाने निर्णय गर्छौँ । त्यसको लागि अध्यक्षज्यूको नेतृत्वको टीमले कुराकानी गर्छ । त्यो प्याकेजअनुसार हामी निर्णय गर्छौं ।’

प्रधानमन्त्री प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेका छन् ।

आज बिहान गोरखा पुगेका प्रधानमन्त्रीले पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास गरेका हुन् । यो सडक २० किलोमिटरको रहेको छ ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।

मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आजअन्तिम दिन

काठमाडौं – मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले आज कार्यालय समय भित्र कम्पनीको आईपिओमा आवेदन दिन सक्नेछन । 

मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानिय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ ।

साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागिभने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको थियो । 

यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको हो ।

 रेटिङ एजेन्सी केयर नेपालले यस आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
 

महाकाली सन्धि खारेज गरी नयाँ ढङ्गबाट सम्झौता गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ – सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि खारेज गरी नयाँ ढङ्गबाट सम्झौता गर्नुपर्ने सांसदहरूले माग गरेका छन् ।

सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि नयाँ ढङ्गबाट सम्झौता गर्नुपर्ने माग राखेका हुन् । 

राष्ट्रिय हितमा, र जनताको हितमा रहने गरी संवेदनशीलतालाई मनन गरेर मात्रै सन्धिहरू अघि बढाउनुपर्ने बताएका छन् । सांसदहरूले संविधान बनेको झन्डै ७ वर्ष बितिसक्दासमेत राज्यले कुनै पनि सन्धि पुनरावलोकन नगरेको आरोप लगाएका छन्  । उनीहरुले महाकाली सन्धि र  कोसी—गण्डक सम्झौता असमान रहेकाले समयसापेक्ष बनाउनुपर्ने माग गरेका हुन् ।

बैठकमा बोल्दै समिति सभापति दिलकुमारी थापा रावल (पार्वती) ले, “१९५० को सन्धि धेरै नै बहसमा छ । हामी यसलाई राष्ट्रिय हितमा, जनताको हितमा रहने गरी त्यसको संवेदनशीलतालाई मनन गरेर अघि बढ्छौँ ।”

बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले गोर्खा भर्तीमा गएका नेपालीहरू माथि विभेद भइरहेकोप्रति सरकारको ध्यानाकर्षण भएको छ की छैन भन्दै प्रश्न समेत गरेका थिए । 

नेपाल भारत शान्ति र मैत्री सन्धि १९५० ले सन्धिमा नेपाल सरकारले भारतको भूमिबाट हातहतियार र गोलाबारुद वा युद्धका लागि आवश्यक सामग्रीहरु र औजारहरु नेपालको सुरक्षाको लागि स्वतन्त्र रुपमा ल्याउन सक्छ भनेपनि यस्ता किसिमका सामग्री भारतको सहयोगमा र सम्झौताअनुसार मात्रै ल्याउनुपर्छ भन्ने शब्द राखेकाले पुनरावलोकन गर्न आवश्यक रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सुशील कोईरालाले बताए । 

सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं – धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ ।

होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

 कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।
 

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक आज

काठमाडाैं – जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो ।

आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८ र २९ गते आफ्नो विधान अधिवेशन गर्ने निर्णय गरेकाले उक्त विषयको तयारीका लागि पनि आजको बैठक बोलाइएको बताइएको छ ।

एमाले मिसन ग्रासरुट : आधारभूत काम चैत २० गतेसम्म सम्पन्न गर्न परिपत्र

काठमाडौँ – नेकपा (एमाले) ले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) सुरु गरेको एकमहिना पूरा भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते शुभारम्भ गर्नुभएको दुई महिने अभियानमा केन्द्रीय नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू पालिका तहका नेताकार्यकर्ताका साथ स्थानीय तहमा पार्टी काममा खटिनुभएको छ । 

मिसन ग्रासरुटका लागि पार्टीले निर्धारण गरेका निश्चित कार्यहरू सम्पादन धमाधम भइरहेका र ती काम यही चैत २० गतेसम्म सकेर अभियानको समीक्षामा लाग्न पार्टी केन्द्रबाट निर्देशन जारी गरिएको छ । 

अभियानको अनुगमनको जिम्मेवारीमा रहनुभएका पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवहरूको उच्चस्तरीय बैठकले मिसन ग्रासरुटको संक्षिप्त समीक्षा गर्दै बाँकी अवधिका लागि कामको तालिका निर्धारण गरेको छ । 

सोही अनुसार महासचिव शंकर पोखरेलले मिसन ग्रासरुटमा खटिरहनुभएका नेताहरूलाई कार्यसम्पादन गर्न निर्देशन जारी गर्नुभएको छ ।

आमरूपमा अभियानअन्तर्गत गर्नुपर्ने आधारभूत काम चैत २० सम्म सम्पन्न गर्न र पालिका तहमा चैत २५ गतेसम्म कामको समीक्षा गर्न भनिएको छ । 

त्यसअघि सबै प्रदेशसँग प्रदेश कमिटी, जिल्ला कमिटी र पालिका कमिटीका अध्यक्षको सहभागिता रहने गरी पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल बैठक हुने पार्टीका कार्यालय सचिव डा। भीष्म अधिकारीले बताउनुभयो । 

प्रदेश कमिटीलाई मिसन ग्रासरुटको समीक्षा प्रतिवेदन तयार गर्न दुई दिने तालिका प्रस्ताव गर्दै समीक्षा बैठकको प्रमुख आतिथ्यता अभियानको अनुगमनको जिम्मेवारीमा रहनुभएका उपाध्यक्ष र व्यवस्थापनको संयोजन पार्टीका सचिवले गर्नुहुने भएको छ । 

अभियानमा खटिनुभएका सबै केन्द्रीय प्रतिनिधिहरूको सहभागिता रहने समीक्षा बैठकमा  पार्टीका महासचिव र एकजना उपमहासचिवको उपस्थिति रहने भएको छ । 

प्रदेशमा समीक्षा बैठकका लागि पार्टी केन्द्रले प्रस्ताव गरे अनुसार सुदूरपश्चिम प्रदेशमा आगामी  वैशाख २ र ३ गते,   कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ र ७ गते, बागमती प्रदेशमा वैशाख १० र ११ गते,    गण्डकी प्रदेशमा वैशाख १२ र १३ गते, मधेस प्रदेशमा वैशाख १४ र १५ गते समीक्षा बैठक बस्ने छन् । वैशाख ९ गते पार्टी स्थापना दिवस भएकाले सोही अनुसार पार्टी स्थापना दिवस  कार्यक्रम आयोजना गरिने भएको छ । 

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

काठमाडौं – नेपाली बजारमा सुनको ५०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  सोमबार भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

सोमबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको मूल्य आज फेरि प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।
साथै आइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो।

सो दिन सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख १० हजार रुपैयाँ पुग्यो। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी प्रतितोला १३ सय ३० रुपैयाँमा किनबेच भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
 

अमेरिकी डलरको संगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ । 

मंगलबार अमेरिकी डलरमा १३ पैसाले वृद्धि भएको छ। आज उक्त डलरको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार यसको खरिदमूल्य १३१ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।   

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो । सोमबार नि युरोको कारोबारमा ४१ पैसाले वृद्धि भएको थियो ।  

यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा तोकिएको छ। यसअघि सोमबार उक्त पाउण्डको खरिद १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसामा खरिदबिक्री भएको थियो । 
त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। 

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ। 

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा कायम गरिएको छ। 
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।

यसैगरि, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ। 

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २१ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ।

आयोगले सार्वजनिक गर्‍यो बारा २, चितवन २ र तनहुँ १ को उपनिर्वाचन मिति

काठमाडौं – राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा – २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ ।

वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाए ।

‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो ।

तनहुँ- १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा- २ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन- २ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।

राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्ने बताउनु भयो।

सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै उनले यस्तो बताउनु भएको हो ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

उहाँले भन्नुभयो, ‘अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा अगाडि बढाएर लिएर जान्छ, राष्ट्रको सबै चुनौतीहरुको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ ।’

प्रचण्डले नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि गठबन्धन फेरेर अहिलेको अवस्था आउँछ भन्ने आफूलाई पहिल्यै लागेको उहाँले बताउनु भयो ।

‘यो अवस्था आउने निश्चित भन्ने मलाई लागिरहेको थियो । हामी नजिकबाट यसो चियाउने त हो नि, अलि अलि नाडी छाम्ने हो, घटनाक्रमलाई यसो हेर्ने हो, किन यस्तो भएको छ भन्ने अध्ययन गर्ने हो । अलि अलि मनोविज्ञानले काम गरेको छ भने अनुहार हेरेर मनोविज्ञानको अध्ययन गर्ने हो । बर ब्यवहारको आधारमा बुझ्ने हो । यी सबै कुराको सन्दर्भमा यो अवस्था आउनु अवश्यंम्भावी थियो आयो’ उहाँले भन्नुभयो ।

‘रवि लामिछानेलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि भएभरको शक्ति लगाएर लखेट्न खोजिएको बताउनुभएकाे छ । 

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै संसदीय दलका नेतासमेत रहनुभएका अर्यालले यस्तो बताउनुभएकाे हाे । 

उहाँले विदेशमा अहिले रहेका ४० लाख नेपाली जस्तै लामिछाने अवसरको खोजीमा बाहिर गएको र त्यहाँ राम्रो हुँदा हुँदै मुलुकमा केही गर्ने चाहनाले नेपाल फर्किएको बताउनुभयाे। 

‘उनी राजनीतिमा आशाकै रुपमा उदाएका हुन्। मुलुक बाहिर रहेर बसेका युवा पुस्तालाई मुलुकभित्रै संभावना खोज्ने प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो।’ उहाँले भन्नुभयाे।

बिष्णु पौडेलकाे आरोप : राष्ट्रिय सहमति नभई देशलाई द्वन्द्वतर्फ र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको छ

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुस १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड बालकोट गएको र पुस १० गते सहमति भएको भन्दै पुरानो गठबन्धनमा फर्किनुपर्ने कारण इतिहासले खोजिरहने बताउनुभएको हो ।

पौडेलले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउने बित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्‍यो भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भने पनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताउनुभयो ।

एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको भन्दै उहाँले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमति नभई देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको उहाँको आरोप छ ।

त्यस्तै पौडेलले प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएको र फेरि विश्वासको मत लिइरहेको भन्दै अब कहिले विश्वासको मत लिने भन्दै कटाक्ष गर्नुभयो । उहाँले एमालेबाट परराष्ट्रमन्त्री रहेकी विमला राई पौडेलप्रति प्रधानमन्त्रीले गरेको व्यहारका कारण एमालेले सरकारबाट समर्थन फिर्ता लिएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नुभयो ? : देवेन्द्र पौडेल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताउनुभयो ।

“सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नुभयो ? सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?”, उहाँले प्रश्न गर्नुभयो ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उहाँले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउँदै आउनुभएको स्पष्ट पार्नुभयो ।

“फेरि पनि यो देशमा सहमतिको आवश्यकता छ । जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी छ । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुभएको हो”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उहाँले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डकाे आरोप : एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भए (पूर्णपाठ)

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र राप्रपा राजनीतिक अस्थिरतातिर अग्रसर भएको आरोप लगाउनुभएको छ ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारबाहिर रहेका पार्टीहरूलाई समेत जोडेर राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रयत्नशील रहेपनि राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका दुई दल अस्थिरतातिर अग्रसर भएको आरोप लगाउनुभएको हो ।

उहाँले राजनीतिक स्थिरताको प्रतिविद्धतासहित सरकार गठन गरेको भन्दै फेरि विश्वासको मत माग्नुपर्ला भनेर नसोचेको जिकिर गर्नुभयो । न्यूनतम साझा कार्यक्रम नै बनाएर सहमतिको आधार तयार गरेको र विगतका मतभेदलाई नउठाउने समझदारी गरेपनि केही पक्षबाट त्यसको पालना नभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रका सङ्कट र सम्भावना दुवैले राष्ट्रिय सहमतिको माग गरेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले गरेको प्रयासका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको क्रममा रहेको जिकिर गर्नुभयो । संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुआत भइसकेको युवा जनसङ्ख्याबाट जनसाङ्ख्यिक लाभ लिन मुलुकभित्रै रोजगारीको व्यवस्थाका लागि हाल सञ्चालनमा रहेका रोजगारी सम्बन्धी संस्था, आयोजना तथा कार्यक्रमलाई एकीकरण र पुनर्संरचना गरी नतिजामुखी बनाउन खोजिएको उहाँले बताउनुभयो ।

शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो ।

उहाँले सरकार नेपालको विकासको नयाँ मोडेलको तयारीमा रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती र उपलब्ध स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजनमा जोड दिएको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सबै सरकारी सेवाहरूको लागत र समय पनि घटाएर अनलाइन प्रणालीबाटै सबै सेवा चुस्त र सहज रूपमा उपलब्ध गराउन आवश्यक काम भइरहेको बताउनुभयो ।

नियुक्तिको छोटो अवधिमै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने नसोचेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका हुन् ।

उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार जवाफ भयो उनीहरुले जवाफ दिनुपर्ने बताए । ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उनले भने ।

प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान छाडे : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यवहार जंगबहादुरको जस्तो भएको टिप्पणी गरेका छन् ।

सोमबार बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र प्रचण्डले जो बोल्यो त्यही हुने र जो प्रचण्डकोविरूद्दमा जान्छ पत्तासाफ हुने गरेको बताएका हुन् ।

प्रचण्ड जंगबहादुर शैलीमा, प्रधानमन्त्री भएको भोलिपल्टै इमान छाडे । उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन । प्रधानमन्त्री जंगबहादुर शैलीमा, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ,” ओलीले भने ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं – कुमारी बैंकले ३८ हजार ६ सय ५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । 

उक्त सेयरधनीहरू तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्ने हुन्छ । 
 उक्त सेयर भाउ बिक्रेताले तेको बमोजिम हुनेछ । बैंकका अनुसार समयमा सेयरधनीले उक्त सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने छ । 
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । 
 

प्रचण्ड राष्ट्रविरोधी काम गरिरहेका छन् : सिपी गजुरेल

काठमाडौँ – ​​​​​​​मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाउनुभएकाे छ । दाहालले लगात्तार जनविराेधी र राष्ट्रविराेधी कामहरु गरिरहेकाे आरोप लगाउनुभयाे । 

आइतबार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले माओवादी एक नभएकाे बताउनुभयाे । उहाँले माओवादी एक भएकाे भन्दै गलत प्रचार गरिएकाे प्रति ध्यानाकर्षण गराउनुभयाे । 

‘प्रचण्ड र बाबुरामहरूले जे गरे त्यो प्रतिक्रान्ति थियो । उनीहरूले आत्समर्पण गरे । वर्गीय र दुश्मनविरुद्ध उनीहरूले आत्मसमर्पण गरिसकेपछि क्रान्तिले धक्का खायो,’ उहाँले भन्नुभयाे, ‘त्यो बेलाको नेतृत्वले विश्वासघात गरेको छ । आत्मसमर्पण गरेपछि दुश्मनले अहिले हेपेर त्यस्ता निर्णय सुनाइरहेको छ ।’

उपराष्ट्रपति यादवलाई अध्यक्ष ओलीकाे बधाई

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्नुभएकाे छ । 

गत फागुन ३ गते एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई हराउँदै उपराष्ट्रपतिमा बाजी मार्नुभएका यादवलाई अध्यक्ष ओलीले बधाई दिनुभएकाे हाे । 

यादवलाई संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस माओवादी लगायतका दलले समर्थन गरेका थिए भने जनमत र नागरिक उन्मुक्ति पार्टीले आफ्नै उम्मेदवार उठाएका थिए भने एमाले आफ्नै उम्मेदवार उठाएको थियो। उपराष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सांसद पदबाट हिजो राजीनामा दिनुभएकाे थियाे । 

उहाँलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएकाे थियाे । 

संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस दाङमा अखिल संयुक्तका हेमन्त बञ्जाडेसहितको प्यानल विजयी भएको छ ।

अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गर्नुभयाे । उहाँका निकटमत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार अजयप्रताप चोबेले ६१ गर्नुभयाे । नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गर्नुभयाे ।

१९७ मतदाता रहेको केन्द्रीय आयुर्वेद क्याम्पसमा १८९ मत खसेको थियो ।

संस्कृत विश्वविद्यालयको विश्वविद्यालय विद्यापिठ बेलझुण्डी र जनता विद्यापिठ बिजौरीमा भने विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

काठमाडौँ – नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।

एक मत बढी भेटिए पछि सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुनः मत गणना हुने

सर्लाही – सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहमुखी क्याम्पसमा पुनः मतगणना हुने भएको छ ।

आइतबार सम्पन्न स्ववियु निर्वाचनमा यहाँ ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएको तथा नेकपा एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवारले बराबर मत ल्याए पछि पुनः मतगणना हुन लागेको हो  । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका क्रममा सभापतिमा नेबिसंघसहितको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रेमराज दाहालले ३५० र अनेरास्ववियुका सन्दीप थापाले पनि ३५० नै मत प्राप्त गरेपछि बढी देखिएको एउटा मतपत्रका कारण विवाद चुलिएपछि मतपरिणाम घोषणा स्थगित गरिएको हाे ।

स्ववियु निर्वाचन अन्तर्गत सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका थिए तर मतपत्र गणना गरिसक्दा भने ७ सय १२ मत देखिए पछि थप बिबाद भएको हो ।


सर्वपक्षीय बैठक बसेर पुनः मतगणनाको तयारी भइरहेको छ ।

सर्लाहीमा चार किलोग्राम गाँजासहित एक भारतीय पक्राउ

सर्लाही – विष्णु गाउँपालिका–५ फेन्हराबाट ४ किलोग्राम गाँजासहित एक भारतीय पक्राउ परेका छन्।

भारतीय नागरिक २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हराबाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध र भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं – प्रि-ओपन सेसनमा नेप्से सूचक साेमबार सामान्य अंकले घटेको छ ।

नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ –  नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधि सभा बैठक अघि संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक बस्न लागेको हो ।  बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विश्वासको मत लिने कार्यसूची छ ।  

जसपाले स्विकृत गर्यो उपराष्ट्रपतिको राजिनामा

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजिनामा स्विकृत गरेको छ  । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजिनामा स्विकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजिनामा स्विकृत गरिएको हो ।

जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेशमा अखिलको बर्चश्व, ३४ क्याम्पस मध्य १६ मा बिजयी

धनगढी – नेकपा एमाले निकट अखिलले सुदूरपश्चिम प्रदेशमा आधा भन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ ।

आइतवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये अखिलले १६ क्याम्पसमा जीत हासिल गर्दै बर्चश्व कायम गरेकाे हाे । 


अखिलका महासचिव नरेश रोकायाका अनुसार सुदुरपश्चिममा अखिलले १६, नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो । 

उनका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ ।
 

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं – नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा  राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।
 

खोटाङका ६ क्याम्पसमा भएन स्ववियु निर्वाचन, साकेलामा अनुरास्ववियुको प्यानल निर्वाचित

खोटाङ – खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनुरास्ववियुको प्यानल निर्वाचित भएको छ । खोटाङका सात क्याम्पसमध्ये साकेला बहुमुखी क्याम्पसको स्ववियुमा यामकुमार खड्का अध्यक्ष रहेको अनेरास्ववियुको प्यानल निर्विरोध निर्वाचित भएको हो ।

आइतबार घोषित अन्तिम परिणाम अनुसार अनेरास्ववियुबाट स्ववियु सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रीता खड्का, कविता खड्का र उमा विष्ट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

स्ववियु निर्वाचन तालिका बमोजिम निर्वाचन प्रकृया पूरा गरी खड्का नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए । त्रिभुवन बिश्वविद्यालयको स्ववियु निर्वाचन तालिका अनुसार अन्य विद्यार्थी संगठन दर्ता हुन नआएको निर्वाचन समितिले जनाएको छ । 

विद्यार्थी संगठनबीचमा सहमती नजुट्दा दिक्तेल बहुमुखी क्याम्पस, रावा क्याम्पस खार्पा, हलेसी क्याम्पस, खोटाङ क्याम्पस, खोटाङबजार, सिमपानी क्याम्पस, सिमपानी र चिसापानी क्याम्पसमा भने स्ववियु निर्वाचन हुन नसकेको हो । अन्य जिल्लाका क्याम्पसमा धमाधम मतदान भइरहँदा जिल्लाका क्याम्पस सुनसान देखिएको थियो । जिल्लाका विद्यार्थी नेता दिक्तेल बहुमुखी क्याम्पसमा मात्र केन्द्रित हुँदा विद्यार्थी संगठन अन्य कतिपय क्याम्पसमा निर्वाचन प्रकृयामा जानबाट चुकेको हो । 

सबैको ध्यान केन्द्रित भएको दिक्तेल बहुमुखी क्याम्पसमा निर्धारित मितिमा स्ववियु निर्वाचन हुन सकेन । विद्यार्थी संगठनहरुबीचमा भएको पटक–पटकको छलफलमा सहमती नजुट्दा स्ववियु निर्वाचन कायक्रम अघि बढ्न नसकेको निर्वाचन अधिकारी लालप्रसाद घिमिरेले बताए । खोटाङ क्याम्पसमा सोमबार छलफलमा बस्ने, सहमती जुटे सहमतीमै स्ववियु गठन गर्ने वा निर्वाचन प्रकृयामा जाने निर्णय भएको छ । 

सिमपानी क्याम्पसमा स्ववियु निर्वाचन प्रकृया अघि बढाइए पनि कसैको उम्मेदवारी परेन । संगठन दर्ता गरे पनि उम्मेदवारी दर्ता नभएको सिमपानी क्याम्पसका प्रमुख कमलकृष्ण बुढाथोकीले बताए । ‘संगठन दर्ता भयो तर उम्मेदवारी दिन वास्ता गरेनन्,’ बुढाथोकीले भने, ‘क्याम्पसमा नियमित विद्यार्थी आउँदैनन् । छोरी बुहारी बढी छन् । कोही विदेश छन् ।’ 

हलेसी क्याम्पसमा स्ववियु निर्वाचन प्रकृया नै अघि बढाइएन । विद्यार्थी संगठनको गतिविधि नै नभएपछि निर्वाचन प्रकृया अघि नबढेको हलेसी क्याम्पस प्रमुख चक्रबहादुर राईले बताए । ‘विद्यार्थी भर्ना हुन आउँछन् । अझ परिक्षा फर्म भर्नेबेला आउँछन्,’ राईले भने, ‘नियमित आउने भनेको छोरी बुहारी मात्र हो ।’ रावा क्याम्पसमा निर्वाचन समिति बनेर संगठन दर्ता भए पनि फागुन २६ गतेको बैठकमा सहमती नजुटेपछि निर्वाचन रोकिएको क्याम्पस प्रमुख दिपक पोखरेलले बताए । 

लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

रुपन्देही – नेपाल विद्यार्थी संघ (नेविसंघ) लिलाधर घिमिरे छपिया जनता कलेजमा प्यानल नै विजयी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघले उक्त कलेजमा प्यानल नै जित हात पारेको हो । 

सभापतिमा अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन् ।