`

‘ठुलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

नुवाकोट । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठुलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको अवस्थाका बारेमा उनले अनुमान गर्न सकेनन् ।

घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठुलो क्षति पुर्‍याएको छ । ठुलो बाढी तीव्रगतिमा अघि बढिरहेको छ । तपाईँहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस् । ढुङ्गे चोकभन्दा अझ माथि जान अनुरोध गर्दछौँ”, माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका उनले प्रहरीको नजिकै पुगेर सोध्नुभयो, “बाढी धेरै ठुलो हो ?” जवाफ आयो, “हो, धेरै ठुलो छ ।”

तर, ‘धेरै ठुलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक अवस्था ठुलो होलाजस्तो लागेको थिएन । “नातिनी विद्यालय जाने बेला भएको थियो । सबै जनासँगै निस्कनुपर्ला भन्ने लाग्यो”, प्याकुरेलले भने । त्यसपछि उनी परिवारका सदस्यसँगै घरबाट निस्कने तयारीमा लाग्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो । बाढीले घरलाई चारैतिरबाट घेर्‍यो । केही मिनेटमै ढुङ्गेबजार र आसपासका बस्ती बाढीको भेलमा परिणत भए ।

घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे । बाढीको भेलबिच ज्यान जोगाउन सफल उहाँको घर अहिले ‘हरियो घर’का रूपमा परिचित छ । “सूचना त आएको थियो, तर यति ठुलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन”, उनले भने ।

बाढी हेर्न जाँदा आफैँ भेलमा

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्‍याएको केही समयमै साथीमार्फत ठुलो बाढी आउँदै गरेको सूचना पाएका थिए । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्, धेरै ठुलो बाढी आउँदैछ ।”

चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे । तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहेका उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्‍यो । “बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो”, डङ्गोलले भने ।

बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई पीडा दिएको छ । “आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन”, भावुक हुँदै उनले भने, “ठुलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठुलो भन्ने थाहा भएन ।”

अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । गोरखा भूकम्पले विस्थापित गरेपछि उनी पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आएका थिए ।

गत भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म खबर पुर्याउन दौडिए । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो ।

उनले भेलबाट भागेर ज्यान त बचाए, तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाए । उक्त बस्तीका १०० भन्दा बढी हराइरहेका छन् । “ठुलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठुलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते) को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास फेर्न नपाउँदैमा छोपिहाल्यो”, तामाङले भने ।

सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन

भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्रगतिमा फैलिएको थियो । टिमुरेबाट बाढीको सूचना त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगे पनि त्यसले पुर्‍याउने क्षतिको अनुमान कल्पनाभन्दा धेरै गुणा ठुलो बन्यो ।

विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार २०१८ सालतिर पनि त्रिशूलीमा ठुलो बाढी आएको कुरा हजुरबुबाले सुनाएका थिए । त्यसबेला मानवीय भएन, भौतिक क्षति सामान्य रहेको उनको स्मरण छ । “हजुरबुबाले २०१८ सालमा ठुलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो”, श्रेष्ठले भने ।

बाढी आउँदैछ भन्ने खबर थाहा पाए पनि यति ठुलो विध्वंस होला भन्ने धेरैलाई लागेन । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीले निमेषभरमै सिध्यायो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको स्मरण गर्छन् । उनका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्त्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

“सफा मौसम, घाम लागिरहेको वातावरणमा ठुलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भने, “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।”

भोटेकोशी बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरे पनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउने बित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक हुन्छ ।

भोटेकोशी बाढी: तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा रु ७० लाख ४७ हजार बराबरको रकम जम्मा भएको छ ।

गत भदौ १४ गतेदेखि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, सङ्घसंस्था, भाइखलक तथा चेलीबेटी परिवारलगायतले सहयोग गरेको उनले बताए ।

सङ्कलित रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए । अभियानमा सहयोग गर्ने सबैलाई तमु धीं नेपालले धन्यवाद ज्ञापन गरेको छ ।

छिन्नमस्ता मन्दिरको एक लाख ५१ हजार सहयोग

सप्तरीको छिन्नमस्ता मन्दिरले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि रु एक लाख ५१ हजार बराबरको सहयोग गरेको छ ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले मन्दिर समितिका तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गरेका हुन् ।

उनले भने, “उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने छ ।” मन्दिर समितिको तर्फबाट थोरै भए पनि बाढीपीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए । चेक ग्रहण गर्दै मन्त्री यादवले विपदको समयमा मन्दिर समितिले देखाएको सामाजिक सद्भावको भावनालाई सकारात्मक लिएको बताए । बाढीले रसुवा, नुवाकोट, धादिङमा ठुलो जनधनको क्षति गरेको छ ।

शिखर सम्मेलनअघि शीर्ष अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरूबिच वार्ता

काठमाडाैँ । चीन र अमेरिकाका शीर्ष नेताहरूबिच हुने शिखर सम्मेलनअघि व्यापार, कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य मुद्दाहरूमा सम्भावित सम्झौताका लागि आधार तयार पार्न अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार वार्ता सुरु गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष व्यापार अधिकारी जेमिसन ग्रीयर पनि सहभागी यो वार्ता न्यूयोर्कस्थित जेपीमर्गन चेजको मुख्यालयमा दिनभर चल्ने अपेक्षा गरिएको छ।

यो विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका नेताहरू ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच बिहीबार ह्वाइट हाउसमा हुने योजनाबद्ध भेटको पूर्वसन्ध्या हो ।

दुवै पक्षले व्यापार, प्रविधि र अन्य रणनीतिक चिन्ताहरूमा तनाव कम गर्ने प्रयास गर्नेछन् । यसमा नोभेम्बरमा सकिने व्यापार युद्धविराम सम्झौतालाई सम्भवतः थप गर्ने र कृत्रिम बुद्धिमत्ता विकासका लागि सुरक्षा उपायहरू समावेश छन् ।

“म आज लक्षित, पूर्ण र रचनात्मक वार्ताको अपेक्षा गर्दैछु जसले हाम्रा नेताहरूको भेटका लागि आधार तयार पार्नेछ,” बेसेन्टले आइतबार वार्ताका लागि आइपुग्दा पत्रकारहरूसँग बताए।

अमेरिकी अधिकारीहरू अमेरिकी निर्माताहरूका लागि महत्त्वपूर्ण दुर्लभ खनिज र अन्य महत्वपूर्ण उत्पादनहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्नेतर्फ पनि ध्यान केन्द्रित गर्नेछन्।

वासिङ्टनको तेहरानसँगको युद्ध सातौँ महिनामा प्रवेश गरेका समय अर्को मुद्दा इरानमाथि अमेरिकी आर्थिक दबाब हो ।

चीन इरानको प्रमुख आर्थिक साझेदार हो जसले यसको अधिकांश तेल उत्पादन किन्ने गर्छ र कूटनीतिक रूपमा पनि महत्त्वपूर्ण समर्थक हो।

विश्लेषकहरूले ट्रम्प–सी शिखर सम्मेलनका अपेक्षाहरू न्यून रहेको चेतावनी दिएका छन्।

“छोटो अवधिमा हामीले आशा गर्न सक्ने एकमात्र कुरा युद्धविराम हो र यो (युद्ध) सम्भवतः यस वर्षको बाँकी समयसम्म जारी रहनेछ,” पूर्वअमेरिकी उपराज्य सचिव कुर्ट क्याम्पबेलले भने ।

“मलाई लाग्छ राष्ट्रपतिले सी चिनफिङसँग थप दुई पटक भेट्ने मनसाय घोषणा गर्नुहुनेछ,” अहिले द एशिया ग्रुप परामर्शदाता संस्थाका अध्यक्ष रहेका क्याम्पबेलले थपे।

ट्रम्प र सी नोभेम्बरमा चीनको सेनजेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चमा भेट्ने अपेक्षा गरिएको छ । ट्रम्पले डिसेम्बरमा मियामीस्थित आफ्नो डोरल रिसोर्टमा हुने जी–२० शिखर सम्मेलनमा पनि सीलाई आमन्त्रण गर्ने अनुमान गरिएको छ ।

हुथीहरू हामीसँग लड्न चाहँदैनन् : डाेनाल्ड ट्रम्प

काठमाडाैँ । यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन्। यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ।

प्रायः राष्ट्रपति ट्रम्पसँग अन्तवार्ता लिनुहुने नेटवर्कका रिपोर्टर ट्रे यिङ्गस्टले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै लेखेका छन्, “वासिङटन ‘हुथीहरूसँग निरन्तर सम्पर्कमा छ र उनीहरूले संयुक्त राज्य अमेरिकासँग नलड्ने सहमति’ जनाएका छन्।”

राष्ट्रपति ट्रम्पले यसअघि पनि हुथीहरू क्षेत्रमा रहेका अमेरिकी सेनामाथि आक्रमणमा नउत्रिएको बताएका थिए। “हुथीहरूले हामीलाई फोन गरी जानकारी गराएका छन्, उनीहरू हामीसँग लड्न चाहँदैनन्”, राष्ट्रपति ट्रम्पले सेप्टेम्बर १२ मा आयरल्यान्ड भ्रमणका क्रममा भनेका थिए, “उनीहरू हामीलाई आक्रमण गर्न चाहँदैनन्।”

फक्स न्युजलाई दिएको पछिल्लो टिप्पणी नजिकको अमेरिकी सहयोगी साउदी अरब बढ्दो दबाबमा रहेको समय आएको हो। शनिबार राजधानी रियादलाई लक्षित गरी एक मिसाइल प्रहार भएको थियो।

हुथीहरूले यमनभित्र पनि तीव्र आक्रमण गरेका छन् र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारबाट ठूलो भूभाग कब्जा गरेका छन् । यो सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनको समर्थन छ ।

फक्स न्युजले रिपोर्ट गरेअनुसार ट्रम्प इरानबारे ‘निर्णय गर्ने मोड’ मा छन्। अमेरिकी र इजरायली सेनाले फेब्रुअरी २८ मा ठूलो हवाई आक्रमण सुरु गरेका थिए र अहिले लगभग सात महिनादेखि गतिरोधमा छन्।

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

डाक्नेश्वरी-६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मङ्गल मुखियालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले लागुऔषध लुकाइ राखिएको भन्ने विशेष सूचना पाएपछि भोला र मङ्गलको घर तलासी गर्दा उक्त मात्रामा गाँजा जस्तो देखिने पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी । सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

आज दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जाँदा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो ।रुखले च्याप्दा यादव घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको सूचना अधिकारी खड्काले बताए ।

म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिबाना

कास्की । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मोहित ट्रेडर्सले म्याद गुज्रिएका खाद्यवस्तु रिफाइन गरी पुनः प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रु दुई लाख जरिबाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा सो ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका, किराले खाएर खान अयोग्य अवस्थामा रहेको तथा पसलको सरसफाइसमेत अत्यन्त कमजोर रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। अनुगमनका क्रममा म्याद गुज्रिएका चामल लगायत खाद्यवस्तुलाई पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बजारमा बिक्री गर्ने गरेको समेत पुष्टि भएपछि कानुन बमोजिम कारवाही गरिएको उनले बताए।

“आज हामी बजारका ठुला खाद्यान्न पसलको अनुगमन गर्ने भनेर निस्किएका थियौँ । सोही क्रममा मोहित ट्रेडर्समा जनस्वास्थ्यमा गम्भीर लापरवाही गरेको पाइएपछि कानुनअनुसार दण्डित गरेका छौँ”, सहायक प्रजिअ बरालले भने। म्याद गुज्रिएका तथा किराले खाएका खाद्यवस्तु बिक्रीका लागि राखिएको अवस्थामा भेटिएपछि अनुगमन टोलीले त्यस्ता सामग्रीको व्यवस्थापन तथा थप बिक्रीमा रोक लगाएको छ भने रिफाइनिङ मेसिन महानगरले जफत गरेको छ।

प्रशासनले बजारका अन्य केही ठूला खाद्य स्टोर्समा समेत अनुगमन गरेको थियो। अनुगमनका क्रममा खाद्यवस्तुको म्याद, गुणस्तर, भण्डारणको अवस्था, मूल्यसूची, सरसफाइ तथा उपभोक्ता स्वास्थ्यमा पर्नसक्ने जोखिम लगायतका विषयमा निरीक्षण गरिएको प्रशासनले जनाएको छ।

दसैँ, तिहार लगायतका ठूला चाडपर्वका समयमा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारीले अनुचित लाभ लिन सक्ने र बजारमा कृृत्रिम अभाव तथा कालोबजारीको सम्भावनालाई ध्यानमा राख्दै नियमित तथा आकस्मिक अनुगमनलाई अझ प्रभावकारी बनाइने सहायक प्रजिअ बरालले बताए।

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले आइतबार जानकारी गराएका छन् । इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ ।फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौँदेखि गतिरोधमा फसेका छन् ।

तेहरानले त्यसयता विश्वको तेल र ग्यासका लागि महत्वपूर्ण यातायात मार्ग हर्मुज जलमार्गमाथि कडा नियन्त्रण कायम राखेको छ भने वासिङ्टनले इरानी बन्दरगाह र अर्थतन्त्रलाई प्रभावित पार्ने अभियान चलाएको छ ।हाम्रा सन्देश र सर्तहरूको व्याख्या मध्यस्थकर्तामार्फत अर्को पक्षलाई स्पष्ट रूपमा पु¥याइएको छ,” इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले भन्नुभएको छ। युद्ध अन्त्यका लागि भएका वार्तामा उहाँ मुख्य वार्ताकारका रूपमा रहनुभएको छ।

“जबसम्म सर्तहरू पूरा हुँदैनन् र अमेरिकी प्रतिबद्धताहरू पालना हुँदैनन्, तबसम्म वार्ताअघिको अवस्थामा फर्कन र जलमार्ग खुला गर्ने कुरा सम्भव हुनेछैन,” उहाँले इरानी राष्ट्रिय टेलिभिजलाई दिएको एक अन्तवार्तामा भन्नुभएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले शनिबार भन्नुभएको थियो, “इस्लामिक गणतन्त्र (इरान) ले मध्यस्थकर्ता कतारमार्फत अमेरिकासामु आफ्ना सर्तहरू पठाएको छ ।”

“हाम्रा सर्तहरूमा सबै मोर्चामा युद्ध अन्त्य, हाम्रा रोकिएका कोषहरूको रिहाई र नौसेना नाकाबन्दी अन्त्य रहेका छन्,” उहाँले अल–जजिरासँगको अन्तर्वार्तामा भन्नुभयो ।इरानी अधिकारीहरूले भनेका छन्, “मध्यस्थकर्ता पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी आइतबार वार्ताका लागि तेहरान आउने कार्यक्रम रहेको छ ।”

यसैबीच, इरानको खातम अल–अनबिया केन्द्रीय सैन्य कमान्डले टेलिभिजनमा प्रसारित वक्तव्यमार्फत् आइतबार संयुक्त राज्य अमेरिकाविरुद्ध एक चेतावनी जारी गरेको छ ।“यदि अमेरिकाले इस्लामिक इरानसँग व्यवहार गर्दा गल्ती ग¥यो भने कुनै सीमा वा संयम बिना त्यस देशका मध्यपूर्व क्षेत्रका सबै आधार र हितहरू प्रभावकारी र पीडादायक हमलाको निरन्तर निशाना बन्नेछन् ।”

पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न, इलाम–बिर्तामोड जोड्ने वैकल्पिक सडक खुल्यो

इलाम,४ असोज । इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजारको लागतमा जडान गरिएको बेलिब्रिजको आज सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले उद्घाटन गर्नुभयो ।

बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । बेलिब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष २०८२/८३ मा नै तयार भइसकेको भए पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान गर्न ढिलो भएको हो । प्राविधिक टोली भारतबाट नै आएर बेलीब्रिज जडानको काम गरेको थियो ।

बेलिब्रिज जडानपछि यहाँका बासिन्दा खुसी भएका छन् । बेलिब्रिज जडान भएपछि सो सडक मेची राजमार्गको वैकल्पिक सडक बनेको इलाम नगरपालिका–११ का तिलक श्रेष्ठले बताउनुभयो । सो स्थानमा आव २०८१/८२ मा सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो । बेलिब्रिज बगाएपछि घाम लागेको समयमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालन गरिदैँ आएको थियो ।

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गको विकल्प खुलेको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ ।

सहकारीमा देखिएका विकृति हटाउन नयाँ नीति र कानुन आवश्यक छ – झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले सहकारी क्षेत्रका समस्या समाधान गर्न संविधानको मर्म र भावनाअनुसार नीति तथा कानुनमा सुधार गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘सहकारीमा ठगीको जालो’ को विमोचन कार्यक्रममा बोल्दै खनालले सहकारी क्षेत्र भ्रष्टाचार, ठगी तथा विकृति–विसंगतिका कारण प्रभावित बनेको बताए ।

उनले भने, ‘सहकारी सम्बन्धी विषयलाई ठोस रूपले नयाँ उचाइमा उठाउनका लागि यसका ऐनहरू पनि संशोधन गर्नुपर्नेछ । नीति र कानुन पनि बनाउनुपर्ने छ । यि दुई वटै विषयहरु एउटा नयाँ धरातलमा नपुर्याइ सहकारीलाई बलियो बनाउन सक्दैनौँ ।’

‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ ।आइतबार राजधानीका विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । हलमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको चलचित्रले तेस्रो दिन पनि दर्शक तान्न सफल भएको छ । हलमा चलचित्र हेरेर निस्किएका दर्शकले कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन् ।

रास्वपाले टुंग्यायो विभिन्न आयोग–विभागको जिम्मेवारी,ज्ञानेन्द्र मल्ललाई युवा–खेलकुद विभागको उपप्रमुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न आयोग तथा विभागमा पदाधिकारी र सदस्य नियुक्त गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगसहित युवा, खेलकुद तथा सशक्तीकरण विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागमा पदाधिकारी तथा सदस्य मनोनयन गरेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुङ्खे र अधिवक्ता श्वेता कुमारी नियुक्त भएका छन्।

त्यसैगरी ज्ञानेन्द्र मल्ललाई युवा, खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ।अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजंग कार्की नियुक्त भएका छन्।

यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको प्रवक्ता खरेलले

गाडी अनियन्त्रित भई दु र्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

पाल्पा, ४ असोज : यहाँको तानसेन नगरपालिका-८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ ।पूर्वखोला गाउँपालिका-४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिनुभयो ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे१ज ९७६ नम्बरको फोर्स गाडी आज मिति २०८३ असोज ४ गते आइतबार दिउँसो दुर्घटना हुँदा खाम्चा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा चालकसहित पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार पूर्वखोला गाउँपालिका-१ का २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका-४ घर भई हाल तानसेन नगरपालिका-४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उहाँकी सात वर्षीया छोरी साहिरस सारु र मृतक अनुसरा खाम्चाकी पाँच वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् ।

घाइते पाँचै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

भोटेकोशी विपद्को बहुआयामिक विषय महासभामा उठाउन रास्वपाको निर्देशन

काठमाडौँ, ४ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुनजाने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई अन्तरराष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी गर्न निर्देशन दिएको हो ।

बैठकले पार्टीको मधेस प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा सहमहामन्त्री हरि ढकालबाट विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् आवश्यक रणनीतिक कदम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताहरू हरिचन्द्र भट्टराई सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तोष बिसुखे र श्वेता कुमारीलाई मनोनयन गरेको छ ।

ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजङ्ग कार्कीलाई नियुक्त गरिएको छ । सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैठकमा नव-मनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

बैठकले भोटेकोशी विपद्का कारण स्थगित पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो । “यसअन्तर्गत ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रम अब अविलम्ब अघि बढाइनेछन्”, उहाँले भन्नुभयो ।

बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराउनुभएको थियो ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यले खोजी, उद्धार, राहत वितरण तथा पुनःस्थापना र पुनर्निर्माणका बहुआयामिक पक्षबारे पार्टीलाई जानकारी गराउनुभएको थियो ।

बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेनाका अनुसार आइतबार साँझ ६ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार २२० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।

माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । टनेलमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

त्रिशूली–३ए आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।

यस्तै, त्रिशूली–३बी आयोजनाको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाएको छ । उक्त क्षेत्रमा खोजी कार्य जारी छ ।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत प्रभावित क्षेत्रमा नेपाली सेनाले बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ । साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनका साथै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी भइरहेको छ ।

नेपाली सेनाका ड्रोनमार्फत हालसम्म नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा गरी ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत नेपाली सेनाले सहयोग गरिरहेको छ ।

भोटेकोशी बाढी : २८१ जनाको शव सुरक्षित रुपमा गोकर्णेश्वरमा व्यवस्थापन

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।

उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो। ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेपछि सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।

प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमूना सङ्कलन गरी शवलाई सुरक्षितरुपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए।

शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ।

बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डीएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको हो। पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

काठमाडाैँ। चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी वाहक रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि चारवटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ।

प्रक्षेपण गरिएका उपग्रहहरू पाइसाट–२ शृङ्खलाका १३ देखि १६ नम्बरका उपग्रह हुन्। यी सबै उपग्रहमा कृत्रिम एपर्चर राडार प्रविधि प्रयोग गरिएको छ। उक्त प्रविधिले पृथ्वीको सतहको तस्बिर तथा अन्य दूरसंवेदी तथ्याङ्क संकलन गर्न महत्वपूर्ण भूमिका खेल्छ।

यी उपग्रहहरू बेइजिङस्थित निजी उपग्रह निर्माण कम्पनी ग्यालेक्सी स्पेसले विकास गरेको हो। कम्पनीले विकास गरेका उपग्रहमा उच्च स्पष्टताका साथ पृथ्वीको सतह अवलोकन गर्न सक्ने उपकरणहरू जडान गरिएको बताइएको छ।

उपग्रहका प्रमुख डिजाइनर तुआन स्याओका अनुसार नयाँ उपग्रहहरूमा उच्च स्पष्टताका उपकरणसँगै बुद्धिमान प्रशोधन प्रणाली पनि राखिएको छ। यसका कारण उपग्रहले अन्तरिक्षमै संकलन गरेको दूरसंवेदी तथ्याङ्कलाई वास्तविक समयमा प्रशोधन गर्न सक्नेछ।

सामान्यतया उपग्रहले पृथ्वीबाट तथ्याङ्क संकलन गरेपछि त्यसलाई प्रशोधनका लागि पृथ्वीमा पठाउने गर्छ। तर नयाँ प्रविधिका कारण यी उपग्रहले केही तथ्याङ्कलाई अन्तरिक्षमै प्रशोधन गर्न सक्ने भएकाले आवश्यक सूचना प्राप्त गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिने बताइएको छ।

कृत्रिम एपर्चर राडार प्रविधिको अर्को महत्वपूर्ण विशेषता भनेको यसले प्रकाशको उपलब्धतामा मात्र निर्भर रहनु नपर्ने क्षमता हो। यस्तो प्रविधिबाट रातको समयमा तथा बादल लागेको अवस्थामा समेत पृथ्वीको सतहसम्बन्धी सूचना संकलन गर्न सकिन्छ। यसले भू–अवलोकन, प्राकृतिक स्रोतको निगरानी, विपद् व्यवस्थापन तथा अन्य दूरसंवेदी कार्यमा उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रक्षेपणका लागि प्रयोग गरिएको लङ मार्च–२डी दुई चरणको तरल इन्धनयुक्त वाहक रकेट हो। यस रकेटले ७०० किलोमिटर उचाइको सूर्यसमकालिक कक्षमा करिब १.३ टनसम्मको भार पुर्‍याउन सक्ने क्षमता राख्छ।

शनिबारको यो प्रक्षेपणसँगै चीनको लङ मार्च वाहक रकेट शृङ्खलाको कुल उडान संख्या ६६८ पुगेको छ। लङ मार्च रकेट शृङ्खला चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका उपग्रह तथा अन्य अन्तरिक्ष उपकरणलाई कक्षमा पुर्‍याउन प्रयोग हुँदै आएको छ।

नयाँ उपग्रहहरूबाट प्राप्त हुने उच्च गुणस्तरको तथ्याङ्क र अन्तरिक्षमै तथ्याङ्क प्रशोधन गर्ने क्षमताले भविष्यमा चीनको स्मार्ट अन्तरिक्ष पूर्वाधार विकासमा सहयोग पुग्ने सम्बन्धित अधिकारीहरूले बताएका छन्।

विशेषगरी पृथ्वीको सतहको निरन्तर निगरानी, प्राकृतिक स्रोतको अध्ययन, वातावरणीय परिवर्तनको अवलोकन तथा विपद्का समयमा आवश्यक सूचना उपलब्ध गराउने क्षेत्रमा यस्ता उपग्रहको प्रयोग विस्तार हुन सक्ने अपेक्षा गरिएको छ।

शैक्षिक विकासका लागि प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच सहकार्य

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि प्रभावकारी समन्वय र सहकार्य गरिने भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्टबिच प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा आज छलफल भएको हो।

भेटघाटका क्रममा प्रदेश सरकार र विश्वविद्यालयबीच आपसी सहकार्य, समन्वय तथा सहयोगका विविध विषयमा छलफल भएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नविन बमले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा विश्वविद्यालयको भूमिकालाई थप प्रभावकारी बनाउने, प्रदेश सरकार र विश्वविद्यालयबीच शैक्षिक, प्रशासनिक तथा संस्थागत सहयोग आदानप्रदान गर्ने तथा प्रदेशको समग्र विकासमा विश्वविद्यालयको ज्ञान, जनशक्ति र अनुसन्धान क्षमतालाई उपयोग गर्ने विषयमा छलफल भएको सुचना अधिकारी बमले बताए।

“प्रदेश सरकार र विश्वविद्यालयबीच विद्यमान सम्बन्धलाई थप सुदृढ गर्दै शिक्षा, अनुसन्धान, मानव संसाधन विकास तथा अन्य साझा क्षेत्रमा सहकार्यका सम्भावनालाई विस्तार गरिनेछ”, उनले भने।

भक्तपुरमा अपराधसम्बन्धी १७९ घटनाका मुद्दा दर्ता

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ। परिसरले आइतबार एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

एक महिनाको अवधिमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबर्जस्ती करणी पाँच, लागुऔषधका तीन र हातहतियार खरखजनातर्फ एक गरी कुल १० वटा मुद्दा दर्ता भई कारबाहीका लागि गएको उनले जानकारी दिए।

आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकामा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको र १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिए।

त्यसैगरी, अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादी पक्राउ गरिएको र कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको जानकारी दिए।यस क्रममा एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुली गरिएको जानकारी दिए।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटनामध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, दुई हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरेको उनले जानकारी दिए।

प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुका साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए।

परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् ।

महासभाका क्रममा उनले विभिन्न देशका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नुका साथै नेपालका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

भोटेकोशी बाढीः जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना सङ्कलन गरिएको छ ।जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डिएनए परीक्षणको नमुना सङ्कलनगरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहकार्यमा पातारासी र गुठीचौरका प्राप्त आफन्तको रगतको नमुनामध्ये ३९ वटाको डिएनए परीक्षण भइसकेको छ । बाँकीको नमुना सङ्कलन काठमाडौँमा भएको जानकारीमा आएको उनले बताउ । नमुनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीमा परेर जिल्लाका ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।

औषधिको आपूर्ति व्यवस्थापनका लागि ‘रियल टाइम मनिटरिङ’ प्रणाली आवश्यक : डा. तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन् ।नेपाल औषधि थोक व्यवसायी संघको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्कीले उत्पादकदेखि बिरामीसम्म औषधि समयमै, गुणस्तरीय र सुलभ मूल्यमा पुग्ने गरी आपूर्ति प्रणाली विकास गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘अब म्यानुफ्याक्चरदेखि उत्पादक र उपभोक्तासम्म एवम बिरामीसम्म कसरी पु¥याउने त ? उत्पादन, भण्डारण, बजारीकरणको कुरा आउँछ । बजारीकरण गर्दा सप्लाई चेनको कुरा आउला अनि कोल्ड चेन मेन्टेनेन्सको पनि कुरा आउँछ । त्यस्तै रेगुलेसन र असेस्मेन्टको कुरा पनि छ । एकचोटि मात्र असेस् गरेर हुँदैन । त्यो औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर छ कि छैन, रिपिटेड्ली, रेगुलर रि–असेस् गरिराख्नुपर्ने हुन्छ । जनतालाई, आम नागरिकलाई बुझाउन जरुरी छ ।’

उनले औषधिको आपूर्ति शृंखलामा उत्पादन, भण्डारण, बजारीकरण, कोल्ड चेन, नियमन र नियमित गुणस्तर परीक्षणलगायतका पक्षलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर कायम छ कि छैन भन्ने विषयमा नियमित पुनःमूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।

कार्कीले औषधि थोक व्यवसायीको भूमिका उत्पादकबाट खुद्रा बिक्रेतासम्म औषधि पुर्याउनेमा मात्र सीमित हुन नहुने बताइन् । बजारमा कुन औषधिको माग बढी छ, कुन औषधिको अभाव छ र कहाँ कुन औषधि मौज्दातमा छ भन्ने जानकारी उत्पादक तथा राज्यका सम्बन्धित निकायसम्म पुर्याउने भूमिका पनि थोक व्यवसायीले निर्वाह गर्नुपर्ने उनले बताइन् ।

कार्कीले एकातिर फार्मेसी तथा अस्पतालमा औषधि लामो समयसम्म मौज्दात रहने र म्याद सकिन लाग्ने अवस्था रहेको तथा अर्कोतर्फ आवश्यक औषधि नपाएर बिरामीले विभिन्न ठाउँमा भौँतारिनुपर्ने अवस्था रहेको बताइन् ।

यस्तो समस्या समाधानका लागि औषधिको माग र मौज्दातबारे समन्वय गर्ने प्रभावकारी प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।

उनले औषधि आपूर्तिमा ‘डिमान्ड बेस्ड सप्लाई’ प्रणाली लागू गर्नुपर्नेमा जोड दिइन् । खुद्रा बिक्रेताले आवश्यकताभन्दा बढी औषधि लिनुपर्ने अवस्था हुँदा अनावश्यक मौज्दात बढ्ने र म्याद सकिने जोखिम हुने भन्दै मागका आधारमा आपूर्ति गर्नुपर्ने उनले बताइन् ।

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ ।

आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

स्त्रीरोग उपचारमा रोबोटिक शल्यक्रियासहित आधुनिक प्रविधिबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं– नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (एनएसजीई) ले इन्टरनेशनल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी (आईएसजीई) को सहकार्यमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। शनिबार काठमाडौंमा आयोजित सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि, न्यूनतम चिरफारमा आधारित शल्यक्रिया तथा रोबोटिक शल्यक्रियाबारे विशेषज्ञबीच छलफल र अनुभव आदानप्रदान गरिएको हो।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री प्रा. डा. सुधा शर्माले पछिल्लो समय चिकित्सा क्षेत्रमा सुपर स्पेसियालिटी र सब स्पेसियालिटीको भूमिका बढ्दै गएको बताइन्। नेपालको स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि पनि यस्ता विशेषज्ञता आवश्यक रहेको उनको भनाइ थियो।

उनले गुणस्तरीय क्लिनिकल केयरलाई प्राथमिकता दिँदै स्वास्थ्य सेवाको वर्तमान अवस्थालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन्। बदलिँदो चिकित्सा प्रविधिसँगै चिकित्सक तथा स्वास्थ्य संस्थाले आफ्नो क्षमता र विशेषज्ञता विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।

सोसाइटीका अध्यक्ष प्रा. डा. गणेश दङ्गालले सम्मेलनका क्रममा पहिलोपटक रोबोटिक शल्यक्रियाको प्रदर्शन तथा तालिम गरिएको जानकारी दिए। उनका अनुसार नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय स्त्रीरोगसम्बन्धी सम्मेलनमा रोबोट सहायता प्राप्त शल्यक्रियासम्बन्धी तालिम आधिकारिक रूपमा प्रदर्शन गरिएको यो पहिलो अवसर हो।

मुख्य सम्मेलनअघि चिकित्सकहरूका लागि विभिन्न प्रि–कंग्रेस कार्यशाला समेत सञ्चालन गरिएको थियो। सेप्टेम्बर १६ मा चितवन मेडिकल कलेजमा रोबोटिक शल्यक्रियासम्बन्धी कार्यशाला आयोजना गरिएको थियो।

त्यस्तै, सेप्टेम्बर १७ र १८ मा काठमाडौं मोडल अस्पतालमा अडभान्स हिस्टेरोस्कोपी र अडभान्स ल्याप्रोस्कोपीसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। सेप्टेम्बर १८ मा सोही अस्पतालमा भीएनओटीईएस (V-NOTES) अर्थात् भ्याजाइनल नेचुरल ओरिफिस ट्रान्सलुमिनल इन्डोस्कोपिक सर्जरीसम्बन्धी कार्यशाला पनि आयोजना गरिएको आयोजकले जनाएको छ।

शनिबार भएको मुख्य सम्मेलनमा नेपालका विभिन्न स्थानबाट ३०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। त्यसैगरी करिब १०० जना अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सक प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सम्मेलनमा सहभागी भएको आयोजकले जनाएको छ।

सम्मेलनमा स्त्रीरोग उपचारमा प्रयोग भइरहेका न्यूनतम चिरफारमा आधारित शल्यक्रियाका पछिल्ला प्रविधि, रोबोटिक शल्यक्रिया, ल्याप्रोस्कोपी, हिस्टेरोस्कोपी तथा अन्य आधुनिक उपचार विधिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए।

चिकित्सकहरूबीच नयाँ प्रविधिको प्रयोग, उपचारका अनुभव तथा ज्ञान आदानप्रदानसँगै नेपालमा आधुनिक स्त्रीरोग उपचारलाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको आयोजकले जनाएको छ।

भोटेकोशी बाढीमा श्रीमान बेपत्ता भएपछि २५ दिनदेखि श्रीमतीको पर्खाइ

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएपछि जनकपुरकी पूजा शाह २५ दिनदेखि पर्खाइमा छिन्।

उनका श्रीमान् ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंह रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए। बाढी आएपछि उनी बेपत्ता भएको पूजाले बताएकी छन्।

पूजाले श्रीमान्सँगको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भगवानसँग श्रीमान्लाई सकुशल फर्काइदिन भावुक आग्रह गरेकी छन्।

‘भगवान, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ? यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २४ दिनदेखि बेपत्ता छन्,’ उनले लेखेकी छन्।

उनले श्रीमान्को खोजीमा बितेका हरेक पल निकै पीडादायी भएको बताउँदै आफूलाई अनिश्चितताले झनै कमजोर बनाइरहेको उल्लेख गरेकी छन्।

‘हे भगवान, मसँग केही माग छैन, केही चाहिएको छैन—मलाई मेरो मान्छे मात्र फर्काइदेऊ। जहाँ छन्, जसरी छन्, सुरक्षित राखेर मेरो अगाडि ल्याइदेऊ,’ पूजाले लेखेकी छन्।

छोरीलाई बाबाको आवश्यकता रहेको उल्लेख गर्दै उनले आफ्नो ‘सानो संसार’ फेरि पूरा गरिदिन भगवानसँग प्रार्थना गरेकी छन्।

‘मेरो छोरीलाई उसको बाबा चाहिएको छ, मलाई मेरो बुढो चाहिएको छ। हाम्रो सानो संसार फेरि पूरा गरिदेऊ,’ उनले भनेकी छन्।

लामो समयदेखि श्रीमान्को अवस्थाबारे कुनै जानकारी नपाउँदा आफू निकै कठिन मानसिक अवस्थामा रहेको बताउँदै उनले छोरीलाई हेरेर आफूलाई सम्हालिरहेको उल्लेख गरेकी छन्।

‘मेरो यो अन्तिम आशा नतोडिदेऊ। मलाई कमजोर नबनाऊ, मेरो बुढोलाई सकुशल फर्काइदेऊ,’ उनले लेखेकी छन्।

उनले जहाँ भए पनि श्रीमान्लाई सकुशल फर्काइदिन र छोरीलाई बाबाको काखमा फर्काइदिन भावुक अपिल गरेकी छन्।

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

झापा । झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।शनिबार साँझ राजगढबाट झापा बजारतर्फ आइरहेको मोटरसाइकल सडक किनारमा राखिएको गोरुगाडामा ठोक्किँदा भारतको किशनगञ्ज, सिङ्घिमारी कर्हबरीका २४ वर्षीय रविकुमार यमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन आवाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका थिए । छातीमा गम्भीर चोट लागेका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।गत बिहीबार झापा गाउँपालिका–३ मा भएको मोटरसाइकल दुर्घटनामा पनि एक जना भारतीय युवकको मृत्यु भएको थियो ।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

कास्की। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्ने बताउनुभएको छ ।लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

“सरकारले अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्छ । सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिनसक्छ । निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैँ तयार छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

चालु आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उहाँले उल्लेख गर्नुभयो । संविधान संशोधनका सन्दर्भमा महासङ्घले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कृषियोग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भूउपयोग नीति तत्काल आवश्यक रहेको उहाँले बताउनुभयो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले नेपालमा लघुउद्यम तथा व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै साना, मझौला र ठूला उद्योगलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासङ्घजस्ता संस्थालाई संस्थागत महत्व दिनुपर्ने भन्दै निजी क्षेत्रका माग सुनुवाइका लागि महासङ्घले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी–व्यवसायी सङ्कटमा रहेका बेला महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेर लगानीमैत्री वातावरण निर्माण, ऋण तथा निजी लगानीका समस्या समाधानका गर्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले हालैको भोटेकोशी नदीको बाढीले अर्थतन्त्रमा थप असर गरेको उल्लेख गर्नुभयो । सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले विगत एक वर्षका अवधिमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सीपमूलक तथा रोजगारी सृजना गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

साधारणसभाका अवसरमा सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा’ पुरस्कार यात्री मिडिया नेटवर्क प्रालिका प्रधानसम्पादक टीकाराम यात्रीलाई प्रदान गरियो । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै पोखरा रत्न सम्मानबाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभा गौतमलगायतले देशको समृद्धिका निजी क्षेत्रको विकास र विस्तारमा रहेकाले राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बाढीपहिरोले पदमार्ग प्रभावित, हेलिकप्टरबाट धवलागिरि आधार शिविर पुगे आरोही

म्याग्दी। चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्। धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ।

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए।

“आरोहण टोली हेलिकप्टरबाट सिधै आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरी तयारी थालेका छन्”, उनले भने, “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्गमा बाढी पहिरोले क्षति पुर्‍याएकाले पर्वतारोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन्।”

विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान साफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ। आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लाआरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी। चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्। धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ।

‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका जानकारी दिए।

“आरोहण टोली हेलिकप्टरबाट सिधै आधार शिविरमा पुगेर शनिबार धार्मिक विधिअनुसार पूजाआजा गरी तयारी थालेका छन्”, उनले भने, “म्याग्दीको बगर गाउँतर्फबाट आधार शिविर जाने चक्रीय धवलागिरि पदमार्गमा बाढी पहिरोले क्षति पुर्‍याएकाले पर्वतारोहण टोलीले मार्फातर्फको पदमार्ग र हेलिकप्टर प्रयोग गरेका हुन्।”

विपद् नहोस्, दुर्घटनाको सामना गर्नु नपरी आरोहण अभियान साफताको कामना गर्दै आधार शिविरमा शेर्पाहरूले धार्मिक विधिअनुसार पूजाआजा गर्ने चलन छ। आधार शिविर पुगेर फर्किएका शेरचनका अनुसार बन्दोबस्तीका सामान ढुवानीका लागि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन्।

थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताए। आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन्। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ।

चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चार वटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ।

गत वसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ। छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेको थियो। गि खच्चड र हेलिकप्टरको प्रयोग गरेका छन्।

थप टोली पनि आधार शिविर जाने तयारीमा रहेको शेरचनले बताए। आधार शिविरमा केही दिन अनुकूल मौसमको प्रतीक्षा र तयारी गरेपछि पर्वतारोहीहरूको टोली ‘रोप फिक्सिङ’ र शिविर सार्दै चुचुरोतर्फ लाग्नेछन्। शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरूको सहयोगमा आरोहीहरू चुचुरोमा पुग्ने गर्छन्। आरोहण टोलीहरू पुग्न थालेपछि आधार शिविरमा चहलपहल सुरु भएको छ।

चालु वसन्तयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट शुक्रबारसम्म चार वटा समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर (आरोहण) शुल्क प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीद्वारा जारी सूचनामा उल्लेख छ।

गत वसन्तयाममा तीन वटा समूहका १२ महिला र १६ पुरुष तथा २०८२ सालको शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका विभागको अभिलेखमा छ। छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो। अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ।

सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेको थियो।

परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेकाे छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नेछन् ।

छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प

हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठुला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

पहिरोका कारण कोरिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटोमै रोकिएका छन्, सडकमा ठुला ठुला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ । जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताउनुभयो । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बिच बाटोमै रोकिनुपरेको बताए ।

“उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए । उनका अनुसार सडकमा ठुला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताए ।

करिब १०० मिटर सडक क्षेत्रमा ठुला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली कोरिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली कोरिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । कोरिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक १४ हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको हो ।

तर, आन्तरिक र सार्क राष्ट्रको पर्यटक सङ्ख्या घट्दो रहेपछि अन्य राष्ट्रको पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाइएको छ । अघिल्लो साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौमा भने थप १५५ जना वृद्धि हुँदै ३४८ जना अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।

मुस्ताङमा चालु वर्षको साउन र भदौमा गरी ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौमा आन्तरिक ४७ हजार १५८, सार्क ४६ हजार ७१३ र अन्य राष्ट्रका ४४१ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढी घटनाका कारण सबै नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने उल्लेख गरे । गत आव २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौको तुलनामा चालु वर्षको साउन र भदौमा पर्यटकका सङ्ख्या वृद्धि भएको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन घटेको तथ्याङ्क छ ।

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो ।

द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् रु तीन अर्ब ६४ करोडभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यातबाट रु एक अर्ब ४४ करोड ९९ लाख आम्दानी भएको छ ।

भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत् निर्यात रोकिएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

नुवाकोट । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा ५० हजार ४६७ जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबाँस गर्दै आएका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरिसकेको उनले जानकारी दिइन्।

“सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनमा ल्याएका छौँ”, डा कार्कीले भनिन्, “हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।”

बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठुलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । बाढी प्रभावित तथा विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’मा राखिएको अवस्थामा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले हैजाजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सोही कारण जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आपत्कालीन रूपमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ ।

हैजाको सङ्क्रमण हुँदा कडा किसिमको जलवियोजन (डि–हाइड्रेसन) भएर ज्यानसमेत जान सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा सरकारले विशेष अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । उक्त खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निःशुल्क उपलब्ध गराइएको छ ।

जनस्वास्थ्य कार्यालयले अभियानलाई लक्ष्यअनुसार प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । कडा किसिमको झाडापखाला हैजामा परिणत हुनसक्ने भएकाले झाडापखालालगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन जनस्वास्थ्य प्रशासक डा कार्कीले आग्रह गरिन् ।

हैजाको जोखिम उच्च रहेको विदुरवासी ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । हालसम्म नगरपालिकाभित्र ४० हजार २९१ जनाले खोप लगाएको तथ्याङ्क रहेको स्वास्थ्य शाखाले जनाएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकैको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन आग्रह गरे ।

“खोप कार्यक्रम सातै दिन सञ्चालन भइरहेको छ । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका साथै बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा समेत खोप उपलब्ध गराइएको छ”, उनले भने, “जोखिमलाई ध्यानमा राखेर लक्षित सबै नागरिकले खोप सेवन गर्नु अहिलेका लागि अत्यावश्यक रहेको छ ।”

गत भदौ १० को बाढीपश्चात् माहामारीजन्य रोगको सङ्क्रमण हुन र फैलन नदिन स्वास्थ्यकर्मीले खोप लगाएसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन् ।

प्यालेस्टिनी प्रतिनिधिमण्डलको भिसा अस्वीकार फिर्ता लिन ईयूको अमेरिकासँग आग्रह

काठमाडौँ । वासिङटनले दोस्रो वर्ष पनि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन चाहने प्यालेस्टिनी अधिकारीहरूलाई भिसा अस्वीकार गरेको निर्णयप्रति खेद व्यक्त गर्दै पुनर्विचार गर्न युरोपेली सङ्घले शनिबार आग्रह गरेको छ ।

अमेरिकी विदेश विभागले यस हप्ता न्यूयोर्कमा अर्को हप्ता हुने बैठकअघि प्यालेस्टिनी नेता महमूद अब्बास र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरूलाई भिसा नदिने बताएको थियो ।

“हामी प्यालेस्टिनी प्रतिनिधिमण्डलका सदस्यहरूलाई लगातार दोस्रो वर्ष प्रवेश भिसा अस्वीकार गर्ने निर्णयप्रति खेद व्यक्त गर्दछौँ,” ईयूको कूटनीतिक सेवाका प्रवक्ता अनोवार एल अनौनीले भने ।

“संयुक्त राष्ट्रसङ्घसँग रहेका विद्यमान मुख्यालय सम्झौताहरू र आयोजक राष्ट्रको रूपमा रहेका दायित्वहरूका आधारमा हामी संयुक्त राज्य अमेरिकालाई यो निर्णय पुनर्विचार गर्न आग्रह गर्दछौँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत वर्ष पनि प्यालेस्टिनी प्रतिनिधिमण्डललाई भिसा अस्वीकार गरेको थियो, जसका कारण संयुक्त राष्ट्रसङ्घको महासभाका नियमित सहभागी अब्बासले भिडियोमार्फत सम्बोधन गर्न बाध्य हुनुपरेको थियो ।

महासभाले बिहीबार १५२–३ मतले अब्बासलाई यस वर्ष फेरि भर्चुअली उपस्थित हुन अनुमति दिएको थियो ।

हालको अवस्थामा, मङ्गलबारदेखि सुरु हुने बैठकमा प्यालेस्टिनी नियोगका सदस्यहरू मात्र सहभागी हुन सक्नेछन् ।

शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेर्रेसले पनि वासिङटनको निर्णयप्रति खेद व्यक्त गर्दै यसले ‘प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसङ्घको काममा पूर्ण रूपमा सहभागी हुने क्षमतामा पार्ने प्रभाव’ प्रति चिन्ता व्यक्त गरे ।

संयुक्त राज्य अमेरिका र इजरायलले प्यालेस्टिनी प्राधिकरणले कैद वा मारिएका प्यालेस्टिनीहरूका परिवारलाई (इजरायलीहरूविरुद्ध आक्रमण गर्नेहरूसमेत) ऐतिहासिक रूपमा भुक्तानी दिँदै आएकोमा आपत्ति जनाएका छन् ।

प्यालेस्टिनी प्राधिकरणले हालै यो प्रणाली सुधार गरेर राजनीतिक आबद्धता वा कैदीको अवस्थाको सट्टा आवश्यकताका आधारमा परिवारहरूलाई कल्याणकारी भुक्तानी बाँड्ने व्यवस्था गरेको छ ।

विदेश विभागले वासिङटनले ‘इजरायली–प्यालेस्टिनी द्वन्द्वलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यहरूमा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मार्फत एकपक्षीय मान्यता खोजेर वार्ता छल्ने प्रयास” लाई पनि विरोध गरेको बताएको छ ।

उनीहरूमाथि ‘आतङ्कवादीहरूलाई भत्ता दिइरहनु र सार्वजनिक घोषणा तथा विद्यालयका पाठ्यपुस्तकहरूमा आतङ्कवाद र आतङ्कवादीहरूको महिमामण्डन गरेको’ आरोप लगाइएको छ ।

अमेरिका गत वर्ष संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने १४२ सदस्य राष्ट्रहरूसँग मतभेदमा छ ।

अब्बासलाई अमेरिकी प्रवेश भिसा अस्वीकार गर्ने निर्णय वेस्ट बैङ्कमा इजरायली बस्तीवासीहरूद्वारा प्यालेस्टिनीहरूविरुद्ध हिंसा बढेको हालका महिनाहरूमा आएको हो ।

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

पर्सा । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।

भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ ।

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम । सिरहाको छुट्टाछुटै स्थानमा शिनबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सिरहाको सिरहा नगरपालिका १९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका–३ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मोटर चलाएर खेतमा पानी लगाउन क्रममा शनिबार दिउँसो करेन्ट लागेर सिरहा नगरपालिका–१९ निवासी ३५ वर्षीय सञ्जिव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । मृतक यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको नरहा गाउँपालिका– ३ रोजी मेडिकल नजिकै ना४ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ५० वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पालले बताए ।

सोही ट्रकको ठक्करबाट स्थानीय ४५ वर्षीय राजातुल अन्सारी घाइते भएको र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १३ पैसा र बिक्रीदर ५०० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ११ पैसा बिक्रीदर ४०७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् ।

लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।

गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केशीका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

वरिष्ठ पशुचिकित्सक डा केसीले भदौ ३१ गते च्याङ्ग्रा १५५, असोज १ गते च्याङ्ग्रा ११८, भेडा ४६ र असोज २ गते च्याङ्ग्रा १०० वटा कोरला नाकाबाट नेपाल भित्रिएको जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडाच्याङ्ग्रा नेपाल भित्र्याएका पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीको भनाइ छ ।

पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थल र कोरला नाकामा दुई वटा पशु क्वारेन्टाइन रहेको उनले बताए । क्वारेन्टाइन ऐनअनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालयअन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण सात दिनअगावै पूर्वजानकारी गराइनुपर्ने प्रावधान रहेको छ । सोही नियमअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले कोरला नाका हुँदै तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल ल्याउन सुरु गरेका वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ ।

कोरला नाकाबाट पूर्वजानकारी गरी नेपाल भित्र्याइएका भेडाच्याङ्ग्राको पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणको कागजातका आधारमा पशु चेकपोस्टद्वारा स्वीकृति प्रदान गरेको हो । सीमावर्ती भेडाच्याङ्ग्रा व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्याङ्ग्राको खोप लगाउने काम भएको वरिष्ठ पशु चिकित्सक डा केसीको भनाइ छ ।

चीनबाट नेपाल भित्रिएका भेडाच्याङ्ग्रा अहिले लोमान्थाङस्थित न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडाच्याङ्ग्रा बथानसँग नमिसाउने गरी बेग्लै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायालाई क्वारेन्टाइन ऐनअनुसार सात दिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने र सोको अनुुमगन क्वारेन्टाइन चेक पोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्ने वरिष्ठ पशुचिकित्सक डा केसीले उल्लेख गरे ।

बर्सेनि दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा हिमाली भेडाच्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडाच्याङ्ग्रा बजार पुर्‍याइने गरिन्छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रापालन गर्ने गरेका छन् । यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेपछि लागि भेडाच्याङ्ग्रा केही कम मूल्य पर्न क्ने अपेक्षा गरिएको छ ।

यसैगरी, नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनको नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा गणेश केसीले जानकारी दिए ।

युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति

वासिङटन । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनलाई २.६८ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीको सम्भावित स्वीकृति दिएको छ ।यसअघि किएभले रूसी आक्रमणहरू रोक्नका लागि बारम्बार सहयोगको अपिल गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले कङ्ग्रेसलाई पठाएको सूचनामा भनेको छ, “मन्त्रालयले ‘युक्रेन सरकारलाई सम्भावित विदेशी सैन्य हतियार बिक्री स्वीकृत गर्ने निर्णय’ गरेको छ, जसमा हवाई प्रतिरक्षा विकासको स्तरवृद्धि तथा सम्बन्धित उपकरण र सेवाहरू समावेश छन्।“किएभले विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन विरोधी राडार र ट्रेलरसहितका उपकरण खरीद गर्न निवेदन दिएको छ,” विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित बिक्रीका लागि कङ्ग्रेसले समीक्षा गर्नेछ र सही लागेमा पारित गर्नेछ । “यदि खरिदका लागि भएको प्रस्ताव कङ्ग्रेसले अनुमोदन गरेमा युक्रेनले यसलाई युरोपेली योगदान र अघिल्लो प्रशासनको पालामा विनियोजन गरिएको अमेरिकी विदेशी सैन्य वित्तपोषणको संयोजनबाट वित्तपोषण गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही अगस्टमा भनेका थिए, “ट्रम्प प्रशासनले युरोपेली सहयोगीहरूलाई आफ्ना पूर्ववर्ती जो बाइडेनको प्रशासनअन्तर्गत युक्रेनलाई दिइएको अमेरिकी सहयोग फिर्ता गर्न आग्रह गर्नुहुनेछ ।”राष्ट्रपति ट्रम्पले लामो समयदेखि युरोपेलीहरूले युक्रेनप्रति पश्चिमी सहयोगको लागतको ठूलो भाग वहन गर्नुपर्ने माग गर्दै आएका छन् ।

विदेश मन्त्रालयले २.६८ अर्ब डलर लागत अनुमान गरेको शुक्रबारको यो प्रस्ताव राष्ट्रपति ट्रम्पले रूसलाई दबाब दिन नयाँ प्रतिबन्धहरू स्वीकृत गर्ने विधेयकमा हस्ताक्षर गरेको बेला आएको हो ।

युक्रेनको राजधानी किएभमा रूसी आक्रमणहरूमा तीव्र वृद्धि देखिएको छ, जसलाई गोलाबारुदको अभावका कारण यसको हवाई प्रतिरक्षाले रोक्न सङ्घर्ष गरिरहेको छ ।

विश्लेषकहरू भन्छन्, “मस्को युक्रेनी मनोबललाई कमजोर बनाउन र किएभका युरोपेली सहयोगीहरूलाई त्रसित पार्न खोजिरहेको छ । यतिवेला क्रेमलिनले हतियार उत्पादनबाट उसलाई लाभ भएको विश्वास गर्दछ।”वासिङटनको समय र गोलाबारुदको ठूलो भाग ओगटिरहेको मध्य पूर्वको युद्धले पनि द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता वार्तालाई बाधा पुर्‍याएको छ