`

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १० भदौ : हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

तीजले एकजुट हुन प्रेरणा दिन्छः अध्यक्ष दाहाल

काठमाडौँ, १० भदौः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

हिन्दू धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “तीज आआफ्ना माइतमा आमा बुवा, दिदीबहिनी, दाजुभाइ, साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, सुखदुःख साट्ने र पुराना सम्बन्ध पुनःताजगी गर्ने तीज महिलाको सांस्कृतिक पर्व हो ।”

पूर्वीय दर्शनमा तीज पर्वको महत्त्व र प्रारम्भको आफ्नै इतिहास छ । लक्ष्य प्राप्तिका लागि कठिन सङ्घर्ष, समर्पण र भक्तिभाव गर्न प्रेरित गर्ने तीज पर्व अहिले महिला स्वतन्त्रता, सहअस्तित्व र सशक्तीकरणका लागि प्रेरणा दिने पर्वका रुपमा मनाउन थालिएको छ ।

परम्पराका नाममा थोपरिएका अन्धविश्वास र कुसंस्कार छोडेर मौलिक पहिचानसहित तीज पर्वलाई मनाउन आवश्यक भएको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभएको छ, “तीज पर्वमा भित्रिनसक्ने आर्थिक, सामाजिक र सांस्कृतिक विकृतिहरूप्रति सचेत रहँदै लैङ्गिक विभेदमुक्त समतामूलक समाज निर्माणका लागि छलफल, बहस र पैरवी गर्ने पर्वका रूपमा तीज मनाउन म सबैमा अनुरोध गर्दछु ।”

तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छः उपसभामुख राना

काठमाडौँ, १० भदौः उपसभामुख इन्दिरा रानाले तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरितालिका तीजका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्दै उहाँले भन्नुभयो, “हरितालिका तीजले नेपाली महिलालाई सशक्तीकरणको दिशामा अघि बढ्न तथा समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सन्देश दिन्छ ।”

भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले यस दिनलाई उत्सवका रुपमा मनाउने चलन छ । सांस्कृतिक र धार्मिक पर्वका रुपमा हरितालिका तीजको नेपाली समाजमा महत्वपूर्ण स्थान छ । पर्वमा महिलाले भगवान् शिव–पार्वतीको पूजाआराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक पर्वले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १० भदौः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ १४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १७ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ २२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम होस् भन्ने कामना गर्नुभएको छ ।

यसपर्वमा नेपाली नारीले आफ्नो अटल सौभाग्य तथा समृद्धिका लागि भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहेको छ । परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र सामाजिक सहिष्णुता तथा ऐक्यबद्धताको प्रतिविम्बको रुपमा यस पर्वलाई मनाउँदै आएको पाइन्छ ।

परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति पौडेलको भनाइ छ । “महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्यायहरूको अन्त्यगरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

“शान्ति र प्रेरणाका रूपमा रहने समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्दछन् । आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई सम्मानजनक बनाई राख्नु अतिआवश्यक रहेको छ”, राष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ ।

राष्ट्रपति पौडेलले हरितालिका (तीज) पर्व, २०८२ ले सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागितालाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।

तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्नुपर्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, १० भदौः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्दै जानुपर्नेमा जोड दिनुभएको छ ।

हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई शुभकामना दिँदै उहाँले तीज मनाउने क्रममा हुने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जान आवश्यक रहेको बताउनुभयो ।

तीजमा दिदीबहिनी एकैठाउँमा जम्मा भएर भएर गीतमार्फत दुःख, वेदना पोख्ने परम्परा रहिआएकामा अहिले समसायिक विषयमासमेत महिलाहरुले गीतमार्फत खबरदारी र सकारात्मक सन्देश प्रवाह गर्ने गरेको उहाँको भनाइ छ ।

उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “तीजले साथीसङ्गी, परिवार एवं आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाज र राष्ट्रलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न मद्दत पु¥याउँछ, नेपाली मौलिक संस्कृति र सामाजिक परम्पराको सम्वद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचारयुक्त जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता हो ।”

उपाध्यक्ष घिमिरेले हरितालिका तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौँ, १० भदौः हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खुला पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी पाल्नुहुने भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका चार ढोका बिहान ३ः०० बजेदेखि नै चार ढोका खुला गरिने कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो ।

चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उहाँले बताउनुभयो ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लामको व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो लाम मित्रपार्क–जयबागेश्वरी–पाँचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाम पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिटेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

चौथो लाम तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ः०० बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा वनकाली, गौशाला, जयवागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो ।

बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

भियतनामी उपराष्ट्रपतिको भ्रमण, धार्मिक–सांस्कृतिक पर्यटनमा प्रचुर सम्भावनाको खोजी

काठमाडौँ, १० भदौः उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा आउनुभएका भियतनामका उपराष्ट्रपति भो थि आन सुआन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्कनुभएको छ ।

उपराष्ट्रपति सुआनले भ्रमणका दौराने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । साथै उहाँले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

नेपाल र भियतना दुवै मुलुकको सेतुका रुपमा बौद्ध धर्म रहेकाले अधिकांश द्विपक्षीय भेटवार्तामा धार्मिक–सांस्कृतिक पर्यटनका प्रचुर सम्भावनाबारेमा छलफल भएको थियो । दुवै मुलुकबीच सन् १९७५ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

राष्ट्रिय जनगणना २०७८ को जनगणनाअनुसार नेपालमा बौद्ध धर्मावलम्बीको सङ्ख्या २३ लाख ९३ हजार ५४९ छ । जुन कूल जनसङ्ख्या दुई करोड ९१ लख ६४ हजार ५७८ को आठ दशमलव दुई प्रतिशत हो । त्यस्तै भियतनाम सरकारको धार्मिक मामिलासम्बन्धी समितिको तथ्याङ्कअनुसार त्यहाँ करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेको उल्लेख छ । झण्डै १० करोड जनसङ्ख्या भएको भियतनामको कूल जनसङ्ख्याको यो लगभग १३ दशमलव तीन प्रतिशत हो ।

भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने सम्भावना रहेको बताउनुभएको थियो । साथै उहाँले विशेषतः बौद्ध धर्म दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुका रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुसीको विषय भएको उल्लेख गर्नुभएको थियो ।

त्यस्तै, उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देशबीच सहकार्य गर्न आवश्यक रहेको बताउँदै अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताउनुभएको थियो ।

उपराष्ट्रपति यादव र उहाँबीच भएको द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच दुवै मुलुकबीचको सम्बन्ध मित्रता, सद्भावना र सार्वभौमिकताको सम्मानमा आधारित रहेको र अन्तरराष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने सम्बन्धमा कुराकानी भएको थियो ।

दुवै उपराष्ट्रपतिबीच मन्त्रालयगत र विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति हुनुका साथै दुवै मुलुकबीच धार्मिक सांस्कृतिक पर्यटनको प्रचुर सम्भावनाका ढोका खोल्नेबारेमा छलफल भएको थियो । त्यसका लागि दुवै मुलुकबीच हवाई सम्बन्ध विस्तारका लागि आपसी छलफल गर्ने विषयमा कुराकानी भएको थियो ।

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन शनिबार नेपाल आउनुभएको थियो ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र उपराष्ट्रपति सुआनबीचको भेटवार्तामा उहाँहरुबीच दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन अनुभव आदानप्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको थियो । भेटमा दुई देशबीच सरकार–सरकार, व्यवसाय–व्यवसाय र जनता–जनताका साथै कूटनीतिक र सांस्कृतिक क्षेत्रका सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो ।

यसैगरी, उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरी दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्धधर्म दुवै देश र जनताको सम्बन्ध विस्तारको एक सबल कडी रहेकामा जोड दिनुभएको थियो । उहाँले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिक आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताउनुभएको थियो ।

मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभएको थियो ।

त्यसैगरी उपराष्ट्रपति सुुआनसँग नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको थियो । भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीहरुले उहाँसँग भेटगरी द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवद्र्धनका विषयमा छलफल गर्नुभएको थियो ।

चेम्बर अफ कमर्शले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधिजस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको थियो ।

उपराष्ट्रपति सुआनले भ्रमणको अन्तिम दिन सोमबार विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर र बौद्धनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो । सांस्कृतिक सम्पदाको धरोहर पाटन दरबार स्क्वायर र बौद्धधर्मको ऐतिहासिक महत्वको सम्पदा बौद्धनाथको अवलोकनले पनि यस भ्रमणले विशेष महत्व राखेको छ ।

कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल

काठमाडौँ, ९ भदौ: सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा आज बसेको बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको हो ।

कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बन्नुभएका रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त स्थानमा सभापति कसलाई बनाउने भन्नेबारे छलफल भएको पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । यस्तै, बैठकमा रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिकमा हुन लागेको उपनिर्वाचनबारे पनि छलफल भएको थियो ।

दुवै विषयलाई टुङ्ग्याउनका लागि भोलि बिहान पुनः बैठक बस्ने उपसभापति गुरुङले जानकारी दिनुभयो ।

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ९ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित हुने बताउनुभएको छ ।पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा गठित ‘विद्युत् व्यापार अध्ययन तथा सुझाव समिति’ ले बुझाएको प्रतिवेदन बुझ्दै आज उहाँले भन्नुभयो, “नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न सरकारी मात्र नभई निजी क्षेत्रलाई आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारमा समान अवसर दिनुपर्छ ।”

ऊर्जामन्त्री खड्काले विद्युत् निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागितामा प्रतिस्पर्धा, दक्षता र लगानी बढाइने बताउनुभयो । निजी क्षेत्रको सहभागिताले सरकारले लिएको २८ हजार ५०० मेगावाट उत्पादनको लक्ष्य हासिल गर्न टेवा पुग्ने उहाँको भनाइ छ । समितिले विद्युत् व्यापारलाई व्यवस्थित र दीर्घकालीन रणनीतिसँग जोड्न आन्तरिक तथा अन्तरदेशीय व्यापारमा छुट्टै कम्पनीमार्फत कार्य सञ्चालन गर्नुपर्ने, आवश्यक नीति तथा प्रचलित कानुन परिमार्जन गर्ने, प्रसारण पूर्वाधारको सुदृढीकरण र क्षेत्रीय बजार पहुँच सुनिश्चित गर्ने जस्ता विषयमा सुझाव दिएको छ ।

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरण, विज्ञ तथा स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) नेपालका प्रतिनिधिहरूले प्रतिवेदन तयार पारेर मन्त्री खड्कालाई बुझाएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघको सचिवमा कोपिला कुँवरको स्वतन्त्र उम्मेद्‍वारी घोषणा

धनगढी। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी यही भदौ २८ गते निर्वाचन हुँदै छ। निर्वाचनका लागि दिनहुँ चुनावी माहोल तात्न थालेको छ।संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा र पूर्वमहासचिव रुपेस स्वाँर नेतृत्वका लागि टिमसहित चुनावी प्रतिस्पर्धामा देखिएका छन्।

यहीबीच केही व्यवसायी असन्तुष्ट पनि देखिएका छन्। त्यस्ता व्यक्तिहरूले आफ्नो स्वतन्त्र उम्मेद्‍वारी घोषणासमेत गरिरहेका छन्। तिनै मध्यकि एक हुन् कोपिला कुँवर। उनले सचिव पदमा स्वतन्त्र उम्मेद्‍वारी घोषणा गरेकी छन्।

उनी धनगढी-४ गोलमार्केट (बसपार्क)स्थित न्यू कोपिला शुज सेन्टरकी सञ्चालक हुन्। कुँवरले यसअघि कैलाली उद्योग वाणिज्य संघमा दुई कार्यकला सदस्य पदमा रहेर काम गरिसकेकी छन्।

उनले महिलाहरूलाई पदाधिकारीमा प्रतिस्पर्धा गराउन नचाहने पुरुष मानसिकताविरुद्ध आफ्नो उम्मेदवारी भएको बताएकी छन्। ‘मेरो सुरुदेखि नै सचिवमा अडान थियो। तर, उहाँहरूले मेरो अडानलाई नजरअन्दाज गर्नु भयो। तीन कार्यकाल सदस्यमा मात्रै सीमित हुन मन नभएकाले मैले सचिव पदमा स्वतन्त्र रुपमै भए पनि प्रतिस्पर्धा गर्न खोजेकी हुन्’, उनले भनिन्।

उनले आफू सचिवमा निर्वाचित हुँदा महिला व्यवसायीहरूको आवाज कैलाली उद्योग वाणिज्य संघमा बुलन्द हुने विश्वास लिएकी छन्। ‘म स्पष्ट धारणा राख्न सक्ने युवा व्यवसायी हुँ। हाम्रो समाजमा अहिले पनि महिला व्यवसायीहरू धेरै अगाडि बढ्न सक्नु भएको छैन। उहाँहरूको हकहितमा थुप्रै काम गर्नुपर्ने छन्। म निर्वाचित हुँदा उहाँहरूको पक्षमा काम गर्ने छु। यसले युवा तथा महिला उद्यमी तथा सुदूरपश्चिमका महिला पनि नेतृत्व तहमा जान सक्षम छन् भन्ने सकारात्मक सन्देश प्रवाह गर्नेछ,’ उनले भनिन्।

संघमा हुने आर्थिक क्रियाकलाप, सदस्यता नविकरणलगायतका क्षेत्रमा पारदर्शीता कायम गरी नियमित सार्वजिक गर्न अहम भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता रहेको छ।

‘कैलाली उद्योग वाणिज्य संघमा भएका अनियमितता, विसंगती र बेथितिको भण्डाफोर गरी सबै व्यापारीको साझा र सशक्त संस्थाका रुपमा स्थापित गर्न प्रतिवद्ध रहने छु। स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको संरक्षण र प्रवर्द्धन गर्न काम गर्ने छु,’ उनले भनिन्।

यस्तै उनले युवा उद्यमी तथा नवप्रवर्तनलाई विकास एवं प्रवर्द्धन गर्न भूमिका खेल्ने बताएकी छन्। सरकारी संयन्त्रसँग निरन्तर सहकार्य र समन्वयमा व्यावसायिक हकहितको लागि वहस र पैरवी गर्न अग्रणी भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता छ।

‘उपभोक्ता अधिकार संरक्षण तथा बजारमा गुणस्तरीय वस्तु तथा सेवा सुनिश्चित गर्न, संस्थाले आयोजना गर्दै आएको मेला महोत्सवमा स्थानीय सिप, उत्पादन र व्यवसायलाई पहिलो प्राथमिकता दिन मेरो सचिवमा दावेदारी हो,’ उनले भनिन्।

यसका साथै उनले संकटमा परेका ब्यापारिको व्यवस्थापनको लागि अक्षयकोषको स्थापना गर्न पनि आफूले भूमिका खेल्ने बताएकी छन्। ‘स्थानीय उत्पादनलाई जोड दिने छु। समूहगत रुपमा स्थानीय उधोगीलाई महोत्सवमा नि:शुल्क रुपमा स्टल प्रदान गरि उत्पादित बस्तुको बजारिकरणमा महत्त्व दिइने छ। महोत्सवमा स्थानीय कला, साहित्यलाई प्राथमिकतामा राखिने छ,’ उनले भनिन्।

कुँवरसँग अन्य संघ संस्थामा काम गरेको अनुभव पनि रहेको छ। उनीसँग होलसेल व्यवसायी संघको कोषाध्यक्ष हुँदै दुई कार्यकाल सचिव पदमा काम गरेको अनुभव रहेको छ। आफू सक्षम उम्मेद्‍वार भएकाले सबै साथ पाउने कुँवरले विश्वास व्यक्त गरेकी छन्।

बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

बेलायत, ९ भदौ : बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए ।

झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिनुभयो ।

मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे ।

मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्नुभएको थियो । उहाँले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादलाई कार्यान्वयन गरी जनताको जीवन पद्धतिमा उतार्नुपर्ने बताउनुभएको छ ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दिवसलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउँदै समाजवाद, समानता र जनकल्याणको आन्दोलनलाई निरन्तर अघि बढाउनुपर्ने बताउनुभयो ।

जनताका समस्यालाई कसरी समाधान गर्ने सकिन्छ भन्ने विषय बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “वैज्ञानिक समाजवाद भन्ने कुरा केवल शब्दले मात्र पुग्दैन, यसको अध्ययन र अभ्यास दुवै महत्त्वपूर्ण हुन्छ ।”

पार्टी र आन्दोलनलाई अघि बढाएर लक्ष्यमा पु-याउन सर्वहारा वर्गीय चरित्रलाई विशेष महत्व दिनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीति र कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको आफ्नो पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने उल्लेख गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वैचारिक अस्पष्टताले देशमा अहिले सबै राजनीतिक दल सङ्कटमा रहेको बताउनुभयो । जनअधिकारका मुद्दामा एकीकृत समाजवादीले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र केन्द्रीय तहमा देखिएका समस्या समाधानका लागि हाम्रो पार्टी सदैव अग्रपंक्तिमा रहन्छ ।”

पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन सुदृढीकरणका लागि आफूलाई जिम्मेवारी उपलब्ध गराउन माग गर्दै भूगोल केन्द्रित नेताहरुले सम्बन्धित क्षेत्रमा क्रियाशील रही योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छः मुख्यमन्त्री बानियाँ

बागमती, ९ भदौ: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले सुशासनयुक्त र भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

लागत अनुमानअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारवाहीको दायरामा आउने बताँदै मुख्यमन्त्री बानियाँले कामको गुणस्तरमा कुनै सम्झौता नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो । ‘‘ठेक्कामा हिजो आठ वटा रड हाल्नुपर्नेमा छ वटा मात्र हाल्ने प्रवृति थियो, अब त्यो दिन अन्त्य भएको छ”, मुख्यमन्त्री बानियाँले भन्नुभयो,“अब इस्टिमेटअनुसार काम भएको छ वा छैन्, त्यो सबै प्रविधिले पत्ता लगाई हाल्छ । बदमासी गर्ने कर्मचारी र व्यवसायी दुवैमाथि कारवाही हुन्छ ।”

उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अब प्रदेश सरकारको रु १० लाखभन्दा माथिका सबै योजना बोलपत्र प्रक्रियाबाट अघि बढ्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले अत्यधिक घटाघटमा ठेक्का हाल्ने बाध्यता रोक्नका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताउनुभयो ।

राप्रपा नेपालका अध्यक्ष थापासँग इजरायलका राजदूतको भेटवार्ता

काठमाडौँ, ९ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासँग नेपालका लागि इजरायलको राजदूत शामुलिक अरि बासले आज भेटवार्ता गर्नुभएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्रीसमेत रहनुभएका थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयाम र यसले थपेका जटिलताहरुले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा समेत असर पारेको बुझ्न सकिने चर्चा गर्नुभयो ।

इजरायलले नेपाली श्रमिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएको, विद्यार्थीहरुलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा पु¥याएको सहयोगका लागि अध्यक्ष थापाले धन्यवाद व्यक्त गर्नुभयो । हमासले बन्धक बनाएका बिपिन जोशीको रिहाइका लागि आवश्यक पहल गर्न उहाँले सम्बद्ध इजरायली पक्षसँग अनुरोध गर्नुभयो ।

भेटका क्रममा राजदूत बासले हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरुको ज्यान गएको विषय र एक जना बिपिन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गर्नुभयो । बिपीनकी आमा र बहिनीलाई इजरायल लगेर बन्धक छुटाउन अन्तरराष्ट्रिय दबाब दिन प्रयास गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धको चर्चा गर्दै उहाँले आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रका पक्षमा इजरायलले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभागका सदस्य–सचिव राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

काठमाडौँ, ९ भदौः नेपालको औपचारिक भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।

उहाँलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गर्नुभयो ।

यसअघि उपराष्ट्रपति सुआनले आजै बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गर्नुभयो । उहाँलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आउनुभएको हो । भ्रमणका दौरान उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

उहाँले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । नेपाल भ्रमण सम्पन्न गरी उहाँ आजै राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

मटिहानी मठ व्यवस्थित गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

महोत्तरी, ९ भदौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मटिहानीस्थित लक्ष्मीनारायण मठ व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज यहाँ आइपुग्नुभएका उहाँले मठको अनुगमन निरीक्षणपछि यसको सम्भार र व्यवस्थापनको तत्काल पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । “मठका भवनहरुको मर्मतसम्भार, रङ्गरोगन र तारबारसहित कर्मचारीहरुको सुविधा वृद्धिका कुरा यहाँ आएको छ”, उहाँले भन्नुभयो, “यी तत्काल गरिनुपर्ने काम देखिएका छन् । सरकारले पहलकदमी लिन्छ ।”

यसअघि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव र सन्तहरुले मन्त्री अधिकारीको स्वागत गर्दै यहाँका तत्काल गरिनुपर्ने कामबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

लक्ष्मीनारायण मठ धार्मिक रितिथिति, संस्कृति र परम्पराको सम्वाहक तथा संरक्षक मानिन्छ । यसको साख जोगाइ राख्न स्थानीय तह, मठ प्रशासन र मटिहानी नगरवासीको पहिलो कर्तव्य हुने मन्त्री अधिकारीले बताउनुभयो ।

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा

पाटन (ललितपुर), ९ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

“जति अप्ठ्यारो भए पनि संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले जिम्मेवारी लिनुपर्छ, उत्तेजना बढाउनेले जे बोले पनि हुन्छ, तर हामीमा जिम्मेवारी छ, संविधान संशोधन गर्ने कुरा पनि समयअनुसार परिमार्जन गर्दै जानुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले जनआन्दोलनको समयमा नयाँ राजनीतिक प्रणालीको स्थापना गर्ने र संविधान बदल्ने राजनीतिक दलहरुको प्रतिबद्धता रहेका स्मरण गर्नुभयो । “सङ्घीयता नहुँदा र अहिलेको खर्चमा त्यति धेरै अन्तर छैन, प्रदेशले कुनै नयाँ संरचना खडा गरेको छैन, यसका लागि प्रमाणमा आधारित छलफल गर्नुपर्छ, प्रणाली महँगोभन्दा पनि हामीले पो महँगो हुने बनाएका छौँ कि”, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, धर्म निरपेक्षता र मौलिक अधिकार वर्तमान संविधानको मुख्य अन्तरवस्तु भएकाले संशोधनको विषय उठ्दा यी विषयवस्तुलाई झनै सबल बनाउनुपर्ने बताउनुभयो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनालीले सङ्घीयतामा स्थानीय सरकार, प्रदेश र सङ्घको प्रशासनिक संरचनाको व्यवस्थापन, जनताको सेवामा स्थानीय सरकारको भूमिकाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियोे ।

सङ्घीय मामिला समन्वय विभागका प्रमुख चन्द्रबहादुर केसीले राजनीतिक नेतृत्व र संविधानविद्हरुले संविधानलाई समयसापेक्ष आवश्यकता अनुरुप परिमार्जन र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो ।

झाडापखला र हैजाका बिरामीको निःशुल्क उपचारको प्रबन्ध मिलाउन मन्त्री पौडेलको निर्देशन

वीरगञ्ज (पर्सा), ९ भदौ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने बिरामीलाई निःशुल्क औषधि र उपचारको प्रबन्ध मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ ।

वीरगञ्ज आसपासमा झाडापखला र हैजाको सङ्क्रमण देखिएपछि निरीक्षण गर्न आउनुभएका मन्त्री पौडेलले अस्पतालले बिरामीको उचित ढङ्गले उपचार गर्नुपर्ने बताउनुभएको हो । “नारायणी अस्पतालमा झाडापखाला र हैजाको उपचारका लागि आउने कुनै पनि बिरामीले जुनसुकै औषधि निःशुल्क पाउने गरी व्यवस्थापन गर्न आग्रह छ”, उहाँले भन्नुभयो,“विश्व स्वास्थ्य सङ्गठनको पोर्टाेकलले भ्याउने खालको औषधिले पुग्ने भए ठीकै छ । नत्र भने परिस्थितिवस थप औषधि दिनुपर्ने छ भने पनि ती औषधि निःशुल्क उपलब्ध गराउन र आवश्यक व्यवस्थापन गर्नका लागि अस्पताल प्रशासनलाई निर्देश गर्दछु ।’’

मन्त्री पौडेलले अस्पतालमा उपचाररत बिरामीसँग त्यहाँको सेवा र गुनासाबारे जानकारी लिनुभएको थियो । ‘‘बिरामीसँग कुरा गर्दा केही औषधि किन्नुपरेको गुनासो सुन्नुप¥यो । त्यसैले अबदेखि कुनै औषधि किन्न नपर्ने खालको व्यवस्था मिलाउनुहोला”, उहाँले भन्नुभयो, “झाडापखला र हैजाको परीक्षण गर्दा कुनै प्रकारको शुल्क नलिनको मेरो आग्रह छ ।”

मन्त्री पौडेलले तीनै तहका सरकारसँग समन्वय गरेर कुनै पनि हालतमा औषधिको कमी हुन नदिने बताउनुभयो । ‘‘कुनै पनि हालतमा औषधिको अभाव हुने छैन । जनशक्तिको अभाव हुने छैन । अहिले नारायणी अस्पतालमा बारा र रौतहटका प्रादेशिक अस्पतालबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोली आइरहेको छ । त्यसैगरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आउने कुरा भइरहेको छ ।’’

मन्त्री पौडेलले थप जनशक्ति र सहायता चाहिएको खण्डमा सङ्घीय सरकारले तत्कालै चिकित्सकसहितको जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वीरगञ्जका निजी अस्पताललाई झाडापखला र हैजाका बिरामीलाई सहज र सुलभ मूल्यमा औषधि उपचारमा सहयोगका लागि आग्रह गर्नुभयो ।

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले नारायणी अस्पताललाई प्रदेश सरकारले विभिन्न थरिका औषधि उपलब्ध गराउँदै आइरहेको जानकारी दिनुभयो । उहाँले समस्या परेका बेला मात्र तात्ने नभइ जुनसुकै बेला समस्या आउनसक्छ भन्ने सोचेर दीर्घकालीन योजनासहित काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा झाडापखला र हैजाको समस्या देखिएकाले समस्या समाधान गर्नका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट उपचार र औषधि वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले निश्चित मापदण्डको ‘चेकलिस्ट’सहित हैजाको मुख्य कारण पत्ता लगाउने कार्य भइरहेको बताउनुभयो । पाँच वटा कलष्टरमा आधारित भएर आवश्यक काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट (मेसु) चुमनलाल दासले अस्पतालमा हाल ४८ जना झाडापखला र हैजाका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो । तीमध्ये दुई जनाको आकस्मिक कक्षमा र अन्यको तीन वटा वार्डमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

मेसु दासका अनुसार हाल यहाँ प्रादेशिक अस्पताल गौर र कलैयाँबाट चिकित्सकसहितको टोली आएर उपचार सेवा दिइरहेका छन् । यस्तै, वीरगञ्ज नर्सिङ कलेजका बिएस्सी नर्सिङ अध्ययनरत विद्यार्थी र वीरगञ्ज महानगरबाट स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी आएर आवश्यक सहजीकरण गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले झाडापखला र हैजाका गरी दुई सय ५४ जना बिरामीको सङ्ख्या दर्ता भएको बताउनुभयो । “हालसम्म एक सय तीन जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा उपचारत रहेका छन् । २२ जना सघन उपचार कक्ष (आइसियु) र छ जना बिरामी ‘एचसियु’मा उपचाररत छन् ”, उहाँले भन्नुभयो,“बाँकी रहेका बिरामी जनरल वार्डमा छन् । आइसियुमा रहेका २२ मध्ये २० जना निजी अस्पताल र दुई जना नारायणी अस्पतालमा छन् ।”यहाँ हालसम्म एक सय २४ जना बिरामी उपचार गरेर घर फर्किसकेका छन् ।

वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि

वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।

सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ ।

यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ ।

अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू–नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, मेडिसिटी वायोधा र सर्वोत्तममा १–१ जना संक्रमित छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार हैजाको मुख्य कारण प्रदूषित पानी र सरसफाइको कमी हो । स्थानीय बासिन्दा त्रसित छन् भने महानगर र स्वास्थ्य निकायले एकतर्फ औषधि वितरणलाई तीव्रता दिएका छन्, अर्कोतर्फ स्वच्छ पानी र सरसफाइलाई प्रमुख प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।

राष्ट्रपतिबाट तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण शुभारम्भ गरिने

काठमाडौँ, ९ भदौ: आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा भानु साहित्य उद्यान निर्माण हुने भएको छ । आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका अवसरमा आगामी असोज ६ गते उद्यान निर्माणअन्र्तगत प्रथम चरणमा बनाउन लागिएको भानु भवनको शिलान्यास गरिने जनाइएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीबीचको छलफलपछि भानु स्मृति दिवसका अवसरमा उद्यान निर्माणको शुभारम्भ गर्ने तय भएको भानु साहित्य उद्यान समितिका महासचिव डा ब्रतराज आचार्यले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले उद्यानको निर्माण शुभारम्भ गर्ने गरी कार्यक्रम तय गरिने उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलको परिकल्पना र पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यसहित भानु साहित्य उद्यान गुरुयोजना निर्माण हुँदैछ । उद्यानमा सातै प्रदेशका प्रसिद्ध धाम झल्कने संरचना र विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारको शालिक राख्ने योजना छ । सरकारले उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु २० करोड विनियोजन गरेको छ ।

पशुपतिमा तीज पर्वको व्यवस्थापनको तयारी पूरा

काठमाडौँ, ९ भदौ : हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
तीजका अवसरमा दर्शनार्थ पाल्नु हुने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत तयारी पूरा भएको पशुपतिनाथ क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।

दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ ।

यस्तै, पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ ।

चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । भक्तजनबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

बहुमूल्य गरगहना लगाएर र ससाना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । भगवान् श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरू बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । विगतका वर्षमा जस्तै यसवर्ष पनि तीजका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गरी सुरक्षाको प्रबन्ध मिलाइएको छ । आवश्यकताअनुसार नेपाली सेनाको सहयोग लिइने कोषले जनाएको छ । साथै राष्ट्रिय अनुसन्धान विभागबाट मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।

मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाइ पर्वको दुई दिन अघिदेखि नै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था भएको छ । यसका साथै स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, सरसफाइलगायत व्यवस्था चुस्त रूपमा गरिएको कोषले जनाएको छ ।

भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश फर्किँदै

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज(सोमबार)स्वदेश फर्किँदै छिन् ।नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति भो थि आन सुआन सोमबार (आज) ११ बजे राति स्वदेश फर्किँदै छिन् । उनलाई पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डेले विदाइ गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेकी छन् ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर, ९ भदौ : वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा सहकार्य गर्ने भएको छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आज जनकपुरधाममा बसेको प्रदेश सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । साथै थप हैजा फैलिन नदिन र उच्च सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरिएको छ ।

महामारी नियन्त्रणका लागि खानेपानी तथा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर ढल तथा खानेपानीको पाइप मिसिएको ठाउँको खोजी, अनुसन्धान तथा मर्मतका लागि आवश्यक परेको खण्डमा सम्बन्धित निकायसँग सुरक्षा निकायले सहकार्य गर्ने निर्णय गरिएको मन्त्री लेखीले जानकारी दिनुभयो ।

हैजा नियन्त्रणका लागि परिचालन भएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई सुरक्षा निकायका तर्फबाट सबै प्रकारको सहयोग गर्ने निर्णय प्रदेश सुरक्षा समितिबाट भएको बताइएको छ । खानेपानीको पाइपमा ढल मिसिएका कारण हैजा फैलिएको विषयमा बैठकमा सुरक्षा निकायबाट रिपोर्टिङ भएको गृहमन्त्री लेखीले पत्रकारहरूलाई जानकारी दिनुभयो ।

बैठकमा गौर घटनाका विषयमा सर्वोच्च अदालतबाट भएको परमादेश र त्यसपछि सुरु भएका विरोध प्रदर्शनसहितको विषयमा समीक्षा भएको जनाइएको छ । बैठकमा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल बराल, नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका मधेस प्रदेश प्रमुखको उपस्थिति थियो ।

वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौरका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिनुभयो । वीरगञ्जमा हालसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका १०३ जना उपचार गराइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँ

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्ने भएको हो ।

आज बस्ने बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ ।

यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै हस्ताक्षर संकलन गरेका थिए । कांग्रेसभित्र हस्ताक्षर संकलनको विषयमा विवाद छ भने गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको विवादमा परेका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए ।

कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना

काठमाडौं । काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ : ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

कलंकीबाट बल्खुतर्फ जादै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए ।

धादिङ बस्ने २४ बर्षिय चालक गौरव रानामगर शकुसल छन् भने अन्य मानविय क्षती नभएको प्रहरी प्रवक्ताले जानकारी दिए । उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए ।

राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ ।
आज सोमबार राष्ट्रपति भवन शितनिवासमा ११ बजे भेट हुने कार्यसुचि रहेको छ ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी थिइन् ।सुआन भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ ।

पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् ।आइतबार लामाचौर तीज महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखराको सबै नाका जोडिने गरी सडक विस्तारको काम भईरहेको बताए ।

उनले भने, ‘नेपाल सरकारको समपुरकको लागि प्राप्त हुने बजेटमा गएको तीन वर्षदेखी एउटै मात्र कार्यक्रम हामीले भरेर पठाएका छौ । त्यो कम्तिमा माछापुच्छ्रेसम्म जाने सडक बनोस् भनेर अर्को वर्ष हामी माछापुच्छ्रेसम्म पुग्नेछौ । यसो हुँदा यहाँको उत्तरी क्षेत्र यसले कभर गर्नेछ भने पोखराको पूर्वी क्षेत्रमा रुपादेखी देउरालीसम्म पुग्ने बाटो पक्का गरिसकेका छौ । दक्षिणतर्फ कुरिनटारदेखी दोभिलाहुँदै विरौटासम्म आउने बाटो बनेको छ ।’

उनले पश्चिमतर्फको राजमार्ग र सिदार्थ राजमार्गको स्तरउन्नितिको काम हुँदै गरेको पनि जाकारी दिए । आइतबारबाट सुरु भएको लामाचौर तीज महोत्सव १० गतेसम्म चल्नेछ । नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको यो महोत्सवमा युवाहरुका लागि भलिवल प्रतियोगिताको आयोजना गरिनुकासाथै बालवालिकाहरुका लागि पनि थुप्रै कार्यक्रमको आयोजना गरिएको छ ।यस्तै महोत्सवमा लोकदोहोरी प्रतियोगिता र नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ ।

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।

जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४२, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो ११५, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीय प्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५५, तने बोडी प्रतिकिलो ९० र मकै बोडी प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ६५, परबर (लोकल) प्रतिकिलो ३५, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ६५, घिरौला प्रतिकिलो ६५, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ५५ तोकिएको छ ।

समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ३५, पालुङ्गो साग प्रतिकिलो १२०, चमसूरको साग २८०, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ३५०, न्यूरोे प्रतिकिलो ९०, ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो २३०, पार्सले प्रतिकिलो ११००, पुदिना प्रतिकिलो ८००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३३०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४०, काँक्रो (लोकल) प्रतिकिलो ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ९०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।

हिन्दु नारीहरुले चाड तीज सुरु, आज दर खाँइदै

काठमाडौं । नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको रहेको पाइन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राती भने बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू –भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

वीरगञ्जमा हैजा संक्रमण तीव्र, अत्यावश्यक काम नभई स्वास्थ्यकर्मीले बिदा नपाउने

वीरगञ्ज (पर्सा), ९ भदौः जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।

सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो ।

निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताउनुभयो ।

सोही बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।

हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।

शिक्षाका लागि एक आर्थिक वर्षमा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौँ, ९ भदौः देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१÷८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो ।

केन्द्रीय बैङ्कका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

आव २०८१÷८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो ।

सेवा खाताअन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतलृ वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९ भदौ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७० पैसा र बिक्रीदर ३७२ रुपैयाँ २९ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

विधायन समितिको बैठक बस्दै

काठमाडौँ, ९ भदौः सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।

सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्वारा प्रमाण सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीयः महामन्त्री थापा

काठमाडौँ, ८ भदौः नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले समयमा नै आवधिक निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामा नै उदाहरणीय रहेको बताउनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चले आज यहाँ आयोजना गरेको एकीकृत निर्वाचन विधेयक सम्बन्धमा राजनीतिक दलसँग अन्तक्रियामा उहाँले समयमै आवधिक निर्वाचन हुनु पनि लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेको उदाहरण भएको बताउनुभयो ।

महामन्त्री थापाले आयोगबाट प्रस्तावित विधेयक राम्रो रहेको र यसमा थप सुधार गर्ने अवसर बाँकी रहेकाले थप छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “आयोगले केही उत्कृष्ट प्रावधानहरू राखेर विधयेक ल्याएको छ, यसमा सरकारबाट केही कुरा घटेर आयो भने संसद्बाट थपेर पठाउने अवसर अझै छ, त्यसमा हामी लाग्छौँ”, उहाँले भन्नुभयो, “जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुनुपर्छ, तर सुधारको विषय राजनीतिक दल सञ्चालनको प्रवृत्तिबाट अलग राखेर हेर्न थाल्यौँ भने केही पनि हँुदैन । यसमा सबै दलहरू नै इमान्दार हुनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनसम्बन्धी ऐनलाई अध्ययन गर्दा राजनीतिक दलसम्बन्धी ऐन र अन्य ऐनलाई पनि राखेर अध्ययन गरिनुपर्ने बताउनुभयो । “संविधान संशोधनको विषय निर्वाचन प्रणाली पनि हुनसक्छ । यही सरकारकै कार्यकालमा हामी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ, त्यसैबेला समेत यस विधयेकमा आएका कतिपय विषय पर्न सक्छन्”, उहाँले भन्नुभयो, “प्रत्यक्षमा पनि समानुपातिक सिट र संरक्षित सिट हुनुपर्ने विषयमा पनि हामी पार्टीभित्र छलफलमा नै छौँ ।”

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले हालको निर्वाचन प्रणाली भड्किलो भएको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म आइपुग्दा समस्या रहेको बताउनुभयो । उहाँले निर्वाचन खर्च कम गर्नका लागि पूर्ण समानुपातिक निर्वाचण प्रणाली उपयुक्त हुने सुझाव राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन प्रणालीलाई फराकिलो तरिकारले हेरी समाज रूपान्तरण र नेतृत्व परिर्वतनजस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक व्यवस्थालाई बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले संविधान कार्यान्वयनको एकदशक पूरा भइसकेकाले समावेशी तथा सामानुुपातिक सिद्धान्तलाई प्राथमिकतामा राखेर थप व्यवस्थित गरिनुपर्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका महासचिव रामकुमार शर्माले लोकतन्त्रका लागि हिमाल, पहाड र तराईको उत्तिकै योगदान रहेकाले तीन करोड नेपाली जनताको भलाइ हुने खालको निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने बताउनुभयो ।

एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राईले निर्वाचनसम्बन्धी विधेयकमा निकै राम्रा प्रावधान भए पनि छिटो सदनमा पेस गर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तिकुमारी शाहीले न्यायोचित समाज, समानुपातिक समावेशितालाई अपनाएर बलियो राष्ट्र निमार्ण गर्नेगरी आवश्यक सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीयताका जानकार मीन बस्नेतले एकीकृत निर्वाचन विधेयकमा भएका मुख्य विषयबारे प्रस्तुति गर्नुभएको थियो । विधेयकमा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने र ‘नो भोट’को व्यवस्थाजस्ता विषय समेटिएको उहाँले उल्लेख गर्नुभयो ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचन विधेयक र यसमा सुधार गर्नुपर्ने नीतिगत विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ होः महासचिव पोखरेल

राँझा (बाँके), ८ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिनुभयो । पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उहाँले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको स्पष्ट पार्नुभयो । पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गर्नुभयो ।

“अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छाँै”, महासचिव पोखरेलले भन्नुभयो, “हामीले ल्याउने समाजवाद नेपाली विशेषतामा आधारित हुने वैज्ञानिक समाजवादबारे प्रष्ट्याउने छौँं ।”

विषयवस्तुको गहिराइलाई बुझेर त्यसमा छलफल र बहस गर्दा विचारमा एकरुपता ल्याइ पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको धारणा राख्दै महासचिव पोखरेलले राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने बताउनुभयो । अहिले पार्टी र पार्टी नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उहाँले भन्नुभयो, “एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन् ।”

नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङको अध्यक्षतामा भएको पार्टी जिल्ला कमिटी बैठकमा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, मोहम्मद हारुन हलवाईलगायतका नेताले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रधानसेनापति सिग्देल थाइल्याण्ड जानुहुँदै

काठमाडौँ, ८ भदौ- प्रधानसेनापति अशोकराज सिग्देलले थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जानुहुने भएको छ ।शाही थाई सशस्त्र बलको सहकार्यमा अमेरिकी सेनाको इण्डो–प्यासिफिक कमाण्डद्वारा यही भदौ १० देखि १२ गतेसम्म हुने उक्त सम्मेलनमा भाग लिन उहाँ सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विसं २०५६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको उक्त सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोचलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुने निर्देशनालयले जनाएको छ ।

सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई सकारात्मक योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रधानसेनापति सिग्देललाई थाइल्याण्ड प्रस्थान गर्नुपूर्व आज नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको पनि निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी निर्मलकुमार थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ ।

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व– २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै कोषले तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको लागि एवम् हिन्दु नारीहरुको सेवा सुविधाका लागि आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ ।

पशुपति विकास कोषले सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शन मार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्यसेवा, उपासना सहितको मनोरञ्जनात्मक गीत, सङ्गीत (भजन किर्तन), दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमहरुलाई सहज रुपमा सम्पादन गर्न कोषले व्यवस्थापनलाई अन्तिम चरणमा पुगेको जनाएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि वाहिरी रुपमा चार स्थानबाट दर्शनमार्ग (दर्शन लाईन) को व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

संयुक्त प्रेस विज्ञप्ति
आराध्यदेव भगवान श्रीपशुपतिनाथ विराजित पावन पशुपति क्षेत्रमा सनातनदेखि चल्दै आएको हिन्दुनारीहरुको महानपर्व हरितालिका (तीज) का पावन अवसरमा भगवान श्रीपशुपतिनाथको दर्शनार्थ पाल्नु हुने भक्तजन एवं विशेष गरी हिन्दुनारीहरुको सेवा सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्यसेवा, उपासना सहितको मनोरञ्जनात्मक गीत, सङ्गीत (भजन किर्तन), दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्था जस्ता कार्यक्रमहरुलाई सहज रुपमा सम्पादन गर्न पशुपति क्षेत्र विकास कोषले विभिन्न व्यवस्था गर्दै तयारीको अन्तिम चरणमा पुगेको व्यहोरा बुंदागत रुपमा जानकारी गराउँदछौं ।

भगवान श्रीपशुपतिनाथको दर्शन गर्न आउने दर्शनार्थीहरुको सुविधाका लागि देहाय अनुसारको वाहिरी रुपमा चार स्थानबाट दर्शनमार्ग (दर्शन लाईन) को व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाई सोही अनुसार जुत्ताचप्पल राख्ने व्यवस्था, चन्दनवितरणको व्यवस्था लगायतको व्यवस्था मिलाइएको छ ।

दर्शन सम्वन्धी व्यवस्था ः–
१.गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर– वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट वाहिरी निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

२ं मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भूवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै वाहिरीने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

३. पिंगलास्थान– चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाईनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउँको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै वाहिरीने र पञ्चदेवल पूर्व अस्थायी रुपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

४. तिलगङ्गा–राम मन्दिर हुँदै वागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजीकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै वाहिरीने र आर्यघाट नजीकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

१) दर्शनार्थीहरुको छिटो भन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी विहान ३ः०० बजेदेखि नै श्रीपशुपतिनाथ मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको छ । श्रीपशुपतिनाथको

मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत सकेसम्म जालीराखी वाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइनेछ ।
२) श्रीपशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनहरुको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिम ढोका वाहिर सानोसदावर्त सत्तल अगाडि साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा समेत चन्दनवितरणको व्यवस्था मिलाइनेछ ।

३) पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मूलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण वाहेक। अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइनेछ ।
४) भक्तजनहरुबाट गौदान, पूर्णपात्रो जस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल–वनकाली मार्गको दायाँ बायाँ क्षेत्रमा व्यवस्था मिलाइएको छ ।

५) नेपाल टेलिकम र एनसेललाई विटिएस भ्यान राखी मोवाईल सेवालाई मेला क्षेत्रमा सहज बनाउन अनुरोध गरी सोही अनुसार विटिएस भ्यानको व्यवस्था गरिनेछ ।

६)वहुमूल्य गरगहना लगाएर पशुपतिनाथको दर्शनमा नआउन र सकेसम्म स–साना बालबालिकाहरुलाई साचमा लिएर नआउन समेत हार्दिकतापूर्वक अनुरोध गरिएको छ ।

७) विभिन्न सञ्चार माध्यम–मिडिया हाउस र तिनका प्रतिनिधिहरुलाई मन्दिर प्राङ्गण वाहेकको कोरक्षेत्र सम्म प्रत्यक्ष प्रसारण गर्न र तीज पर्वको समाचार सङ्कलन एवं प्रचार–प्रसार गर्न सूचना विभागले जारी गरेको परिचयपत्र र मिडियाका व्यवस्थापनसँग सम्बन्धितलाई मिडिया हाउसले जारी गरेको परिचयपत्रका आधारमा तोकिएको क्षेत्रसम्म आउन दिने गरी सुरक्षा निकायको समन्वयमा आवश्यक व्यवस्था मिलाइनेछ ।
८) भगवान श्रीपशुपतिनाथका नित्य दर्शनार्थीहरु बिहान ५ः३० बजेसम्मका लागि मात्र उपर्युक्तानुसारका चार ढोका मध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

९) मन्दिर दर्शनका लागि कुनैपनि किसिमको पासको व्यवस्था गरिएको छैन ।
१०) भक्तजन एवं दर्शनार्थीहरुलाई सहज रुपमा आवत जावत गर्न भिमसेनस्थान–१ र पञ्चदेव उत्तर पूर्वमा–१ अस्थायी (मेलाका लागि मात्र) पुल निर्माण गर्ने व्यवस्था मिलाइनेछ ।
११) हरितालिका (तीज) पर्वका दिनमा कुनैपनि प्रकारको विशेष पूजाको व्यवस्था गरिएको छैन ।

सम्वन्धी व्यवस्था ः–
१.विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि हरितालिका (तीज) पर्व, २०८२ का लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपाल परिचालन गरी सुरक्षा प्रवन्ध मिलाइएको छ । आवश्यकता अनुसार नेपाली सेनाको पनि सहयोग लिइनेछ । साथै राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरुको पनि मेला क्षेत्रमा पर्याप्त अनुगमनको व्यवस्था मिलाइएको छ ।

२.मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी खटाई पर्वको २ दिन अगाडी देखिनै त्यस्ता क्रियाकलापमा संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिई राख्ने व्यवस्था मिलाइएको छ ।

३. नेपाली सेना रक्षा मन्त्रालय मार्फत पाल, शायर र आवश्यकता अनुसार व्यारिकेट निर्माणको नेपाली सेनाको सहयोग लिइएको छ ।
४. प्रहरी मूलशिविरसँगै सामुदायिक प्रहरीको सहयोगमा दर्शनार्थीहरुका लागि सूचना प्रवाह गर्ने तथा खोजखबर कक्ष सञ्चालन गरिनेछ ।
५. शिविर सञ्चालनका लागि स्थान तोक्दा सकेसम्म सुरक्षा निकायसँग समन्वय गरी मात्र तोक्ने व्यवस्था मिलाइनेछ ।

६. सुरक्षाको प्रभावकारीतालाई थप टेवा पुरÞ्याउन मन्दिर प्राङ्गण सहित मेला क्षेत्रका विभिन्न स्थानमा समेत सिसि क्यामेरा जडान गरी मेलालाई निगरानी गर्ने व्यवस्था मिलाइनेछ ।

७. दमकल सहित विपद् उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा काठमाडौं महानगर प्रहरी बलको टोली मेला क्षेत्रमा रहने गरी व्यवस्था मिलाइने छ ।

स्वयंसेवा परिचालन ः–
१. हरितालिका (तीज) पर्व, २०८२ लाई व्यवस्थित गरी दर्शनार्थीहरुलाई आवश्यक सेवा सुविधा पुरÞ्याउन महिला सुरक्षाकर्मीहरु र कोषका कर्मचारीहरु परिचालन गर्ने गरी व्यवस्था मिलाइनेछ ।

२.मन्दिर प्राङ्गणमा कोषका कर्मचारी, भण्डारी, रकमी (अत्यावश्यक सेवाका कर्मचारीहरु) परिचालन हुनेछन् ।
३. कोर क्षेत्र भन्दा बाहिरी क्षेत्रमा भने आवश्यकता अनुसार स्वयंसेवी संस्थाका स्वयंसेवकहरु परिचालन गरिनेछ ।
४.मन्दिर प्राङ्गणभित्र खटिनेहरुले छालाका जुत्ता चप्पल लगाउन पाइने छैन ।

स्वयंसेवकहरु केवल सहजताका लागि मात्र परिचालन गरिएको हो । मेला क्षेत्रको सम्पूर्ण जिम्मेवारी पशुपति क्षेत्र विकास कोष र सुरक्षा निकायको नै रहने हुँदा स्वयंसेवकहरुबाट निर्देशनात्मक व्यवहार नगर्न सचेत गराइएको छ। साथै सभ्य भाषा र नम्र व्यवहार गर्न समेत निर्देशन गरिएको छ ।

१.जेष्ठ नागरिक, असक्त, वृद्धवृद्धा, विरामी र काखे बालक बोकेका महिलाहरुको लागि सहज दर्शनको विशेष व्यवस्था मिलाइने छ ।
२. दर्शनार्थी एवं भक्तजनहरुलाई सितलता प्रदान गर्नका लागि यस वर्ष पशुपति कोर क्षेत्रमा पानीको वाष्पिकरण (कुहिरो) विधिबाट सितलता दिने प्रबन्ध मिलाइएको छ ।

ट्राफिक÷पार्किङ्ग व्यवस्था ः–
भक्तजनहरुको सुविधाका लागि मेला क्षेत्रमा सवारी साधनहरुको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको छ र पावन पशुपति क्षेत्र सवारी साधन निषेधित क्षेत्र भएको सम्मानीत सर्वोच्च अदालतको मिति २०८०÷१०÷०७ को फैसला निर्देशन समेतलाई पालना गर्ने गरी सबैले उमाकुण्ड, दक्षिणामूर्तिदेखि महास्नानघर पश्चिमको सडक, भुवनेश्वरी–गौशाला र बनकाली क्षेत्रको दर्शन मार्गमा कुनैपनि सवारी साधनहरु प्रवेश गर्न पूर्ण रुपमा निषेध गरिएको छ । तर दमकल, एम्बुलेन्स घाटसम्म जाने शववाहनलाई सहजीकरण गर्ने गरिएकोले सोही बमोजिम सबैले सम्मानीत अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिनु हुन समेत कोषले बारम्बार अपिल गरेको छ । भगवान श्रीपशुपतिनाथको दर्शनका लागि आउने

भक्तजनहरुका सवारी साधनहरुलाई विभिन्न स्थानमा पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी कार्यालय रामशाहपथको समन्वयमा विभिन्न छेकेबार, कर्डन, डाईभर्सन एवं निषेध सहित मेला पर्व क्षेत्रमा आवागमनको लागि देहायका स्थानमा मात्र पार्किङ्गको व्यवस्था मिलाइएको स्
१ तिलगङ्गा आँखा अस्पताल तर्फको खुला क्षेत्र दर्शनार्थीहरुका सवारी साधनहरु ।
२ सिफल चौरको खाली स्थान दर्शनार्थीहरुका सवारी साधनहरु ।

३ गुह्येश्वरी पारीका खाली स्थान दर्शनार्थीहरुका सवारी साधनहरु ।
४. पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, अमालकोट कचहरी कार्यालय पशुपति क्षेत्र विकास कोषका सवारी साधनहरु र पर्वसँग सम्बन्धित निकायका सवारी साधनहरु ।

५ भण्डारखाल पूर्व पार्किङ्ग क्षेत्र सरकारी संस्थान, विशिष्ट व्यक्तिहरुको सवारी साधन मात्र ।
स्थानीय घर तथा डेरावालको लागि का.म.पा.८ बाट जारी गरिएको स्थानीय परिचयपत्रको आधारमा स्थानीयहरुको घर डेराबाट चक्रपथ हुँदै कार्यालय कार्यस्थलसम्म जान र साँझमा निवाससम्म फर्कन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

ट्राफिक प्रहरी कार्यालय रामशाहपथ मार्फत तयार भई प्राप्त भएका ट्राफिक रुट व्यवस्थापन अनुसार नै हुने भएकाले सोही बमोजिम आफ्ना सवारी साधनको आवागमन र पाकिङ्ग व्यवस्था मिलाउनु हुन सम्बद्ध सवैलाई अनुरोध गरिएको छ ।
स्वास्थ्य सेवा ः–

पशुपति कौर क्षेत्रमा अवस्थित कुलानन्द झा सत्तल पश्चिमको डवलीमा नेपाली सेनाको तर्फबाट, र रुद्रगाडेश्वर पश्चिमको धार्मिक पाटिमा काठमाडौं महानगरपालिकाको तर्फबाट स्वास्थ्य शिविरको व्यवस्था गरिनेछ । मेला क्षेत्रका विभिन्न स्थानमा आवश्यक मात्रामा औषधी, स्वास्थ्य उपकरण, आरक्षित बेड र एम्बुलेन्सहरु रहने गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायतका उपत्यकामा रहेका अस्पतालहरुबाट आ–आफ्नो शिविर क्षेत्रहरुमा स्वास्थ्य सेवा सञ्चालन गर्ने गरी व्यवस्था मिलाइनेछ। मन्दिर परिसरभित्र २ जना स्वास्थ्य परिचारीका (नर्स) तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइनेछ । आकस्मिक सेवाका लागि तीज पर्वमा स्वास्थ्य शिविर सञ्चालन गर्ने आवश्यकता अनुसार कोषले विभिन्न अस्पतालहरु मार्फत एम्बुलेन्सको व्यवस्था मिलाउने छ ।

सरसफाई तथा जुत्ता चप्पल कक्षको व्यवस्थापन एवं सञ्चालन ः–
मेला क्षेत्रलाई सफा सुग्घर राख्न विशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । अस्थायी तथा घुम्ती शौचालयहरुको समेत व्यवस्था मिलाइने छ । त्यसै गरी तपशिलका चार स्थानहरुमा जुत्ता चप्पल कक्ष सञ्चालन गरी भक्तजन एवं दर्शनार्थीहरुको जुत्ता, चप्पलको व्यवस्था मिलाईनेछ ।

१.दक्षिणामूर्ति अगाडी कैलाश मुनि नवरस स्काउट ट्रुपबाट ।

२. भुवनेश्वरी नासल चोक कोषका कर्मचारीहरुबाट ।
३.पञ्चदेवल पूर्व बजघर दक्षिण नव अमरकान्तेश्वर युवा क्लवबाट ।
४. वागमती नदी पूर्व राम मन्दिर क्षेत्र नजीक टोल सुधार समितिबाट ।

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ, ८ भदौ: दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ ।

पराजित नेपाल समान खेलबाट तीन अङ्कका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २–१ गोलले हराएको थियो ।

यसैगरी भुटानलाई ३–१ ले हराएको बङ्गलादेशले भारतसँग २–० को पराजय बेहोरेको थियो । बङ्गलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बङ्गलादेशलाई सहज जित दिलाइन् ।