`

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना

Nepal One HD ३० असार २०८३ २०:५७
बिशेष

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको हो।

अदालतले ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना तोकेको छ। सोही कसुरअन्तर्गत थप ३ महिना कैदसमेत निर्धारण गरिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरिएको बहुचर्चित प्रकरणमा सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि अदालतले फैसला सुनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *