`

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

काठमाडौं ।  बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।

जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र नवनियुक्त चिनियाँ राजदुतबिच भेटवार्ता

काठमाडौं – नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ ।

सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्दैै नवनियुक्त राजदुतले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं चीनमा साथमा रहेका समेत बताएका छन ।

प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सिजिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु

दाङ – दाङमा आाज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ !सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे !

घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका DSP राजन गाैतमले जनाएका छन् ! मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ !

तरकारीको तथा फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज सोमबार रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

यसैगरी सुन्तला १२५ रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ । यस्तै कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ ।

यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ९०, तिते करेला ११० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी ९० रूपैयाँ, लौका ७० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया १०० रुपैयाँ र कागती ११० रुपैयाँ प्रतिकेजी रहेको छ ।

चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण

एजेन्सी – चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।

उपहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका प्राप्त विवरणहरुमा जनाइएको छ । प्रक्षेपण गरेका  उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् । लङ मार्च रकेट शृंखलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।

आर्सनललाई आठ अंकको अग्रता

काठमाडौं – टोटनहमलाई २–० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ ।

खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो पहिलो पटक हो ।

जितपछि १८ खेलमा ४७ अंक जोडेको आर्सनल शीष स्थानमा छ ।  दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक छ  भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको १९ खेलमा ३८ अंक छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको ३३ अंक छ ।

इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

जकार्ता, २ माघ-इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पु–याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।

एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ ।नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।

पोखरा यति एयरलायन्सको विमान दुर्घटना : शव आजै आफन्तलाई जिम्मा लगाइँने

काठमाडौं – आइतबार पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएर पहिचान भएका व्यक्तिको शव आफन्तलाई जिम्मा लगाइने भएको छ ।

शव विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएको हो । विदेशी नागरिक, काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

विमान दुर्घटनामा सवार ७२ जनामध्ये ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको शाहीले जानकारी दिए ।

मधेसका उद्योगमा १ खर्ब कर्जा प्रवाह

वीरगञ्ज । मधेस प्रदेशका उद्योग प्रतिष्ठानमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय मधेस प्रदेशले तयार पारेको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मधेस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष मधेसमा १ खर्ब ५ अर्ब २३ करोड रुपैयाँ लगानी भएको थियो । सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा लगानी भएको देखिन्छ ।

पर्सा जिल्लाका उद्योगमा कुल कर्जाको ५६ दशमलव शून्य ५ प्रतिशत प्रवाह भएको छ । मुख्य नाका वीरगञ्जसँगै रहेकाले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा अधिकांश उद्योग खुलेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

नेपाल पाइलटका लागि चुनौती

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।

प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ । यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ।

विमानस्थलको रनवे पहाडहरूबीचको एक चट्टानलाई काटेर बनाइएको हो । लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खाँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरूले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरूलाई मात्रै विमान चलाउन दिइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भारतको किङ्फिसर एयरलान्सले नेपाल ल्याएको थियो दुर्घटनाग्रस्त विमान

काठमाडौं । यती एयरको दुर्घटना भएको कल साइन ९एन–एएनसीको एटीआर ७२ ५०० विमानले १५ वर्ष छ महिना उडान गरेको छ ।विमान फ्रान्सेली र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसले निर्माण गरेको हो । यो विमान सर्वप्रथम सन् २००७ अगस्ट १७ मा भारतको किङ्फिसर एयरलान्सले ल्याएको थियो । त्यसबेला उक्त विमानको कल साइन भीटी–केएजे रहेको थियो ।

त्यसपछि सन् २०१२ मा उक्त विमान लिज बिक्रीका लागि राखिएको थियो । त्यसैअनुसार सन् २०१३ अप्रिल १ मा थाइल्यान्डको नोक एयरले एचएस–डीआरडी कलसाइनमा उक्त विमान लिएर चलायो । त्यसपछि सन् २०१८ मा उक्त विमान फेरि लिज बिक्रीका लागि राखियो ।

सन् २०१९ अप्रिल २६ मा यती एयरलाइन्सले लिजमा ल्याएर कल साइन ९एन–एएनसीमा उडाउन थालेको हो । दुर्घटना भएको दिन पनि काठमाडौँ–पोखरा रुटमा तेस्रो उडानका क्रममा अवतरण गर्न लाग्दा दुर्घटना भएको हो ।

पोखरामा आइतबार दुर्घटनामा परेको जहाज यही पुस ७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । उक्त जहाजले पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरेको थियो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

के कारणले जहाज दुर्घटना भयो ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन ९२०२३ जनवरी १० हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो ।

ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई बेवास्ता गरेका थिए । आहारा र बासको खोजीमा भौँतारिरहेका तिनै चरासँग ठोक्किएर आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो कि भन्ने आशङ्का उब्जेको छ ।

हवाई क्षेत्रका एक जानकारका अनुसार कुनै पनि प्राविधिक समस्याबिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ । ुजहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो ।

अन्तिम समयसम्म जहाज र विमानस्थल टावरबीच सहज रूपमा सञ्चार सम्पर्क भएको छ,’ ती जानकारले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न । जहाज चरासँग ठोक्किएको हुनसक्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

३५ वर्षदेखि जहाज उडाउँदै आएका पाइलट कमल केसी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् ।

उनले आफ्नो उमेरको दुई तिहाइ समय आकाशमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौँ घण्टा आकाशमा उडे। एक पटक पनि सामान्य दुर्घटनासम्ममा नपरेका चालक केसीका लागि आइतबारको दिन जीवनकै पहिलो दुर्घटना थियो । यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दुर्घटनाको दिन भइदियो ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैटौँ नम्बरको तालिकामा थियो । केसीका सहकर्मीहरूका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैँ उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए ।यो खबर आजको राजधानी दैनिकमा छ ।

आज राष्ट्रिय भूकम्प दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

काठमाडौं – आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।

यो वर्ष पनि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो ।

तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहेका गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।

पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो ।

आज शोक विदा, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं – पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

विश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना

आज १६जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

एल साल्भाडोरको गृहयुद्ध अन्त्य

सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।

अमेरिकामा मदिराजन्य पदार्थमा रोक

सन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको १८औं संशोधनमार्फत अमेरिकामा मदिराजन्य पदार्थमा रोक लगाइएको थियो ।

पर्सियाली  युद्ध सुरु

सन् १९९१ मा पर्सियाली खाडी युद्ध सुरु भएको थियो । सन् १९९० मा इराकले कुवेतमा अतिक्रमण गरेपछि सन् १९९१ को १६ जनवरीमा अमेरिका नेतृत्वको पश्चिमा वायु फौजले इराकमाथि हमला गरेको थियो । २८ फेब्रुवरीमा युद्धविराम घोषणा नहुन्जेल अमेरिकी नेतृत्वको सेनाले हमला गरेको थियो ।

रोमन साम्राज्य स्थापना

२७ बीसीमा रोमन साम्राज्य स्थापना भएको थियो । रोमन साम्राज्यको पहिलो शासक अगस्टस हुन् । उनले २७ बीसीदेखि १४ एडीसम्म (मृत्युपर्यन्त) रोमनमा शासन गरेका थिए । उनलाई मानव इतिहासमै एक प्रभावकारी नेताको रुपमा चिनिन्छन् ।

न्यून चापीय प्रणालीको प्रभाव

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागमा एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज यती एयरलाइन्सका नियमित उडान नहुने

काठमाडौं, २ माघ- यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए ।
सरकारले आज शोक विदा दिएको छ ।

पोखरा बिमान दुर्घटना : १० महिने छोरा संगै ज्यान गुमाए यी दुई चिकित्सक दम्पत्तिले

काठमाडौं – पोखरामा विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ बर्षीय डा। शुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवाकरको पनि मृत्यु भएको छ । उनीहरु संगै रहेका १० महिनाका छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आईरहेका थिए । यो परिवार नै छुट्टी मनाउन भनेर पोखरा घर जाँदै गरेको थियो ।

विमान दुर्घटनामा तीनजना अझै बेपत्ता

काठमाडौं – आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएका छन् ।

यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको भए पनि तीन जनाको अझैँ बेपत्ता रहेका छन् ।

विमान दुर्घटनामा मृत्यु भएका पत्रकार पौडेल सम्झनामा महासंघले १३ दिनसम्म शोक मनाउने

काठमाडौं – नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएको छ ।

उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको  छ ।

पोखरा विमान दुर्घटना : भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं – पोखरामा विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ ।

विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दियो ।

विमान दुर्घटनाप्रति रुसी राष्ट्रपतिको समवेदना

काठमाडौं – पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति रुसका राष्ट्रपति भलादीमीर पुटिनले समवेदना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई समवेदना सन्देश पठाउँदै उनले दु:ख व्यक्त गरेका रुसी समाचार संस्था तासले जनाएको छ ।

तासले प्रकाशित गरेको समाचारमा उल्लेख भएअनुसार पुटिनले समकक्षी विद्यादेवी भण्डारीलाई आइतबार नेपाली दूतावासमार्फत शोक सन्देश पठाएको सूचना रसियाको सरकारी अड्डा केरमिनलले टेलिग्राममा राखेको छ ।

एक बर्षअघि विवाह गरेर अमेरिका गएका पतिलाई लिन काठमाडौँ पुगेकी थिइन् आशिका, यती एयरमा दुवै एकसाथ अस्ताए

काठमाडौं – पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा अमेरिकाबाट शनिबार काठमाडौँ झरेका राजन सापकोटा पनि परेका छन्् । पोखराको हेमजा हनुमान चोकका राजनको घरमा आज बिहानैदेखि खुसियाली थियो । अमेरिकाबाट आउँदै गरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा पर्यो ।

तर बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार एकाएक शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस भइन् । छिमेकीका आँखा पनि रसाए । सापकोटा डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका थिए । उनले गर्त वर्ष बिहे गरेका थिए ।

पोखरामा विमान दुर्घटनामा परी बाबु छोरीको मृत्यु, गाउँ नै शोकमा

काठमाडौं – पोखरामा विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा पर्वतको कुश्माका बाबु छोरी पनि परेका छन् । मृत्यु हुनेमा कुश्मा नगरपालिका९ ९ कटुवा चौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेल रहेका छन् ।

काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जाडो बिदा मनाउन जन्मघर पर्वत जानेक्रममा दुर्घटनामा परेकी हुन् । बाबुछोरीको मृत्युले गाउँ नै शोकमा डुबेको छ । मृतक पौडेल ९ वर्ष कोरियामा बसेर नेपाल फर्केका थिए ।

सौतेनी आमाको कुटपिटबाट १५ वर्षीय बालिका गम्भीर घाइते, उपचारका लागि काठ्माडौं लगियो

खोटाङ – सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल आचार्यको कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाईते भएकी हुन् । कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा चोट लागेका बालिकालाई उपचारका लागि काठ्माडौं लगिएको छ ।

सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको बेला कुटपिट गरेको आफन्त हिरालाल आचार्यले बताए । जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पुर्‍याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ ।

सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटना लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।

घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो । अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनिताकालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए । घरमा बुवा नभएको बेला बिनिता माथि कुटपिट भएको थियो ।

यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार देशभरको उडान रद्द

काठमाडौं – यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सोमबार देशभरका उडान रद्द गरिने भएको छ । यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

आज बिहान पोखराका लागि काठमाडौंबाट उडेको यति एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । विमान बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । विमानमा सवार यात्रुमध्ये ४१ महिला र २७ पुरूष थिए । जहाज पाइलट कमल केसीले उडाएका थिए।

भक्तपुरमा दुर्घटना : तीनजना घाइते

भक्तपुर – भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ भएको दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा.पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोक्का मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये नरेको नजिकैको डा.ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर ईन्टरनेश्नल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रदीप भने उपचारपछि डिष्चार्ज भएको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

पकुनेपाटीबाट देकोचा तर्फ आँउदै गरेको बा ५ ख २१९३ नं को निसान ट्रक सोही स्थानमा बाटोको साईडमा रोकी राखेको बा ३ ख २४४४ नं को भाडाको बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते तीनै जना निशान ट्रकका रहेको जनाइएको छ । निसान ट्रक चालकसहित तीन नै जनाले मापसे गरेको जनाइएको छ ।

दुबै सवारी साधन घटनास्थलबाट निकाली ग्यारेज लगेको छ । बस चालक जिल्ला भक्तपुर भक्तपुर न.पा ६ देकोचा बस्ने बर्ष ३७ को दिनेश बारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

टुँडीखेलमा माघीको रौनक [तस्बिर]

काठमाडौं – थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् ।

थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव  मनाइएको हो ।

राष्ट्रपति भण्डारीले गरिन्,सुनसरीका धार्मिक स्थलको दर्शन

विराटनगर – राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् ।

उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालु तथा भक्तजन सगं पनि भेट गरेकी थिइन ।
त्यस लगतै उनी धरानमा रहेका बुढासुब्बा, दन्तकाली र पिन्डेस्वर मन्दिर दर्शन गरेकी थिइन् ।

लगातार दोस्रो जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेश, मधेस प्रदेशको पहिलो जित

विराटनगर : जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । यो जित सँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।

एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन् । यस्तै कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले १० रन जोडिन् । एपीएफका लागि निशा भट्टले ३ तथा कप्तान सिता राना मगरले ३ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । पहिलो विकेटका लागि ज्योति पाण्डे तथा कप्तान सिताराना मगरले ५४ रनको साझेदारी गरेका थिए । प्लेयर अफ द म्याच समेत बनेकी कप्तान राना मगरले २९ बलमा ३६ रन बनाउँदा पाण्डेले १५ रन बनाइन् । इन्दु बर्माले २७ बलमा ३८ रन बनाउँदा नेरि थापा १९ रनमा अविजित रहिन् । बागमतीका लागि अस्मिना कर्माचार्य, मनीषा उपाध्याय, खुसी डङ्गोल र सोनी पाख्रिनले समान १÷१ विकेट लिए । दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि एपीएफले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई पराजित गरेको थियो । दुई खेलमा लगातार हार ब्यहोरेको बागमती प्रदेश अङ्कविहीन रहँदै समूह ‘ए’ को अन्तिममा रहेको छ । सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा गण्डकी तेस्रो स्थानमा छ ।

आजै सम्पन्न दोस्रो खेलमा मधेस प्रदेशले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा मदेसले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो । प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिजो शनिवार लुम्बिनी प्रदेशसँग कर्णालीले ९८ रनको हार ब्योहोरेको थियो । आज भएको दोस्रो खेलमा कर्णालीले दिएको ८० रनको लक्ष्य मदेसले १०.२ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसको जितमा ओपनर अनुराधा चौधरीले ३५ बलमा अविजित ३८ रन बनाइन । प्रतिमा शाहले अविजित १८ रन जोडिन । पहिलो खेलमा लुम्बिनीलाई ४७ अतिरिक्त रन दिएको कर्णालीले आज मधेस प्रदेशलाई २२ रन अतिरिक्तमा दिएको थियो । कर्णालीका लागि बिना थापाले २ विकेट लिइन । इटहरी स्थित जनता क्रिकेट पार्कमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको थियो ।

सुखद सुरुवात गरेको कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि बाकी ५ विकेट गुमाएर कर्णालीले ५६ रन मात्र जोड्न सक्दा लगातार दोस्रो हार ब्योहोर्नु पर्‍यो । कर्णालीका लागि तिर्सना विश्वकर्माले १५ रन बनाइन् ।अन्जु गुरुङले अविजित १३ रन बनाउँदा किरन कुँवर १३ रनमा आउट भइन् । कर्णालीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । मधेस प्रदेशका लागि भूमि सिंहले ४ तथा अमिरान निशाले २ विकेट लिए ।

दोस्रो खेलमा पहिलो जित हात पारेको मधेस २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ । उक्त समूहमा लुम्बिनी शीर्ष स्थानमा रहँदा प्रदेश एक दोस्रो स्थानमा छ । कर्णाली प्रदेश दुई खेल खेल्दै अङ्कविहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत भोलि सोमबार हुने पहिलो खेलमा प्रदेश नम्बर एक र लुम्बिनी बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेश बिच प्रतिस्पर्धा हुनेछ ।

कर्णालीमा माघि मनाउने अचम्मका शैली

सुर्खेत , १ माघ ः कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा रहेका छन् ।कत्तै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । बिभिन्न जाती अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकारहरु बताउँछन् ।

जाजरकोट , रुकुम पश्चिम , सल्यानमा सिस्नु हानाहान गरेर माघि मनाइन्छ । मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।

सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका वडा नं ८ का शिक्षिका नन्दा शाही बताइन । कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर र माइती जाने चलनसमेत रहेको छ ।

त्यस्तै हिमाली जिल्ला हुम्लामा कर्णाली नदीको तीरमा चिसो सिरेटोसँगै रातभरि जाग्राम बस्दै मनाउने गरिदै आइएको छ । रातभरि जाग्राम बसे राम्रो फल प्राप्त हुने धार्मिक मान्यतालाई निरन्तरता दिँदै यस वर्ष पनि राति नदीबाट आउने चिसो सिरेटोको प्रवाह नगरी माघे संक्रान्ति मनाएको स्थानीयबासीको भनाई छ । खार्पुनाथ तीर्थका रूपमा उक्त स्थान जिल्लाभित्र र बाहिर प्रख्यात छ। शिवालय क्षेत्रमा शिवको मन्दिर पनि छ। खार्पुनाथ शिवालय व्यवस्थापन समितिका सदस्य भीमराज शाहीका अनुसार यस वर्ष जाग्राम बसेर माघे संक्रान्ति मेला मनाउने कार्य भएको छ।

शनिवार ६ बजेबाट भक्तजन खार्पुमा जम्मा भएका थिए। उनीहरू सबैले रातभरि शिवजीको आराधाना गाएर रात कटाएको र बिहान सबेरै कर्णाली नदीको चिसो पानीमा स्नान गरेर मन्दिरमा पूजापाठमा लागेका लाग्ने गर्दछन् । शिवालयमा जाग्रम बसी पूजापाठ गरे राम्रो काम बन्ने धार्मिक मान्यताका कारण अधिकांश भक्तजन मेला मनाउन आउने गर्छन्। त्यसो गरे हालसम्म कुनै व्यक्तिबाट भएको पाप पनि पखालिने धार्मिक विश्वास छ। मदिरा र काटमार निषेध गरिएको शिवालय क्षेत्रमा महिला–पुुरुष मिलेर देउडा पनि गाउने गर्छन्। विशेष गरी खार्पुनाथ गाउँपालिका– ५ का ठकुरी समुदायका पुरुषहरूले पराम्परागत पोसाक बख्खुु लगाएर मध्य क्षेत्रमा बालेको आगो ताप्दै चाड्ची र भारी गीत पनि गाउने र नाच्ने गर्छन्।

त्यस्तै मुगुमा केटीहरुले घर घरमा गएर खाद्यान्न उठाउने र बेलुकी भएपछि सो खाद्यान्नको मिठाइ बनाएर दाजु , भाइ र आफन्तलाई दिने गरिन्छ । सो खाए बाफत आफन्तहरुले घरको छोरी बैनीलाई केही रकम दिने चलन रहेको छ । यो गरेमा मात्र पुण्य कमाइ हुने जनविश्वास रहेको छ ।

बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा

पोखरा – आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६४ जनाको शव अस्पतालमा रहेका छन । जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए ।

अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

बिमान दुर्घटनामा ज्यान गुमाउने ५ को सनाखत

पोखरा, १ माघ -यति एअरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

आइतबार बिहान साढे १० बजे यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको थियो।

यति एयरलाइन्सको बिमान दुर्घटना : अहिलेसम्म ६२ जनाको शव निकालियो

पोखरा – यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ । उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ । अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन । मृतकको सनाखत कार्य भईरहेको छ ।

भक्तपुरमा करेन्ट सर्ट भई अण्डाको क्रेट बनाउने फ्याक्ट्रीमा आगलागी

भक्तपुर, १ माघ-भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे पेट्रोल पम्प ओरालोमा शनिबार राति आगलागी भएको छ ।भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ घर भई हाल भक्तपुर कटुन्जे बस्ने बर्ष ४० को राकेश सुवालले संञ्चालन गरेको नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने फ्याक्ट्री) मा आगलागी भएको हो ।एक्कासी करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी, दमकल र स्थानियहरुको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको छ ।

आगलागीबाट क्याक्ट्रीभित्र रहेका सामानहरु पूर्ण रुपले जली नष्ट भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । अन्डाको क्रेड बनाउने कागज ३ लाख बराबरको र जेनेरेटर १ थान १२ लाखको गरी कुल १५ लाख बराबरको सामानको क्षति भएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

उपल्लो डोल्पाका काम गर्ने कर्मचारी दुनैमा बसेर तलव ,भत्ता खाने गरेको गुनासो

सुर्खेत , ३० पुस-उपल्लो डोल्पाका काम गर्ने कर्मचारीहरु दुनैमा बसेर उपल्लो डोल्पाको तलव ,भत्ता खाने गरेको गुनासो जनप्रतिनिधि नै गर्दछन् । अधिकांश काम दुनैबाट गरेर उपल्लो डोल्पा हप्ता दिन जाँदा वर्ष भरी सामाजिक सञ्जालमा राखेर उपल्लो डोल्पामा काम गरेको फुर्ती लगाउने गरेको जनप्रतिनिधिको गुनासो छ ।

जनतासँग दैनिक हामीले भए भरका कामहरु गर्नुपर्छ , कर्मचारी खोज्दा कोही पनि भेटिदैन यहाँका सबै सर्वसाधारणको गुनासो हो यो । फोन गर्दा समेत फोन रिसिभ नगर्दा कर्मचारीहरुले अर्को दुख दुख दिने गरेको छार्काताङसुङ गाउँपालिका–३ का वानचिन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो , ‘ प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल काठमाडौँ हुनुहुन्छ रे , फोन गर्दा पनि उठाउनुहुन्न । पालिकामा एक जना कर्मचारी छैन , हाम्रो काम गरिदिने कसले हो । अन्य ठाउँमा संघीयता आएपछि हाम्रो पालिकामा संघीयता आएको छैन । ’

पालिका भन्दा बाहिर बसेर सधै तलव, भत्ता खाने आरोप गुरुङले लगाइरहदा हामीले पनि अधिकृत सेजुवाललाई तीन दिन झण्डै ५ पटक फोन गर्दा समेत रिसिभ भएन । काठमाडौँमा रहेका सेजुवाल पालिकाको काममा गएको भन्दै लामो समय देखि काठमाडौँमा बसेका छन् । गाउँपालिकाका अन्य कर्मचारीहरु समेत आ आफ्नो व्यक्तिगत काममा बसेका कारण छार्काताङसुङमा गाउँपालिकामा कर्मचारी कोही पनि नभेटिएका हुन् ।

दुर्गम भएको बहाना देखाउदै देशका ठुला सहरमा बसेर डोल्पाको कर्मचारी भनि नाम भजाउदा आफूहरु पीडित भएको छार्काताङसुङ –४ का पासवान रोकायले बताउनुभयो । कहिलेकाँही मात्र पालिकामा पहिला टेक्ने कर्मचारीले अधिकांश समय दुनैबाट नै काम गरिरहेको उहाँको आरोप छ । अहिले छार्काताङसुङ गाउँँपालिका भित्रका जनताहरु गाउँमै भएपनि कर्मचारी चिसोको बहानामा दुनैबाट व्यक्तिगत काममा लागेको जनप्रतिनिधिहरु नै बताउँछन् ।

पालिकामा कोही पनि कर्मचारी किन नबसेको भन्दै हामीले त्यहाँका सूचना प्राविधि अधिकृत किरण केसीलाई सम्पर्क गर्न खोज्दा उहाँको समेत फोन उठन सकेन । गाउँपालिकाका उपाध्यक्ष कर्म ढुण्डुप गुरुङले आफू काठमाडौँ भएको बताउनुभयो । छार्काताङसुङ गाउँपालिका अध्यक्ष सेनांङ गुरुङले टेलिफोनमा भन्नुभयो ,‘ तपाइको मात्र होइन, मेरो पनि फोन उठादैनन । म आफैँ पनि पीडित हुँ । पालिकाको अधिकृत भए जतीबेला पनि फोन उठाउनुपर्ने तर कर्मचारीले फोन नै नउठाउदा कसरी काम गर्ने ? ’ आफू काम परेको समयमा जतीबेला पनि जुनसुकै ठाउँमा पुग्ने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । बजेट माग गर्नका लागि काठमाडौँमा छु उहाँले भन्नुभयो , ‘ भेरी करिडोरले आफ्नो पालिका नभेटने भएकाले बेसरी काममा लाग्नु परेको छ , सबै मन्त्रीज्यूलाई भेटेको पालिकाको विकासलाई गति दिने योजना छ । ’

कर्मचारी टिकाउनका लागि चुपचाप लागेर पनि काम गर्नुपरेको जनप्रतिनिधिको गुनासो छ । गाउँपालिकामा हुने अधिकांश कामहरु कर्मचारी नहुँदा समस्य हुँदै आएको सेवाग्राहीले बताएका छन् । राज्यले खटाएको ठाउँमा इमान्दार पुर्वक काम गर्नुको ठाउँमा अनेक बहाना बनाएर खटाएको ठाउँमा नजाँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्रहीहरुलाई पर्ने गरेको छ ।

लुम्बिनी मायादेवी मन्दिरमा उठेको १ करोड बढिको विदेशी मुद्रा सटही नहुदा रद्दी झै थन्किए

भैरहवा, १ माघ-लुम्बिनीमा १ करोड बढि मुल्य बरारबरको विदेशी मुद्रा सटही नहुदा रद्दी झै थन्किएको छ ।लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा रखिएका विभिन्न दानपेटिकामा विदेशी मुद्राहरु संकलन हुने गरेको छ, संकलित ति मुद्राहरु मध्ये विनिमय नहुने वदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो । करोडौ मुल्य बराबरको ती मुद्राहरु प्रयोग नभएकोले मुल्य अनुसार नभई रद्दी सरह भएको छ ।

लुम्बिनी विकास कोषले दान पेटिकामा रहेको चलनचलतीका मुद्राहरु सटही गरेपनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेका नोटहरु सटही नगर्ने भएकोले सटही नभएका ३९ देशका मुद्राहरु विकास कोषले संचित गरेर राखेको छ । विभिन्न देशका ती मुद्राहरु नेपाली १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैया बराबर रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए ।

दानपेटिकाबाट संकलित रुपैया मध्ये सबै भन्दा बढि म्यानमारको ७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैया रहेको छ । त्यस्तै ओमनको १७ लाख ७९ हजार, श्रीलंकाको ८ लाख १ हजार, पेरुको ६ लाख ५१ हजार, भियतनामको ४ लाख ९८ हजार, इन्डोनेसियाको २ लाख ७० हजार, कम्बोडियाको १ लाख ९० हजार नेपाली रुपैया बराबरको रहेको छ । यि बाहेक भुटान, मंगोलया, बंगालदेश, लाओस, पाकिस्तान, अजेन्टिना, अफगानिस्तान, मोरिसस, युगान्डा, इरानी, इराक, स्वस्डेन रसिया लगायतका मुद्राहरु पनि संकलन भएका छन । त्यस्तै अन्य विभिन्न देशका संकलित मुद्राहरु पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेको र साट्न समेत असहयोगका कारण सटही नहुँदा ती मुद्रा संचिती गरेर राखिएको विकास कोषले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । आर्थिक वर्ष २०७१–०७२ देखि पुष ७ गते २०७९ सम्ममा यि ३९ देशका मुद्राहरु संकलन भएपनि तत्काल सटही नहुने भएकोले छुट्याएर राखिएको छ ।

संकलित मुद्रा मध्ये राष्ट्र बैंकले खरिद–बिक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैंकमा पठाइने गरिएको छ, सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष भट्टराइले भने । संकलित मुद्राहरु लामो समय सटही नहुँदा कतिपय कुहिने अबस्थामा पुगेका छन् ।

सटही नहुने मुद्राको विनिमय नेपाल राष्ट्र बैंक मार्फत मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले चासो नदिएको कारण वर्षैा देखि ती मुद्राहरु संचिती गरेर राख्ने गरिएको छ । अर्थमन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेका छौ । विकास कोषले मोनाष्ट्रीहरुसँग समन्वय र सहकार्य गरेर साट्न सकिने बैकल्पिक व्यवस्था निकालेपनि सरकार, मोनाष्ट्री र राष्ट्र बैंक साक्षी बसेरमात्रै यो सम्भव हुने देखिन्छ । लुम्बिनी विकास कोषले भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काममा खर्च गर्दै आएकोे छ ।

नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैक मार्फत विदेशी मुद्रा कलेक्शनको लागि पठाउने व्यवस्था छ । सैधान्तिक रुपमा कलेक्शन गरी साट्ने व्यवस्था छ, कोभिड अगाडि सटिएपनि पछिल्लो २–३ वर्ष देखि पत्राचार नभएको बताए । राष्ट्र बैकको बैंकिङ विभागमा लुम्बिनी विकास कोषले प्रक्रियागत रुपमा पहल गरे पनि साट्न मिल्ने नोटहरु साट्न सकिन्छ ।

सहायक निर्देशक रमेश न्यौपानेले हामीले साट्न मिल्ने मुद्राहरु यही साटेपनि चलनचल्ती बाहेकका मुद्राहरु नोटहरु काठमाण्डौ पठाएर कलेक्शनका लागि पठाउन सकिने बताए । यो देशको यो यो दरको नोटहरु यो नम्बरको छ भनि विस्तृत खुलाएर राष्ट्र बैंकलाई अनुरोध गरे हामीले पहल गरिदिने बताए । हामीले सटही गर्न नसकेपनि मुद्रा सटहीको लागि केन्द्रमा अनुरोध गर्ने बताए । विदेशी मुद्रा कलेक्शन गरेर नोटहरु सम्बन्धित ठाँउमा पठाउने हुन्छ सबै साटिन्छ भन्ने पनि हुदैन त्यसको मापदण्ड अनुसार नोटको हकमा सटिने व्यवस्था भएपनि सिक्काहरु भने सटही नहुने उनले भने ।

एमालेकी नन्दा गुरुङ बनिन् कर्णाली प्रदेशको सभामुख

सुर्खेत ः कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।

पोखरा विमान दुर्घटना : दुर्घटनास्थलबाट निकालिएका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा

काठमाडौं आइतबार बिहान पोखराको सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटना भएको छ । उकत दुर्घटनामा  परेका यात्रुको शव गण्डकी अस्पतालमा लगिएको छ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको जनाइएको छ ।