`

परराष्ट्र नीति पुनरावलोकन अन्तिम चरणमा पुगेको छ : परराष्ट्रमन्त्री विमला राई

काठमाडौँ – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो । “दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरुले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो”, उहाँले भन्नुभयो, “सोही उद्देश्यअनुरुप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।”

क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दीगोपनलाई सुनिश्चिता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । “परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।”

उहाँले नीतिमा प्रष्टसँग आप्रवासन र यसले पारेको असरलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ट्र्याक टु र पब्लिक डिप्लोमेसी, सुरक्षा निकायका भूमिकालाई अब बन्ने परराष्ट्र नीतिमा राख्नुपर्नेछ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार हामीले पुनरावलोकन गर्दैछौँ  ।” आफूले पदभार सम्हालेलगत्तै सेवा प्रवाहलाई प्रमुखता दिएर काम गरेको जानकारी दिँदै उहाँले जिम्मेवारीका अवधिमा आफूले राहदानी, कन्सुलर र राहत तथा उद्धार सेवा प्रभावकारी बनाएको दाबी गर्नुभयो । 

बाटो नभएको ठाउँमा पुल बनाउने सचिवबिरुद्ध मुद्धा दायर

काठमाडाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ। 

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले बिशेष अदालत आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले  राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ 

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

बर्षाका कारण केपी ओली कपको सेमिफाइनल रोकियो

काडमाडौं – केपी ओली कपको सेमिफाइनल खेल वर्षापछि रोकिएको छ। 

त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको जारी खेल बर्षाका कारण रोकिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि भोलीसम्मका लागि स्थगित गरिएको छ ।  आयाेजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि भोलि ११ बजे ५३ मिनेटपछिको खेल हुनेछ ।

आइतवार भएको खेलमा ५३ मिनेटसम्म गोल भएको  भएको थिएन ।

प्रधानमन्त्रीप्रति अध्यक्ष ओलीको टिप्पणी: हातमा चक्कु लिएर फूल लिएको छु भन्नुभयो !

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र ?’

प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को । हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ ।’

‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाई‌ले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भन्नुभयो, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ ।’

हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि ! म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।

प्रधानमन्त्री प्रचण्डले दुई महिनासम्म एमालेसँग सत्तामा बस्दा तीतो अनुभव गरेकोप्रति ओलीले आफूसँग ‘काले काले मिलेर खाम भाले’ गर्न नपाएपछि प्रचण्ड आत्तिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हरियो देख्नै नहुने। दाम्लो चुँडालेर जान खोज्ने, मैले दाम्लो तानिदिएपछि गाह्रो त भयो नि ! म सँग काम गर्दा काले काले मिलेर खान भाले हुन सक्दैन । जोसँग मिलेर हुन्छ। त्यतै जानुभयो।’

अध्यक्ष ओलीले प्रचण्ड जता मौका मिल्छ उसैसँग मिल्ने गरेको भन्दै बिरालोको उखान पनि सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा उखान छ नि, घरमा बिरालो किन्नु पर्दैन। कचौरामा दूध र भात दियो भने छिमेकीको बिरालो खुत्रुक्क आइपुग्छ।’ 

उहाँले प्रचण्डले चलाएको जनयुद्ध कसका लागि थियो भनी प्रश्न पनि गर्नुभयो। जनयुद्धका नाममा प्रचण्डले २०५२ हिंसाको नयाँ अभियान सुरु गरेको अध्यक्ष ओलीको आरोप थियो। 

जनयुद्धबाट प्रचण्डको परिवारलाई फाइदा भए पनि देशलाई दुखेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई दुख्ला, कसैलाई नदुख्ला, तर नेपाललाई दुख्छ। नेपाल राष्ट्रलाई दुख्छ। त्यसको घाउ अहिलेसम्म छ। त्यसको प्रमुख अहिले देशको कार्यकारी प्रमुख छन्। प्रधानमन्त्री भएको तीन पटक भयो। सरकारमा गएको त कति भयो कति? कहिले कसैसँग मिलेर कहिले कसैसँग मिलेर।’

लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीले बताउनुभयो ।

कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिए हो : राजेन्द्रकुमार राई

काठमाडौँ –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।

आर्थिक मिडिया सञ्चालक सङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको सहकारीमा सङ्कट : कारण र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री राईले सबैले विधिमा रहेर सीमामा रहेर र कानुनलाई अवज्ञा नगरी काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताउनुभएको हो ।

उहाँले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरे पनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राख्नुभयो । सहकारीमा देखिएका समस्याहरू समयमा नै समाधान गरी यसलाई सहज रूपले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

मन्त्री राईले सहकारीका विषयमा देखिएका समस्याहरू समाधानका उपायहरूका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरी उचित समाधानको बाटो खोजिने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यवस्थित गर्न नसक्दा समस्या देखिएको बताउनुभयो । उहाँले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैङ्कले हेर्नुपर्छ भनिए पनि राष्ट्र बैङ्कसँग त्यो अधिकार नै नरहेको जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताउनुभयो ।

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं – राष्ट्रिय सभाले जसपाका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको सांसद रहमानको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

बैठकले सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ ।

हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा उनको १३ फागुनमा निधन भएको थियो ।

वामपन्थीहरु एक ठाउँ उभिनुपर्छ : झलनाथ खनाल

सुर्खेत – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताउनु भएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले परिवर्तनका लागि वामपन्थीहरु एक ठाउँमा आउने सम्भावना उत्तिकै रहेको भन्दै तत्काल प्रगतिशील साझा कार्यक्रम बनाएर वामपन्थीहरु बीच एकता हुन आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

उहाँले कुन गठबन्धन कति बेला, कसरी बने भन्दापनि कसले गुणात्मक परिवर्तन ल्याउन सक्छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै नेपालका वामपन्थीहरु एक ठाउँमा आउन सके परिवर्तन सम्भव रहेको बताउनु भयो । नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना नरहेको स्पष्ट पार्दै नेता खनालले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने जानकारी दिनु भयो ।

उहाँले राष्ट्रपति कसलाई बनाउने भन्ने बारे पार्टी भित्र छलफल बाँकी रहेकाले अहिले नै नेकपा एसले कसलाई मत दिन्छ भन्न नसकिने स्पष्ट पार्नु भयो ।

राप्रपाले प्रदेश १ सरकार तत्काल नछाड्ने

विराटनगर – राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ। राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ। तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो ।

राप्रपा प्रदेश १ संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्ती सिटौलाले पार्टी नेतृत्वसँगको छलफलपछि मात्रै सरकारबारे निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णय हुन्छ ।’

‘अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थितिको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा कारणले अस्थिरता नहोस भन्ने चाहन्छौं ।’

प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उहाँले बताउनुभयो ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकपछि राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले राजिनामा दिइसक्नुभएको छ।

चैत १२ सम्ममा प्रचण्डले विश्वासको मत लिनुपर्ने,मत नपुगे देउवा बन्ने छन् प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ । 
सरकारलाई दिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनमा भएको सहमतिविपरीत अर्को आठदलीय गठबन्धन बनाएपछि राप्रपाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको हो ।

संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । त्यसरी पेश भएको प्रस्ताव तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडे पनि सरकारलाई दिएको समर्थन कायम राखेको थियो । तर राप्रपाले सरकार छोडेर समर्थन पनि फिर्ता लिएको छ । संविधानको व्यवस्थाबमोजिम अब आगामी ३० दिन अर्थात् १२ चैतभित्र प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने हुन्छ ।

नेताहरूका अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत नपाए संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभाको पहिलो ठूलो दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ ।

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न बहुमत अर्थात् १३८ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा ३२ सिटमात्रै रहेको दल माओवादीका अध्यक्ष समेत रहेका दाहाललाई सरकार बचाउन एमाले वा कांग्रेसको साथ अनिवार्य छ । राष्ट्रपतिको निर्वाचन पछि दुबै दलले प्रचण्डलाई छोड्न सक्ने शंभावना प्रवल छ । यस्तो भयो भने संविधान अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने छन् । 

भारतबाट नेपाल ल्याइएका  ४ वटा ट्यांकरकाे ८० हजार लिटर डिजेलमा मिसावट भेटियाे

काठमाडौं – भारतबाट नेपाल ल्याइएका  ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो ।   

निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।

डिजेलमा मटीतेल मिसावटको आशंका छ । नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ । नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ ।

निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।

प्रधानमन्त्री दाहाल फागुन १९ गते कतार जाँदै

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहि फागुन १९ गते कतारको दोहा जाने भएका छन्

प्रधानमन्त्री प्रचण्ड कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु ९एलडिसिज०को पाँचौँ सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनी संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने उनले जानकारी दिए। 

दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने छन् । एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन् ।

सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने प्रवक्ता लम्सालले बताए । नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ ।  चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । 

पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि  बोलाइएको बैठकमा फेरिएको राजनीतिक समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धन बनेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा  फागुन २२ गते सरकारबाट बाहिरिए पनि सरकारबाट अहिलेसम्म समर्थन भने फिर्ता लिएको छैन ।

राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा  रास्वपा बसेको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने बताइएको छ ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत दिन आग्रह गर्दै अध्यक्ष ओली लेखे १७ जनालाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै । संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् । तर ओलीले नेपाली कांग्रेसलाई भने पत्र लेखेका छैनन् ।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको जवाफ दिएको छ । निरन्तर सम्वादमा नै भएकाले सहकार्यको वातावरण बन्न सक्ने उनको प्रतिक्रिया रहेको छ ।

राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । शुक्रवार सांझ बसेको पाटीको बेठकले आठ दलिय गठबन्धन कायम गरेर राष्ट्रपति पदको उमेदवार नेपाली कांग्रेसलाई दिने निर्णय गरेससगैं सो राष्टपतिको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराइसेका छन् । नेकपा एमालेले सुवास नेवाङलाई राष्टपतिको उमेदवारमा जिताउन अग्रम शुभकामना समेत दिए । त्यतिमात्र होइन , नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र ओलीले पठाएका छन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएका छन् ।

सो पत्रमा कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् ।

एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसके पनि पाँच दलका नेताहरुले भने मुख खोलेका छैनन् । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादीले निर्णय गरेका छैनन् ।

आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिसकेको छ । राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् ।
प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि तय

काठमाडौं – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभा समक्ष पेस गर्ने छिन् ।

आजैकै बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरूको सम्मेलनमा भाग लिएर शनिवार राती ९ः०० बजे स्वदेश फर्कनुभएको छ ।

सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गर्नुभएको थियो ।

जी २० का अर्थमन्त्रीहरूको सम्मेलन शुक्रवार र शनिवार गरी दुई दिन चलेको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन ११ गते भारत जानुभएको थियो ।

नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी हुन भारत जानुभएको हो।

Лучшие сайты казино для увлекательного игрового опыта



Лучшие сайты казино для захватывающего игрового процесса


Лучшие сайты казино для увлекательного игрового опыта

Оцените уютный атмосферный портал, предлагающий широкий ассортимент слотов и настольных развлечений. Прямо сейчас рекомендую вам обратить внимание на Клуб Х. Здесь вы найдете уникальные предложения, бездепозитные бонусы и множество акций, которые придадут вашему времяпрепровождению особую нотку. Не упустите шанс испытать свою удачу и насладиться качественным контентом!

Также стоит посетить Азартный Центр, где вы сможете попробовать свои силы в живых играх с настоящими дилерами. Интуитивно понятный интерфейс платформы и возможность играть с телефона сделают ваше времяпрепровождение максимально комфортным.

Каждый из этих порталов предлагает привлекательные условия и разнообразные способы пополнения счета. Найдите идеальные предложения для себя и наслаждайтесь качественным досугом в любое время суток!

Как выбрать надежное онлайн казино для безопасной игры

Выбирайте платформы с лицензией от авторитетных регуляторов, таких как MGA или UKGC. Наличие лицензии подтверждает, что учреждение соблюдает строгие требования к честности и безопасности. Также следует обратить внимание на условия использования: они должны быть прозрачными и понятными, без скрытых правил, которые могут негативно сказаться на опыте пользователей.

Изучите отзывы других игроков о различных ресурсах. Комментарии на форумах и специализированных сайтах могут дать представление о репутации учреждения. Обратите внимание на уровень поддержки клиентов: наличие быстрого обращения к помощи игрокам, оперативные ответы и решение проблем также говорят о надежности заведения.

Популярные слоты и игры в казино: на что обратить внимание

Кроме RTP, стоит обратить внимание на волатильность. Слоты с высокой волатильностью предлагают большие выигрыши, но реже, тогда как игры с низкой волатильностью обеспечивают частые, но небольшие выплаты. Выбирайте в зависимости от своей стратегии и толерантности к риску.

Тематика и графика также играют значительную роль. Многие игроки предпочитают автоматы с яркой визуализацией и интересным сюжетом. Исследуйте различные темы – от исторических до футуристических. Это поможет выбрать то, что вас увлечёт.

Бонусные функции и дополнительные игры могут значительно повысить ваш опыт. Обратите внимание на наличие бесплатных вращений, множителей и прогрессивных джекпотов. Эти элементы добавляют интерес и разнообразие в игровой процесс.

Лицензирование и репутация провайдеров – ещё один аспект. Надёжные разработчики игр, такие как NetEnt и Microgaming, гарантируют честность и высокое качество. Изучите отзывы о провайдерах перед началом игры, чтобы избежать неприятных сюрпризов.

Социальные элементы также могут значительно обогатить опыт. Многие современные автоматы предлагают возможность игр с участниками по всему миру, что делает процесс более интерактивным и захватывающим. Рассмотрите автоматы, которые поддерживают мультиплеерный режим.

Не забывайте изучить специальные предложения и акции. Некоторые платформы предлагают уникальные бонусы для новых игроков или программы лояльности. Это может существенно повлиять на ваш выбор. Для получения актуальной информации о лучших предложениях загляните на казино онлайн топ.

Бонусы и акции в онлайн казино: как получить максимум выгоды

Обратите внимание на бездепозитные бонусы. Они позволяют начать игру без необходимости вносить деньги. Обычно в этом случае требуется выполнить простые условия, такие как регистрация и подтверждение аккаунта. Это отличная возможность протестировать платформу, не рискуя собственными средствами.

  1. Фрибеты: эти бесплатные ставки позволяют делать ставки на определенные игры без риска потерь. Важно следить за сроками действия таких предложений.

  2. Кэшбэки: многие букмекерские конторы предлагают возврат части проигранных средств. Это может стать отличной поддержкой при игре.

  3. Промокоды: их можно найти на различных ресурсах, и они предоставляют повышенные бонусы или дополнительные средства. Обычно введите код при регистрации или пополнении счета.

Не забывайте о регулярных акциях. Многие площадки проводят розыгрыши призов, бонусов и даже автомобилей. Всем участникам следует активно принимать участие и изучать условия, чтобы не упустить шанс.

Принимайте участие в программе лояльности. Это система поощрений, где игроки получают баллы за ставки, которые можно обменивать на реальные деньги или дополнительные бонусы. Чем больше играть, тем больше будет выгода.

И наконец, читайте отзывы и рейтинги. Опыт других игроков может помочь выявить самые интересные и выгодные предложения от различных компаний. Это даст возможность выбрать самый подходящий вариант для игры и минимизировать риски.


आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप होस्ः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन । 

शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन ।

विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ। यो प्रक्रियाबाट हामी कोही पनि बाहिर छैनौँ, यो एकप्रकारले राष्ट्रिय सहमति नै हो।’


उनले अगाडी भने, ‘नयाँ सरकार गठनपछि केही सूचक सकारात्मक देखिए पनि अर्थतन्त्र संकटमुक्त छैन। लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिसकेको छैन’ प्रधानमन्त्री दाहालले भने, ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे। त्यो गम्भीर कुरा छ। हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो। त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन। त्यसैले पनि लोकतान्त्रिक मूल्य मान्यता र संविधानका पक्षधर शक्तिहरू एकठाउँ उभिनुपर्छ, उभिएका छौँ।’

‘मैले राष्ट्रिय सहमतिकै लागि कोसिस गरेँ। हिजो एमाले अध्यक्ष केपी ओलीजीसँग पनि तपाई र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन’ प्रधानमन्त्री दाहालले भने, ‘संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एकठाउँमा उभिएका छौँ। हामी प्राकृतिक कोर्समा फर्किएका छौँ। यो नै मुख्य कुरा हो।’

सो कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शरदसिंह भण्डारी, बिमलेन्द्र निधि लगायतले महेन्द्रनारायण निधिको योगदानबारे चर्चा गरेका थिए ।

मोहन बस्नेतलाई शेरबहादुरको दनक, भने -‘दिउसै  झिलिमिली पार्छु भन्नेहरू कहाँ छन्’

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमालेको नेतृत्व र अगुवाइमा राष्ट्रपति बनाउने बताउनु भएको छ ।
उहाँले एमालेले नेतृत्व गरेका बेला मुलुकको परिवर्तनका लागी केही न केही नयाँ काम सुरु गरेको उल्लेख गर्दै एमालेको सरकार आएपछि जनतालाई देशमा परिवर्तन हुन्छ भन्ने विश्वास हुने बताउनुभयो ।

नेकपा एमाले क्षेत्र नम्बर २ को बृहत् क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा पूर्व मन्त्री समेत रहनुभएका तामाङले एमालेले बनाएका गठबन्धन तोड्नका लागी दिलोज्यान दिएर केही दलहरू लागि परेको दाबी गर्नुभयो । उहाँले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहन बस्नेततर्फ लक्षित गर्दै दिउसोलाई रात पार्ने झिलिमिली पार्छु भन्नेहरू अहिले कता छन् भन्दै प्रश्न गर्नुभयो ।

उहाँले बाहुने पाटी पुल निमार्ण, मध्य पहाडी लोक मार्ग लगायतका विषयमा आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै मोहन बस्नेतले पुल बनाउनु शेर बहादुर तामाङले रोक्यो भनेर बोल्दै हिँडेको कुराप्रति आपत्ति जनाउनुभयो । उहाँले मेलम्चीमा पक्की पुल बन्नुपर्ने भन्दै बेलिब्रिज हालेर झारा तिर्न नपाइने बताउनुभयो । तामाङले यी सबै कुराको पहल गर्ने नेतृत्व गर्ने कुरामा नेकपा एमाले सधैँ लागिरहने बताउनुभयो ।

तामाङले १ नम्बर क्षेत्रका जनतालाई झुक्क्याएर २ नम्बर जनताको आँखामा छारो हाल्न आएको भन्दै त्यो प्रवृत्ति यहाँका जनतालाई नपच्ने बताउनुभयो । उहाँले फेरी पनि यो मुलुकको समृद्धिको अगुवाइ एमालेले नै गर्ने बताउनुभयो । केपी ओलीले मुलुकको समृद्धि र विकासको लागी गरेको अगुवाइले अरूलाई टाउको दुखेको बताउनुभयो । उहाँले एमालेको काँधमा बसेर प्रधानमन्त्री बन्नेले अहिले माथि बसेर बिस्ट्याइ थालेको बताउनुभयो ।

उहाँले नेकपा एमालेले एक्लै जित्ने गरी तयारी गर्नुपर्ने भएकाले नै अहिले मिसन ग्रास रुट अभियान लिएर एमालेका नेता कार्यकर्ता घरघरमा पुगिरहेको प्रस्ट पार्नुभयो ।

पश्चिम बंगालमा राज्यमन्त्री माथी ढुंगा प्रहार

कोलकाता ।  केन्द्रीय गृह राज्यमन्त्री निसिथ प्रामानिक माथी पंश्चिम बंगालमा ढुंगामुढा भएको छ ।

पश्चिम बंगालको कुच बिहारमा जाँदा ढुङ्गा मुढाको सामाना गर्नु परेको हो । प्रामानिकले तृणमूल कांग्रेसका समर्थकहरूले आफु माथी आक्रमण गरेको आरोप लगाएका छन । केन्द्रीय मन्त्रीको एसयूभीको विन्डशिल्डमा क्षति पुगेको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो । श्री प्रामानिक कुचबिहारबाट सांसद हुन्। ‘यदि कुनै मन्त्री सुरक्षित छैनन् भने, तपाईं सामान्य मानिसको दुर्दशाको कल्पना गर्न सक्नुहुन्छ। घटनाले बंगालको लोकतन्त्रको अवस्था देखाउँछ, उक्त घटना पछि उनले भने । 

नेपालको सानदार जित, कुवेत २४३ रनले पराजित

काठमाडौं  – आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। 

शुक्रबार सिंगापुरमाथि ९६ रनको सानदार जित निकालेको नेपाली युवा टोलीले शनिबार कुवेतविरुद्ध २ सय ४३ रनको फराकिलो जित दर्ता गराउन सफल भयो। 

नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेत ३० दशमलव ५ ओभरमा १ सय रनमै समेटियो। कुवेतलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ६, हेमन्त धामी र  दिपेश कँडेलले २/२ विकेट लिए।

युएईको मलेक क्रिकेट ग्राउन्डमा यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बिस्फोटक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रनको विशाल स्कोर खडा गरेको थियो। 

नेपालका लागि अर्जुन कुमाल र देब खनालले सानदार शतकीय पारी खेले।

खनालले सर्वाधिक १ सय २५ रनको योगदान गर्दा अर्जुन कुमालले १ सय ८ रन जोडे। १ सय १७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्का प्रहार गरे। १ सय १२ बलको सामना गरेका कुमालले १२ चौका प्रहार गरे।​

विशालबिक्रम केसीले २३ तथा दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे। बलिङतर्फ कुवेतका अर्श साहिल काजमी र हेनरी थोमसले समान २/२ विकेट लिएका थिए ।

जारी प्रतियोगितामा प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ।

नेम्वाङलाई समर्थन गर्न एमालेको पत्र नेकपा एसलाई

काठमाडौं – नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ ।

एमाले संसदीय दलको बैठकवाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा एसलाई नेकपा एमालेले पत्राचार गरको हो ।

नेम्वाङलाई समर्थन दिन संसदमा रहेका राजनीतिक दलहरुलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।

राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका गंगालाल श्रेष्ठलाई प्रहरीले बाटोबाटै फर्काइदियाे

काठमाडाैँ – राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभएका गंगालाल श्रेष्ठलाई नयाँ बानेश्वरस्थित संसद भवन जान रोक लगाउँदै प्रहरीले बाटोबाटै फर्काइदिएको छ । श्रेष्ठले हिजो पत्रकार सम्मेलन गरेर राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नुभएकाे थियाे । 

आज उहाँ उम्मेदवारीको सार्वजनिक जानकारी सहितको अपिल लेखिएको ब्यानर बोकेर रिक्सामा गइरहेको अवस्थामा प्रहरीले थापा गाउँतर्फ फर्काइदिएको हो । गंगालाल श्रेष्ठ नौलो जनवादी पार्टीका अध्यक्ष हुनुहुन्छ ।

उहाँ सांसदहरुसँग भोट माग्न भन्दै रिक्सा चढेर नयाँ बानेश्वर गए पनि प्रहरीले फर्काइदिएको हो ।

मलाई राजीनामा दिन लगाउन खोज्दैछन्, यो देश कहिलेपनि बन्दैन : मेयर बालेन

काठमाडौँ – काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन्।

शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै  यस्तो बताएका हुन् । उनले यो देश कहिले पनि नबन्ने जिकिर समेत गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन।’

उम्मेदवारी दर्ता पछि पौडेलले भने ‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, सर्वसम्मत हुने इच्छा छ’

काठमाडौं –भावी राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरे पछि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सर्वसम्मत चयन हुनेमा विश्वास ब्यक्त गरेका छन ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उम्मेदवारी दर्ता गराए पछि पौडेलले राष्ट्रपतिमा सर्वसम्मत हुने विश्वास ब्यक्त गरेका हुन । 

‘ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो, पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’ पौडेलले सञ्चारकर्मीसँग भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म कोसिस रहन्छ।’ 

संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संस्थागत गर्न अहिलेको चुनौती भएकाले आफ्नो भूमिका त्यसमा केन्द्रित हुने उनको भनाई छ ।

राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पाैडेलको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्।


शनिबार आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् । नावअघिकै गठबन्धन ब्युँताएर माओवादीसहित आठ दलले राष्ट्रपतिमा कांग्रेस नेता पौडेललाई अगाडि सारेका हुन्।

वरिष्ठ नेता पौडेलको उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका अब्दुल खान र जनमोर्चाका भित्र बहादुर केसी लगायत शीर्ष नेताहरु पुगेका छन्।

यसअघि एमालेको तर्फबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन्।

रवि लामिछानेसंग रामचन्द्र पौडेलले मागे सहयोग

काठमाडौं – राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

शनिबार लामिछाने निवास हात्तीगौंडा पुगेर नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।

आज बिहान नेकपा माओवादी केन्द्रसहितका ८ दलले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि पौडेलको लामिछानेलाई गरेको आग्रहमा रविले आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ।

उम्मेदवारी दर्ता पछि नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्छु’

काठमाडौं – राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए पछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताए ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बिगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भुमिका आएको जनाउँदै नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुती गर्ने गरी काम गर्नेछु ।’

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

यस्तो देखियो नेम्वाङको उम्मेदवारी दर्ता (फोटो फिचर)

काठमाडौं – राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता गराउनका लागि एमालेका शिर्ष नेताहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन ।

अध्यक्ष केपी ओलीलगायतका समर्थनम नेम्वाङका उम्मेदवारी दर्ता गर्दा र प्रस्तावकमा पनि एमाले नेताहरु मात्रै देखिएका छन् । 

राष्ट्रपति पदमा सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरे

काठमाडौँ – नेकपा एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेको छ ।

शनिबार दिउसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयमा राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनिसँगै पुगेका थिए ।

एमालेको आज बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई राजिनामा पत्र

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएको छ ।

प्रधानमन्त्री निवास वालुवाटर पुगेर राप्रपाले सरकारवाट समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी गराउँदै राजिनामा बुझाएको हो ।

राप्रपावाट प्रचण्ड सरकारमा उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंह रहेका थिए ।

प्रचण्डजीले पुस १० को सम्झौताअनुसार भोट हाल्नुहुन्छ, चिया खान बोलाएजति सबै भोटर हुँदैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अप्ठ्यारोमा परेको बताएपनि सम्झौता अनुसार आफूहरुलाई नै भोट हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रचण्डले पुस १० को सम्झौताअनुसार एमालेको उम्मेदवारलाई भोट हाल्ने बताएका हुन् ।

उनले भने,‘पुस १० गते नै सहमति गरेका छौँ, अब प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’


उनले शुक्रबार बालुवाटारमा चिया खान पुगेका जति सबैलाई आठ दलमा गन्ती गर्ने काम भएको भन्दै बालुवाटार गएकाहरु सबै गठबन्धनका भोटर नभएको जिकिर गरे ।

जसपाले उपराष्ट्रपति पाउने सहमति भएको छ : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति जसपा पाउने सहमति भएको बताएका छन् ।


शनिबार बाठमाडौँबाट जनकपुरधाम पुगेका अध्यक्ष यादवले संचारकर्मीसँग कुरा गर्दै भने पुरानो गठबन्धन पुनः ब्यूतिएपछि अब प्रदेशहरु आगामी दिनमा बलियो हुने दाबि गरेका हुन् ।

उनले भने, ‘अब बिस्तारै छलफल गर्दै अगाडि बढ्छौं । प्रदेश सरकारलाई स्रोत साधन र अधिकार सम्पन्न बनाउने छौं ।’

अध्यक्ष यादवले कर्मचारी प्रशासन र प्रहरी प्रशासन प्रदेश सरकारले नै परिचालन गर्नेगरी छलफल भएको पनि बताए । उनले उपराष्ट्रपति जसपा पाउने सहमति भएको बताएपनि कसलाई पठाउने खुलाएनन् ।

चितवन–२ मा उम्मेदवार चयन गर्ने अधिकार देउवालाई

काठमाडौं / नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापित देउवालाई उम्मेदवार चयन गर्ने अधिकार दिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उपनिर्वाचनका लागि उम्मेदवार चयनको अधिकार सभापति देउवालाई दिएपछि दल दर्ता देखी अन्य कानुनी पाटो हेर्ने अधिकार आफुले पाएको उनले जानकारी दिए ।

चितवन–२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि रिक्त सो स्थानमा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।
 

सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय

काठमाडौं / नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तत्कालन नछाडने निर्णय लिएको छ । आज बिहान बसेको ललितपुरस्थित पार्टी सचिवालय वैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।

राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’

जसपाको निर्णय : राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने 

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो । यसैगरी उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ ।


नेम्वाङलाई समर्थन माग्दै एमालेले अन्य दललाई पत्राचार गर्ने

काठमाडौं – सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ ।

च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य दललाई पत्रचार गर्ने निर्णय गरेको जानकारी दिए । 

राष्ट्रपतिमा पौडेल र नेम्वाङबिच प्रतिस्पर्धा हुने

काठमाडौं – भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुने भएको छ । आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेलले सचिवालय बैठक डाकेर नेम्वाङलाई उम्मेदवार बनाएको हो ।  

निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । निर्वाचन भने २५ फागुनमा हुनेछ । 
 

एमालेको निर्णय : राष्ट्रपतिको लागि पार्टीका तर्फबाट सुवास नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं / नेकपा एमालेले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान बसेको ललितपुरस्थित पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

उपाध्यक्ष नेम्वाङले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउने छन् ।

राष्ट्रपति उम्मेदवारी दर्ता गराउन निस्केका पौडेलले भने, ‘संविधानको रक्षा गर्ने चुनौती आयाे’

काठमाडौं / राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन । कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन । 

‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिदै भने ।  उनी आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्केका छन । 

नेकपा एमालेको सचिवालय बैठक जारी (फोटो फिचर)

काठमाडौं /  नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रिय कार्यालय, च्यासलमा सुरु भएको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १० पुसको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिए पछि बसेको एमाले सचिवालय बैठकले सरकारमा बस्ने वा नबस्ने भन्ने निर्णय लिने बुझिएको छ।