`

राज्यले सुविधा दिएन, ३६ हजारले घरभाडा नै पुग्दैन : उपसभामुख राना

काठमाडौं – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासाे गर्नुभएकाे छ । 

भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो गुनासो गर्नुभएकाे हाे । 

राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिनेसमेत बताउनुभयाे । 

पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उहाँको भनाइ थियो। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाउनुभयाे । 

उहाँले भन्नुभयाे,  ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको मेरो अहिले एकमहिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ। मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ। अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन र? कस्तो लाग्छ? तपाईहरुलाई। यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे म। म सानो भुइँमान्छे हो। म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ। भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदाखेरि चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे। उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’

उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने समेत बताउनुभयाे । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदाताले कुन बोक्ने परिचयपत्र ?

काठमाडौं – निर्वाचन आयोगले आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाताले लिएर जानुपर्ने परिचयपत्रबारे निर्णय गरेको छ । 

एक सातापछि २५ फागुनमा  राष्ट्रपति पदको ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार मतदान गर्न जाँदा मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र,  निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर जानुपर्नेछ । 

यस्तो छ आयोगको विज्ञप्ति :

सीके राउतसँग सुवास नेम्वाङकाे भेट

काठमाडौँ – नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार दिउँसो बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा नेम्बाङले भेटवार्ता गरेका हुन् । भेटमा नेम्वाङसँगै कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायत नेताहरु सहभागी थिए । भेटका क्रममा राष्ट्रपतिमा सहयोग गर्न नेम्वाङले राउतलाई आग्रह गरेका छन् ।

नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदैछ ।

नेविसंघका नेताबीच विवाद : सानेपाको पार्टी कार्यलय तोडफोड

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेवि संघका नेताबीच कुटाकुट भएको छ। 

संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप भएको हो। झडकका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड भएको छ। तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको छ। सीसा,ल्यापटप लगायतमा क्षति पुगेको छ। 

नेवि संघका नेता विनोद शाही ठकुरीले संस्थापन समूहले एकलौटी गरेकाले विवादको अवस्था सिर्जना भएको बताए। ठकुरीले अन्नपूर्णसँग भने, ‘त्रिवीले बैठक डाकेको थियो। त्रिविले बोलाएको छलफलमा शेखर कोइराला समूहका प्रतिनिधि सहभागी थिए। बैठकमा दुवै पक्ष उपस्थित भएपछि झडपको स्थिति भएको हो।’

इतरसमूहका नेता शाहीले समयमै पार्टीले भातृ संस्थालाई पूर्णता नदिएकाले विवाद उत्पन्न भएको बताए।

नेवि संघको बैठक टौदह रिसोर्टमा थियो। बैठकपछि असन्तुष्ट इत्तरसमूह पार्टी कार्यालय पुगेर तोडफोडमा उत्रिएको हो। घटनामा शिव रिमाल, हरि आचार्य, डा.श्यामचन्द्र अधिकारी घाइते भएका छन्।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतरपक्षको आरोप छ। शेर्पाले त्रिविमा केन्द्रीय प्रतिनिधिका रुपमा पदम भट्टराईलाई तोकेका थिए। कोइराला समूहले पनि त्रिविमा प्रविण कैनीलाई प्रतिनिधिका रुपमा खटाएको थियो।

विवाद समाधान भइसकेपछि केही व्यक्ति प्रवेश गरी आक्रमण गरेको शेखर समूहका एक विद्यार्थी नेताले बताए।

आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् ।

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उजले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट परे ।

“आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो”, उनले भने । कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए। 

महामन्त्री थापाले राष्ट्रपति पदको गरिमा र मर्यादालाई उँचो बनाउनका लागि रामचन्द्र पौडेल सबैभन्दा उपयुक्त पात्र भएको बताए । पौडेल गणतन्त्र स्थापना, लोकतन्त्र र संविधानका लागि लडेको निष्ठावान व्यक्ति भएको भन्दै उनले राष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने बताए । 

उनले उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् बिस्तारको काम अघि बढ्ने समेत बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पदको लोभ नगरी संविधान र व्यवस्थाको रक्षाका लागि नयाँ गठबन्धनलाई समर्थन गरेको उनको भनाइ छ । 

राष्ट्रपतिमा सघाउन रेशम चौधरीलाई एमालेकाे आग्रह

काठमाडौं – नेकपा एमालेका नेताहरूले राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई मत माग्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्नुभएकाे छ । शुक्रबार बिहान चौधरी भेट्न एमाले नेताहरू डिल्ली बजार कारागार पुग्नुभएकाे थियाे ।

एमाले नेताहरू योगेश भट्टराई,कृष्णगोपाल श्रेष्ठ र भगवति चौधरी कारागार पुगेर नेम्बाङलाई मत दिन आग्रह गर्नुभएकाे हाे । एमालेका एक नेताले चौधरीलाई भेटेर राष्ट्रपतिमा नेम्बाङज्यूलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयाे।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र एमालेका नेताहरू आ-आफ्ना उम्मेदवार विजय गराउन विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गरिरहनुभएकाे छ  । 

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले  उम्मेदवारी दिनुभएकाे छ । 

लोसपाले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न सकारात्मक छ : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले लोसपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्न सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार नेकपा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा संसदमा सहभागी हुने राजनीतिक दलहरुसँग भेटघाट गर्ने क्रमस्वरुप नै लोसपाका अध्यक्ष ठाकुरसँग भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने यसबेला सरकारले खोजेको सहमतिलाई सहमतिको दिशातर्फ लैजानसक्ने व्यक्ति नेम्वाङ नै हुन् ।

उनले भने,‘ लोसपाले भने पार्टीको बैठक २४ गते बस्ने र त्यसबाट निर्णय गर्ने भएको छ । यद्यपि सुवास नेम्वाङको उम्मेदवारीप्रति उहाँहरुको सकारात्मक प्रतिक्रिया पाएको छौं ।’

राष्ट्रपति चुनाव : भोट माग्दै नेम्वाङ लोसपा कार्यालयमा

काठमाडौँ – नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको (लोसपा) कार्यालयमा पुगेका छन् ।

यहि फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोट माग्न नेम्वाङ लोसपा अध्यक्ष महन्थ ठाकुर कहाँ पुगेका हुन् । उनि सहित नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता गएका थिए ।

भेटमा नेम्वाङले लोसपा अध्यक्ष ठाकुरसहित पार्टी नेताहरूसंग राष्ट्रपतिमा सहयोग मागेका हुन् ।

आमसञ्चार माध्यमसम्बन्धी विधेयकलाई छिटो अघि बढाउनका लागि मेरो साथ छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी कानुनलाई अघि बढाउनका लागि आफ्नो सकारात्मक साथ हुने बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘मिडियामा महिलाका सवाल’ विषयक कार्यक्रममा सभामुख घिमिरेले आमसञ्चार माध्यमसम्बन्धी विधेयकलाई छिटो अघि बढाउनका लागि आफ्नो साथ हुने बताएका हुन् ।

उनले आम सञ्चारमाध्यमसँग सम्बन्धित विधेयकबारे सांसदहरूको ध्यानाकर्षण गराउन प्रेस काउन्सिल नेपाललाई सुझाव दिए ।  उनले सूचना प्रविधिको विकाससँगै यसले समाजमा पारिरहेका नकारात्मक असरहरूलाई नियन्त्रण गर्नका लागि आवश्यक ऐन कानुन बन्न नसकेको र भएका केही कानुनहरूको पनि गलत ढङ्गले प्रयोग भइरहेको बताए । सभामुख घिमिरेले चर्चामा रहेका विषयहरू र नेताहरूलाई नै प्रचारमा ल्याउने काम मात्रै आमसञ्चारले गरिरहेको भन्दै विषय बस्तुलाई पार्ने प्रभावलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । 

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलको ऐन र सञ्चारमाध्यमको ऐनलाई तत्काल संशोधन आवश्यक रहेको बताए । उनले सञ्चारमाध्यमको पुरानो परिभाषाले सञ्चारमाध्यमको नयाँ आयामलाई समेट्न नसकेको जिकिर गरे । 

त्यस्तै अन्य सहभागीहरूले आमसञ्चार माध्यममा महिला सञ्चारकर्मीहरूको अवस्थामा बारेमा चर्चा गरेका थिए ।

सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरबको योजनाका रुपमा अगाडी बढाइने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए ।

उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे ।

आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको उनले बताए । प्रधानमन्त्रीले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताए ।

उनले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवद्र्धन गर्न जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताए ।

उनले भने, ‘आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध छ। नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो। नेपालमा विभिन्न प्रकारका प्राकृतिक औषधिहरु पाइन्छन्, यार्सागुम्बा, अमला, लगायतका विभिन्न अमूल्य जडिबुटीहरु पनि यहाँ पाइन्छ। सिंहदरबारस्थित वैद्यखानाबाट पनि हामीले आयुर्वेदलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेक छौँ। हामीले पहिलो प्राथमिकतामा राखेर आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ। अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ। तर पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ। यसलाई हामीले न्यूनीकरण गर्दै जानुपर्छ ।’

दुर्गा प्रसाईंको महाअभियानमा समर्थन गर्ने कमल थापाले ऐक्यवद्धता

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा ऐक्यवद्धता जनाएका छन् ।


आज आफ्नो सामाजिक सञ्जाल मार्फत थापाले व्यवसायी प्रसाईंको महाअभियानमा आफ्नो पार्टीका नेता–कार्यकर्तालाई सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

पूर्वराजपरिवारका सदस्यहरुलाई उतारेर व्यवसायी प्रसाईंले गत फागुन १ गते मेचीपुलबाट महाअभियानको उद्घाटन गरेका थिए । यसैगरी उनले हालै पत्रकार सम्मेलन गरी २०४७ सालको संविधान ब्यूँताउनुपर्ने लगायतका माग राखेर आन्दोलन नै गर्ने घोषणा गरेका छन् । नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेकै स्थानबाट फागुन २० गते आन्दोलन सुरू गर्ने प्रसाईंको भनाइ छ ।
राप्रपा अध्यक्ष थापाले सनातन धर्म संस्कृतिको रक्षाका निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र ऐक्यवद्धता रहने उल्लेख गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सनातन धर्म संस्कृतिको रक्षाको निम्ति हुने कार्यमा राप्रपा नेपालको सदैव सहयोग र एक्यबद्धता रहने छ। फागुन २० गते काठमाडौंको वानेश्वरमा ‘राष्ट्रियता,धर्म र संस्कृति बचाउने महाअभियान’द्वारा आयोजित सभा सफलपार्ने काममा सहयोग गर्न राप्रपा नेपालका साथीहरुलाई आह्वान गर्दछु ।’

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडाैं – देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । झापाकाे  झापा मेचीनगर नगरपालिका-६ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँकेकाे कोहलपुर नगरपालिका-९ झण्डहवाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । 

कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ टाउके बजारस्थित नेपाल भारत सीमानाकाबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका-६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागुऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना.२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे  मनहरी गाउँपालिका-६ खैरधारीबाट अवैध लागुऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय  नरमान घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन महानगरको १ दिने अल्टिमेटम

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन क्षेत्रमा को अल्टिमेटम दिएको छ ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताइन् ।


उनले भनिन्, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।

यसैगरी पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटर बिना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाले नक्सा पास बिना नै संरचना निर्माण गरेको पाइएकाले त्यस्ता संरचना हटाइने महानगरले जनाएको छ ।
बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैधरुपमा निर्माण भएका संरचना, सम्झौताविपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं –  मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ ।

यस कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ ।  जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन। 

कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता पहिले नै निष्कासन गरिसकेको थियो ।

सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । 
 

गठबन्धनसँग रेशमको माग : श्रीमतीलाई उपप्रधानमन्त्रीसहित, सुदूरपश्चिममा डेढ वर्ष सरकार पाउनुपर्ने

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरीलाई भेट्न बिहीबार राष्ट्रपतिका उम्मेदवार एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल डिल्लिबजार कारागार पुग्नुभएकाे छ ।

आठदलीय गठबन्धनमा समावेश भएकाे नाउपालका अध्यक्ष भेट्न कारागार पुग्नुभएका पाैडेललाई रेशम चाैधरीले ८ वटा माग अगाडि सार्नुभएकाे छ । 

चाैधरीले राष्ट्रपतिमा नयाँ बनेकाे आठदलीय गठबन्धनले माग पूरा गरे मात्र सघाउने चेतावनी दिएकाे नाउपाका एक नेताले बताउनुभयाे । उहाँले एमालेसहितकाे गठबन्धन ताेडेर काँग्रेससहितकाे गठबन्धनमा अाउनु अाफ्ना माग पूरा गर्न रहेकाे बताउनुभयाे । ती नेताका अनुसार चाैधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति हुनुपर्ने प्रस्ताव अघि सार्नुभएकाे छ । 

नाउपाले सुदूरपश्चिममा अहिले दुई मन्त्री र एक राज्यमन्त्री मागका साथै दुई संसदीय समितिको सभापति माग गरेको छ । सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।

यस्तै सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उहाँको माग छ । यस्तै कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्न माग रेशमले माग अगाडि सार्नुभएकाे छ । आठ दलीय गठबन्धनमा केन्द्रमा उपप्रधानसहित सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री माग चाहिने उहाँको माग छ । 

नेपाललाई पाँचौँ झट्का, रोहित,आरिफ र ज्ञानेन्द्र शून्यमै आउट

काठमाडाै‌ – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

एकपछि अर्को विकेट गुमाएसँगै नेपाल पूरै दबाबमा आएको छ । नेपालले पाँचौँ विकेटका रूपमा आरिफ शेखलाई शून्य रनमै गुमाएको हो । यसअघि नेपालका ज्ञानेन्द्र मल्ल र कप्तान रोहितकुमार पौडेल शून्यमै आउट भए । आशिफ शेख १७ र कुशल भुर्तेल पाँच रनमा आउट भए ।

नेपालले १२ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा ६५ रन बनाएको छ । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २०७ रन बनाएको थियो ।

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको छ। 

कृषि मन्त्रालयको कृषि प्रयोगशालाअन्तर्गत सञ्चालन हुँदै आएको कालिमाटीस्थित उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्न टोलीले अनुगमन गरेको हो। 

कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुली नेतृत्वको टोलीले प्रयोगशालाको निरीक्षण गर्नुका साथै प्रयोगशालाको गतिविधिको अनुगमन गरेको थियो। प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमूनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ। 

अनुमगन टोलीले कालिमाटी प्रयोगशाला तथा देशका अन्य स्थानमा रहेका प्रयोगशालाको सेवा प्रभावकारिता बृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको छ। 

केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत् तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ।

केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीय रूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ।

राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्छ : प्रकाशमान सिंह

धनुषा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका छन् ।

बिहीबार धनुषामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले अहिले आठ दलबिच भएको सहमति अनुसार नै राष्ट्रपतिको निर्वाचन पश्चात् देशमा वृहत् सहमतिको सरकार बन्ने बताएका हुन् ।

उनले बिथोलिएको राजनीतिक वातावरण सही ट्याकमा आएको पनि बताए । निर्वाचन अघि बनेको गठबन्धन केही समय असहताका साथ अघि बढे पनि अहिले जनताको जनमत अनुरूपका राजनीतिक परिस्थिति निर्माण भएको उनले बताए । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चित रहेकाले अव कुनै दुबिधा नराख्न आग्रह गरे ।

उनले हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुकलाई अघि बढाउने दायित्व सबै दलसामु आएको जिकिर गरे ।

आजैबाट मन्त्रीमण्डल विस्तारको गृहकार्य सुरु हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल विस्तारको गृहकार्य आजैबाट सुरु हुने बताएका छन् ।

बिहिबार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आठ दलिय गठबन्धन भित्रबाटै मन्त्रीहरु बन्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै लिने बताए । यो आठ दलीय सत्ता गठबन्धन पाँचैबर्ष जान्छ र मूलुकले विकासको गति लिने बताए ।

आठ दलिय गठबन्धनबाट प्रचण्डपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । त्यसपछि एक वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने आठ दलबीच समझदारी भएको उनले बताए ।

बिहीबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार बन्ने उल्लेख गरेका छन् । “दुई वर्षमा प्रधानमन्त्री फेरिन्छन् । एक वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुहुनेछ,” शशांकले भने, “चुनाव हुने बेलामा देउवा प्रम हुन्छन् ।” उनले कांग्रेसको ध्यान आठ दलिय गठबन्धनमा विश्वास कायम गर्नेमा केन्द्रित रहेको भन्दै बीचमा सरकार तलमाथि नहुने बताए ।

“गठबन्धनमा विश्वास नचुडियोस् भन्नेमा हाम्रो ध्यानकेन्द्रित छ । राष्ट्रपति निर्वाचनलाई राष्ट्रिय सहमति नभनौँ, दलीय सहमति भनौँ,” उनले भने, “हामी स्थिर सरकार चाहन्छौँ । अस्थिर सरकार भयो भने केही पनि हुँदैन । स्थिरताको हाम्रो प्रयास हो । अस्थिरता चहाने एमाले मात्र

आठ दलिय गठबन्धन पाँच वर्ष टिक्छ, टुट्ने र फुट्ने अवस्था आउँदैन : अर्जुननरसिंह केसी

काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले सरकारमा कांग्रेसले परिमाणात्मक रुपमा कति मन्त्रालय दावी गर्ने कुरा अहिले भन्न नकिने बताएका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बता्एका हुन् ।

अहिले मन्त्रालय दाबी गर्ने अवस्थमा कांग्रेस नपुगेकाले दलहरुसंग छलफल गरेरमात्र सो कुरा टुङ्गो लगाउने उनको भनाइ रहेको छ ।

यस्तै केसीले गठबन्धन शक्ति र सत्ताको लागि मात्रै नभएकाले टुट्ने र फुट्ने अवस्था नआउने समेत दाबी गरे । उनका अनुसार आठदलिय गठबन्धन पाँच वर्षसम्मका लागि नै दिगो हुन्छ । गठबन्धन पाँचै वर्ष जाने दाबी गर्दै केसीले देउवा ७६ -३ को प्रधानमन्त्री बन्ने सम्भावना नरहेको समेत उल्लेख गरेका छन् ।

सभामुखले प्रतिनिधि सभाको बैठक लामो समय स्थगित गरेकोप्रति उनले असन्तुष्टि जनाएका छन् । साथै
सभामुखले आफ्नो स्वविवेकको प्रयोग गरेर संसद् बैठक स्थगित गर्नु उपयुक्त नभएको समेत बताए ।

उपप्रधानमन्त्री श्रेष्ठद्वारा कमलविनायक–नगरकोट सडकको काम समयमै सक्न निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक–नगरकोट सडकको अनुगमन तथा निरीक्षण गर्नु भएको छ। 

अनुगमनका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको गुनासो सुन्दै जनतालाई दुख नदिईकन ठेकेदारले पुराना कमजोरीबाट पाठ सिक्दै समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । यदि ठेकदारले समयमा काम सम्पन्न नगरे ठेकेदार परिवर्तन गरेरै भएपनि समयमै काम सम्पन्न गर्ने बताउनुभयो । 

अनुगमनमा मन्त्रीसहित नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली सहभागी हुनुहुन्थ्यो ।

समयमै काम सम्पन्न नभएको र जनताले धेरै नै दुःख पाएको भन्ने गुनासो आएपछि उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न स्थानका आयोजनाहरूको अनुगमन गरिरहनुभएको छ । त्यस्तै उहाँको निर्देशन पछि काठमाडौँका खाल्डाखुल्डीहरू पुरिएका थिए ।

मुगुमा ६१ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर

मुगु – विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पु¥याउने सरकारको लक्ष्य छ । 

अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंखया विजुलीको पहुँचमा छ । २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म  करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो । 


मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । जसमा मुगुमा २६ हजार ३००  जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ । विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरुले बताएका छन् । 

मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन । 

बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहँुचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ । 

उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगूम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।  यस्तै सोरु गाउँपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउँमा मात्र विद्युत् रहेको छ भने जम्मा ३०० जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाइएको छ । 

खत्याड गाउँपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन् भने २३ हजार जनसंख्या अझै विद्युतको पहँुचभन्दा बाहिर रहेको खत्याड गाउँपालिकाका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए ।   

राष्ट्रिय प्रसारण लाइनले छोएन 

कर्णालीका मुगु, हुम्ला र डोल्पामा हालसम्म राष्ट्रिय प्रसारण लाइनले छोएको छैन । कुलमान नेतृत्वको विद्युत् प्राधिकरणले माथिल्लो कर्णालीलाई राहत हुन्छ सोचेका कर्णालीवासीले उनको बर्हिगमनपछि राष्ट्रिय लाइन आउने आशा नै मारिसकेको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले जानकारी दिए । 

विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णाली बासिका बालबालिका, महिला, ज्येष्ठनागरिकका पिडाले केन्द्र सरकारलाई छुन नसकेको उनको तर्क छ ।   
 

हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ, वार्ता सकारात्मक आएको छ : पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूसँग भएकाृे भेटवार्ता सकारात्मक रहेको बताएका छन् ।

आज नेकपा एसको पार्टी कार्यलयमा भएको भेटवार्ता पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव गुरुङले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामीले सुवास नेम्वाङलाई भोट हाल्न अनुरोध गरेका छौँ। अहिलेको चुनौतीको बीचमा दुई पार्टीलाई एक गर्ने कुरामा हामीबीच एक खालको सहमति भएको छ। यही अवसरलाई समातेर हामी फेरि पनि भेटघाट र छलफल अगाडि बढाउने दुई पक्षबीच साझा सहमति भएको छ।’

राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा नेकपा एससंग राष्ट्रपतिमा भोट माग्ने अभियानमा पहिलो पटक नेकपा एसको कार्यालयमा आएर अध्यक्षसहित सबै पदाधिकारीसँग कुरा गरेको बताए।

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

काठमाडौं –  नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ ।राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।

राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) कर्णाली सरकारलाई दिएको समर्थन आज फिर्ता लिएको छ ।


बिहिबार राप्रपाले कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको हो ।
प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको शाहीले बताइन् ।

पहिलो ओभरमै करण केसीले लिए सानदार विकेट

काठमाडौं / आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थिए । पहिलो ओभरमै करण केसीले मोहम्मद वासिमको विकेट लिई सुरुमा बलिङ्ग गर्ने निर्णय सहि साबित् गरेका छन् ।

नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ।

विश्वकप छनोटको पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ।

नेपालले लगातार छैठौं पटक टस जित्यो, सन्दीप प्लेइङ ११ मा

काठमाडौँ / आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा केहीबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।

नेपालले सार्वजनिक गरेको प्लेइङ ११ मा सन्दीप परेका हुन् । नेपाली टोलीमा सन्दीप लामिछानेले बलर प्रतिश जिसीको स्थानमा खेल्ने भएका छन् । ।

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं / बिपिडब्लु लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेको र बिहीबारबाट सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । जसअनुसार प्रतिसेयर १००अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ ।

यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर निष्कासन गरिसकेको छ । कर्मचारीका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात १ हजार ५०० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सुरक्षित गरिसकेको छ । 

बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यसमा फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा चैत २ गतेसम्म भर्न पाइनेछ । 

यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ  । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । 
 

बिहीबार नेप्से सूचक ०.१६ अंकले घट्यो

काठमाडौं / प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा आएको छ ।

१४ कम्पनीको २८० कित्ता सेयर कारोबार हुँदा २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
 

रूपन्देही अदालतले ३ हजारभन्दा बढी वर्ष कैद र ४८ करोड जरिवाना असुल गर्न बाँकी

भैरहवा / रुपन्देही जिल्ला अदालतले १४ फागुन २०७९ सम्म ३५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ । फागुन मसान्तसम्म ३ हजार ११६ मुद्दा फर्छ्याेट गर्नुपर्नेमा २ साता बाँकी छँदा २ हजार २१६ मुद्दा फर्छ्याेट भएको हो ।  जिल्ला अदालतलाई जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षमा दर्ता भएको मुद्दामध्ये फागुन मसान्तसम्म ७१ प्रतिशत मुद्दा फर्छ्याेट गर्नुपर्ने लक्ष्य रहेको छ । 

६ महिनाअवधि भित्र एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्ने लक्ष्य दिए पनि अदालतले लक्ष्यलाई पार गर्दै एक हजार एक सय ७१ थान मुद्दा फर्छ्याेट गर्न सकेको हो । अघिल्लो अर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ६ सय ४७ थान मुद्दा र यस वर्षको हालसम्म दर्ता भएको २ हजार ६ सय ५० थान मुद्दा गरी कुल ६ हजार २ सय ९७ मुद्दामध्ये विभिन्न ईजलासबाट ९ जना न्यायाधीसले २ हजार २ सय १६ मुद्दा फर्छ्याेट भएको छ । जिल्ला अदालतको ७ हजार ५४४ अनुमानित वर्षिक लगत भएकोमा ५ हजार १ सय ९८ मुद्दा फछर्यौट गर्न सकिने लक्ष्य रहेको कार्यालयले जानकारी दिएको छ ।

लगत रहेको बाँकी मुुद्दामध्ये ३ सय २४ वटा मुद्दा २ वर्षभन्दा पुरानो रहेको छ भने जिम्मेवारी सरि आएका १७ सय बढी मुद्दाहरु ६ महिनादेखि २ वर्ष भित्रका रहेका छन् । त्यस्तै यस वर्ष दर्ता भएका १६ सय ९६ मुद्दा विगत ६ महिना देखि फछ्यौट हुन बाँकी छ । 

कार्यालयका अनुसार विशेष प्रकृतिका निवेदनहरुमध्ये अधिकृत बारेसनामा प्रमाणित, मृत्युको न्यायिक घोषणा, दर्ताद्वारा विवाह, संरक्षक प्रमाणितको मुद्दा अधिकांस फर्छ्याेट भएको छ । यस्तै अदालतले मेलमिलापका लागि पठाएको ४ सय ३७ मुद्दा मध्ये ५३ वटा मुद्दा मात्रै मेलमिलाप भएको छ भने २५८ वटा मेलमिलाप नभई फर्केको छ । अदालतले १९ जना मेलमिलापकर्तालाई स्वीकृत गरेकोमा यस्ता मुद्दा अझै १२६ वटा बाकी रहेको छ । 

न्याय क्षेत्रको काम गराई पहिलाको तुलनामा धेरै सुधारोन्मुख रहेको छ, प्रविधिको प्रयोगले काममा सहजता भएको छ, धेरै भन्दा धेरै प्रवृधिको प्रयोग अदालतले नै गर्ने गरेको मुख्य न्यायाधीश कृष्णराम कोइरालाले बताए ।

फर्छ्याेट गरिएको मुद्धाको कार्यान्वयनका लागि समेत थप पहल भइरहेको, अदालतसम्म सर्वसाधरणको सहज पहुँच तथा कानुनको प्रयोग गरेकोले मुद्दा दर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । मुद्दाको दर बढ्नु भनेकै अदालतमा सर्वसाधरणको पहुँच बढ्दै गएको हो । 

४८ करोड बढि जरिवाना असुल गर्न बाँकी

रुपन्देही जिल्ला अदालत कार्यालयबाट यस आर्थिक बर्षको माघ मसान्तसम्म १ करोड २९ लाख ८० हजार ६ सय ९९ रुपैया जरिवाना फर्छ्याेट भएका छन् । त्यसै गरी कुल लगत जरिवाना ४९ करोड ५५ लाख ३४ हजार ८ सय ९० मध्ये ४८ करोड २५ लाख ५४ हजार १ सय ९१ रुपैया जरिवाना उठ्न बाँकी छ । 

कैदतर्फ माघ मासन्तसम्म ८ सय ३ वर्ष १० महिना १६ दिन कैद असुल गरिएको छ । कुल कैद लगत ४ हजार १ सय २३ वर्ष २ महिना ८ दिन रहेकोमा ३ हजार ३ सय १९ वर्ष ३ महिना २२ दिन कैद असुल गर्न बाकीँ रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको अनुसार यति रकम जरिवाना र कैद बाँकी हुनुमा धेरै पुराना मुद्दाहरुको लगत कायम हुनु र ठुला जरिवानाको रकम फर्छ्याेट नभएको हो । 

भारतबाट ग्यासको मूल्य प्रति सिलिन्डर ३३९.६ रुपैयाँले बढेर आयो

काठमाडौं – खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई १५–१५ दिनमा मूल्य सूची पठाउने प्रावधान अनुरुप नयाँ सूची पठाएको हो ।

जसअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । योसहित ग्यासमा प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहने निगमले जनाएको छ ।

नेपालमा ग्यासको मूल्य नबढाउने हो भने हालको खपतअनुसार १५ दिनमा ९३ करोड रुपैयाँ ग्यासमा मात्रै नोक्सानी हुने निगमले जनाएको छ । भारतबाट ग्यासको मूल्य बढेर आए पनि डिजेल र पेट्रोलको मूल्य भने सामान्य घटेर आएको छ ।

अस्ती, डिजेल प्रतिलिटर ५ रुपैयाँ ५ पैसा तथा पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा घटेर आएको निगमले जनाएको छ।

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा भेन रेन्जो नियुक्त

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त हुनुभएकाे छ ।

अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हाे ।

पृथ्वी शाहले ५६ जनालाई ठगी गरेको सीआईबीको ठहर, ४ वटा मुद्दा चलाउन सुझाव

काठमाडौँ – ठगी मुद्दामा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित उनका सहयोगीविरुद्ध ठगी, संगठित अपराध, सहकारी ठगी र लिखतसम्बन्धी कसूर गरी चारवटा मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुझाव दिएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै ब्यूरोले शाह र उनका सहयोगीका कृत्यको तथ्यांकसहित प्रहरीले उक्त मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई सुझाव दिएको हो । जसअनुसार शाहसहितका व्यक्तिहरूमाथि थप १० वटा उजुरी परेका छन् ।

शाहले ठगी गरि ‘स्विफ्ट’ मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ।

उनले सो रकम नेपालका विभिन्न बैंकमा ‘डिपोजिट’ गरेका थिए। बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर ‘होल्ड’ मा राखेको छ। उनको खातामा ३६ करोड,८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छ।  

उनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ।  शाहले गैरकानुनी रुपमा रकम नेपाल भित्राएर विभिन्न कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।

ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी खडा गरेको प्रहरीले जनाएको छ। उनले सो रकम घरजग्गा किन्ने, सुन किन्न र बीमामा समेत लगानी गरेको खुलेको छ।

प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ। प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा ७ जना पक्राउ परेका छन् भने १३ जनाको खोजी भइरहेको छ।

प्रदेश १ को नाम कोसी प्रदेश पारित

काठमाडौँ –  प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।

अनेरास्ववियुले बिषादी जाँच नगरी भारतीय तरकारी भित्र्याउन खोजेपछि तरकारी फालेर गर्यो विरोध

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने सरकारको कदमप्रति विरोध प्रदर्शन गरेको छ।

बुधबार अनेरास्ववियुका विद्यार्थीहरूको समूहले त्रिचन्द्र क्याम्पस अगाडि सडकमा सांकेतिक रुपमा तरकारी फ्याँकेर विरोध प्रदर्शन गरेका हुन्।

विषादीयुक्त भारतीय तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने जानकारी हुँदा हुँदै परीक्षण रोकिएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु् र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुखद पक्ष भएको अनेरास्ववियुको निष्कर्ष छ।

बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने

पोखरा – बुद्ध एयरले आगामी मार्च ९ अर्थात २५ फागुन देखि भद्रपुर देखी पोखरासम्म  सिधा हवाई उडान भर्ने भएको छ ।

काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब पोखराबाट पनि जहाज भद्रपुरका लागि उडान भर्नेछ । पोखरा स्टेशन म्यानेजर गौतम बरालका अनुसार अब पोखराबाट बिहान ६:१५ मा जहाज भद्रपुरका लागि र पोखराका लागि भने बेलुकी ६:५५ मा उडान भर्ने गरी तयारी गरिएको हाे। सो हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।

पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि भद्रपुर–पोखरा उडान साँझ राखिएको उनको भनाई छ । उनका अनुसार पोखरामा जस्तो भद्रपुरमा यात्रु तथा पर्यटक बस्नका लागि पुर्वाधार नभएकाले साँझ उडान गराउन खोजिएको हो ।
म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । 

प्रदेश १ : प्रदेशसभा बैठक सुरु, प्रदेशको नाम कोसी राखिने

काठमाडौँ – प्रदेश १ को प्रदेससभा बैठक सुरु भएको छ । बुधबार दिउँसो सर्वदलीय बैठकपछि कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो ।

बैठकले प्रक्रियामा गएर प्रदेश १ को नामाकरणाको टुंगो लगाउने छ । प्रदेशसभा सचिवालयमा एमालेका राम राना मगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता भएको छ ।

त्यस्तै, राजेन्द्र राई प्रस्तावक भइ कमल प्रसाद जबेगु र निर्मला लिम्बू समर्थक रहेको किराँत लिम्बुवान सगरमाथा नाम राख्ने प्रस्ताव दर्ता भएको छ ।

कोसी नाम राख्न एमालेसहित कांग्रेस माओवादी र राप्रपाका बीचमा सहमति छ ।

रामचन्द्र पौडेलले पठाए सबै मतदाताहरूलाई मत माग्दै पत्र

काठमाडौँ – राष्ट्रपति चुनावमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाताहरू रहेका छन् । पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै सबै मतदाताहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् ।

यसअघि पार्टीले सबै दललाई मत माग्दै पत्र पठाइसकेको छ । यही फागुन २५ गते राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

सुन पानी र दुरा डाडे पछि राजु परियारको अर्को कालजयी गीत काटे पलाउँछ

काठमाडौँ – लोकप्रिय गायक राजु परियारको स्वर रहेको गीत काटे पलाउँछ बजारमा सार्वजनिक गरिएको छ।

लामो समय पछि गायक राजु परियारले आफूले काल झैँ गीत गाएको बताएका छन्। गायक राजु परियार लोक दोहोरी क्षेत्रको एक चर्चित मात्र नभई सदाबहार आवाज हो।

उनका बजारमा हजारौँ गीत बजिरहेका छन्। तर काटे पलाउँछ जस्तो गीत भने उनले लामो समयको अन्तरालपछि गाएको बताएका हुन।उनले भने मैले थुप्रै गीत गाएको छु मेरो लागि कुन गीत हिट भन्ने छैन तर मैले कुन गीतलाई हिट भनौँ दर्शकले सबै गीतलाई माया गरिदिनु भएको छ ।

तर मैले गाएका काल झैँ गीतमा काटे पलाउँछ गीत पर्छ । किन कि यतिको गीत वर्षमा मेरो लागि एक वा दुई सम्म पर्छन् । उनले भने यो गीत दर्शकको लागि र मेरो लागि सदाबहार हो।

गीतमा मेनुका परियारको पनि स्वर रहेको छ। गीतको शब्द नेत्र अर्यालले लेखेका हुन भने गीतको सङ्गीत एरेन्ज राजु सुनामले गरेका हुन । काटे पलाउँछ गीतलाई रङ्ग दर्पन म्युजिकले बजारमा ल्याएको छ।

https://youtu.be/-sYsPC1enVA