प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
प्रमुख खबर
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालगायत विषयमा कुराकानी भएको जनाइएको छ ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्ष पुगेको अवसरमा भएको भेटवार्तामा महत्वपूर्ण छलफल भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भए पनि महत्वपूर्ण कामहरू अझै बाँकी रहेको र यसै बिषयमा शान्ति सम्झौताका मुख्य साझेदारसँग छलफल गरेको बताए । शान्ति प्रक्रिया सुरू भएको आज १७ वर्ष पूरा भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
