`

विमान दुर्घटना रोक्नका लागि उचित पहल गरौं – माओवादी

काठमाडौँ – नेकपा ९माओवादी केन्द्र०ले कास्कीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।

उनले दुर्घटनाका घाइतेको तत्काल उद्दार गरी उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरामा दुर्घटनामा परेको हो ।

यती एयरमा एकै परिवारका ४ जना समेत सवार थिए

काठमाडौं। आइतबार बिहान पोखराका लागि काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज दुर्घटनान भएको छ । विमानमा आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । विमानमा सवार यात्रुमध्ये ४१ महिला र २७ पुरूष थिए । जहाज पाइलट कमल केसीले उडाएका थिए।

यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु छन्। दुर्घटनाग्रस्त जहाजले पोखरा विमानस्थलमा अवतरणको अनुमति लिइसकेको खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानले अवतरणको अनुमति लिइसकेको थियो ।

विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रुः
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रु?
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
शिशुहरु:
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

पोखरा विमान दुर्घटना : उद्धारका लागि हेलिकोप्टर परिचालन, ५३ जना नेपाली नागरिक थिए

पोखरा – आइतबार बिहान पोखरामा भएको विमान दुघर्टनामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । साथै काठमाडौँ तथा पोखरा विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरु तयारीका साथ राखिएको छ। स्थलमार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थल ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरी समेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार विमानमा ५३ जना नेपाली नागरिक, पाँच जना भारतीय, चार जना रसियन नागरिक थिए । साथै आयरल्याण्डका एक जना, अर्जेन्टिनाका एक जना, कोरियाका दुई जना, फ्रान्सका एक जनाका साथै चार जना चालक दलका चार जना सदस्य थिए । चालक दलका सदस्यमा क्याप्टेन कमल केसी र अञ्जु खतिवडा थिए भनेविमान परिचारिकामा सृजना होङ्गचुन र ओसिन आले मगर थिए।

दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

पोखरा-पोखरामा आज विहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ ।उद्धारमा खटिएका सवारीसाधनलाई ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थलमा पुग्न हम्मेहम्मे भएको सुरक्षाकर्मी बताउँछन् ।

पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका जाने दमकल एवं पानीका ट्याङ्कर पु¥याउनसमेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ ।

पूर्वराजा शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज विहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो ।

जारी विज्ञप्तिमा आज पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सुनसरीको बराहक्षेत्र पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौं राष्ट्रपति विद्यादेवि भण्डारी सुनसरीको बराहक्षेत्र पुगेकी छिन् । आइबार मकर नुहाउन उनी त्यहाँ पुगेकी हुन् । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शन गर्न उनी त्यहाँ गएकी हुन् ।

उनले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गरेकी छन् । यसपछि उनका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ  – नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवाले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म विमान दुर्घटना स्थालबाट ३२ जनाको शव निकालिसकिएको छ । विमानमा ३२ जना सवार थिए ।

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन विमानस्थलमा

काठमाडौं / काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । प्रधानमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिनुभएको हो।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिनुभएको छ। विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिनुभएका साथै आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ। निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरू हुनुहुन्छ ।

जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेको थियो

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको–एन एएनसी एटीआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज भएकोे विमानस्थल स्रोतले जनाएको छ ।

आज दुर्घटनामा परेको जहाज २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो । अनुभवी पाइलट समेत रहेका क्याप्टेन कमल केसीले उडाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो तर विमान एक्कासी सेती नदीको खोँचमा खस्यो ।

यती विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखराको सेती खोँचमा दखुर्घटना भएको छ ।

प्रधानमन्त्री प्रचण्डले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा ३० जनाको शव फेला

काठमाडौं -आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो जानकारी अनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ।

अहिले शब निकाल्दै रहेकाले कोही जिवित भेटिने सम्भाबना ना नरहेको बताइएको छ । पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन नसकिएको र भेटिएका सबै शबहरु डढेको अबस्थामा भेटिएको बताइएको छ ।

जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। पोखरा(१५ नयाँ गाउँमा जहाज दुर्घटनामा परेको स्थानीयले बताएका छन्। जहाजमा आगो लागेको छ।

क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । आगोको मुस्लो देखिए लगत्तै उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको हो ।

पेरुमा सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य, संकटकाल घोषणा

एजेन्सी – पेरु  सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ ।

प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ ।  घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा  प्रतिबन्ध लगाइएको छ ।

सुनसरी जाँदै राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार सुनसरी जाँदैछिन् । आज मकर सङ्क्रान्ति परेकोले सो अवसरमा आयोजित कार्यक्रममा उनी सहभागी हुनेछिन् ।

उनी सुनसरीका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र पुग्ने भएकी हुन्। उनी त्यहाँ पुगेर विभिन्न धामको दर्शन तथा पूजाका लागि लाग्ने जनाइएको छ ।

युक्रेनका विभिन्न सहरमा तीब्र हमलाः १४ जनाको मृत्यु, ६४ घाइते

एजेन्सी – रुसले युक्रेनका विभिन्न सहरहरुमा तीब्र हमला गरेको छ ।  युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला भएका  छन् ।

पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई लक्षित गरी शनिबार भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् ।

यसैबीच, युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारहरू शनिबार बिहान रुसी मिसाइल आक्रमणबाट प्रभावित भएका छन्। अर्को क्षेत्रका गभर्नरले आगामी घण्टामा ठूलो मिसाइल आक्रमणको चेतावनी दिएका छन् ।

‘महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा मिसाइल आक्रमण भएको छ । विवरणहरू जाँच भइरहेको छ’, राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भने।

बालविवाह समाजको जटिल समस्या

सप्तरी – जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् ।

बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्।

बालविवाहको कारण महिलाहरूमा स्वास्थ्य समस्या हुने गरेकोले बालबालिकासँग आमाबाबुले किशोर अवस्थामा हुने परिवर्तन र अपनाउनु पर्ने साबधानीको विषयमा जानकारी दिन सके बालविवाह न्युनिकरण हुने बताए ।

बालिकाको पाठेघर ६० ग्रामको मात्र हुने र गर्भवती भएपछि ९ देखि १२ किलोसम्म हुने भएपछि पाठे घरमा गाठो हुने, घाउँ हुने पाठेघर खस्ने समस्या हुने भएकोले कसैले पनि उमेर नपुगी बिवाह गर्न नहुने बताए ।

उनले पौष्टिक पिठो गर्भवती र सुत्केरीको लागि संजिवनी बुटी भएकोले यसको महत्त्व बुझेर अनिवार्य प्रयोग गर्न आग्रह गरे । यसले बालबालिकालाई कुपोषित मात्र हुन दिँदैन विभिन्न रोगबाट बचाउने जानकारी समेत दिए ।

उनले गर्भवती महिलाले कम्तिमा पनि ४ पटक स्वास्थ्य चौकीमा गएर स्वास्थ्य जाँच गराई राज्यले उपलब्ध गराएको सुविधा लिनुपर्ने बताए । आंग खसेको समस्याको माघ १५ देखि नि:शुल्क उपचार हुने जानकारी समेत दिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले २० वर्ष पुगेपछि मात्र विवाह गर्नु पर्ने बताए । उनले भने,´बीस वर्ष मुनी विवाह गर्न नहुने बताए । बीस वर्ष नपुगि बिवाह गर्नेलाई कानुनी कारबाही हुने विषयमा जानकारी गराइएको थियो । कार्यक्रममामा ३० जना सुत्केरी र गर्भवती महिला पौष्टिक पिठो वितरण गरिएको थियो ।
कार्यक्रम परिकल्पना नेपालको अध्यक्ष सुधा देवकको अध्यक्षतामा सम्पन्न भएको थियोे । पौष्टिक पीठो वितरणपछि परिकल्पना नेपाल संस्थाको नेतृत्व र्‍याली निकालिएको थियो ।

र्‍यालिमा सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, स्थानीय बालबालिका,किशोरी,महिला  सहित करिव एक सय जनाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले बालविवाह गर्नेलाई कानुनी सजाय दिनुपर्छ, छोरा सरह छोरीलाई शिक्षा दिनुपर्छ, बालविवाह गर्नेलाई ३ वर्ष सजाय र ३० हजार जरिवाना हुन्छलगायत नारा लगाई वडाको परिक्रमा गरेका थिए ।

गृह मन्त्रालयले निर्देशन दिएसँगै लमजुङका सबै क्रसर उद्योग बन्द

लमजुङ – गृह मन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै लमजुङमा पनि क्रसर उद्योग बन्द भएका छन् ।

गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

सोहीअनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ । लमजुङमा ७ क्रसर उद्योग केन्द्र रहेका छन् ।

आज देशभर आठौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं – आज आठौँ राष्ट्रिय योग दिवस । देशभर ‘स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २०७२ सालदेखि नेपालमा योग दिवस मनाइँदै आइएको छ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।

नेपालका अभियानकर्मीहरूले योगको सुरुआत शिव र पार्वतीको संवादबाट सुरु भएको मानिएको बताउने गरेका छन् । शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा रहेको अभियानकर्मी बताउछन् ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग भएको पनि बन्न थालिएको छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित समेत भनिएको छ ।

सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने उपराष्ट्रपति पुनको विश्वास

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । माघेसङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गरे । उनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उनले हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू रहेको बताए ।

उनले भने ‘विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ’

विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने यस पर्वले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गरेको उनले बताए ।

क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु, २० हजार घरमा विजुली अबरुद्ध

एजेन्सी – क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ ।  थप हिमपात पर्ने  राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ ।

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।

ब्रासिलियामा दंगाः पूर्वन्यायमन्त्री पक्राउ

एजेन्सी – ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन् । संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।

हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए । घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो । जैर बोल्सोनारोका अन्तिम न्याय मन्त्री एन्डरसन टोरेस संयुक्त राज्य अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका थिए ।

यसअघि बोल्सोनारो पनि अनुसन्धानको दायरमा तानिएका थिए । सर्वोच्च अदालतले जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्र्वराष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको थियो ।

चीनमा कोभिडजन्य समस्याबाट एक महिनामा ६० हजारको मृत्यु

एजन्सी – चीनमा पछिल्लो एक महिनामा कोभिड सृजित समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको भएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले यस्तो जानकारी दिएका हुन् ।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिए ।

उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य रोगका कारण भएको हो । सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहँु हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।

मधेसमा पर्यटक बढे, होटेल र लजहरू भरिभराउ

जनकपुरधाम – अंग्रेजी नयाँ वर्षको सुरुवातदेखि जनकपुरधामका होटेल तथा लज भरिभराउ छन्। भारतको विभिन्न स्थानबाट दर्जर्नौ गाडीमा भारतीय पर्यटक आउँदा यहाँको धर्मशाला तथा होटेल र लजहरू भरिभराउ भएका हुन्।

मधेस प्रदेशमा घुम्न आउने पर्यटकको संख्यामा अढाई सय प्रतिशतले वृद्धि भएको छ। आठवटा जिल्ला रहेको मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा २० हजार ७ सय ३३ जना आएका छन्।नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन २०७९ का अनुसार गत वर्षको तुलनामा यस वर्ष २५४.५९ प्रतिशतले पर्यटकको संख्यामा वृद्धि भएको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा भने यस प्रदेशमा पर्यटक आउनेको संख्या ५ हजार ८ सय ४७ मात्र रहेको थियो। गत वर्ष ५७.३५ प्रतिशतले पर्यटक आगमनको संख्यामा ह्रास आएको थियो। समीक्षा वर्षमा पर्यटक आगमन संख्यामा उल्लेखनीय वृद्धि हुनुमा कोभिड—१९ को असर कम हुनु हो।

त्यतिबेला पर्यटक आगमन ठप्प रहेकोमा सोको कोभिडको प्रभाव विस्तारै कम हुँदै गएर पर्यटक आवागमनमा सहजता आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सत्ता गठबन्धनमा देखिन थाल्यो तिक्तता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ ।सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गरिसकेका छन् । मुख्यमन्त्रीले शपथ लिएलगत्तै सत्ता गठबन्धन दलबीच बढेको तिक्तताले सभामुख चयनमा समस्या देखिएको हो ।

बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्ष दुवैको बहुमत पुग्न सकेन । त्यस्तै शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभा बैठक नै बस्न सकेन ।नागरिक दैनिक

जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा

काठमाडौँ । जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ ।२०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौँको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।

उनले प्रस्ट्याए, “काठमाडौँ उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौँमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।” त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताए । उनका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहन्छ ।

नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ ।

त्यसको असर काठमाडौँमा पनि प९यो तर काठमाडौँदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएका छन् ।

विक्रम संवत् १९९० को भूकम्प करिब आठ रेक्टर स्केलको गएको अनुमान छ । त्यसपछि केही महिनासम्म मात्र त्यसका परकम्पन गएका थिए । त्यसबेलामा तराईका भू–भागसम्म असर पर्दा जमिनमुनि जम्मा भएको सबै शक्ति बाहिर निस्किएको अनुमान गरिन्छ । काठमाडौँमा सन् १३१०, १३४४, १४०८, १६८१, १८३३ र सन् २०१५ मा भूकम्पका ठूला धक्का महसुस गरिएका थिए ।

अब आउने अनुमान गरिएको भूकम्प काठमाडौँ र पूर्वी भेगमा मध्यम स्तरका भूकम्प आएर त्यो शक्ति बिस्तारै तराई हुँदै बाहिर निस्कन्छ वा एकै पटक ठूलो विपत् आउँछ त्यो भने भविष्यकै गर्भमा रहेको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला बताउछन् ।

तुलनात्मक रूपमा सिन्धुपाल्चोक, गोरखा, धादिङको अनुपातमा काठमाडौँ केन्द्रबिन्दु भएर साना भूकम्प एकाधमात्र गइरहेका छन् । उहाँका अनुसार काठमाडौँमा ठूलो भूकम्प जाँदा क्षति बढी हुन सक्छ । गोरखा भूकम्पकै मापनको भूकम्प आयो भने त्यसबेला हल्लाएको भन्दा झन्डै दस गुणा बढी जमिन हल्लने भूकम्पविद् मुकुन्द भट्टराईले बताए ।

उनले यसअघि काठमाडौँमा भूकम्पीय जोखिमका विषयमा छुट्टै अध्ययन गरेका छन्। उनका अनुसार गोरखा भूकम्पको शक्ति नेपालको पश्चिमतर्फ सर्नुपर्ने थियो तर उत्तरी भेग हुँदै काठमाडौँ आइपुगेर थामिएका कारण यहाँ शक्ति जम्मा भएको हो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

मकर संक्रान्ति तथा माघे संक्रान्तिको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १ गते अर्थात् माघे संक्रान्तिको अवसरमा शुधकामना व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज परेको मकर संक्रान्तिर माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिका हुन् ।

थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति ९मकर संक्रान्ति० को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भनेउच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं, १ माघ-आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

घनश्याम भुसालले पाए सचिवालय सदस्यको जिम्मेबारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मेबारी दिएको छ । शनिवार बसेको सचिवालय बैठकले नेता भुसाललाई सो जिम्मेवारी दिएको हो ।

बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको थियो । यस बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

बैठकले गरेको उक्त निर्णय आज नै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ । बैठकमा नेता भुसालले यही पुस २९ गते स्वघोषणा गरी उक्त पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने बताए ।

पशु बिमा कार्यक्रम अलपत्र

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा एक आर्थिक वर्षपछि नै पशु बिमा कार्यक्रम अलपत्र परेको छ । पशु पालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्षीत गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा पशु बिमा कार्यक्रम सुरु गरेको थियो ।

सुरुका वर्ष १७ वटा बाख्रा र ६ वटा बंगुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६/०७७ बाट पशु बिमा नविकरण नगरेको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख प्रमोदकुमार राजभण्डारीले बताए ।

वर्ष दिनको अवधिमा किसानले दुई वटा बाख्राको बिमा वापतको रकम पाएका थिए । कतिपय किसानले पशु बिमा दावी गर्न आउँदा बिमा नविकरण नगरेको पाइएपछि रित्तो फर्काइएको थियो ।

नेपाल सरकारको केन्द्रिय कार्यक्रम अनुशार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको लुम्बिनी इन्सुरेन्स कम्पनीले अभिकर्ता अभावमा वीमा नविकरण गर्न नसकेको जनाइएको छ । बिमा कम्पनीको अभिकर्ता नहुँदा गाउँपालिकाकै कर्मचारी खटिएर पशु विमा गर्न सहयोग गरेका थिए । पशु  बिमालाई पुन: निरन्तरता दिनका लागि पहल भइरहेको पशु सेवा शाखाका प्रमुख राजभण्डारीले बताए ।

ग्रामिण क्षेत्रका किसानको मूख्य सम्पतीको रुपमा रहेको गाई, भैंसी, बंगुुर मर्दा हुने आर्थिक क्षतीबाट जोगाउनका लागि गाउँपालिकामा पशु वीमा कार्यक्रम लागू गरिएको थियो । बिमा गरेको एक वर्षभित्र पशु मरे वा क्षती पुगेमा किसानलाई बिमांक रकमको ९० प्रतिशत रकम प्रदान गर्नेगरी गाउँपालिकामा पशु बीमा सुरु गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । शनिवार साँझ प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएकोछ । भेटमा प्रचण्डले प्रतिनिधिसभाबाट मंगलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारूढ नेताका नेताहरूबीच छलफल चलिरहेको छ । आज बिहान पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।

कञ्चनपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं – कञ्चनपुर ट्याक्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट-१ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो ।

साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ ।

परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म२त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।

सुदूरपश्चम प्रदेशले आज पनि सभामुख नपाउने, संवैधानिक जटिलतातर्फ प्रदेश सभा

धनगढी – सुदूरपश्चम प्रदेशमा आज पनि सभामुख चयन नहुने देखिएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित जस्तै बनेको हो ।

प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।

उनले शत्तारूढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तठस्त बस्ने निर्णय गरिएको बताए ।

त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यक्रता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

सुदूर पश्चिम प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट मानबहादुर रावल र नेकपा माओबादी केन्द्रबाट भीम भण्डारी उम्मेखवार रहेका छन् ।दुवैला निर्वाचित हुनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।

सुदूरपश्चिम प्रर्देश सभामा आज सभामुख चयन नभए माघ २ गते सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने छ । माघ २ गते सभामुख चयन नभए प्रदेश सभा संवैधानिक जटिलतातर्फ धकेलिने छ ।सभामुख चयनमा नागरिक उन्मुक्ति पार्टी तटस्त बस्दा आज पनि प्रदेशले सभामुद पाउने सम्भावना न्यून बनेको छ ।

भन्सार छली ल्याएको ४१ थान मोबाइलसहित फर्पिङबाट दुई जना पक्राउ

काठमाडौं – भन्सार छली लुकाई छिपाई ल्याएको ४१ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारत घर भएका ३७ वर्षीय दिलीप पवारसहित दुई जनालाई दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८९९ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई उक्त मोबाइलसहित पक्राउ गरेको हो ।

मोबाइलको अन्दाजी मूल्य २ लाख ८७ हजार रहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भक्तपुरका संघीय र प्रदेश सांसदहरुलाई बधाई

भक्तपुर – भक्तपुर जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यलाई शनिबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई, शुभकामना तथा मानव अधिकारबारे सचेतना दिइएको छ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरले सांसदको लागि सम्मानमा आयोजित कार्यक्रममा बधाई, शुभकामना तथा मावन अधिकार सचेतना कार्यक्रम २०७९ भएको हो ।

कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक दुवैबाट निर्वाचित सांसदलाई सम्मान गरिएको थियो । कार्यक्रममा उनीहरू सवैलाई राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भवानीप्रसाद खरेलले दोसल्ला ओढाई प्रमाणपत्र वितरण गरेर सम्मान गरेका थिए ।

भक्तपुरबाट संघीय र प्रदेश गरी कुल १४ जना निर्वाचित भएका छन् । भक्तपुरमा प्रत्यक्षतर्फ दुई जना र प्रदेशतर्फ चार जना सांसदहरु निर्वाचित भएका थिए । कार्यक्रममा संघीयतर्फ एकजना र प्रदेशतर्फ पाँंच जना सांसदहरु बधाई खान पुगेका थिए ।

संघीयतर्फ भक्तपुर क्षेत्र न १ मा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट दुलर्भ थापा प्रत्यक्षमा निर्वाचित भएका थिए । यस्तै प्रदेशतर्फ भक्तपुर क्षेत्र नं १ क चाँंगुनारायणमा नेपाली कांग्रेसबाट सुरेश श्रेष्ठ, १ ख भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाई निर्वाचित भएका थिए । त्यस्तै भक्तपुर क्षेत्र नं २ क सूर्यविनायकमा नेकपा एमालेबाट किरण थापा र २ ख मध्यपुर थिमिमा नेकपा एसबाट डा. राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका थिए ।

यसबाहेक यहाँं संघतर्फ समानुपातिकमा नेपाली कांग्रेसबाट रमा कोइराला र राष्टिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार निर्वाचित भएका थिए । साथै प्रदेशतर्फ नेपाल मजदुर किसान पार्टीबाट सृजना सैंजू र गीता काफ्ले, नेकपा माओवादी केन्द्रबाट देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ तथा नेकपा एमालेबाट सुलोचना श्रेष्ठ राजभण्डारी समानुपातिकबाट निर्वाचित भएका थिए ।

कार्यक्रममा सम्मानित सांसद तथा आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष डा राजेन्द्र कोजूलगायतले मानव अधिकारको महत्वबारे चर्चा गरेका थिए ।

पूर्वमन्त्री वर्षमान पुन अकस्मात बिरामी

काठमाडौं – पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी परेका छन् । माघी पर्व मनाउन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ ।

अहिले पुनलाई लतितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनको रगतमा जन्डिसको मात्रा अध्याधिक देखिँदै आएको छ ।

चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किएका थिए ।

तातोपानी ६ का एकल महिला र ज्येष्ठ नागरिकलाई वडा सरकारको न्यानो कपडा

जुम्ला – जुम्लाको तातोपानी गाँउपालिका-६ को वडा कार्यालयले न्यानो वितरण कार्यक्रम गरेको छ । यतिवेला जुम्लाको न्यूतम तापक्रम माइनसमा छ ।

पुसको चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जष्ठनागरिकलाई राहत हुने भन्दै  तातोपानीको ६ वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम गरेको  हो । आर्थिक रूपमा पिछडिएका वर्ग  एकल महिला तथा ६० वर्ष देखी माथी उम्मेरका जेष्ठ नागरिकलाई तातोपानी ६का वडा अध्यक्ष  विशाल खड्काले  न्यानो कपडा वितरण गरेका  हुन् ।

त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले  चिसो समय भएकाले वडाले गरेको न्याने वितरण कार्यक्रम महत्त्वपूण भएको बताए । उनले भने, ‘आर्थिक अवस्था मकजोर भएका नागरिकका लागी यो कार्यक्रमले केही सहयोग पुग्ने छ ।’

त्यस्तै जुम्ला हिमाली क्षेत्र भएकाले लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्तरगत्त वडा अध्यक्ष विशाल खड्काले  आफ्नो वडा भरिका एकल महिला र जेष्ठनागरिकलाई न्यानो बनाउने उद्देश्यले  सम्मान स्वरुप  कपडा वितरण  गरिएको बताए ।  उनका अनुसार ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना  जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार  न्यानो कपडा बितरण गरिएको छ ।

त्यस्तै  नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको  न्यानो कपडा अति आवश्यक रहेको बताए ।

खानीखोलाले दियो तीन दिन सार्वजनिक बिदा

काभ्रे – खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मूल आयोजक समिति  गठन गरेर ल्होछार मनाउने तयारी गरेको हो ।

बोल्सोनारो पनि तानिए अनुसन्धानमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार अधिकारीहरूलाई जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्वप्रधानमन्त्री जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको छ । न्यायाधीश अलेक्जान्डर डे मोरेसले अटर्नी जनरलको कार्यालयबाट बोल्सोनारोलाई समावेश गर्नको लागि अनुरोध स्वीकार गरे । आइतवार राजधानी ब्रासिलियाकमा भएका दंगमा बोल्सोनारोको अप्रत्यक्ष संलग्नता रहेको अनुमान गरिएको छ ।

दंगाको दुई दिनपछि अभियोजकको कार्यालयले फेसबुकमा बोल्सोनारोले पोस्ट गरेको भिडियो पेस गरेको थियो ।  भिडियोको विश्लेषण गरिसकेपछि, न्यायाधीश डी मोरेसले फेसबुकको मूल कम्पनी मेटालाई भिडियोलाई सुरक्षित राख्न र यसको मेटाडेटालाई लेखकत्वमा अझ राम्रो पहुँच गर्न निर्देशन दिए।

काबुलमा भएको आत्मघाती हमलाको निन्दा

न्युयोर्क–अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।

बुधबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या १० पुगेको छ । विदेशमन्त्रालय बाहिर आत्मघाती विस्फोट गराइएको थियो । विस्फोटमा ४० जना घाइते भएका थिए ।
घटनाको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेसँगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको उक्त विमानस्थल औपचारिक रूपमै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको छ । । आजको गोरखापत्र दैनिकमा खबर छ ।

हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधासहित विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा अबको ४२ दिनपछि पोखरामा अन्तर्राष्ट्रिय उडान–अवतरण हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनले भने, “प्राधिकरणले सार्वजनिक एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई आफ्ना जहाजमार्फत पोखरामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएको छ । एआईपीले पोखरामा उडान गर्न चाहने हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको बाटो खोलेसँगै उडान अनुमतिको प्रक्रियामा सहजै आउने छन् ।” एआईपीमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाउने उनको भनाइ छ ।

यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर यही पुस १७ गते उद्घाटन गरिएको विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको तयारीसँगै नेपाली हवाई उड्डयनको इतिहासमा एउटा इँटा थपिएको उनले बताए। एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को विज्ञ टोलीले विमानस्थल प्राविधिक हिसाबले ठीक छ कि छैन भनी गरेको यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा तयार पारिएको प्रतिवेदनले पोखरामा फागुन दोस्रो सातादेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडानको ढोका खोलेको हो ।