`

एमाले सचिवालय बैठक सुरु

काठमाडौं / नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ । केन्द्रिय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो । 

प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका बिषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।   
 

सरकारवाट बाहिरिदै राप्रपाले भन्योः मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धेकेलियो

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकिलिएको बताएको छ ।


पुरानो गठबन्धनमा भएको सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएको भोलीपल्ट राप्रपाले सो टिप्पणी गरेको हो । आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारवाट बाहिरिने निर्णयसमेत लिएको छ ।

‘शुभेच्छुकहरुको ठुलो पंक्तिको असहमतिको बिच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निमार्ण, राष्ट्रियता, बिकास, सशुषान, सेवा प्रबाह र स्थिरतालाई मुल आधार बनाएर २०७९ पुस १० गतृ राप्रपा नेपालको समेत समर्थनमा बर्तमान सरकार गठन भएको हो,’ राप्रपाले भनेको छ, ‘यसै पृष्ठभुमीमा माघ ३ गते हामी सरकारमा सहभागी भई क्रियाशिल रहेको बेला बर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धेकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृति र प्रक्रिया बर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’


परिवर्तित सन्दर्भमा सरकारमा रहिरहनु उचित नभएको पनि राप्रपाको ठहर छ । ‘परिवर्तित सन्दर्भमामा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजैवाट सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारवाट बाहिरिने निर्णय गरेका छौं,’ आकस्मिक रुपमा बसेको बैठकको निर्णयमा भनिएको छ, ‘साथै प्रदेश सरकारमा पनि राप्रपाले यसै बमोजिमको दृष्टीकोण रहेकाले सरकारलाई दिएकोृ समथर्न फिर्ता लिने र सरकारवाट समेत बाहिरिने निर्णय गरेको छ ।’

कांग्रेसको निर्णय : राष्ट्रपतिको लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

काठमाडौँ – नेपाली काँग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज फागुन १३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ । रासस

ओली बाहिरिएलगत्तै बालुवाटारमा कांग्रेसका उपसभापति खड्काकाे प्रवेश

काठमाडौँ– नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साढे २ घन्टा छलफलपश्चात एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेका छन् ।


शुक्रबार दिउँसो प्रचण्ड र ओलीबिच राष्ट्रपति निर्वाचनबारे विषेश भेटघाट लगतै कांग्रेसका उपसभापति खड्का प्रवेश गरेका हुन् ।

बिहान बसेको चार दलको बैठकमा चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति भएको थियो । पुरानो गठबन्धन ब्यूँताएर राष्ट्रपति निर्वाचनमा अहिले बस्ने बैठकले ठोस सहमति बनाउने तयारी गरेको छ।

सार्वजनिक बिदाका दिन अत्यावश्यक सरकारी कार्यालय खुल्ने : यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौँ – सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने कार्यालयलाई खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा घोषणा भएका दिनमा अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरू खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को प्रशासनिक समितिले खुल्ला गर्नुपर्ने कार्यालयको विषयमा टुङ्गो लगाउने उहाँले बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी चैत १३ देखि १६ गतेसम्म थाइल्यान्डको बैङ्कमा आयोजना हुने १० औँ एसिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलबभेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको छ भने चालू आर्थिक वर्षका लागि गुहको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टन ३ हजार ३ सय ५१ रुपैयाँ निर्धारण गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै बैठकले सङ्घीय संसद सचिवालय दर्ता भई हाल राष्ट्रिय सभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक २०७६ फिर्ता दिन स्वीकृति दिने निर्णय गरेको छ भने राष्ट्रिय तथ्याङ्क कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने राप्रपाको निर्णय

काठमाडौं – राप्रपाले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

शनिबार राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने २५ फागुनमा मतदान हुनेछ । तर, राप्रपाले कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको हो । 

साथै राष्ट्रपति निर्वाचनसम्बन्धी अन्य विषयमा भने उपयुक्त समयमा बैठक बसेर निर्णय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

सरकारले लघुवित्त क्षेत्रका समस्या समाधानका लागि चालेका कदमबारे सार्वजनिक गर्न माग

काठमाडौँ – पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ ।

सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताउनुभएको हो । “अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ ? समस्या समाधानका लागि के–कस्ता प्रावधान गरिएको छ ? हामी संसद्मा प्रश्न मात्रै गर्न वा समस्या मात्रै सुनाउन बसेका होइनौँ । मन्त्रालयको जवाफ पनि चाहिन्छ”, उहाँले भन्नुभयो ।

संसद्को यसअघिका बैठकमा पनि लघुवित्तका समस्याबारे कुरा उठे पनि त्यसको जवाफ पाउन नसकिकेको पनि सांसद यादवले बताउनुभयो । “शून्य समयमा संसद्मा पटकपटक यो कुरा आएको छ तर जवाफ आएको छैन । अर्थमन्त्रालयले लघुवित्तका घटना व्यवस्थापनका लागि के योजना बनाएको छ त्यो सार्वजनिक गरियोस्”, उहाँले भन्नुभयो ।

लघुवित्त संस्थाले कर्जा असुलीमा ज्याजती गरेको भन्दै ऋणीहरु पछिल्लो केही समयदेखि आन्दोलित छन् । चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहारलगायत कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणी सङ्गठित भएर आन्दोलन गरिरहेका छन् ।

मुलुक सङ्घीय शासन प्रणाली गइसके पनि सङ्घीयताको अनुभूति भने हुन नसकेको सांसद यादवको भनाइ थियो । “प्रदेशले अधिकार नपाइरहेको अवस्था छ । कतै केन्द्रबाट शोषित भएर उकुसमुकुस त भइरहेका छैनन् ?” उहाँले भन्नुभयो । सङ्घले प्रदेशलाई पनि प्रहरी र निजामती कर्मचारी भर्ना गर्न अधिकार दिएको छ तर त्यसमा पनि काम हुन नसकेको सांसद यादवको भनाइ थियो ।

केपी ओली कप : पेनाल्टिमा न्यूराेडलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडाैं – केपी ओली कप २०७९ काे आज भएकाे पहिलाे खेलमा त्रिभुवन आर्मी क्लबले न्यूराेड टिमलाई टाई ब्रेकरमा हराएकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न पहिलो खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

फरवार्ड लालमिन्जामाले दीपेश आले मगरसँग वान्–टू पास खेल्दै पेनाल्टी एरिया भित्रबाट उत्कृष्ट प्रहार गर्दै खेलकाे ३२औं मिनेटमा उत्कृष्ट गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको आर्मीले खेलकाे ५३औं मिनेटमा जगजित श्रेष्ठको फ्रि–किकमा दीपक राईले गरेकाे हेडर बल पोलमा ठोकिएर एनआरटीका कप्तान विक्रम धिमाललाई लागेर गोलमा परिणत भएको थियो। 

दुबै टिमले केहि अवसर बुने पनि निर्धारित समयमा कुनै गाेल गर्न नसक्दा  खेल टाईब्रेकरमा गएकाे थियाे ।

पेनाल्टी सुटआउटमा आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकाश खवास, पदम कुमार तामाङ र नवयुग श्रेष्ठ पाँचै जनाले गोल गरेका थिए भने एनआरटीका एनिसेन्ट बोमी, लालमिन्जामा, निकोलस सोङ र विक्रम धिमालले गोल गर्दा स्टेफन जुनियर चुकेका थिए ।

आर्मीले बिहीबार भएको उद्घाटन खेलको विजेता सातदोबाटो युथ क्लबसँग फाइनल प्रवेशका लागि सेमिफाइनलमा खेल्ने छ ।

आजै हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबकाे खेल जारी छ ।

सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो, आदेश आउँदै

काठमाडौं – आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ । 

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपद्धि आदेश आउने बताइएको छ । 

सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताए । तर,  प्रक्रियालाई हामीले छाड्न नमिल्ने उनको भनाइ छ । 

लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ । 

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छ : जनार्दन शर्मा

काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बाताएका छन् ।


शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी उनले यaस्तो बताए । उनले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताए ।
उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताए । आफ्नो पार्टी राष्ट्रिय विषयमा प्रमुख दलहरुबीच साझा सहमति हुनुपर्छ भन्ने मान्यतामा रहेको उनले उल्लेख गरे ।

राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा आज साँझ बस्ने बैठकले टुङुगो लगाउने उनको भनाइ थियो । पूर्वअर्थमन्त्री समेत रहेका नेता शर्माले मुलुकको सामु देखिएको आर्थिकलगायतका अन्य समस्या समाधानका लागि दलहरुबीचको एकता जरुरी रहेको बताए ।

राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने प्रकाश शरण महतको दाबी

काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गर्नुभएको छ ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सबै दलहरूसँग सकारात्मक रूपमा छलफल भइरहेको र काँग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गर्नुभएको हो । राष्ट्रपतिको निर्वाचनमा काँग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि काँग्रेसले साथ दिने उहाँको भनाइ छ ।

प्रवक्ता महतले एकीकृत समाजवादीसँग लामो समय सहकार्य गरेको अवस्थामा काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो । यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अव काँग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उहाँको भनाइ छ ।

उहाँले अरू विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि काँग्रेस तयार रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमालेसहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ । 

पूर्ववत् सहमतिअनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । 

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालय बालकुमारीमा बेलुका ६ बजे बस्ने छ ।

राष्ट्रपतिमा हाम्रो उम्मेदवार पक्का छ,अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताउनुभएकाे छ ।

बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिनुभएकाे हाे । 

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

राष्ट्रपति निर्वाचनको छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली भेट्दै

काठमाडौँ– राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल गर्न नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच अहिले बालुवाटारमा भेट हुने भएको छ ।

शुक्रबार बिहान चार दलसँग करीब तीन घण्टा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले अहिले अध्यक्ष ओलीसंग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डल पाँच बजे बस्ने अर्को बैठकअघि ओलीसँग छलफल गर्न लागेको स्रोतले जानकारी दिएको होे । स्रोतका अनुसार दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार तर्फ लागेका छन् । संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताए ।

ुएमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने पुस १० गते नै तय भएको कुरा होु ओलीले भने ।

देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखे छ : रेखा शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 

शुक्रबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३५ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुरमा आयोजना गरिएको कार्यक्रममा उहाँले सरकारले बजेटमा प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको र न्यूनतम साझा कार्यक्रममा पनि प्राविधिक शिक्षा परेको बताउनुभएको हो ।

उहाँले नेपालको शिक्षा महँगो हुँदै गएको अवस्थामा सरकारले कमाउँदै पढ्दै भन्ने नीति ल्याएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो । मन्त्री शर्माले सरकारले अहिले शिक्षा ऐन र निजामती ऐनलाई प्राथमिकतामा राखेको र नयाँ शिक्षा ऐन ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा सिटीइभीटीका उत्कृष्ट कर्मचारीलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । 

तोसिमा कार्कीको प्रश्न : सडक विभाग र खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो भन्दै प्रश्न गरीकि छन् ।


शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भनी सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई सांसद कार्कीको प्रश्न छ, ‘सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडल काम गर्न नसक्नु कसको स्वार्थ हो ?’

उनले भनिन्, ‘नेपाल सरकारको संघीय मन्त्रिपरिषदको प्रस्तावित आवास क्षेत्र र निजी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुंगो लाग्छ ?’ टुँडीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र रहेको, सातदोबाटो चापागाउँ कान्तिपथ मुआब्जाको कारण रोकिएको उल्लेख गर्दै उनले थपिन्, ‘ठूला ठेकेदारको मिलोमतो र दबाव हो ?’

राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथि अपराध भएको उल्लेख गर्दै उनले भनिन्, ‘माननीय भौत्तिक पूर्वाधार मन्त्रीज्युलाई ध्यानाकर्षण गराउन चाहन्छु– सार्वजनिक निर्माणको यो ढिलासुस्ती र बेतिथि अविलम्ब समाधान गरियोस् ।’


सेवाग्राहीलाई निर्वाध सिंहदरवार प्रवेशको व्यवस्था गर्न संसदमा माग

काठमाडौं – प्रतिनिधिसभा प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा सेवाग्राहीलाई गरिएको प्रवेश कडाइ अन्त्य गर्न माग गरेका छन् । 

सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसङ्ग कोट्याउँदै जारी प्रतिनिधसभा बैठकमा उनले सिंहदरवारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रुलिङको माग गरे । 

मन्त्रालयजति सबै सिंहदरवारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरवार प्रवेशलाई सहज गराउन माग गरे । 

यमगज हात्तीकाे आतंक नियन्त्रण गर्न माग

काठमाडौं – प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । 

बैठककै सुरुवातमै सांसद महेशकुमार बर्ताैलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गरे ।

तीन दिनअघि मनहरी–४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै उनले तत्काल यमगज नामक हात्तीको आतंक नियन्त्रण र मृतकको परिवारलाई राहतको व्यवस्था गर्न माग गरेका हुन् । 

चार दलबीच जुटेन राष्ट्रपतिमा सहमति, फेरि आजै साँझ बैठक बस्ने

काठमाडौं – नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच भावी राष्ट्रपतिका विषयमा सहमति जुट्न सकेको छैन । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दलका शीर्षनेताबीच भावी राष्ट्रपतिबारे सहमति जुट्न नसकेको हो । 
चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन् । 

बिहान साढे ८ बजेबाट चार घण्टा बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए । 
उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्पबारे छलफल भएको र यसबारे आ–आफ्नो दलभित्र छलफल गरेर पुनः शुक्रबार साँझ ५ बजे बैठक बस्नेछ । 

छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ,  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता १३ फागुनमा हुने निर्वाचन तालिकामा उल्लेख छ ।

बालुवाटार बैठकमा कांग्रेसको प्रस्ताव : राष्ट्रपति हामी राख्छौँ,एक वर्ष प्रधानमन्त्री माधव नेपाललाई दिऔँ

काठमाडौं – चुनावअघिको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा नेपाली काँग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको छ । काँग्रेसले राष्ट्रपति पाउनुपर्ने सर्तमा माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने‍ प्रस्ताव अघि सारेकाे हाे । 

चार दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसलाई राष्ट्रपति दिएर पाँच वर्षभित्रै एक वर्ष नेता नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘अहिले सहमतीय रूपमा कांग्रेसबाट राष्ट्रपति बनाऔं । ५ वर्षभित्रमा एक वर्ष माधवजीलाई प्रधानमन्त्री बनाउनेगरी पनि छलफल भएको छ ।’

तर, बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले विभिन्न विकल्पमा छलफल भइरहेको बताए ।

उनले भने, ‘अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ । बैठक सरकारात्मक छ । आजै पाँच बजे बसेर सबै टुंग्याउँछौं ।’

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन साँझ ५ बजे फेरि चार दलको बैठक बस्ने

काठमाडाैँ – चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले साँझ ५ बजे फेरि बैठक बस्ने भएका छन्। 

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका शीर्ष नेताहरूको बैठकले साँझ पाँच बजे बैठक बसेर राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति गरेका हुन्। 

‘यसबीचमा हामी आ-आफ्नो पार्टीभित्र आन्तरिक छलफल गर्छौं,’ बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले भन्नुभयाे। 

एमाले अध्यक्ष ओलीको आफ्नो छुट्टै युट्युब च्यानल ‘केपी बा’ सञ्चालनमा

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युब च्यानल सञ्चालन गर्नुभएको छ । 

आफ्नो जन्मदिनको अवसर पारेर बिहीबारदेखि  उहाँले  ‘केपी बा’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको हो । 

उहाँले च्यानलमा पहिलो भिडियो ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकको २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ । 

आफ्ना अनुभवहरू जनतासमक्ष पुर्‍याउन युट्युब च्यानल सञ्चालनमा ल्याएको उहाँले बताउनभयो । उहाँले उक्त च्यानलमा नियमित रूपमा भिडियो प्रकाशन गर्ने जनाउनुभयो ।

एमाले अध्यक्ष ओलीको युट्युब च्यानल ‘केपी बा’ सञ्चालनमा (भिडियोसहित)

वर्तमान गठबन्धनकाे उल्टाे नतिजा देखिन सुरु भयाे,याे धेरै दिन टिक्दैन : भीम रावल

काठमाडाैँ – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिकाे उम्मेदवारका सन्दर्भमा एजेन्डा नमिलेका दलहरूले हाउगुजी बनाएकाे टिप्पणी गर्नुभएकाे छ । उहाँले लामाे समय बैठक बस्नुले पुरानै गठबन्धन ब्यँतिने अवस्था सिर्जना भएकाे बताउनुभयाे । 

शुक्रबार सुर्खेतमा आयाेजित पत्रकार भेटघाटमा रावलले व्यक्तिगत स्वार्थ नभएका कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने बताउनुभयाे । उहाँले कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्ने देशकाे वर्तमान आवश्यकता भए पनि अहिलेकाे परिस्थिति ठीक उल्टाे भएकाे बताउनुभयाे । 

उहाँले भन्नुभयाे,‘ अहिलेको सरकार बन्दा पनि मैले टिप्पणी गरेको थिए यो गठबन्धन पनि टिक्दैन भनेर । तर, यहि हुँदैछ नेपाली राजनीतिमा । यो पनि राष्ट्रको हितमा एउटा कुनै सिद्धान्त, मुल्यक मान्यताबाट निर्देशन छैन् । यसभित्र गम्भीर समस्या छिट्टै उत्पन्न हुनेछ भनेको थिए । ’

‘राष्ट्रपतिको निर्वाचनमा अहिलेको भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला ।’ उहाँले भने। अमुख विदेशीका राजदुतहरु नेताहरुको घर घरमा गएर भैलो खेलिरहेका उहाँले टिप्पणी गर्नु भयो । यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाउनु भयो ।

वर्तमान गठबन्धनकाे उल्टाे नतिजा देखिन सुरु भएकाे भन्दै रावलले याे धेरै दिन नटिक्ने समेत बताउनुभयाे । 

राष्ट्रपति निर्वाचन कार्यक्रम : आज उजुरीमाथि छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं – राष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार  मतदाता नामावलीमा समावेश नाममा दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदै छ । 

२५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका प्रकाशित मतदाता नामावलीमाथि परेका दावी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ । 

शुक्रबार मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

यसैगरी १३ फागुन अर्थात् शनिबार मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  

काँग्रेस कार्यसम्पादन समितिको बैठक शनिवार

काठमाडौँ / नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८ः३० बजे बस्ने तय भएको छ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ । 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयन दर्ता तोकिएको छ ।


सातदोबाटो केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं – सातदोबाटो युथ क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमै नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । दोस्रो हाफमा पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

सातदोबाटोले सेमिफाइनलमा शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका हुन् । 

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । 
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् । 
 

जी-२० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत प्रस्थान गरेका हुन् । 

जी–२० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयका चुणमणि अर्यालले जानकारी दिए । । 

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत प्रस्थान गरेका छन् । 

नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।  जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् ।  

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३  गते स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरवारस्थित मन्त्रिपरिषद्कको कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रचण्डकाे नयाँ प्रस्ताव : एमालेलाई राष्ट्रपति, पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री !

काठमाडौं – राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगिरहेका बेला नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि बाग्र्रेनिङ जारी राखेको छ ।  

पाँचै वर्ष प्रधानमन्त्री पाउने सर्तमा एमाले तयार भए अझै सत्ता गठबन्धन जोगिने सम्भावना  रहेको प्रस्ताव माओवादीले गर्न सुरु गरेको छ ।  

माओवादी केन्द्रका केही नेताहरू मार्फत प्रचण्डले यो सन्देश एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष बालकोटमा पुर्याउने कोशिस गरिरहेका छन् ।  

प्रचण्डको यही शन्देस बोकेर अझै पनि सत्ता गठबन्धन जोगाउन सकिने भन्दै भित्र भित्र एमाले नेताहरुसँग माओवादी नेताहरु लबिङमै छन् ।  

उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बताउन थालेका छन् । 
उनीहरुले माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आसय देखाइरहेका छन् ।  

उता कांग्रेस पनि आफ्नो पोल्टामा ढोक्सा पर्नेमा ढुक्क रहेको छ । तर माओवादी केन्द्रका नेताहरू आफूले पाँच वर्ष सरकार चलाउन पाउने सुनिश्चिताको खोजीमा रहेको बताउँछन् । सबै तिरबाट यो सुनिश्चिता बन्द भए मात्र माओवादी केन्द्रले कांग्रेस अथवा नेकपा एसलाई समर्थन गर्नेछ । 

केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियोगिता आजबाट सुरु (फोटोफिचर)

काठमाडौँ– राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियोगिता आजबाट सुरु भएको छ ।

बिहिबार नेकपा एमालेका अध्यक्ष ओलीले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । पहिलो खेल आज नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल सुरु भएको हो । प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने युवा संघ नेपालले जनाएको छ ।

प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म चल्नेछ ।

एमालेले बाेलायाे सचिवालय बैठक

काठमाडाैं – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । फागुन १३ गते बिहान बस्नेगरी सचिवालय बैठक बाेलाइएकाे सचिव पद्‍मा अर्यालले जानकारी दिनुभयाे ।

बैठकमा राष्ट्रपति चुनाव लगायत देशकाे समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी हुने बताइएकाे छ ।

राष्ट्रपति चुनावका लागि फागुन १३ गते नै उम्मेदवारी दर्ताकाे कार्यक्रम तय छ ।

गत पुस ३० गते सरकार गठनका बेला सत्ता साझेदार दलबीच राष्ट्रपति पदमा एमाले उम्मेदवार उठाउने सहमति भएकाे थियाे । साेही सहमति कार्यान्वयन हुने र हुनुपर्ने एमालेकाे माग छ ।

तर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेज्नुपर्ने बताउनुभएकाे छ । नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासकाे मत दिएकाे अवस्थामा राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेज्नुपर्ने प्रचण्डकाे अडान छ ।

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ।


बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो।


खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”


प्रधानमन्त्रीले भन्नुभयो, “तपाईको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ। तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”


“पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन” प्रधानमन्त्रीले भन्नुभयो, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ।”


“सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधै तपाईहरूको साथमा छु। खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु” प्रधानमन्त्रीले भन्नुभयो, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।”


सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गर्नुभयो।

बिहिबार नेप्से परिसूचकमा ५७.७४ अंकले ओरालो, २ अर्बको कारोबार

काठमाडौं / साताको अन्तिम कारोबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९८ अङ्कले घटेर ३८४.३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा छिमेकि लघुवित्त वित्तिय संस्था शीर्ष स्थानमा रहेको छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी एनआईसि एसियाको ७ करोडको कारोबार भएको छ ।

बिहीबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ। आजको नेपाल हाईड्रो डेभलोपर रसामलिंग पावर कम्पनीको ४ प्रतिशतको सेयर कारोबार भएको छ। 
 

युएई जाने खेलाडीको सूचीमा परेनन् सन्दीप लामिछाने

काठमाडौं / युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछाने परेका छैनन् । कानुनी अड्चन हुने भएपछि क्यानले सन्दीपको समावेश नगरेको स्रोतले बताएको छ । लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ सूचीमा ।

लिग टु अन्तर्गत १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्धा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

म्याग्दी / १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका-३ बरंजा बस्ने २० वर्षीय ओम राज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र  विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो,’ प्रधानमन्त्री प्रचण्डले भने । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ :

ज्ञान–विज्ञानको केन्द्र एवं तपोभूमि प्राचीन विदेह राज्यको राजधानी जनकनगरी जनकपुरधाममा स्थापित राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ। सर्वप्रथम, यस सभामा उपस्थित हुनुभएका यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। 
राजर्षि जनक विश्वविद्यालयको यस छैठौँ सभाले यहाँहरू सबैका बीच आर्थिक वर्ष २०७९/८० को कार्यक्रम र बजेटमा रचनात्मक छलफल गरी  विश्वविद्यालयको आगामी कार्यदिशा तय गर्नेछ। यस अवसरमा यस राजर्षिजनक विश्वविद्यालयका उपकुलपति एवं सम्पूर्ण सभासद्हरूलाई विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै विश्वविद्यालयलाई यस क्षेत्रकै एक उत्कृष्ट उच्च प्राज्ञिक संस्थाको रूपमा विकास गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

प्राचीनकालमा जुन भूमिमा राजा जनकले ज्ञानी ऋषिमुनिहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेका थिए आज त्यही पवित्र भूमिमा ज्ञानको दीप प्रज्ज्वलित गर्ने पुनीत उद्देश्यले उनै राजर्षि जनकको नाममा विश्वविद्यालय खोलिनु स्वयंमा प्रशंसनीय कार्य हो। यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र  विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो।

मिथिला प्रदेश जनक दर्शन, संस्कृति र मिथिला कला तथा साहित्यको केन्द्र हो। यस तथ्यलाई मनन गरी यस विश्वविद्यालयले जनक दर्शन र संस्कृति तथा मैथिली कला–साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न पनि आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मेरो मान्यता छ।

कुनै पनि मुलुकको विकासको प्रमुख आधार भनेकै दक्ष जनशक्तिको उत्पादन र तिनको समुचित उपयोग नै हो। विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख थलो हो। अतः विश्वविद्यालयहरूले मुलुकको आवश्यकताअनुसार स्तरीय दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय र दक्ष जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पुर्‍याउनुपर्दछ।

सरकारको उच्च शिक्षासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ। यस कुरालाई आत्मसात गरी यस विश्वविद्यालयले सर्वसुलभ मूल्यमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहन आवश्यक छ।

मुलुकमा विश्वविद्यालयहरूको संख्या बढ्दै जानु राम्रो कुरा हो। यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ। तर विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ। यस कुरालाई मध्यनजर गर्दै यस विश्वविद्यालयले आफूलाई गुणस्तरको क्षेत्रमा अब्बल साबित गर्नुपर्दछ। त्यसो भए मात्र यहाँ विद्यार्थीहरूको आकर्षण बढ्दछ, हाम्रो जनशक्ति राष्ट्रको विकास र समृद्धिको सारथि बन्न सक्दछ। साथै, विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बाह्य बजारमा प्रतिस्पर्धा गरी आफूलाई उत्कृष्ट साबित गर्न सक्दछन्। विद्यार्थीहरूलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पु¥याउने उच्च शिक्षाको प्रवद्र्धनमा यस विश्वविद्यालयले जोड दिनुपर्दछ। 

यस विश्वविद्यालयको आफ्नै विशिष्टता र पहिचान छ। त्यसलाई जोगाउँदै आफूलाई अरू विश्वविद्यालयभन्दा फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। यस क्रममा विश्वविद्यालयले नवीनतम प्राविधिक ज्ञान, नयाँ विकास भइरहेका शैक्षिक आयामहरूलाई प्रवर्धन गर्ने तथा समाज र मानव जीवनका लागि उपयोगी विषयहरूमा ध्यान केन्द्रित गर्दै आफ्ना पाठ्यक्रमहरूको निर्माण तथा शैक्षिक कार्यक्रमहरूको सञ्चालन गरी अघि बढ्न उपयुक्त हुन्छ। 

यसै सन्दर्भमा राजर्षिजनक विश्वविद्यालयले आफ्नो १५ वर्षे रणनीतिक योजना तयार गरी सोही आधारमा विश्वविद्यालयको प्राज्ञिक क्रियाकलाप तथा भौतिक संरचनाहरूलाई अगाडि बढाउन खोजेको जानकारी पाउँदा मलाई प्रसन्नताको अनुभूति भएको छ।

यस विश्वविद्यालयले स्थापनाको ५ वर्षको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा यसको सराहना गर्दै सफलताको शुभेच्छा प्रकट गर्दछु, साथै विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि प्राच्य दर्शन विषयमा एम.फिल.को कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारीले विश्वविद्यालय शैक्षिक प्राज्ञिक क्षेत्रमा उल्लेखनीय कार्यमा समर्पित भइरहेको प्रमाणित हुन्छ।

विश्वविद्यालयको आफ्नो जग्गा र भवन नहुँदा पूर्वाधारको अभावमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न गराउन असुविधा भएको हुँदा विश्वविद्यालयले उपयुक्त जग्गाको पहिचान गरी स्वामित्व लिन प्रयासरत रहेको छ, यसमा नेपाल सरकारबाट हुन सक्ने सहयोग विश्वविद्यालयलाई प्राप्त हुने विश्वास दिलाउँछु। वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ।
 

राष्ट्रपतिको उम्मेदवार फागुन १३ गतेसम्म टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । बिहिबार भएको भेटमा राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ ।

छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिएका हुन् ।

उनले भने, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।

हिंसा दिवसलाई जनयुद्ध भनेर बिदा दिनु दुःखद :अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि जनाउनुभएको छ । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताउनुभयो।

बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको बताउनुभयो ।

उहाँले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरीदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाँही सही होइन। सरकारले किन त्यो गर्‍यो रु आकास्मिक रुपमा त्यो किन गर्नु पर्‍यो रु आफैँले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी त्यसको महिमामण्डन गर्न पर्‍यो रु त्यो मैले पनि बुझेको छैन।’

सरकारले फागुन १ गतेलाई राष्ट्रिय दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिएको थियो।