`

कांग्रेस संसदीय दलको बैठक आज

Nepal One HD १९ माघ २०८० ७:१४
प्रमुख खबर

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।


प्रतिक्रिया