`

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

काठमाडौं – देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । 

फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड र एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष डह्लान अल–हमद बिच शिष्टाचार भेटवार्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एशोसिएसनका अध्यक्ष एवं वल्र्ड एथलेट्स्का सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटरमा भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपत्यकाको ट्राफिक जाँचमा कडाइ

काठमाडौँ – होली पर्वलाई मध्यनजर गरी आज काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । 

आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । 

काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । 

 होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो । 

उहाँले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताउनुभयो । 

 होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो ।  

माओवादीले अदालतमाथि हस्तक्षेप गर्न खोज्यो

काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको छ । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न दिनू भन्ने सर्वोच्च अदालतको आदेशविरुद्ध महासचिव गुरुङले जारी गरेको विज्ञप्तिप्रति उच्च अदालत बार एशोसियसन पाटनले आपत्ति जनाएको हो ।

उच्च बारका सचिव रवीन्द्रकुमार ढुंगानाले आज विज्ञप्ति जारी गर्दै न्यायाधीशहरूको नामसमेत उल्लेख गरी न्यायपालिकाप्रति हस्तक्षेप गर्ने अभिप्रायले सर्वोच्च अदालतमा विचाराधीन विषयमा विज्ञप्ति जारी गरेको भन्दै भर्त्सना गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘राज्य सञ्चालनको जिम्मेवार भूमिकामा रहेको राजनीतिक दलको तर्फबाट स्वतन्त्र न्यायपालिका एवं शक्ति पृथकीकरण सिद्धान्तविपरीत गैरजिम्मेवारीपूर्ण विज्ञप्ति प्रकाशन गर्नु तथा अभिव्यक्ति प्रकट गर्नु निन्दनीय विषय भएकाले घोर भर्त्सना गर्दछौं ।’ 

माओवादी महासचिव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश संविधान र शान्ति सम्झौताको मर्मविपरीत रहेको उल्लेख गरेका थिए ।  

पाठ्यपुस्तक अभावमै मुगुका विद्यार्थी वार्षिक परीक्षाको तयारी

मुगु –  सोरु गाउँपालिका–९ स्थित विजय माध्यमिक विद्यालय कालैमा  अध्ययनरत कक्षा ९ का विद्यार्थीको हातमा सबै पुस्तक छैनन् । शैक्षिक सत्र सकिन लाग्दासम्म सबै पुस्तक नपाएका विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुट्नु परेको छ । 

उक्त विद्यालयमा कक्षा ९ मा अध्ययनरत ७८ जना विद्यार्थीले अझैसम्म अर्थशास्त्र र शिक्षा विषयको पुस्तक पाएका छ्रैनन् । साथै कक्षा ८ मा अध्ययनरत २५ जना विधार्थीले पनि कम्प्युटर शिक्षाको किताब पाएका छैनन् । 

शैक्षिक सत्र सकिनै लाग्दासम्म अर्थशास्त्र, शिक्षा र कम्प्युटर विषयको किताव नपाएका कक्षा ९ का ७८ जना र कक्षा ८ का २५ जना विद्यार्थी भने पुस्तकविना नै वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । अघिल्लो वर्षको च्यातिएका किताब संगालेर परीक्षाको तयारीमा जुटेको  कक्षा ९ मा अध्ययनरत रिता बमले जानकारी दिइन् । 

किताबविना परीक्षा दिनुपर्ने भएको चिन्ता लागेको भन्दै उनले भनिन्, ‘किताब छैन । परीक्षामा प्रश्नको उत्तर कसरी लेख्ने भन्ने चिन्ता लागेको छ ।’ आगामी चैत दोस्रो सातादेखि वार्षिक परीक्षा हुने भएकोले विषयगत पुस्तक नपाएका विद्यार्थीहरुमा चिन्ता बढ्न थालेको छ । किताबविना परीक्षा दिँदा अनुत्तीर्ण भइने हो कि भन्ने त्रास विद्यार्थीहरुमा छ । 

अघिल्लो वर्ष पनि कक्षा ९ र १० का विद्यार्थीले पुस्तकविना नै  वार्षिक परीक्षा दिएका थिए । यस वर्ष पनि सोही नियति यहाँ विद्यार्थीहरुले भोग्न बाध्य भएका छन् । ‘सबै पुस्तक नपाउँदा पढाई कमजोर बन्यो,’ कक्षा ९ का गणेश जैसी प्रश्न गर्छन्, ‘हामीले सबै पुस्तक कहिले पाउने ?


यस्तै सदरमुकाम गमगढी बजारमा रहेको महाकाली नमुना माध्यामिक विद्यालयमा कक्षा १० का विद्यार्थीले पनि सबै पुस्तक पाएका छैनन् । कक्षा १० मा अध्ययानरत विद्यार्थीहरु पुस्तकविना नै एसईई दिन बाध्य हुने भएका छन् । अहिले कक्षा १० मा जनसंख्या र अर्थशास्त्रका किताब अभाव छ । किताब नपाएका सो विद्यालयलेका विद्यार्थीहरु आगामी १७ चैतबा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुँदै छन् । ‘किताब अभावले कोर्ष सकिएको छैन । तर, परीक्षाको मिति भने सार्वजनिक भइसकेको छ । कसरी परीक्षाको तयारी गर्ने ? हामी सबैलाई फेल हुने हो कि भन्ने डर लागेको छ,’ कक्षा १० मा अध्ययनरत छात्रा सन्तोषी रावलले बताइन् । 

कक्षा १० मै अध्ययनरत छात्रा विजया लक्ष्मी सुनारका अनुसार अंग्रेजी, गणित, विज्ञान विषयका कोर्ष पनि पूरा भएको छैन । कोर्ष पूरा नहुनुमा पुस्तकको अभाव मात्र होइन शिक्षकहरु पनि शिक्षक सेवा आयोगका परीक्षाको तयारीमा लागेकाले हो । स्थायी नियुक्तिका लागि परीक्षाको तयारी गर्न अर्कै जिल्लामा शिक्षक गएकाले पनि कोर्ष पूरा हुन नसकेको छात्रा रावलले भनिन् । 


पुस्तक अभाव झेलेका यी प्रतिनिधि विद्यालय हुन् । मुगुका १४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीले पुस्तक अभावमै परीक्षा दिनुपर्ने भएको छ । 


किताब हातमा नपरी विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्था यस वर्ष पनि दोहोरिएको विजय माध्यमिक लिद्यालयका प्रधानध्यापक वीरबहादुर बमले बताए ।


‘विद्यार्थीको हातमा किताब छैन भने शिक्षकले पढाएको के अर्थ हुन्छ ? हरेक वर्ष सदरमुकामभन्दा बाहिरका विद्यार्थीलाई पुस्तककै पिरलो हुने गरेको छ,’ उनले भने, किताब हेर्नै नपाई विद्यार्थीले परीक्षा दिनुपर्ने अवस्था छ ।’ 

सडक सुविधा जोडिए पनि पुस्तक अभावको समस्याको अन्त्य हुन सकेको छै्रन ।  वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुन्छ भने चैतमा वार्षिक परीक्षा हुने गर्छ । तर, हरेक वर्ष पुस्तक अभाव हुने गरे पनि समस्या समाधान कहिल्यै हुन सकेको छैन । 
वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि वर्षायाम लागेपछि मात्र पाठ्यपुस्तक ढुवानी सुरु गर्दा महिनौँसम्म बीच बीचमा रोकिने र अलपत्र पर्ने समस्याले गर्दा विद्यालयमा किताब ढिलो पुस्तक पुग्ने गरेको छ ।

एमालेले यही २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज सांसदहरूलाई प्रशिक्षण दिने

काठमाडौँ – नेकपा एमालेले यही २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

एमाले राष्ट्रियसभामा दलका नेता एवं पोलिटब्युरो सदस्य देवेन्द्र दाहालका अनुसार आज दिउसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीनै तहका सांसदहरूको संयुक्त प्रशिक्षण हुदैछ । 

प्रशिक्षणमा प्रतिनिधिसभा, राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरू उपस्थित हुनेछन् । 

प्रशिक्षणमा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिनुहुने पोलिटब्युरो सदस्य दाहालले जानकारी दिनुभयो ।

प्रशिक्षणमा विभिन्न प्रदेशहरूमा पार्टीको मत भारको अवस्थाका बारेमा सातै प्रदेशबाट रिपोर्टिङ पनि लिइने जनाइएको छ ।

सांस्कृतिक सम्पत्ति चिन्डोलाई जापान पुर्‍याएर प्रचार गर्ने मेयर भट्टराई सम्मानित

खोटाङ – किरात समुदायको संस्कार संस्कृतिसँग सम्वन्धित वाबु (चिन्डो)लाई जापान पुर्‍याएर प्रचार–प्रसार गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित भएका छन् ।

गत माघमा भएको जापान भ्रमणका क्रममा जापानी मेयरलाई उपहार स्वरुप वाबु (चिन्डो) हस्तान्तरण गरेर फर्किएका मेयर भट्टराईलाई किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमिति, काठ्माडौंले सम्मान गरेको हो । 

किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एबं किरात राई चाम्लिङ खाम्बातिम संघीय कार्यसमितिको आयोजनामा आइतबारदेखि शुभम फाउण्डेसनमा सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलाको अवसरमा मेयर भट्टराईलाई सम्मान गरिएको हो । मेयर भट्टराईलाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र खाम्बातिमका संघीय कार्य समिति अध्यक्ष युवराज राईले फेटा बाँधेर सम्मान–पत्र हस्तान्तरण गरेका थिए । 

मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले प्रिफेक्चर तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई उपहार स्वरुप नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरुप हस्तान्तरण गरेका थिए ।

जापानी नगर प्रमुखसँगको औपचारिक भेटमा किरात राईको ऐतिहासिक एवं साँस्कृतिक सामग्रीहरु उपहार स्वरुप प्रदान गरी देशको साँस्कृतिक सम्पत्तीलाई प्रवद्र्धन गरेकामा तीन लाख चाम्लिङ भाषीको साझा संस्थाकोतर्फबाट सम्मान गरिएको खाम्बातिमका अध्यक्ष राईले बताए । 

अखिल अध्यक्षको प्रचण्डलाई प्रश्नः ‘सरकारमा बसेर कसको बिरुद्ध आन्दोलन ?’

काठमाडौं – नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्धन्द्धकालिन मुद्धमा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताए पछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कस्का बिरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका छन ।

‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नु हुन्छ, कसका बिरुद्ध  ? आफैं बिरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षती पर्याप्त भएन र ?’  बडालले प्रश्न गरेका छन, ‘ ‘तपाइं सरकार चलाउनुस,  राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।


औद्योगिक ग्राम निर्माण सुस्त

सुर्खेत – कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लिन नसकेको हो ।

सुर्खेतका चार तथा कालिकोट र जाजरकोटका एक–एक पालिकामा औद्योगिक ग्राम निर्माणको घोषणा गरिएको थियो । सुर्खेतको पञ्चपुरी नगरपालिकामा २०७६, भेरीगंगा, चौकुने र गुर्भाकोट नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिकामा २०७७ सालमा तथा कालिकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम निर्माणका लागि २०७८ सालमा घोषणा गरिएको थियो ।

भेरीगंगाको रामघाटस्थित २० विगाह क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि स्थान तोकिएको छ । उक्त क्षेत्रमा हालसम्म घेरबारको काममात्रै भएको छ । गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको रकमले घेरबार गरिएको र यस वर्ष संघीय सरकारसँग बजेट माग गरे पनि आइनसकेको नगर प्रमुख यज्ञप्रसाद ढकालले जानकारी दिए ।

यस्तै पञ्चपुरी नगरपालिकाको वडा नं ६ र ८ को बीचमा पर्ने दुलालथाईमा औद्योगिक ग्राम निर्माणका लागि पाँच सय रोपनी जग्गा छुट्याइएको छ । उक्त क्षेत्रमा हालसम्म कार्यालयका लागि चारकोठे भवन, चमेना गृह, शौचालय निर्माण भएको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले जानकारी दिए । सडक, घेरबारलगायतका काम बाँकी रहेको नगरप्रमुख भण्डारीको भनाइ छ ।

चौकुने गाउँपालिकाको वडा नं  ५ स्थित मायाताल औद्योगिक ग्राम निर्माण थालिएको छ । १० बिघा जग्गा छुट्याएर औद्योगिक ग्राम निर्माण थालिए पनि हालसम्म घेराबार, शौचालय र एक वटा कार्यालय भवनमात्रै निर्माण भएको छ । अघिल्लो वर्ष आएको बजेटले भवन र शौचालय निर्माणको काम भए पनि रकम अभावमा अन्य काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी बताए ।

पर्याप्त बजेट नहुँदा औद्योगिक ग्राम निर्माणमा समस्या भएको अध्यक्ष विकको भनाइ छ । उद्योग सञ्चालनका लागि पानी, विद्युतजस्ता पूर्वाधारको तत्काल आवश्यता रहेको उनले बताए । जाजरकोटको शिवालय गाउँपालिकाले वडा नं‍. ४ मा औद्योगिक ग्रामका लागि ४८ रोपनी जग्गा छुट्याएको छ । औद्योगिक ग्राम निर्माणकार्य भने सुस्त छ ।

चालू आर्थिक वर्षका लागि बजेट आएको छैन । बजेट नआउँदा समयमै निर्माण हुन नसकेको गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाही बताउँछन् । कालिकोटको शुभकालिका गाउँपालिकाले पनि वडा नं. ४ राराकाटियाँ भन्ने ठाउँमा जग्गा छनोट गरेको छ । गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भए पनि काम भने सुरु हुन सकेको छैन ।

निर्माण सुरु गर्नका लागि ठेकेदार कम्पनीसँंग छलफल गरेको र चाँडै सुरु हुने शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताए । “गत वर्ष आएको बजेटले पूर्वाधार निर्माण गर्नका लागि ठेक्का सम्झौता भएको छ,” उनले भने, “ठेकेदारले निर्माण सुरु नगर्दा ढिलो भएको छ हामीले पटकपटक काम सुरु गर्न भनेका छौं अब चाँडै सुरु हुन्छ ।”

कर्णाली प्रदेश सरकारले पनि औद्योगिक ग्राम निर्माणमा साझेदारीका लागि बजेट छुट्याउने गरेको छ । कार्यान्वयन नहुँदा वर्षेनी बजेट फ्रिज हुने गरेको छ । चालू आर्थिक वर्षमा पनि औद्योगिक ग्रामका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा उक्त रकम खर्च हुने मन्त्रालयले जनाएको छ ।


कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

आठदलीय गठबन्धनको बैठक जारी

काठमाडौँ – पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक शुरु भएको छ ।

केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा आठ दलका शिर्ष नेताहरुको उपस्थिति रहेको छ ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई बार्षिक आर्थिक प्रतिबेदन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन्।   


तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति समक्ष बार्षिक प्रतिवेदन बुझाएका हुन् ।

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी – सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्‍वासको मत पाउनुभएकाे छ । शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ भने विपक्षमा ११ मत खस्यो। विश्वासको मतका लागि २७ मत आवश्यक थियो।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी,एकीकृत समाजवादी र राप्रपा र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा एमालेका सांसदहरूले विपक्षमा मतदान गरे।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९,एमालेका १०,माओवादीका ११ (सभामुखसहित),नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।

मुख्यमन्त्री भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएका शाहले मन्त्रिमण्डल विस्तार गर्नुभएकाे छैन। विश्वासको मत पाएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उहाँको तयारी छ।

अहिले सरकारमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ ।

विप्लवकाे चेतावनी : माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिन्छौं

काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु अपराधी नभएको प्रष्ट पारे ।

‘आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ । यो साचो कुरा हो’, उनले चेतावनी दिँदै भने ।

उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताए । माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्‍याउने विप्लवको चेतावनी थियो ।

मदन भण्डारीको हत्याको छानबिन माग गर्दा २१ जना मारियो : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि छानबिनको प्रसंगमा थप २१ जनाको हत्या भएको दाबी गर्नुभएकाे छ । 

उहाँहरुको २०५० जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । तर, यो दुर्घटनालाई रहस्यमय रुपमा मानिँदै आएको छ ।

त्यही घटनाको प्रसंग कोट्याउँदै आइतबार सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘मदन भण्डारी र जीवराज आश्रितको हत्या भयो । त्यस सम्बन्धमा हामीले छानबिन गर्न माग गर्यौं । त्यस प्रसंगमा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो । छानबिन आयोग बनाएर छानबिन गर्देउ भन्दाखेरि २१ जनाको हत्या भयो । थुप्रै ठाउँमा देशभरी हत्यो भयो । झापामा डिल्ली गौतमको हत्या भयो । त्यसभन्दा अघि २०३७ साल फागुन १२ गते सिन्धुलीमा ऋषि देवकोटाको हत्या भयो । अरु गोप्य ढंगले अनेक । यसपछि हत्यापछि हत्या भयो ।’

पहिला एकदुई जनाको हत्या हुँदासमेत हल्ला भएपनि बहुदल आएपछि कांग्रेसले मान्छे मार्दा डेमेक्रेसी भएको उहाँको भनाइ छ ।

‘कांग्रेसले डेमेक्रेसीको रक्षाका लागि भन्दै मान्छे मार्न थाल्यो । शान्तिपूर्ण जुलुस पनि हुन नहुने । जनताको जीवनको कुनै मूल्य र अर्थ छैन भन्ने हिसाबले’ उहाँले भन्नुभयाे ।

बैङ्क तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैङ्क तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बैङ्क तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले बैङ्कको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको हो । छलफल बैङ्क तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । उहाँले आवश्यक परे समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउन पनि तयार रहेको जानकारी दिनुभयो ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैङ्किङ क्षेत्रका प्रतिनिधिहरूले अहिलेको अवस्थामा बैङ्क तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू दिएका थिए । बैठकपछि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिलेको समस्याका बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको जानकारी दिनुभयो । अहिले ऋण नतिर्ने व्यवसायीको नियत नभएको भन्दै उच्च ब्याजदर लगायतका कारण व्यवसायमा परेको असरका बारेमा जानकारी गराएको उहाँले बताउनुभयो ।

उहाँले सरकारबाट ऋण तिर्नका लागि केही समय र सहुलियत दिनुपर्ने र यसमा राष्ट्र बैङ्कले सम्बोधन गर्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । अहिले खराब कर्जाका कारण मुलुकको आर्थिक व्यवस्थामा नै असर पर्ने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ । बैठकमा सबै पक्षले अहिले समस्या समाधान नै जोड दिएको गोल्छाले बताउनुभयो । उहाँले लघुवित्तमा भएको आक्रमणमा निजी क्षेत्रको कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको त्यो निउँ खोजेको हो: बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू माओवादीमा आइसकेको जानकारी गराउँदै अरुलाई पनि एक ठाउँमा आउन आग्रह गरेका हुन् ।

उनले भने, ‘हामी फेरि एक ठाउँमा आउनुपर्छ मैले त आफ्नो मन बनाइसकेको छु, आफ्ना साथीहरूलाई भनिसकेको छु । हामी चाहिँ एकैचोटी पार्टी एकता मात्रै भनेर गल मिलाउनुभन्दा पनि वहस गरौँ पहिला एक ठाउँ जम्मा हौँ, समीक्षा गरौँ, कहाँ–कहाँ क–कस्तो गल्ती भयो समीक्षा गरौँ, एउटै पार्टी बनाऔँ, समय लाग्छ भने पहिला एउटा मोर्चा बनाऔँ त्यो पनि सकेनौँ भने कार्यगत एकता गरौँ ।’

पूर्वप्रधानमन्त्री समेत रहेको डा. भट्टराईले माओवादीका मुद्दामाथि आक्रमण भइरहेको भन्दै एक ठाउँमा आउनुपर्ने बताए । जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

उनले भने- अहिले माओवादीका मुद्दामा आक्रमण भइसकेको छ । जनयुद्धलाई चाहिँ अहिले अपराधिकरण गर्ने प्रयास भएको छ । बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निउँ खोजेको होइन ? तीन वर्ष अगाडिको भनाइको एउटा समान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको त्यो निउँ खोजेको होइन ? जिस्केको होइन, त्यो । हो यस्तो कुरामा हामी सहकार्य गरौँ ।

प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भए : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड मुलुकको पक्षमा उभिन नसक्ने प्रधानमन्त्री भएको टिप्पणी गर्नुभएको छ ।

२४ औँ यदु स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरेले देशको स्वाधीनता, साम्राज्यवाद, सामन्तवाद आन्दोलनको नेतृत्व गरेको व्यक्ति मुलुकको बारेमा फैसला गर्न उभिन सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

उहाँले पार्टीभित्रको अन्तर संघर्षमा सही बिचारलाई निषेध गरेकै कारण प्रचण्डले अहिले विडम्बनापूर्ण राजनीतिको यात्रा गर्नुपरेको जिकिर गर्नुभयो । चलाखीका साथ देशको नेतृत्व प्राप्त गरे पनि देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य प्रचण्डमा नरहेको उहाँको भनाइ छ । प्रचण्डले पाँच दलीय गठबन्धन असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउनका लागि माओवादीसँग सहकार्य गरेको तर अहिले राष्ट्रपतिका विषयमा सहकार्य ताडेर हिँडेको धारणा राख्नुभयो ।

देशमा आर्थिक सङ्कट बढेको बेलामा नयाँ सरकार बनेपछि मुलुकको आर्थिक अवस्था सुधार भए पनि अहिले पुन समस्या देखिएको उहाँले बताउनुभयो ।

एएफसी यू–२० महिला एसियन कप छनोटका लागि नेपाली टोलीको बिदाई

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनौट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गररिएको हो । 

नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यो समुह ‘बि’को टिम हो र 

नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएईविरुद्ध खेल्नेछ । 

यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ । 

बैंकिङ क्षेत्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले थाले छलफल (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रमा देखापरेका समस्या समाधानका लागि पहल थालेका छन् । 

प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिरहेका छन् ।

पछिल्लो समय बैंकको चर्काे ब्याजका कारण ऋणीले आत्महत्या गर्न थालेको लघुवित्तका कारणले धेरैको उठिवास लागेको समाचार आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि सम्बन्धित् पक्षसँग छलफल थालेका हुन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।


आइतबार बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो । शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

पूर्वमाओवादीहरु एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु कमजोर हुने दाबी गरे । 

डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरुलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

माओवादी शक्तिहरू एकताबद्ध हुँदाको प्रभाव बुझेर   प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीहरु एकजुट भएर फेरि एक पटक विजयको नयाँ यात्रा सुरु सकिने दाबी गरे । 

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति माओवादीको आपत्ति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ ।

आइतबार माओवादी केन्द्रकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जानाएको हो । माओवादी केन्द्रका महासचिव देव गुरुङले विज्ञप्ति जारी गर्दै न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

यस्तो विज्ञप्ति

शंकर पोखरेल र झलनाथ खनालबीच पार्टी एकताबारे छलफल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच पार्टी एकताबारे छलफल भएको छ ।

नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन् । ‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको छ ।

वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’, महासचिव पोखरेलले खनालसँग प्रस्ताव गरेका छन् । पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिएका छन् ।

पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको छ । नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल,शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाललगायतका नेताहरुसँग दैनिकजसो संवादमा छन् ।

ओखलढुंगामा जिप दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ११ घाइते

ओखलढुङ्गा – ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । प्रहरी कार्यलयको अनुसार दुर्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमाले संसदीय दलको निर्णय

कैलाली – नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

एमाले प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेले शाहलाई विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहले आज विश्वासको मत लिँदै छन्।

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,थप विवरण आउन बाँकी

काठमाडौँ – ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


आज बिहान ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो । जिप दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुबारे विस्तृत विवरण आउन केही समय लाग्ने जानकारी प्रहरीले दिएको छ ।

आठ दलीय गठबन्धनको बैठक बस्दै

काठमाडौँ – आठ दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ः०० बजे आठ दलीय गठबन्धनको बैठक बस्न लागेको हो।

राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तार, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको बताइएको छ। 

राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदै छ। राष्ट्रपतिका लागि नेकपा एमाले तर्फबाट सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राजासँग रिसाए दुर्गा प्रसाई, भन्छन- ‘राजतन्त्र चाहिने हो, आन्दोलनमा आउनु परयो’

काठमाडौं –  राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका ब्यावसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’ को नारा नलगाउन आग्रह गरेका छन ।

उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनवाट प्रसाईले सो नारा लगाउन रोक लगाएका हुन ।

राजतन्त्रको पुर्नस्थापना चाहने हो पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्दै उनले नाराबाजीमा रोक लगाएका हुन । ‘राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिडनुपर्‍यो । हामीलाई साथ दिनुपर्‍यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं । म राजा देखाएर सांसद बनेर जान्न ।’


हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी उनी अलग अभियानमा सक्रिय छन् ।

दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

काठमाडाैं – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन नसक्ने बताएकी छिन् ।

सन्दर्भ नखुलाई उनले शनिबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षरबिना विश्वासको मत दिन सकिँदैन ।’ मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने अघिल्लो दिन नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने लिखित सहमति नभएसम्म विश्वासको मत नदिने संकेत गरेकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीले नै विश्वासको मत नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पनि भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद भए पुग्छ । नयाँ गठबन्धनसँग यहाँ कांग्रेसका १९, माओवादी केन्द्रका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ गरी ४१ जना सांसद छन् । यसमा उन्मुक्तिका ७ सांसदले विश्वासको मत नदिए पनि गठबन्धनसँग ३४ जना प्रदेशसभा सदस्य बाँकी रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा अन्य दलमा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ जना सांसद छन् ।

हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्ताव लिएर आएको टिप्पणी गरेका छन् । आज नेकपा एसनिकट दलित संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन ।

नेपालले भने– हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् । यस्ता प्रस्तावबाट माथिंगलहरु चक्कराइरहेको हुनसक्छ । कतिले राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भए हुन्थ्यो भनेका छन् । कतिपयले त्यस्ता प्रस्तावमा भ्रमित भएर चुर्लुम्म डुब्ने पो हो कि भन्ने चिन्ता जगाएको देखिन्छ । यसमा कोही भ्रमित हुनुपर्दैन ।

नेपालले आफ्नो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजर अन्दाज गर्न नसक्ने बताए ।

माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको हैन, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य हौँ : कृष्णबहादुर महरा

कटारी – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् ।

उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए । “राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ”, उनले भने।

एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

अर्घाखाँची – नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्‍याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गर्नुभयो । वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उहाँको आरोप थियो ।

पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो ।

रबी बिरुद्ध मुद्धा हालेर चर्चामा आएका सफलले गरे मोर्चाको घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेबिरुद्ध मुद्धा हालेर चर्चामा आएका युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्चा गठन भएको छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पौडेलको नेतृत्वमा  समाजवादी मोर्चा घोषणा गरिएको हो । पौडेलेको संयोजकत्वमा नौं सदस्यीय केन्द्रीय सचिवालय समेत गठन गरिएको छ, जसमा सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल सदस्य रहेका छन् ।

‘समाजवादमा विश्वास राख्ने आम समाजवादी शक्तिहरुलाई समेत नेपाल समाजवादी मोर्चामा ल्याउन विभिन्न अन्तरक्रिया, गोष्ठी र बैठक लगायतका कार्यक्रमको आयोजना गरिने छ । मोर्चामा सबैलाई समावेश गरिने छ,’मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कमल थापा भन्छन, लोकततन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो

हेटाैंडा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए । 

अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए । 

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता ब्यक्त गर्दै थापाले कार्यकर्ताहरुलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

दलहरूले स्वार्थका लागि गठबन्धन गरिरहेका छन् : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिल देशमा स्वार्थका लागि गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै देश र जनताको हीतको रक्षा भन्दा संविधानको रक्षाका लागि गठबन्धन भएको बताएका छन् । उनले संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकता अनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताए ।

‘संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ। ३सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन !’

जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन् : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका बताएका छन् ।


आज भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको र जनतालाई भ्रममा पार्ने काम भइरहेको बताएका हुन् ।


उनले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए । उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए । सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ ।


ओलीले भने– सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्,तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन् । नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन् ।


उनीहरुले तपाईंको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इग्नोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन् ।


ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह गरे । उनले थोरै भए पनि सकारात्मक कमेन्ट आए भने पनि ठिक हुने भन्दै एमालेनिकट बुद्धिजिवीहरु संगठित ढंगले प्रतिवादमा नउत्रिएका कारण साजाजिक संजाल र मिडियामा नकारात्मक विचार राख्ने समूह हाबी भएको बताए ।

गगन थापाले प्रचण्डको पाउमा तेल घस्दैछन् : बास्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्डको पाउमा तेल घसिरहेको व्यङ्ग्य गरेका छन् ।


शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो व्यङ्ग्य गरेका हुन् । उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताए ।


बास्कोटा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् –’गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी, तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन। रामचन्द्र हराऊ,सुवास जिताऊ। प्रचण्ड होइन, देउवालाई तुलनात्मक जनमत प्राप्त छ। चकचकेको कचकच बन्द हुनै पर्छ। राम पुज्ने हो, खराऊ पुज्नु भ्रम, देउवा सत्य प्रचण्ड भ्रम।’

प्रादेशिक आयुर्वेद चित्सिालयमा बढ्दै सेवा ग्राही

धनगढी – धनगढी–१३ राजपुरमा ५ महिना अघिदेखि सञ्चालनमा आएको ५० शैय्याको प्रादेशिक आयुर्वेद औषधालयमा सेवा ग्राहीको चाप बढ्न थालेपछि स्वास्थ्यकर्मी तथा सञ्चालक समिति उत्साहित बनेका छन् ।

आयुर्वेद औषधी प्रणालीमा नागरिकको विश्वास घट्न थालेका बेला प्रादेशिक आयुर्वेद चिकित्सालयमा बढ्नथालेको सेवा ग्राहीको चापले स्वास्थ्यकर्मी उत्साहित बनेका हुन् । 

‘आयुर्वेदिक औषधी पद्धति एलोपेथिक औषधीको तुलनामा धेरै प्रभावकारी भए पनि नागरिकमा त्यस प्रतिको आकर्षण घट्न थालेको थियो,’ प्रादेशिक आयुर्वेदि चिकित्सालयका निमित्त निर्देशक डा.खगेन्द्र बमले भने, ‘तर प्रादेशिक चिकित्सालयमा उपचारका लागि दैनिक आउने विरामीको संख्याले हामी उत्साहित भएका छौं, यसले हामीमा काम गर्ने हौसला पनि बढेको छ ।’

अस्पताल सञ्चालन भएको ४ महिना पुरा नहुँदै उपचार गर्न आउने बिरामीको संख्या दैनिक एक सय ५० देखि दुई सयसम्म पुग्ने गरेको निमित्त निर्देशक बमले बताए । 

उनका अनुसार अस्पतालमा ग्यास्ट्रिक, बाथ रोग, महिला सम्बन्धी स्वास्थ्य समस्या, पायल्स, फिस्टुला, फिसर जस्ता रोगी उपचारका लागि अस्पताल आउने गरेका छन् । ती रोगिलाई नि:शुल्क औषधी प्रदान गरिने स्वास्थ्य चेकजाँच गरिने र स्वास्थ्य सम्बन्धी परामर्श दिने गरिएको छ ।

हाल अस्पतालमा बिरामी चेकजाँच, ल्याव परीक्षण, पञ्चकर्म तथा पूर्व कर्म सेवा हरेक बिहान योग शिविर, थेरापि सेवा प्रदान गरिँदै आएको छ ।

निकट भविश्यमै अस्पतालमा अन्तरंग सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, फिजियो थेरापी, एकुपेन्चर सेवा तथा जीवनशैली परामर्श सेवा कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको निमित्त निर्देशक बमले बताए । 

प्रादेशि अस्पतालमा हाल ५ जना आयुर्वेदिक चिकित्सकले सेवा दिँदै आएका छन् । अस्पताल विकास बोर्डका अध्यक्ष नरेश विष्टले अहिलेको अवस्थामा बिरामीको उपचारका लागि प्रयाप्त जनशत्ति उपलब्ध भएको बताए । 

तर बिरामीको चाप बढ्दै जाँदा औषधीको सहज प्रयाप्तता गर्न भने केही चुनौति थपिएको अध्यक्ष विष्टले बताए । ‘औषधीको सहज पहुँचका लागि पहल भइरहेको छ,’ अध्यक्ष विष्टले भने, ‘हामीले सोचेभन्दा बढी बिरामी आउन थालेपछि यो समस्या निम्तिएको हो, तर यो ठूलो समस्या होइन औषधीको प्रयाप्तताका लागि छिट्टै व्यवस्थापन हुने छ ।’

प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक बमले हरेक पालिकामा आयुर्वेद औषधीको शाखा विस्तार गर्ने योजना रहेको बताए । हाल सुदूरपश्चिमका ८८ वटा पालिका मध्य १८ पालिकामा आयुर्वेदिक औषधालय स्थापना हुन नसकेको उनले बताए । आयुवेर्दिक औषधीका लागि सहज पहुँच नभएका कारण पनि नागरिकलाई एलोपेथिक औषधिमा भर पर्नुपर्ने अवस्था रहेको उनले बताए ।

राष्ट्रपति निर्वाचनमा नेम्वाङले भोट मागेपछि जनमतको जवाफ- पार्टीमा छलफल गरेर जवाफ दिन्छौ

काठमाडौँ – नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न जनमत पार्टीसँग आग्रह गरेको छ ।

शुक्रबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भेट गर्दै एमालेबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ लगायतका एमाले नेताहरूले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारका बारेमा जानकारी गराएको र मत दिन आग्रह गरिएको बताए । अहिलेको राष्ट्रिय राजनीतिमा जनमत पार्टी पनि महत्त्वपूर्ण पार्टी रहेकाले सहयोगका लागि आग्रह गरिएको उनले बताए ।

त्यस्तै जनमतका अध्यक्ष सिके राउतले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको जानकारी दिए।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले विभिन्न दलसँग भेटेर आफ्नो पक्षमा मत मागेको हो ।